हामी सबैको घाँटीमा स्वर निकाल्ने यन्त्र भोकल कर्ड हुन्छ । यसमा १६ वटा लचिला मांसपेशीहरू हुन्छन् । तिनले झण्डै १७० किमिमका अवस्थाहरू प्रदर्शित गर्न सक्दछन् । आवाज निस्कनु भनेको हावाले ती मांसपेशीलाई चालाई कम्पन पैदा गर्नु हो । कम्पनको तौर तरिका अनुसार नै आवाज उत्पन्न हुन्छ । गाउनेहरूको स्वरयन्त्रको मुख्य विशेषता रिजोनेटिङ स्पेस अथवा स्वर घन्कने ठाउँ हो । उनीहरूमा यस्तो ठाउँ संगित उपकरणहरूको ढ्वाङगले जस्तै काम गर्छ । यसबाहेक गायक गायिकाहरूले आफ्नो स्वरलाई कसरी नियन्त्रण राख्नु पर्दछ भन्ने कुरा पनि सिकेका हुन्छन् ।
गायकहरूको स्वर किन सुरिलो हुन्छ ?
Posted by Om Bhandari
On 8:50 PM
महिलाको दाह्री जुँगा किन आउदैन ?
Posted by Om Bhandari
On 8:48 PM
हामीले देखिआएको तथ्य हो, पुरूषहरूको दाह्री जुगाँ आएको हुन्छ यद्यपी महिलाहरूको हुदैन । तर पनि अपवादमा केही केही महिलाहरूको पनि दाह्री जुँगा आएको देखिन्छ । यसरी पुरूषमा दाह्री जुँगा आउने तर महिलामा नआउने कसरी हुन्छ त ?
मानिसको उमेर बढ्दै गएपछी कपाल वृद्धि हुने प्रकृयालाई लैङ्गिक ग्रन्थीले नियन्त्रण गर्न थाल्दछ । यो ग्रन्थीलाई एडरेनल ग्लाण्ड भनिन्छ । एडरेनल ग्लाण्डले केटाहरूमा र केटीहरूमा भिन्नाभिन्नै प्रकारको रस/हार्मोन पैदा गर्दछ । जसलाई क्रमशः पुरष हार्मोन - एन्ड्रोजिन र महिला हार्मोन - ओइस्ट्रोजिन भनिन्छ । एन्ड्रोजिनले दाह्री जुँगा र शरिरमा रौँ को विकास गर्न मद्दत गर्दछ । तर तालुको रौँ वृद्धिमा भने प्रतिकुल असर पार्दछ । ओइस्ट्रोजिनले तालुको कपाल बढाउन मद्दत गर्छ तर दाह्री जुँगा शरीरको रौं भने बढ्न दिदैन । यसैले स्त्री जातिमा दाह्री जुँगा आउदैन तर पुरूषहरूमा आउदछ ।
बसबाट यात्र गर्दा केही मानिसलाई किन बान्ता आउदछ ?
Posted by Om Bhandari
On 8:44 PM
कसैकसैलाई बसमा यात्रा गर्दा बन्ता/उल्टी आउने समस्याले हैरान पारेको हुन्छ । बसमा चढ्दा किन 'बस' लाग्छ ?
हाम्रो कामभित्र तीनवटा अर्धवृत्ताकार नलीहरू हुन्छन् । ती नलीहरू सामान्यतया एक आपसमा समकोण परेर बसेका हुन्छन्, जुन चालसित सम्बन्धित हुन्छन् र चालको सूचना यिनै नली मार्फत मस्तिष्कको भेस्टिबुलर न्युक्लियसमा पुग्दछ । केही-कोही मानिसहरूमा ज्यादैनै संवेदनशील भेस्टिबुलर स्नायूहरू हुन्छन् । त्यस्ता मानिसहरू लगातार कुनै चलिरहेको गाडीमा बस्दा उनीहरूको मस्तिष्कको भेस्टिबुलर न्युक्लियस नजिकै भेगस न्युक्लिइ भन्ने स्नायुकेन्द्र पर्दछ । भेगसस्नायु उत्तेजित हुँदा सामान्यतया वाकवाकी लाग्ने र वान्ता हुने गर्दछ ।
दाँत किन कुडिन्छ ?
Posted by Om Bhandari
On 8:42 PM
प्रायः अमिलो खाँदा दाँत कुडिने समस्या हुन्छ । दाँत कुडिदा कुनै पनि कडा वस्तु चपाउन निकै मुस्किल पर्ने हुन्छ । दाँत कुडिनुको कारण, दाँतको सबभन्दा भित्र पल्प क्याभिटी, बीचमा डेन्टाइन र बाहिर इनामेल हुन्छ । दाँत कुडिनु सित सम्बन्धित तह इनामेल हो । यसमा खासगरी क्याल्सियम अरू खनिज पदार्थहरू पाइन्छन् । इनामेल एमेलोवास्ट भन्ने एक प्रकारको कोषहरूबाट बनेको हुन्छ । र, यसको मुख्य काम डेन्टाइललाई जोगाउनु हो । अमिलो खाँदा अमिलोमा भएको साइट्रिक अम्लले अनामेलको लेपलाई असर पुर्याइदिन्छ । यसैले गर्दा अमिलो खाँदा दाँत कुडिने गर्दछ ।
फोटोकपी मेसिनले कसरी कार्य गर्दछ ?
Posted by Om Bhandari
On 8:37 PM
फोटोकपी मेसिनमा मुख्य ३ भाग हुन्छन्, ड्रम, टोनर र डेभलपर । मेसिनको सबभन्दा माथिल्लो सतहमा सक्कल कागज राखिन्छ र बटम थिचिन्छ । बटम थिचेपछी मेसिनको एक्सपोजर ल्याम्प बल्छ । एक्सपोजर ल्याम्पको प्रकाशले मेसिनमा रहेको क्यामरामा सक्कल कागजको अक्षरलाई पुर्याउँछ । क्यामेराले प्रकाश परिवर्तन प्रक्रियाद्वारा अक्षरलाई ड्रमको घुमाइसंगै ड्रममा पुर्याइदिन्छ । यसको साथमा टोनर र डेभलपरको रोलर पनि चलिरहेको हुन्छ । रोलरले ड्रमलाई छोएको हुन्छ । रोलरमा चुम्बकिय शक्ति पनि हुन्छ । त्यही शक्तिले फलामका ससाना कण र मसी चार्ज कोरोनद्वारा अक्षरलाई छाँयामा राख्ने कार्य हुन्छ । उक्त छायाँ पेपर सेटमा राखिएको खाली कागजमा सर्छ । त्यही समयमा कागज निस्कने अन्तिम भागमा रहेको हिटरले कागजमा रहेका अक्षरलाई टासिदिन्छ । त्यसपछी सक्कल कागजको दुरूस्त प्रतिलिपी आउँछ ।
चङ्गा कसरी उड्छ ?
Posted by Om Bhandari
On 8:45 PM
सिस्नुले किन पोल्छ ?
Posted by Om Bhandari
On 8:36 PM
हमीमध्ये कतीलाई सिस्नुले पोलेको पनि होला । विद्यालयमा सजाय स्वरूप सिस्नो पानिले हान्ने गरेको पनि हामीले थाहा पाउदछौ । कुनै अवस्थामा सिस्नुरो पोलाई अत्यन्त पिडादायक पनि हुन्छ । आखिर किन पल्दछ त सिस्नुले ?
सिस्नुका हाँगा र पातमा स-साना रौं जस्ता काडाहरू हुन्छन् । यी काडाँहरूको टुप्पो तीखो र फेद फक्रेको थैली जस्तो हुन्छ । यस्ता थैलीमा फर्मिक एसिड भन्ने एक प्रकारको अम्ल हुन्छ । हलुको ढङ्गले मात्र छोयो भने पनि काँडाको टुप्पो हाम्रो छालामा छिर्छ, काँडा भाचिन्छ र हाम्रो छालामा टाँसिएर आउँछ । काँडामा भएको फर्मिक एसिड हाम्रो छालामा पस्दछ र हामीलाई पोलेको अनुभव हुन्छ ।
के माछालाई पनि प्यास लाग्छ ?
Posted by Om Bhandari
On 8:29 PM
पानी कुनै पनि प्राणीलाई नभई नहुने चीज हो । तेसैले हाम्रो शरीरबाट विभिन्न तरिकाबाट पानी बाहिर निस्कदा हाम्रो शरीरमा पानीको मात्रा कमी भई हामीलाई प्यास लाग्छ । तर, पानीमै सधैभरी बसिरहने माछालाई प्यास लाग्छ त ?
माछालाई प्यास लाग्छ कि लाग्दैन भन्ने प्रश्नको उत्तर ‘प्यास’ शब्दको अर्थमा र माछाको वासस्थानमा भर पर्छ । यदि प्यास लाग्नु भनेको हामी मानव तथा जमिनमा बस्ने अन्य जनावरहरुको शरीरमा पानी कम हुँदा ‘पानी खान मन लाग्ने’ भावना हो भने मीठो पानी (समुद्र बाहेकको पानी जुन नुनिलो हुँदैन)मा बस्ने माछाहरुको लागि सायद प्यास शब्द अर्थहीन हुन्छ । किनभने शरीरमा पानीको मात्रा नियन्त्रणको लागि यस्ता माछाहरुले हामीले जस्तै पानी मुखबाट ‘पिउने’ गर्दैनन् । यिनीहरुको शरीरमा पानीको मात्रा नियन्त्रण अस्मोरेग्युलेसन नामक प्रक्रियाबाट हुन्छ । अस्मोरेग्युलेशन भनेको कम नुन भएको ठाँउबाट बढि नून भएको ठाँउमा पानी सर्ने प्रक्रिया हो । मीठो पानीमा बस्ने माछाको मृगौलाले युरिया नामक पदार्थको उत्पादन गर्छ । शरीरमा युरियाको मात्रा बढेपछि शरीरबाहिरको पानीभन्दा शरीरभित्रको पानी नूनिलो हुन्छ । यसैकारण अस्मोरेग्युलेशनको प्रक्रियाबाट पानी माछाको शरीरभित्र पस्छ ।
तर समुद्री माछाहरुको हकमा भने यो प्रक्रिया फरक हुन्छ । समुद्र आफै माछाको शरीरको पानीभन्दा निकै नूनिलो हुन्छ । यसै कारण माछाको शरीरबाट अस्मोरेग्युलेसन प्रक्रियाबाटै पानी निकै चाँडो बाहिर निस्कन्छ । त्यसैले समुद्री माछाहरुले पानी पिइरहनुपर्छ जुन काम उनिहरुले हामीले जस्तै मुखबाट गर्छन । तर समुद्रको पानी आफै नूनिलो हुन्छ भने त्यही पानी खाँदा माछाको शरीर पनि उत्तिकै नूनिलो हुनुपर्ने होइन र ? भन्ने प्रश्न पनि उठ्छ । यो सहि हो, तर यसलाई नियन्त्रण गर्ने काम माछाको गिल्सले गर्छ । गिल्सले पानीमार्फत शरीरमा भित्र छिर्ने नूनलाई बाहिर फाल्ने काम पनि गर्छ । यस हिसाबमा भन्ने हो भने समुद्री माछाहरुलाई प्यास लाग्छ । यद्यपि यो हामीलाई लाग्ने जस्तो प्यास हुँदैन । किनभने समुद्री माछाहरुको पानी खाने प्रक्रिया पनि हामीले सास फेरेजस्तै निरन्तर भइरहन्छ । यो यति निरन्तर हुन्छ कि केही छिनको लागि पानी नखाँदा पनि माछाको मृत्यु हुन सक्छ ।

Subscribe to:
Posts (Atom)