लामो समयदेखि सौर्यमण्डलको नवौँ ग्रह मानिएको तर केही समयअघि मात्रै क्षुद्रग्रहमा परिणत गरिएको यम - प्लुटो बाट सूर्य कत्रो र कस्तो देखिएला ? अनि त्यसको तापक्रम कति होला ? यो प्रश्नको उत्तर खोज्नका लागि सूर्यबाट यमको दुरी थाहा पाउनु जरुरी हुन्छ । सूर्यबाट यमको औसत दूरी दुई अर्ब ६७ करोड ५० हजार माइल रहेको छ । सामान्य नापमा यो दूरी निक्कै लामो भए पनि विज्ञानको आाखामा यो दूरी छोटो नै हो । त्यसैले यत्ति लामो दूरीबाट हेर्दा सूर्य पृथ्वीबाट अन्य ताराहरू देखिएजस्तो सानो नभई एउटा ठूलो र चम्किलो ता
राको रूपमा नै देखिने कुरा वैज्ञानिकहरू बताउाछन् । उनीहरूका अनुसार यममा दिनको समयमा देखिने सूर्यको आकार , प्रकार र तापक्रम पृथ्वीबाट पूणिर्माको दिनमा देखिने चन्द्रमाको जस्तै हुने गर्छ ।

प्रश्न पढ्दा अलि झोक चल्न पनि सक्छ किनभने हामीले सौर्यमण्डलको तस्बिरहरू देख्दा सदैव शनि ग्रहको वरिपरिमात्र चक्र भएको चित्र देख्ने गरेका छौं । त्यसैले सहजै उत्तर दिन सकिन्छ - हाम्रो सौर्यमण्डलमा चक्र भएको ग्रह एउटै मात्र छ र त्यो शनि हो । तपाईाको जवाफ यस्तो आयो भने त्यो सोह्रै आना गलत हुनेछ । तस्बिरमा तपाईाले जे देखे पनि हाम्रो सौर्यमण्डलमा चक्र भएको ग्रह शनि मात्रै कदापि होइन । शनिबाहेक हाम्रो सौर्यमण्डलका अन्य ग्रहहरू वृहस्पति, अरुण र वरुणमा पनि शनिमा जस्तै चक्र छन् । हो , यी पछिल्ला तीन ग्रहहरूमा रहेको चक्र शनिको तुलनामा निक्कै साना, अँध्यारा र धमिला छन् । त्यसैले गर्दा तिनीहरूलाई नाङ्गो आाखाले वा सामान्य दुरवीनले सहजै ठम्याउन सकिादैन । शनिमा मात्रै चक्र हुन्छ भन्ने सोचाइ सन् १९७० को दशक अघिसम्म भने सही ठानिएको सोचाइ हो । त्यही दशकमा हाम्रो सौर्यमण्डलका थप तीन ग्रहहरूमा पनि शनिमा जस्तो चक्र रहेको तथ्य फेला परेको थियो ।
  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु