विश्वमा २ हजार ७ सय प्रकारका लामखुट्टेहरु पाइन्छन् । लामखुट्टेहरुले स्तनपायी जन्तुको रगत पिउँछन् । तर जुनसुकै प्रकारको लामखुट्ट भए पनि भाले लामखुट्टेले रगत पिउँदैन । पोथी लामखुट्टेले मात्र रगत पिउँछ । यस्तो किन - एक पोथी लामखुट्टेले आफ्नो छोटो जीवनकालमा करिब २ हजारभन्दा बढी बच्चा जन्माउन अण्डा पार्छ । दुर्इ हजारभन्दा बढी अण्डालाई परिपक्व बनाउन पोथी लामखुट्टेलाई प्रचुर प्रोटिनको आवश्यकता पर्छ, जुन त्यसको शरीरमा हुँदैन । त्यसैले प्रोटिनका लागि पोथी लामखुट्टेले स्तनपायी जन्तुको रगत पिउँछ । प्रत्येक पटक अण्डा पार्नुपूर्व पोथी लामखुट्टेले भरपुर रगत पिउँछ । रगत पिउनको लागि पोथी लामखुट्टेको टाउकोमा मसिनो पाइप हुन्छ जसलाई त्यसले स्तनपायी जन्तुको शरीरमा रहेको रक्तनलीभित्र घुर्साई रगत तान्दछ । पोथी लामखुट्टेले स्तनपायी जन्तुको शरीरबाट आफ्नो तौलको अढाइ तीन गुणा बढी तौलको रगत तान्दछ ।
चिसो मौसममा हाम्रो छालामा रहेका रौँहरू ठाडा हुन्छन् । यसलाई हामी
काँडा उम्रेको भन्छौँ । यो प्रक्रिया हाम्रो नियन्त्रण बिना नै हुने गर्छ
। चिसोबाट बच्नका लागि जनावरहरूका शरीरमा बाक्ला रौँ हुन्छन् । यसले
तिनीहरूलाई चिसो हुनबाट जोगाउँछ । जाडोबाट जोगाउने सबैभन्दा भरपर्दो
वस्तु भनेकै रौँ हो तर हाम्रो शरीरमा त साना रौँ मात्र हुन्छन् । यसले
हाम्रो शरीरलाई ढाक्न सक्दैन । त्यसैले हामीलाई चिसो भएको बेला अन्य
भागहरूलाई ढाक्नका लागि यिनीहरू ठाडा हुन्छन् । यो प्रक्रिया प्राकृतिक
नै हुने हुँदा यसमा डराउनु पर्दैन , यसले कुनै हानी गर्दैन ।
घर बनाउन प्रयोग गरिएको काठले विभिन्न मौसमहरू झेलेको हुन्छन् । विभिन्न मौसमहरूमा घाम , पानी, हावाहुरी, हिउँ झेलेपछि काठ पुरानो हुँदै जान्छ । अनि विस्तारै काठमा परिवर्तन आउन थाल्छ । गाढा रङ भएको काठ विस्तारै हल्का हुन थाल्छ । हल्का वा उज्यालो रङ भएको काठको भने रङ बदलेर गाढा हुन्छ । प्रायः काठहरू कालो अथवा खैरो रङमा परिणत हुने गर्छन् । तिनीहरूको सतह पनि खस्रो हुने गर्छ ।
काठ सेलुलोज नामक रेशाले बनेको हुन्छ । यही फाइबरबाट रुवा पनि बनेको हुन्छ तर काठमा भने ती रेशाहरूलाई लिग्निनले दह्रोसँग जोडेको हुन्छ । यसले गर्दा एउटै रेशाबाट बनेपनि काठ रुवाभन्दा निकै कडा हुन्छ । विभिन्न मौसममा काठमा पर्ने घामपानीले काठमा भएको लिग्निन र काठको रङलाई पखालिदिन्छ । यसले गर्दा काठको रङ उज्यालो हुन्छ तर त्यसको सतह भने खस्रो हुन थाल्छ । यो प्रक्रियामा ढुसी जस्ता स - साना प्राणीहरू त्यहाँ उम्रन थाल्छन् र काठको रङ परिवर्तन भई कालो वा खैरो हुन पुग्छ । त्यसैले यसबाट बच्नका लागि हामी काठमा विभिन्न प्रकारका रङहरू दल्ने गर्छौ । त्यसले काठलाई विभिन्न मौसमहरूबाट हुने हानीबाट बचाउँछ ।

रगत किन रातो हुन्छ ?

Posted by Om Bhandari On 4:56 AM
सबैलाई थाहा भएकै कुरा हो, रगत रातो हुन्छतर किन यो रातो हुन्छ ? रगत एउटै तत्वले मात्रै बनेको हुँदैन । हाम्रो शरीरको धमनी , नशाहरूमा बग्ने रगत विभिन्न किसिमका पदार्थहरू र तìवहरू मिलेर बनेका हुन्छन् र तिनका आ -आफ्नै कामहरू हुन्छन् ।
 रगतलाई तरल रूपमा राख्ने पदार्थलाई प्लाज्मा भनिन्छ । यसले रगतको आधा भाग ओगटेको हुन्छ । यो हल्का पहेँलो रङ्गको हुन्छ र पानीभन्दा बाक्लो हुन्छ । प्लाज्मामा रक्तकोषहरूका अलावा प्रोटिन, रोगसँग लड्ने प्रतिरोधी पदार्थ, रगतलाई जम्न मद्दत गर्ने फाइबि्रनोजेन (Fibrinogen) र प्लाटेलेट्स , कार्बोहाइड्रेट, बोसो, नून र अन्य थुप्रै पदार्थहरू हुन्छन् । प्लाज्माका साथसाथै रगतमा रातो रक्तकोष (Red Blood Cells) पनि हुन्छन् । यसलाई अर्को शब्दमा Corpuscels पनि भनिन्छ । यही रातो रक्तकोषका कारण हाम्रो रगत रातो देखिने गर्छ । हाम्रो रगतमा आकारमा अति सानो, गोलाकार तर च्याप्टो आकारको हुने यस्ता रातो रक्तकोषहरू ३५ टि्रलियनको सङ्ख्यामा निरन्तर रूपमा बगिरहेको हुन्छ । जसले गर्दा रगत सधैँ रातो देखिने गर्छ । एक थोपा रगतमा मात्रै पनि करिब ५० लाख रक्तकोषहरू रहेका हुन्छन् ।
सुरूमा रातो रक्तकोष त्यति धेरै रातो हुँदैनतर हाम्रो हड्डीको भित्री भागमा हुने मासी (Bone marrow) ले रक्तकोष बनाउने काम गर्छ । त्यहाँ यो परिपक्व हुँदै गएपछि यसले हेमोग्लोबिनको उत्पादन बढाउन थाल्छ । वास्तवमा रक्तकोषलाई रातो बनाउने पदार्थ पनि यही हेमोग्लोबिन नै हो । हेमोग्लोबिन आइरन र विभिन्न खालका प्रोटिनहरू मिलेर बनेको हुन्छ । रातो रक्तकोषको मुख्य पदार्थ भनेकै हेमोग्लोबिन र अक्सिजन हो । हेमोग्लोबिनले नै फोक्सोबाट अक्सिजन बोकेर शरीरका विभिन्न भागहरूमा पुर्‍याउने र त्यहाँका कोषहरूमा जम्मा भएका कार्बनडाइअक्साइडलाई चाहिँ बोकेर फोक्सोसम्म ल्याइपुर्‍याउने काम गर्छ । कार्बनडाइअक्साइड मिसिएको रगतको रङग चाहिँ गाढा रातो हुन्छ । फोक्सोले रगतमा रहेको कार्बनडाइअक्साइडलाई प्रशोधन गरेर फ्याक्ने काम गर्छ । रगतलाई रातो बनाउने रक्तकोष आफैंको आयु भने करिब ४ महिना मात्र हुन्छ । शरीरभित्र यो निरन्तर रूपमा मर्ने र निरन्तर रूपमै बन्ने प्रक्रिया चलिरहेको हुन्छ । हाम्रो रगतमा रातो रक्तकोष मात्रै होइन , सेतो रक्तकोष पनि हुन्छ । यी कोषले चाहिँ शरीरभित्र घुसेका कीटाणुहरूसँग लडेर शरीर स्वस्थ राख्ने काम गरिरहेका हुन्छन् ।
सम्भवतः संसारकै सबैभन्दा अदभुत र विलक्षणको चीज हो मस्तिष्क । आकारमा सानो तर काम भने ब्रहृमाण्ड(Universe)को नै समेत खोतलखातल गर्न सक्ने । आजसम्म जे जति प्रगति र उन्नति भएका छन् , ती सबै मानवका विकसित मस्तिष्ककै कमाल हुन् । मानिसको मस्तिष्क विकसित नभएको भए सम्भवतः आज हामीले देखि - भोगिरहेका प्रगति र उन्नतिहरू नै सम्भव हुने थिएन । सबैमा जान्ने इच्छा हुनसक्छ, यस्तो विलक्षणको मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरा ।
वास्तवमा मस्तिष्कले स्नायु -नशा हरूले ल्याएका सूचनाहरूलाई ग्रहण र प्रशोधन गरेर काम गरिरहेको हुन्छ । हाम्रो मस्तिष्कमा करिब १४ अरब जति कोषहरू र लाखौं स्नायु सञ्जालहरू (Nerve Fiberes) हुन्छन् । शरीरका विभिन्न भागहरूका सूचनालाई मस्तिष्कसम्म ल्याइपुर्‍याउने जिम्मेवारी बोकेका ती स्नायुहरूले ल्याएको सूचनालाई मस्तिकको एउटा खास भागले विश्लेषण र व्याख्या गर्छ र आवश्यकताअनुसार मस्तिष्ककै विभिन्न भागहरूमा पठाउने काम गर्छ । ती भागहरूबाट मस्तिष्कले विश्लेषण र व्याख्या गरेका ती सूचनाहरू शरीरका विभिन्न भागहरूमा पुग्ने गर्छ । फलतः हामी विभिन्न खालका क्रियाकलाप र अनुभवहरू गर्न पुग्दछौं ।
हाम्रो टाउकोको हड्डीको ठीक मुन्तिर मस्तिष्क रहेको हुन्छ । मस्तिष्कको बाहिरी भागलाई कोर्टेक्स (Cortex) भनिन्छ । शरीरका थुप्रै अङ्गका कोषहरू मरेपछि नयाँ कोषले बदलिने गर्छ तर वैज्ञानिकहरूका अनुसार मस्तिष्कको कोष चाहिँ मरेपछि बदलिँदैन । सम्भवतः यही कारण हुनसक्छ, वृद्धावस्थातिर लाग्दै जाँदा हाम्रो मस्तिष्कको क्षमता पनि कम हुँदै जान्छ । हेक्का रहोस्, मस्तिष्कको दाहिने भागले शरीरको बायाँ भाग र देब्रे भागले शरीरको दाहिने भागलाई नियन्त्रण र सञ्चालन गर्ने काम गर्छ ।

यो पनि हेर्न नभुल्नुहोस्
हाम्रो आँखाले उज्यालो र अँध्यारो दुवै ठाँउमा देख्न सक्छ । तर प्रकासको
चमक अनुसार आँखाको नानी ठूलो र सानो हुन जरूरी हुन्छ । अँध्यारो ठाउँमा
आँखाको नानी ठूलो हुन्छ ता की बढीभन्दा बढी प्रकाश छिरोस् । त्यसको ठिक
बिपरीत उज्यालो ठाउँमा आँखाको नानी सानो हुन्छ । जब हामी अचानक घामबाट
अँध्यारो ठाउँमा जान्छौँ, आँखको नानी सानो हुन केही समय लाग्छ, जसको कारण
आँखा राम्रोसँग देख्न पनि केही समय लाग्छ ।

तारा (Star) किन चम्किन्छ ?

Posted by Om Bhandari On 11:53 PM
रातको समयमा सफा आकाशतिर हेर्नुहोस् , तपाई ताराहरू चम्किरहेका देख्नुहुन्छ । झिम्झिम् गर्दै चम्किरहेका तारा देख्दा तपाई हामीलाई लाग्ने गर्छ - ताराहरू झिमझिमाउदा रहेछन् तर यथार्थमा त्यस्तो हुदैन । वास्तवमा हामीले देख्ने गरेको दृश्य तारा झिमझिमाएको नभई पृथ्वीको वायुमण्डलका कारण पैदा हुने प्रभावले गर्दा उत्पन्न दृश्य मात्र हो ।
 पृथ्वीको वायुमण्डलमा विभिन्न तहहरू हुन्छन् । प्रत्येक तहका वायु आ -आˆनै गतिमा र विभिन्न दिशामा फन्को मारिरहेका हुन्छन् । त्यसरी फन्को मारिरहेका वायुको तापक्रम पनि वायुमण्डलको तहैपिच्छे फरक फरक हुन्छन् । त्यसबाहेक प्रत्येक तहमा हुने वायुको घनत्व पनि तहपिच्छे नै फरक फरक हुन्छन् ।
हामीले राति आकाशमा देख्ने गरेका तारा पृथ्वीबाट करोडौँ अरबौँ माइल पर रहेका हुन्छन् । त्यति पर रहेका ताराहरूबाट निस्किएको प्रकाश हामीले वायुमण्डलका ती विभिन्न तहहरूबीचबाट हाम्रा नाङ्गो आाखाले देखिरहेका हुन्छौ । त्यसरी ताराबाट निस्किएको प्रकाश हाम्रो आाखासम्म आइपुग्दा पृथ्वीका चलायमान र फन्को मारिरहेका वायुको तहबीचबाट गुजि्रएर वायुमण्डलका विभिन्न तहहरूको वायुको गति र तापक्रमसागै ठाउ ठाउमा जथाभावी खुम्चिने गर्छ । त्यसले गर्दा सुदुर आकाशमा रहेका ताराहरू केही चलिरहेका छन् र चम्किरहेका छन् भन्ने भ्रम हाम्रो आाखालाई पर्न जान्छ । यसरी पृथ्वीको वायुमण्डलका कारण सिर्जना हुने भ्रमपूर्ण दृश्यका कारण हामीलाई आकाशमा रहेका ताराहरू झिम्झिम् गर्दै चम्किरहेको भान हुन्छ । अन्तरिक्षबाट हेर्दा भने ताराहरू झिम्झिमाएको देखिदैन , तिनीहरू स्थिर ढङ्गले चम्किरहेका देखिन्छन् । यसो हुनुको कारण अन्तरिक्षमा वायुमण्डल नहुनु नै हो ।
 तपाईं हामीले देखिरहेकै कुरा हो, डाक्टरले बिरामीको जाँच गर्दा मुटुको चाल पनि नाप्ने गर्छ । विशेष गरेर हातको नाडी छामेर डाक्टरले मुटुको गति जाँचिरहेको हुन्छ । मुटुको गतिबाट पनि मानिस स्वस्थ छ कि छैन भन्ने कुरा थाहा पाउन सकिन्छ । स्वभाविक रूपमा जिज्ञासा उठ्न सक्छ, स्वस्थ मानिसको मुटुको गति चाहिँ कति हुनुपर्छ ? यसको उत्तर यति नै भनेर भन्न गाह्रो छ । किनभने यो मानिसपिच्छे फरक पर्न सक्छ । त्यसै गरी मानिसको उमेर , उनको शरीरको अवस्था, उसले गरेका क्रियाकलाप, उसको मानसिक अवस्था लगायतका पक्षहरूमा पनि यो कुरा निर्भर गर्दछ । सामान्यतः एक मिनेटमा ७२ देखि ८० सम्म मुटुको गतिलाई सामान्य मान्ने गरिन्छ । अझ पुरूषहरूमा प्रतिमिनेट ७० र महिलाहरूमा ७५ प्रतिमिनेटलाई मुटुको औसत चाल निर्धारण गरिएको छ । मानिसपिच्छे मुटुको चाल फरक हुने भएकोले प्रतिमिनेट ६० देखि १०० सम्मको मुटुको चाललाई अवस्था हेरी सामान्य मान्ने गरिन्छ ।
हामी चलखेल गरेको अवस्थामा भन्दा सामान्य अवस्थामा रहँदा मुटुको गति कम भएको हुन्छ । शारीरिक श्रम हुने काम वा खेलकूद गर्दा स्वभाविक रूपमा मुटुको गति निक्कै तेज हुने गर्छ । तर केही समयको विश्रामपछि त्यो पूर्ववतः सामान्य अवस्थामा आइपुग्छ । उमेरअनुसार मानिसको मुटुको चाल पनि फरक फरक हुने गर्छ । भर्खरै जन्मेको बच्चाको मुटुको गति प्रतिमिनेट १३० देखि १५० सम्म हुन्छ । त्यसै गरी शिशु अवस्थामा प्रतिमिनेट १०० देखि १३० र अलि हुर्केको बच्चाको मुटुको चाल प्रतिमिनेट ९० देखि ११० सम्म हुने गर्छ । किशोरावस्थामा मुटुको चाल प्रतिमिनेट ८० देखि १०० सम्म हुने गर्छ । वृद्धावस्थामा वा ६० नाघेका मानिसहरूमा पनि मुटुको चाल निक्कै तीव्र हुने गर्छ । एक तथ्याङ्कअनुसार सो उमेर समूहमा प्रतिमिनेट ८० देखि १२० सम्म पनि हुने गर्छ । रमाइलो कुरा के छ भने सामान्य अवस्थामा खेलाडीहरूको मुटुको गति औसतभन्दा कम हुने गर्छ । त्यसै गरी विभिन्न खाले औषधिका कारण पनि कतिपय औषधि सेवन गरिरहेका व्यक्तिहरूको मुटुको चाल औसतभन्दा कम हुनसक्छ ।
 औसत रूपमा मानिसको मुटुको गतिलाई प्रतिमिनेट ७५ मान्ने हो भने एक घण्टामा यो ४५०० पटक धड्कन्छ । त्यसै गरी एक दिनमा १०८ ,००० पटक र एक वर्षमा करीब ३९,४२०,००० पटक धड्कने गर्छ ।

ओंठ किन फुट्छ ?

Posted by Om Bhandari On 4:47 AM
 छालाले हाम्रो शरीरको आन्तरिक वातावरणलाई बाहिरी वातावरणको प्रभावबाट बचाउँछ । छालाको माथिल्लो सतहलाई इपिर्डर्मिस (epidermis) भनिन्छ । छालाको यो तह मृत कोषहरुले बनेको भएपनि यसले तल्लो तहको जीवित कोषहरुबाट निरन्तर पानी प्राप्त गरिरहन्छ । छालाको बाहिरी सतहमा पानी आएपछि वाष्पीकरण भएर त्यहाँ तेल ग्रन्थीहरुले चिल्लो पदार्थको पातलो तह बनाउँछन् । यही चिल्लो पदार्थले छालालाई मुलायम र लचिलो बनाउँछ । जाडो महिनामा हावाको आद्रता कम हुने हुनाले हावा सुख्खा हुन्छ । सुख्खा हावा छालाको सर्म्पर्कमा आएमा छालाको पानी चाँडो वाष्पीकरण हुन्छ । त्यसैले छाला सुकेर फुट्न थाल्छ । हाम्रो ओंठमा तेल ग्रन्थीहरु नहुने हुनाले अरु अंगहरुभन्दा ओंठ चाँडै फुट्छ ।
 तपाइँले याद गर्नुभएको होला, माटोले बनेको भाँडोमा राखिएको पानी अरु भाँडोमा राखिएको पानीभन्दा चिसो हुन्छ । यस्तो किन हुन्छ त - माटोको भाँडोमा लाखौं अदृश्य प्वालहरु हुन्छन् । नाङ्गो आँखाले देख्न नसक्ने यस्ता प्वालहरुबाट भाँडोभित्र रहेको पानी स - साना कणहरुको रुपमा बाहिर निस्कन्छ । जब ती पानीका कणहरु बाहिर निस्कन्छन् , बाहिरी हावाको सर्म्पर्कमा आएर बाफ बन्न थाल्छन् । यो प्रक्रियामा वाष्पीकरणका लागि आश्यक उष्णता पानीका कणहरुले माटोको भाँडाभित्र रहेको पानीबाट प्राप्त गर्छ र पानीलाई चिसो राख्दछ ।

कुहिरो किन लाग्छ ?

Posted by Om Bhandari On 1:07 AM
कुहिरो वास्तवमा एक खाले बादल हो । बादल जमिनको सतहभन्दा धेरै माथि आकाशमा लाग्छ भने कुहिरो तल सतहसँग जोडिएर लाग्छ । बादल र कुहिरो दुबै पानीका असंख्य सूक्ष्म कणहरू एकसाथ हावामा झुण्डिएर रहँदा बन्ने गर्छन् ।
 त्यसो भए जाडोमा जमिनको सहतनजिक कुहिरो किन लाग्दछ त ?
 हाम्रो घरबाहिर खुल्ला ठाउँमा रहेको हावामा पानीका सूक्ष्म कणहरू घुलिएर रहेका हुन्छन् । जसरी पानीमा नून वा चिनी घुलिएर रहँदा देखिने हुँदैन त्यसरी नै हावामा पानीका सूक्ष्म कणहरू घुलिएर रहँदा पनि देखिने हुँदैन । हावाको एउटा स्वभाव के छ भने यसले यसको तापमान अनुसार खास मात्रामा पानीका सूक्ष्म कणहरू आफूमा घोल्ने क्षमता राख्दछ । हावामा तापमान जति मात्रामा बढ्छ त्यही अनुपातमा यसले पानीका बढी कणहरू आफूमा घोल्ने क्षमता ग्रहण गर्दछ । अर्थात् बढी तापमान बढी घोल्ने क्षमता , कम तापमान कम घोल्ने क्षमता हुन्छ ।त्यसैले गर्मीयाममा भन्दा जाडोयाममा हावाले आफूमा पानीको कम मात्रामा मात्र कणहरू घोल्ने क्षमता राख्दछ । किनकि गर्मीयामको तुलनामा जाडोयाममा हावा धेरै चिसो हुन्छ । स्मरणीय के छ भने ग्लासमा रहेको पानीमा नून वा चिनीको मात्रा घोल्दै जाँदा एउटा बिन्दुमा पुगेपछि ती बस्तुहरू घुल्न छोड्छन् । र , नघुलिएको नून वा चिनीको भाग पानीमा आँखाले देखिने हुन्छन् । नून वा चिनी पानीमा जुन मात्रासम्म घोलिँदा देखिने हुँदैन त्यो मात्रासम्मको घोललाई संतृप्त घोल भनिन्छ । हावा र पानीको घोलमा पनि पानी घुलिन सक्ने अधिकतम बिन्दुसम्मको घोललाई संतृप्त घोल भनिन्छ । त्यसैले गर्मीयाम र जाडोयाममा हावा र पानीको संतृप्त घोल बन्ने बिन्दु फरक फरक हुन्छ । गर्मीयाममा भन्दा जाडोयाममा हावा र पानीको संतृप्त घोल बन्ने बिन्दु धेरै तल हुन्छ । अर्थात् जाडोयाममा थोरैमात्र पानीका कणहरू घुलिंदा पनि पानी र पानीको संतृप्त घोल बन्छ ।जाडोयाममा घाम छड्के पर्ने हुँदा जमिन गर्मीयाममा भन्दा चिसो हुन्छ । राती आकाशमा बादल लाग्दैन भने दिउँसो घामले गर्दा अलि अलि तातेको जमिनको ताप पनि बिकिरणबाट आकाशमा फर्कन्छ । र, बिहान जमिन अत्यन्त चिसो हुन्छ । यसले गर्दा जमिनसँग सर्म्पर्कमा रहेको हावाको एक तह पनि चिसिन पुगी त्यसले पानीका कणहरू आफूमा घोल्न सक्ने क्षमता पहिलेभन्दा गुमाउन पुग्छ । यस्तो हुँदा हावामा घुल्न नसक्ने पानीका कणहरू हावाबाट छुट्टिएर हावामा झुण्डिएर रहन पुग्छन् । र , त्यसले कुहिरोको रूप लिन पुग्छ । यदि हावा धेरैभन्दा धेरे चिसो भई हावाले आफूमा रहेका अत्यधिक मात्राको पानीका कणहरूलाई कुहिरोमा परिणत गर्छ भने बाक्लो कुहिरो लाग्छ । र , त्यस अवस्थामा सूयॅको प्रकाश जमिनसम्म पुग्न गाह्रो भई धेरै दिनसम्म घाम नलाग्ने हुनसक्छ ।
हामिले देखि आएकै कुरा हो कि आगो सधै माथीतर्फ फर्कन्छ, यसो किन हुन्छ ?
आगो बाल्दा आगोको तापको कारण त्यस वरिपरिको हावा पनि तातो हुन्छ । तातो हावा हलुको हुनेहुदा माथितर्फ वहन थाल्छ । उसले आफ्नो साथमा आगोलाई पनि माथितर्फ तानि लैजान्छ । यसै कारण आगो सधै माथितर्फ फर्कन्छ ।
  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु