सामान्यतः जन्मिने बेलामा शिशुको शरीरको लम्बाइ 50 सेन्टिमिटर हुन्छ । त्यसपछि 20 वर्षमा उसको उचाइ 3 गुनासम्म बढेर औसत 1.7 मिटर पुग्न जान्छ । तर त्यसपछि भने उचाइमा खासै परिवर्तन आउँदैन । हाम्रो उचाइ सधैं किन बढिरहँदैन ? हाम्रो उचाइ बढ्न कुन तत्वले रोक्छ ?

हाम्रो शरीरमा ग्रन्थीहरूको एउटा प्रणाली हुन्छ, जसलाई इन्डोक्राइन ग्रन्थीहरू भनिन्छ । यी ग्रन्थीहरूले हाम्रो शरीरको उचाइको नियन्त्रण गर्ने काम गर्दछ । इन्डोक्राइन ग्रन्थीहरूमा थाइरोइड ग्रन्थी, पिट्युटरी ग्रन्थी, थाइमस ग्रन्थी, र लैंगिक ग्रन्थीहरू पर्दछन । पिट्युटरी ग्रन्थीले हाम्रा हाडहरूको आकारको नियन्तरण गर्दछ । यदि यो ग्रन्थी धेरै सक्रिय भएमा हाम्रा हात तथा खुट्टाहरू निकै लामा-लामा हुन्छन् । तर यसले राम्ररी काम गरेन भने पुड्को भइन्छ ।

शिशु जन्मँदा उसको थाइमस ग्रन्थी ठूलो हुन्छ र यो ग्रन्थीको आकार बाल्यकालमा बढ्दै जान्छ । तर किशोरावस्थामा यसको आकार सानो हुन थाल्छ । थाइमस ग्रन्थी र लैँगिक ग्रन्थीहरूमा एक प्रकारको सम्बन्ध हुन्छ । जबसम्म थाइमस ग्रन्थीले काम गरिरहेको हुन्छ तबसम्म लैँगिक ग्रन्थीहरू स-साना हुन्छन् । लैँगिक ग्रन्थीहरूले काम गर्न थालेपछि थाइमस ग्रन्थीले काम गर्न छाड्छ । जसको फलस्वरूप लैँगिक रूपमा वयस्क भइसकेपछि 20/22 वर्षको उमेरमा मानिसको शरीर बढ्न रोकिन्छ । कहिलेकाहीं लैंगिक ग्रन्थीहरूको चाँडो विकासको कारण थाइमस ग्रन्थी चाँडै निष्क्रिय हुन जान्छ , जसको कारण शरीरको उचाइ सामान्यभन्दा कम हुन जान्छ । लैँगिक ग्रन्थीहरू ढिलो विकास भएको खण्डमा मानिसको उचाइ सामान्यभन्दा बढी हुन जान्छ । सत्य त के हो भने हाम्रो उचाइ 25 वर्षको उमेरपछि पनि 35/40 वर्षसम्म बढिरहन्छ , तर निकै थोरै गतिमा मात्रै । त्यसपछि भने प्रत्यक 10 वर्षमा करिब 12 मिलिमिटरको दरमा उचाइ घट्छ । यसको कारण भने हड्डीका जोर्नीहरू तथा मेरूदण्डमा हुने कुर्कुरे हड्डी सड्नु हो ।
पोर्टस माउथ विश्वविध्यालयका अनुसन्धानकर्ताका अनुसार महिलाको बढ्दो स्तन वृद्धिको जिम्मेवार कीटनाशक र प्रदुषण हो । बेलायतमा आफ्नो स्तन आकारको वृद्धिलाई लिएर महिलाहरू चिन्तित भएपछि यो अध्ययन गरिएको थियो ।
तीन हजार महिलामा गरिएको अध्ययनमा उनीहरूको जीवनशैली र खानपानबारे अनुसन्धान गरेपछि विशेषज्ञहरू यस्तो निष्कर्षमा पुगेका हुन । पोषण विशेषज्ञ डा. मर्लिन ग्लेनविलाका अनुसार ओस्ट्रोजेन हार्मेनले महिलाको शरीरलाई आकार दिन्छ । यो हाम्रोनको स्राव किशोरावस्थादेखि नै सुरू हुन्छ । शरीरमा यो हाम्रोनको स्तर बढ्नाले स्तनका तन्तु प्रभावित हुन्छन र यसले स्तनको अकार वृद्धि हुन्छ ।
अनुसन्धान अनुसार हाल खाद्यपर्दाथमा मिसिएका कीटनाशक र प्रदुषणका कारण महिलाको शरीरमा यो हाम्रोनको स्तर बढीरहेको छ । यसैकारण महिलाको स्तन सामान्यको दाँजोमा ठूलो देखिन थालेको हो । अनुसन्धान कर्ताका अनुसार यसो हुनु चिन्ताको विषय हो । यसले थुप्रै रोग निम्त्याउन सक्छ । त्यसैले साथीहरू आजैदेखी सुरक्षित हुने उपाय खोजौँ, थुप्रै जोखिमबाट बचौँ ।

माया (love) किन हुन्छ ?

Posted by Om Bhandari On 11:56 PM
'लभ' (Love) को कारण के हो ? किन हुन्छ प्रेमी-प्रेमीका बीच आकर्षण ? यस्ता प्रश्नहरूको उत्तर पाउन वैज्ञानिकहरूले कयौँ प्रयास गरेका छन । तिनका केही खोजमा विश्वास गर्ने हो भने दुई प्रेमीबीच 'इमोसन' र त्यसमा परिवर्तनको मुख्य कारण हो - शरीरमा हुने रासायनिक तत्व
'लभ' का बिभिन्न बेग्लाबेग्लै चरणहरू ( इन्फेचुएसन, कडलिङ्ग , एट्रेक्सन )  यहाँसम्म कि विश्वासघात (विट्रायल) को पछि पनि केही खास केमिकलको हात हुन्छ । वैज्ञनिकहरूका अनुसार आकर्षण वस्तुत: यो न्युरोकेमिकल का भर्चुअल एक्सप्लोजन सरह हुन्छ । 'पिइए' एक केमिकल हो जसले नर्भ सेल्स माझ सुचनाको प्रवाह बढाउँदछ । यो रसायनमा डोपामाइन र नोरिफिनेराइन नामक दुई रसायनहरूले बडो रोचक काम गर्दछन । डोपामाइनले गुड फिल को अनुभुति दिलाउँछ तथा नोरिफिनेराइनले एड्रिनलको उत्पादन बढाउँछ । कसैलाई हेर्दा बढ्ने मुटुको धड्कन यि रसायनकै काम हुन । यी तीनटै रसायनले संयुक्तरूपमा काम गर्दछ । यसैकारणले नयाँ प्रेमीले आफुलाई हावामा उडिरहेको तथा एकदमै ऊर्जा पाएका अनुभव गर्दछ ।
कसैसँग कडल-अप गर्ने मन त्यसै हुदैंन । अक्सिटोसिन जसलाई कडलिग केमिकल पनि भनिन्छ । यो त्यसैको कारण हो । अक्सिटोसिन मदरहुडसँग सम्बद्ध रहेको पनि मानिन्छ तर यसले महिला पुरूष दुवैलाइ बढी कुल र एक अर्काको अनुभबलाई संवेदनशील पनि बनाउँदछ । सेक्सुअल भावनामा पनि यसको खास भूमिका हुन्छ । प्रेमी-प्रेमीकाको तस्विर हेर्नु , त्यसबारे सोँच्नुदेखि आवाज सुन्ने , खास एपिरियेन्स सम्मले तपाईको शरिरका अक्सिटोसिनका उत्पादन बढाउन सक्छ । यदि प्रेमी उपस्थित छ भने यही हार्मोनले एक अर्कालाई अँगालो हाल्न प्रेरित गर्दछ । इन्फेचुएसन कम हुनासाथ रसायनको एक नयाँ समुहले टेकओभर गर्दछ , जसलाई इन्डोफिन्स (खुसी बनाउने रसायन पनि भनिन्छ)ले सिर्जना गर्दछ । यो पीइएझै उत्तेजक हुदैन तर बढी एक्टिभ र कुल गर्ने हुन्छ । यसैले गर्दा इन्फेचुएसनपछि मायको अर्को चरण अर्थात एटेचमेन्टमा अन्तरङ्गता सँगसँगै , विश्वास , न्यानोपन एवम् सगैँ समय बिताउने जस्तो भावना विकसित हुन्छ । जति यी रसायनको बानी बस्दछ त्यति नै प्रेमी-प्रेमिकालाई एक अर्काबाट टाढिन मुश्किल हुन्छ । यसै कारणले लामो सम्बन्ध टुट्न मानिसलाई असह्य हुने गर्छ । यसको कारण यी रसायनको बानी हो ।
तपाई हामीलाई थाहा भएकै कुरा हो कि महिलाको स्वर मसिनो तथा सुरिलो हुन्छ तर पुरूषको स्वर त्यस्तो हुदैन । पुरूषहरू मोटो र धोद्रो स्वरमा बोल्ने गर्दछन । यस्तो स्वर परिवर्तन किशोर अवस्थाबाट मात्र शुरूवात हुन्छ । यसलाई वैँस चढेको पनि भनन्छ ।
किन हुन्छ त स्वर परिर्वतन ?

किशोरावस्थामा मानिसको शरीरमा विभिन्न परिवर्तनहरू देखा पर्न थाल्दछन । शरीरका विभिन्न ग्रन्थीहरूले उत्पादन गर्ने हर्मोनहरूको कारणले मानिसको शरीरमा परिवर्तनहरू मध्य पुरूषको स्वर धोद्रो हुनु पनि एक हो ।
किशोररावस्थामा पुरूषको शरीरमा टेस्टोस्टेरोन (Testosterone) नामक हर्मोनको उत्पादन हुन्छ । यो हार्मोनको उत्पादनले घाँटीभित्र हुने भोकल कर्डलाई लामो र बाक्लो बनाउँछ । यसले ल्यारिङ्क्स (Larynx) को आकारमा पनि परिवर्तन ल्याउँछ र स्वर धोद्रो हुन्छ । तर महिलाको शरीरमा टेस्टोस्टेरोन (Testosterone) नामक हर्मोनको उत्पादन नहुने हुँदा स्वरमा खासै परिवर्तन आउँदैन ।
मोबाइल फोन सुक्ष्म तरंग (माइक्रोवेभ) ऊर्जाबाट संचालित हुन्छ । सुक्ष्म तरंग ऊर्जाले हाम्रो दिमागमा ताप उत्पन्न गर्दै DNA अणुलाई नष्ट गर्न सक्छ । त्यसैले यसले हाम्रो दिमागलाई अस्वस्थ र कमजोर तुल्याउन सक्छ । यो मोबाइल फोनको हानिकारक गुण हो । मोबाइल फोन सुक्ष्म तरंग (माइक्रोवेभ) ऊर्जाले दिमागमा सिधै असर गर्नसक्ने भएकाले बैज्ञानिकहरू मोबाइल फोन कानमा जोडेर होइन इयर फोनको मद्दतले कुराकानी गर्न सुझाव दिन्छन ।
     त्यस्तै मोबाइल फोनमा ५ सयदेखि १ हजारसम्म सामग्री वा तत्वहरू हुन्छन् । त्यसमध्ये विषयुक्त गरौं धातुमा लिड , मर्करी, क्याडमियम र बेरिलुम प्रमुख छन् । यसमा विफआरको नामले चिनिने नसामा आघात असर पार्ने रसायनको पनि प्रयोग भएको हुन्छ । मोबाइलमा प्रयोग हुने पिभिसी प्लास्टिक तथा किप्याड र व्याट्री पनि स्वास्थ्यका लागि हानिकारक छन् । व्याट्रीमा क्याडमियम , निकल र लिथियमको प्रयोग गरिएको हुन्छ, जो मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । त्यसैले विषशज्ञको सुझाव छ कि मोवाइल किन्दा हानिकारक तत्वहरू कम भएका र सुरक्षित किसिमले बनेका मोवाइल खरिद गर्नुपर्छ ।
 आँखाद्धारा विभिन्न रङहरूको पहिचानको विषयमा योङ्ग-हेल्महोल्टज सिद्धान्त निकै लोकप्रिय छ । यो सिद्धान्त बेलायतका भौतिकशास्त्री थोमस योङ्गले 1801 मा दिएका थिय भने जर्मन वैज्ञानिक हरमन हेल्महोल्ट्जले 19 औँ शताब्दीको मध्यतिर विकसित गरेका थिए । यो सिद्धान्तअनुसार हाम्रो आँखाभित्र रहेको रेटिना लगभग 13 करोड अत्यन्त सुक्ष्म तन्तुहरू मिलेर बनेको हुन्छ । यि तन्तुहरू दुई प्रकारका हुन्छन् : रड र कोन ।
रड सेतो र कालो रङप्रति मात्र सम्वेदनशिल हुन्छ भने अरू रङहरूप्रति कोन सम्वेदनशिल हुन्छ । यस्तै, कोन पनि तीन प्रकारका हुन्छन् जुन प्राथमिक रङहरू (रातो, नीलो र पहेँलो) प्रति सम्वेदनशिल हुन्छन् । यी तीन रङहरू विभिन्न अनुपातमा मिलेर नै अरू रङहरूको निर्माण हुन्छ । जब कुनै रङ्गीन प्रकाश आँखामा पर्छ, तब त्यो रङ्गसँग सम्बन्धित कोन उत्तेजित हुन्छ र रङको पहिचान गर्न सकिन्छ ।
उदाहरणका लागि हरियो रङको प्रकाश हाम्रो आँखामा पर्यो भने निलो र पहेँलो रङप्रति सम्वेदनशिल कोनहरू उत्तेजित हुन्छन् । किनभने निलो र पहेँलो रङ मिलेर हरियो रङ बन्दछ ।
  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु