...

...

...

...

Posted by Om Bhandari On 9:32 AM

हामी सबैलाई गितहरू मन पर्दछ । विशेषत गायकहरूको अत्यन्त सुरिलो स्वरले हामिलाई आकर्षित गरिरहेको हुन्छ । तर सबै मानिसमा समान स्वर भने हुदैन । व्यक्ति पिच्छे फरक फरक स्वर हुन्छ । यस्तो किन हुन्छ त ?
हामी सबैको घाँटीमा स्वर निकाल्ने यन्त्र भोकल कर्ड हुन्छ । यसमा १६ वटा लचिला मांसपेशीहरू हुन्छन् । तिनले झण्डै १७० किमिमका अवस्थाहरू प्रदर्शित गर्न सक्दछन् । आवाज निस्कनु भनेको हावाले ती मांसपेशीलाई चालाई कम्पन पैदा गर्नु हो । कम्पनको तौर तरिका अनुसार नै आवाज उत्पन्न हुन्छ । गाउनेहरूको स्वरयन्त्रको मुख्य विशेषता रिजोनेटिङ स्पेस अथवा स्वर घन्कने ठाउँ हो । उनीहरूमा यस्तो ठाउँ संगित उपकरणहरूको ढ्वाङगले जस्तै काम गर्छ । यसबाहेक गायक गायिकाहरूले आफ्नो स्वरलाई कसरी नियन्त्रण राख्नु पर्दछ भन्ने कुरा पनि सिकेका हुन्छन् । 
हामीले देखिआएको तथ्य हो, पुरूषहरूको दाह्री जुगाँ आएको हुन्छ यद्यपी महिलाहरूको हुदैन । तर पनि अपवादमा केही केही महिलाहरूको पनि दाह्री जुँगा आएको देखिन्छ । यसरी पुरूषमा दाह्री जुँगा आउने तर महिलामा नआउने कसरी हुन्छ त ?
मानिसको उमेर बढ्दै गएपछी कपाल वृद्धि हुने प्रकृयालाई लैङ्गिक ग्रन्थीले नियन्त्रण गर्न थाल्दछ । यो ग्रन्थीलाई एडरेनल ग्लाण्ड भनिन्छ । एडरेनल ग्लाण्डले केटाहरूमा र केटीहरूमा भिन्नाभिन्नै प्रकारको रस/हार्मोन पैदा गर्दछ । जसलाई क्रमशः पुरष हार्मोन - एन्ड्रोजिन र महिला हार्मोन - ओइस्ट्रोजिन भनिन्छ । एन्ड्रोजिनले दाह्री जुँगा र शरिरमा रौँ को विकास गर्न मद्दत गर्दछ । तर तालुको रौँ वृद्धिमा भने प्रतिकुल असर पार्दछ । ओइस्ट्रोजिनले तालुको कपाल बढाउन मद्दत गर्छ तर दाह्री जुँगा शरीरको रौं भने बढ्न दिदैन । यसैले स्त्री जातिमा दाह्री जुँगा आउदैन तर पुरूषहरूमा आउदछ । 
कसैकसैलाई बसमा यात्रा गर्दा बन्ता/उल्टी आउने समस्याले हैरान पारेको हुन्छ । बसमा चढ्दा किन 'बस' लाग्छ ?
हाम्रो कामभित्र तीनवटा अर्धवृत्ताकार नलीहरू हुन्छन् । ती नलीहरू सामान्यतया एक आपसमा समकोण परेर बसेका हुन्छन्, जुन चालसित सम्बन्धित हुन्छन् र चालको सूचना यिनै नली मार्फत मस्तिष्कको भेस्टिबुलर न्युक्लियसमा पुग्दछ । केही-कोही मानिसहरूमा ज्यादैनै संवेदनशील भेस्टिबुलर स्नायूहरू हुन्छन् । त्यस्ता मानिसहरू लगातार कुनै चलिरहेको गाडीमा बस्दा उनीहरूको मस्तिष्कको भेस्टिबुलर न्युक्लियस नजिकै भेगस न्युक्लिइ भन्ने स्नायुकेन्द्र पर्दछ । भेगसस्नायु उत्तेजित हुँदा सामान्यतया वाकवाकी लाग्ने र वान्ता हुने गर्दछ । 

दाँत किन कुडिन्छ ?

Posted by Om Bhandari On 8:42 PM
प्रायः अमिलो खाँदा दाँत कुडिने समस्या हुन्छ । दाँत कुडिदा कुनै पनि कडा वस्तु चपाउन निकै मुस्किल पर्ने हुन्छ । दाँत कुडिनुको कारण, दाँतको सबभन्दा भित्र पल्प क्याभिटी, बीचमा डेन्टाइन र बाहिर इनामेल हुन्छ । दाँत कुडिनु सित सम्बन्धित तह इनामेल हो । यसमा खासगरी क्याल्सियम अरू खनिज पदार्थहरू पाइन्छन् । इनामेल एमेलोवास्ट भन्ने एक प्रकारको कोषहरूबाट बनेको हुन्छ । र, यसको मुख्य काम डेन्टाइललाई जोगाउनु हो । अमिलो खाँदा अमिलोमा भएको साइट्रिक अम्लले अनामेलको लेपलाई असर पुर्याइदिन्छ । यसैले गर्दा अमिलो खाँदा दाँत कुडिने गर्दछ । 
फोटोकपी मेसिनमा मुख्य ३ भाग हुन्छन्, ड्रम, टोनर र डेभलपर । मेसिनको सबभन्दा माथिल्लो सतहमा सक्कल कागज राखिन्छ र बटम थिचिन्छ । बटम थिचेपछी मेसिनको एक्सपोजर ल्याम्प बल्छ । एक्सपोजर ल्याम्पको प्रकाशले मेसिनमा रहेको क्यामरामा सक्कल कागजको अक्षरलाई पुर्याउँछ । क्यामेराले प्रकाश परिवर्तन प्रक्रियाद्वारा अक्षरलाई ड्रमको घुमाइसंगै ड्रममा पुर्याइदिन्छ । यसको साथमा टोनर र डेभलपरको रोलर पनि चलिरहेको हुन्छ । रोलरले ड्रमलाई छोएको हुन्छ । रोलरमा चुम्बकिय शक्ति पनि हुन्छ । त्यही शक्तिले फलामका ससाना कण र मसी चार्ज कोरोनद्वारा अक्षरलाई छाँयामा राख्ने कार्य हुन्छ । उक्त छायाँ पेपर सेटमा राखिएको खाली कागजमा सर्छ । त्यही समयमा कागज निस्कने अन्तिम भागमा रहेको हिटरले कागजमा रहेका अक्षरलाई टासिदिन्छ । त्यसपछी सक्कल कागजको दुरूस्त प्रतिलिपी आउँछ । 
  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु