हाम्रो शरीरलाई सधै हावा चाहिन्छ । यसका लागि हामी सास फेर्ने गर्छौ । हामीले खाएको खानालाई ऊर्जामा वा शक्तिमा परिवर्तन गर्नका लागि अक्सिजन चाहिन्छ । शरीरका लागि अनिवार्य रुपमा आवश्यक त्यो अक्सिजन हावामा पाइन्छ । त्यसैले हामीलाई हावा चाहिन्छ । हुन त पानीमा पनि अक्सिजन हुन्छ तर हाम्रो फोक्सोले पानीबाट अक्सिजन लिन सक्दैन । हाम्रो शरीरका अङ्गहरूको विकास नै त्यसरी भएको हुन्छ । पानीमा बस्ने जीवको शरीरमा पानीबाट अक्सिजन लिनसक्ने गरी विशेष किसिमको अङ्ग विकास भएको हुन्छ । जसलाई गिल्स भनिन्छ । मानिसलगायत जमिनमा बस्ने अरु प्राणीहरूको शरीरमा त्यस्ता अङ्ग हुदैनन् । त्यसको सट्टामा हाम्रो शरीरमा फोक्सो हुन्छ । फोक्सोले पानीमा घुलिएको हैन , हावामा घुलिएको अक्सिजन मात्रै लिन सक्छ । त्यसैले बाच्नका लागि अति आवश्यक अक्सिजन लिनका लागि हामीलाई हावा नै चाहिन्छ ।
 हाम्रो शरीरका कोषहरूले हावाबाट अक्सिजन लिई हामीले खाएको खानेकुरालाई ऊर्जामा परिवर्तन गर्न मद्दत गर्छ । यो प्रक्रियाबाट कोषहरूले कार्बनडाइअक्साइड निर्माण गर्छन् । कार्बन डाइअक्साइड हाम्रो शरीरलाई चाहिदैन । त्यसैले सास फेर्दा हामी त्यो कार्बनडाइअक्साइड पनि बाहिर फाल्ने गर्छौं । हरेक दिन हाम्रो शरीरले करिब छ सय क्वार्ट अक्सिजन लिने गर्छ । त्यसबाट करिब पाच सय क्वार्ट कार्बनडाइअक्साइड निर्माण हुन्छ । हावाको १/५ भाग अक्सिजन हुन्छ । त्यसैले एक दिनमा तीन हजार क्वार्ट हावा हामी लिने गर्छौं । अचम्मको कुरा के छ भने हामीलाई तीन हजार क्वार्ट हावा मात्र भरिएको कोठामा थुनियो भने हामी बाँच्न सक्दैनौ । यस्तो हुनुको कारण त्यो कोठामा हाम्रो शरीरबाट निस्केको कार्बनडाइअक्साइडले गर्दा हावाको अक्सिजनको अनुपात निकै कम हुनपुग्छ । त्यस स्थितिमा हाम्रो फोक्सोले चाहिने मात्रामा अक्सिजन लिन सक्दैन । फलतः शरीरमा ऊर्जा निर्माणको प्रक्रिया पनि ठप्प हुन पुग्छ । खुला ठाउँमा भने त्यस्तो हुन पाउदैन किनभने हामीले सास फेर्दा ˆयालेको कार्बन डाइअक्साइडलाई हरिया वनस्पति विरुवाहरूले ग्रहण गरिरहेका हुन्छन् र त्यही अनुपातमा नै अक्सिजनको निर्माण गरिरहेका हुन्छन् । फलतः संसारमा अक्सिजन रित्तिन पाउदैन ।

सिगान किन आवश्यक ?

Posted by Om Bhandari On 7:03 AM
मानव शरीरको कुनै पनि अङ्गको नाम लिनुहोस , त्यसको कुनै न कुनै कार्य अवश्य हुन्छ । यति सम्म कि, नाकभित्र हुने सिगानको पनि आफ्नै विशिष्ट कार्य छ ।

नाक हाम्रो शरीरभित्र हावा छिर्ने बाटो हो । तर हाम्रो शरीरभित्र छिर्नुभन्दा पहिले हावालाई तातो पार्ने र हावामा रहेका धुलाका कणहरूलाई हटाउनुपर्ने हुन्छ । नाकमा रहेका रौँहरूले केही मात्रामा धुलो रोक्ने काम गर्छ । साथै नाकदेखि फोक्सोसम्म पुग्ने श्वासनलीको भित्तामा पनि थुप्रै स-साना रौँहरू हुन्छन । यी रौँहरूलाई सिलिया भनिन्छ । हाम्रो नाकभित्र वास्तवमा पारदर्शी सिगान हुन्छ ।तर हामीले सासफेर्ने हावामा रहेका धुलोका कणहरू सिलियाले रोक्छ र यी कणहरू सिगानसँग मिसिन्छ । यसले गर्दा सिगान बाक्लो र अपारदर्शी हुन जान्छ ।
हामीले फेर्ने प्रत्यक सासमा धूलोका लाखौँ कणहरू हुन्छन । तपाई जतिसुकै सफा सहरमा या गाउँमा अथवा जङ्गलमै बसिरहनुभएको भएपनि तपाईले सास फेर्ने बेला धूलोका लाखौं कणहरू नाकबाट भित्र छिरिरहेका हुन्छन । धूलोका कणविनाको हावा पाइने स्थान भनेको जमिनबाट 1000 किलोमिटर परको समुन्द्री सतहमात्र हुन्छ । हामीले सास फेर्दा धूलोका कणहरू मात्र नभई लाखौं ब्याक्टारियाहरू पनि नाकभित्र छिर्छन । तर सिगानमा एन्टिसेप्टिक भएको कारण यीमध्य थुप्रै ब्याकटेरियाहरू सिगानसँग मिसिएपछि नष्ट हुन्छन् । त्यस्ता धुलोका कणहरू र ब्याक्टेरियाहरू सिगानसँगै बाहिर आउछन । त्यसैले पनि कहिले काँही रूघाँ लाग्नु फाइदाजन नै हुन्छ । सिगान भनेर घिन नमानौँ यो हाम्रो शरीरमा रहेर हामीलाई स्वस्थ राख्न ठूलो भूमिका खेल्दछ ।
शोधकर्ताहरुले मोबाइल फोनको अधिक प्रयोगबाट पुरुषको शुक्राणुको संख्या घट्नसक्ने चेतावनी दिएका छन् ।
उनीहरुले यसो हुदा प्रजनन क्षमतामा प्रभाव पार्न सक्ने बताएका छन् । भारतको मुम्बइ अस्पतालमा सन्तान जन्माउन असफल भएकामध्ये उपचार गराइरहेका 364 पुरुषहरुमाथि गरीएको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो ।
शोधकर्ताका अनुसार एक दिनमा चारघण्टा वा त्यसभन्दा बढी समयसम्म मोबाइलको प्रयोग गर्ने पुरूषको शुक्राणुको संख्या कम पाइएको छ । रहेका शुक्राणुको अवस्था पनि ठीक पइएको थिएन ।
त्यस्ता व्यक्तिको शुक्राणु संख्या प्रतिमिलिलिटर पाँच करोड पाइएको थियो । जुन सामान्य व्यक्तिको भन्दा निकै कम हो । शोधले 2-4 घण्टासम्म मोबइल फोन प्रयोग गर्ने व्यक्तिको शुक्राणु प्रतिमिलिलिटर सात करोड पाइएको देखाएको छ । मोबाइल फोन प्रयोग नगर्ने व्यक्तिमा यो संख्या साढे आठ करोड पाइएको छ । तर्सथ मोबाइल फोन प्रयोग गर्ने पुरुषहरु सावधान रहौं है ।

सम्बन्धीत प्रश्नहरु
चन्द्रमा सुक्खा छ र त्यहाँ पानी लामो समय सञ्चित रहने अवस्था पनि छैन भन्ने मान्यता गलत भएको छ । पहिलेको अनुसन्धानहरुले चन्द्रमा जीवन उपयोगी नभएको निष्कर्ष दिएका थिए । समय र बिचार फेरीएको छ । सम्भवतः अर्बौ वर्षदेखि चन्द्रमामा लुकेको रहस्य खुल्दैछ । अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले हालै एक नौलो अनुसन्धान बाट चन्द्रमामा पानी रहेको पुष्टि गरेको छ । नासाको खुलासाबाट वैज्ञानिकहरु र खगोल विज्ञानमा रुचि राख्नेहरु उत्साहित भएका छन् ।
एकपछि अर्को खोजको क्रममा नासाले चन्द्रमाको बारेमा हाम्रो ज्ञानमण्डलमा नयाँ अध्याय नै जोडिदिएको छ । नासाले पठाएको Lunar CRater Observation and Sensing Satellite (LCROSS) बाट प्राप्त प्रारम्भीक तथ्यंकको विश्लेषणबाट चन्द्रमामा पानी छ भन्ने रहस्य खुलेको छ । गत अक्टोबर 9 मा नासाले चन्द्रमाको सधै अन्धकारमा रहने दक्षिण ध्रुविय क्षेत्र काब्युस क्रेटरमा यान नै ठोक्काएको थियो । सतहमुनि पक्कै पानि हुनुपर्छ भन्ने अनुमान गरि नासाले LCROSS यान ठोक्काएको हुनाले ठूलो विस्फोट भएर सतह फाट्यो र पानिको वाष्प बाहिर निस्कियो । ठोक्कइले क्रेटरको मुनिबाट वाष्प, धुलो, र अन्य भारी वस्तु बाहिर निस्किएको थियो । यी वस्तुले अर्बौ वर्षदेखि सौर्य प्रकाश देखेको थिएन ।
चन्द्रमाको ध्रुविय क्षेत्रमा ठूलो मात्रामा हाइड्रोजन ग्यास देखिएकाले वैज्ञानिकहरु धेरै पहिलेदेखि त्यस ग्यासको स्रोत खोज्नमा लागेका थिए । नयाँ अभियानले पानीको संकेत गरेपछि हाइड्रोजन ग्यासको स्रोतको रुपमा यसलाई हेरिएको छ । LCROSS यानले पठाएको तथ्यांकले त चन्द्रमाको धेरै ठाउँमा पानी हुन सक्ने देखाउछ ।
चन्द्रमामा मात्र होइन सौर्यमण्डलमा जहाँ कहीं कहिल्यै घाम नलाग्ने स्थान छन् त्यहाँ इतिहासको मुख्य रहस्य लुकेको हुनसक्ने वैज्ञानिकहरुको मान्यता रहिआएको छ । घाम नलाग्ने अँध्यारो क्षेत्रको अध्ययनबाट सौर्यमण्डलको विकासक्रम बुझ्न सकिने हुनालेनै वैज्ञानिकहरुले पृथ्वीको सतहको कयौं मिटरमुनिबाट बरफको नमुना संकलन गरी अनुसन्धान गरिरहेका छन् ।
LCROSS बाट तथ्यंक प्राप्त भएदेखी वैज्ञानिकहरु अहोरात्र त्यसको विश्लेषणमा लागेका छन् । र यसबाट नै थप रहस्य अगाडि आउन सक्छ । यानको स्पेक्टोमिटरले चन्द्रमामा पानी रहेको संकेत दिएको हो । सन् 2009, जून 18 मा नासाको केनेडी स्पेस सेन्टरबाट LCROSS लाई लुनार रिकनसिनेन्स अर्बिटरसँगै प्रक्षेपित गरिएको थियो ।
सामान्यतः जन्मिने बेलामा शिशुको शरीरको लम्बाइ 50 सेन्टिमिटर हुन्छ । त्यसपछि 20 वर्षमा उसको उचाइ 3 गुनासम्म बढेर औसत 1.7 मिटर पुग्न जान्छ । तर त्यसपछि भने उचाइमा खासै परिवर्तन आउँदैन । हाम्रो उचाइ सधैं किन बढिरहँदैन ? हाम्रो उचाइ बढ्न कुन तत्वले रोक्छ ?

हाम्रो शरीरमा ग्रन्थीहरूको एउटा प्रणाली हुन्छ, जसलाई इन्डोक्राइन ग्रन्थीहरू भनिन्छ । यी ग्रन्थीहरूले हाम्रो शरीरको उचाइको नियन्त्रण गर्ने काम गर्दछ । इन्डोक्राइन ग्रन्थीहरूमा थाइरोइड ग्रन्थी, पिट्युटरी ग्रन्थी, थाइमस ग्रन्थी, र लैंगिक ग्रन्थीहरू पर्दछन । पिट्युटरी ग्रन्थीले हाम्रा हाडहरूको आकारको नियन्तरण गर्दछ । यदि यो ग्रन्थी धेरै सक्रिय भएमा हाम्रा हात तथा खुट्टाहरू निकै लामा-लामा हुन्छन् । तर यसले राम्ररी काम गरेन भने पुड्को भइन्छ ।

शिशु जन्मँदा उसको थाइमस ग्रन्थी ठूलो हुन्छ र यो ग्रन्थीको आकार बाल्यकालमा बढ्दै जान्छ । तर किशोरावस्थामा यसको आकार सानो हुन थाल्छ । थाइमस ग्रन्थी र लैँगिक ग्रन्थीहरूमा एक प्रकारको सम्बन्ध हुन्छ । जबसम्म थाइमस ग्रन्थीले काम गरिरहेको हुन्छ तबसम्म लैँगिक ग्रन्थीहरू स-साना हुन्छन् । लैँगिक ग्रन्थीहरूले काम गर्न थालेपछि थाइमस ग्रन्थीले काम गर्न छाड्छ । जसको फलस्वरूप लैँगिक रूपमा वयस्क भइसकेपछि 20/22 वर्षको उमेरमा मानिसको शरीर बढ्न रोकिन्छ । कहिलेकाहीं लैंगिक ग्रन्थीहरूको चाँडो विकासको कारण थाइमस ग्रन्थी चाँडै निष्क्रिय हुन जान्छ , जसको कारण शरीरको उचाइ सामान्यभन्दा कम हुन जान्छ । लैँगिक ग्रन्थीहरू ढिलो विकास भएको खण्डमा मानिसको उचाइ सामान्यभन्दा बढी हुन जान्छ । सत्य त के हो भने हाम्रो उचाइ 25 वर्षको उमेरपछि पनि 35/40 वर्षसम्म बढिरहन्छ , तर निकै थोरै गतिमा मात्रै । त्यसपछि भने प्रत्यक 10 वर्षमा करिब 12 मिलिमिटरको दरमा उचाइ घट्छ । यसको कारण भने हड्डीका जोर्नीहरू तथा मेरूदण्डमा हुने कुर्कुरे हड्डी सड्नु हो ।
पोर्टस माउथ विश्वविध्यालयका अनुसन्धानकर्ताका अनुसार महिलाको बढ्दो स्तन वृद्धिको जिम्मेवार कीटनाशक र प्रदुषण हो । बेलायतमा आफ्नो स्तन आकारको वृद्धिलाई लिएर महिलाहरू चिन्तित भएपछि यो अध्ययन गरिएको थियो ।
तीन हजार महिलामा गरिएको अध्ययनमा उनीहरूको जीवनशैली र खानपानबारे अनुसन्धान गरेपछि विशेषज्ञहरू यस्तो निष्कर्षमा पुगेका हुन । पोषण विशेषज्ञ डा. मर्लिन ग्लेनविलाका अनुसार ओस्ट्रोजेन हार्मेनले महिलाको शरीरलाई आकार दिन्छ । यो हाम्रोनको स्राव किशोरावस्थादेखि नै सुरू हुन्छ । शरीरमा यो हाम्रोनको स्तर बढ्नाले स्तनका तन्तु प्रभावित हुन्छन र यसले स्तनको अकार वृद्धि हुन्छ ।
अनुसन्धान अनुसार हाल खाद्यपर्दाथमा मिसिएका कीटनाशक र प्रदुषणका कारण महिलाको शरीरमा यो हाम्रोनको स्तर बढीरहेको छ । यसैकारण महिलाको स्तन सामान्यको दाँजोमा ठूलो देखिन थालेको हो । अनुसन्धान कर्ताका अनुसार यसो हुनु चिन्ताको विषय हो । यसले थुप्रै रोग निम्त्याउन सक्छ । त्यसैले साथीहरू आजैदेखी सुरक्षित हुने उपाय खोजौँ, थुप्रै जोखिमबाट बचौँ ।
  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु