हाम्रो ब्रम्हाण्ड अत्यन्तै विशाल छ , जहाँ विभिन्न ग्रह , उपग्रह , तारा आदि छन् । राति सफा आकाशमा देखिने प्रकाशपिण्ड नै ताराहरू हुन । हामीबाट धेरै टाढा भएकाले साना देखिए तापनि वास्तवमा तिनीहरू विशाल छन । ताराहरूको शक्ति वा उर्जाको मुख्य स्रोत न्युक्लियर फ्युजन हो , जुन निरन्तर चलिरहन्छ । नाभिकीय प्रतिक्रिया चलिरहँदा विस्तारै इन्धन समाप्त हुदैँ जान्छ र तारा प्रकाशहीन (अदिप्त) हुन्छन । ताराहरूमा नाभिकीय प्रतिक्रिया चलिरहेदाँ उत्पन्न हुने तापशक्ति आन्तरिक गुरूत्वशक्तिभन्दा बढी हुन्छ , तसर्थ ताराको आकार गुरुत्व प्रभावले संकुचन हुन पाउँदैन । नाभिकीय स्रोतको अन्तयसँगै तापशक्तिको मात्रा घट्दा गुरूत्वशक्तिको प्रभाव बढ्छ र ताराको आकार तीव्र रूपमा संकुचन हुन थाल्दछ । जसका कारणले परमाणुहरू एक अर्काको नजिक-नजिक हुदैँ जान्छन । यस्तो अवस्थामा पुगेको ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 1 देखि 4 गुणा कम भएमा ताराका परमाणुहरू एकअर्काको अत्यन्तै नजिकमा आइपुग्छन । परमाणुहरूको वरिपरि परिक्रमा गर्ने इलेक्ट्रोनहरू आफ्नो कक्षबाट उछिट्टिएर बाहिर जान्छन । यसरी उछिट्टिएका इलेक्ट्रोनहरूको चापले गुरूत्व प्रभावबाट भइरहेको संकुचनलाई सन्तुलन गर्दा ताराहरूमा एक प्रकारको स्थायित्व कायम हुन्छ । यस अवस्थामा पुगेको तारालाई ह्वाइट ड्वार्फ (White Dwarf) भनिन्छ । संकुचित ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 1 देखि 4 गुणा बढी भएमा तारामा रहस्यात्मक विष्फोट हुन्छ । विष्फोटपश्चात मुख्य ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 3 गुणाभन्दा कम भए पनि पहिलेको जस्तो गुरूत्व प्रभावलाई इलेक्ट्रोनको चापले रोक्न सक्दैन । यिनीहरूका परमाणु झन झन नजिकिंदा आन्तरिक चापमा बृद्धि भई इलेक्ट्रोन र प्रोटोन संयोजित हुन्छन र न्युट्रोनको सृष्टि हुन्छ । यसरी करिब 30 प्रतिशत भाग न्युट्रोनमा परिणत भएपछि गुरुत्वको संकुचन प्रभावलाई सन्तुलन गर्न सक्ने न्युक्लियर शक्ति उत्पन्न हुन्छ र संकुचन प्रक्रिया रोकिन्छ । यस प्रकारको तारालाई न्युट्रोन तारा (Neutron star) भनिन्छ । विष्फोटपश्चात अवशेष रहेको मुख्य भागको पिण्ड सूर्यको पिण्डको 3 गुणाभन्दा बढी भएमा गुरुत्व प्रभावबाट भएको संकुचनलाई अन्य कुनै शक्तिले रोक्न सक्दैन र तारामा निरन्तर संकुचन भइरहन्छ । विस्तारै ताराको आकार सानो हुँदै जाँदा यसको घनत्व बढ्दै जान्छ र गुरुत्वक्षेत्रको तीब्रता पनि बढ्दै जान्छ । यसरी ताराहरू आफ्नै पिण्डको गुरुत्व प्रभावले गर्दा खुम्चदै गर्छ । अन्त्यमा अति नै सुक्ष्म विन्दुमा समाहित भएर कृष्ण छिद्र (Black Hole) को निर्माण हुन्छ । सूर्यकोभन्दा 3 गुणा ठूलो पिण्ड सूक्ष्म विन्दुमा परिणत हुँदा त्यसको घनत्व कल्पना गर्नै नसकिने हुन्छ । उक्त सूक्ष्म विन्दुलाई विलक्षताको विन्दु (Point of Singularity) भनिन्छ ।
जूनकिरी कसरी बल्छ ?
Posted by Om Bhandari
On 9:16 PM
सामान्यत: गर्मी मौसममा मात्र पाइने जूनकिरीको पछाडि पिलपिल गरि बल्ने
बत्ती विभिन्न रसायनहरूको समीश्रणका कारण बल्छ । यी रसायनहरूमा अक्सिजन,
ल्युसिफेरिन नामक पिग्मेन्ट, ल्युसिफेरेज नामक इन्जाइम र कोषमा शक्ति
प्रदान गर्ने तत्व एडिनोसिन ट्राइफोस्फेट पर्छन । बत्ती बाल्नको लागि
प्रयोग गरिने कोषहरूमा रहेका युरिक एसिडका क्रिस्टलहरूले प्रकाशलाई
परावर्तन गरेर बत्तीलाई अझ चम्किलो पार्छन् ।
यद्यपि जूनकिरीको बत्ती पिलपिल गर्नुको कारणमा भने जूनकिरीको स्नायु
कोषहरूले गर्छन कि अक्सिजनको प्रवाहले गर्छ भन्ने कुरामा वेज्ञानिकहरू
द्विविधामा छन । तर, करिब 2 हजार प्रजातिहरू रहेका यि जुनकिरीहरूको बत्ति
पिलपिल गर्नुका धेरै प्रायोजन भने थाहा लागेको छ । जूनकिरीहरू विपरित
लिङ्गीलाई आकर्षित गर्न पिलपिल बत्ति बाल्छन । विभिन्न प्रजातिका
जूनकिरीहरू छुट्टाछुट्टै शैलीमा पिलपिल गर्दछन । यसले जूनकिरीहरूलाई
आफ्नै प्रजातिको अर्को जूनकिरी थाहा पाउन सजिलो हुन्छ । यिनीहरू यो
पिलपिल गर्ने बत्तिलाई सुचना अदानप्रदान गर्न पनि प्रयोग गर्दछन ।
जूनकिरीबाहेक अरू थुप्रै प्राणीहरूले पनि बत्ती बाल्छन । यस्तो बत्ती
बाल्ने प्राणीको गुणलाई वैज्ञानिक भाषामा बायोल्युमिनेसेन्स भनिन्छ ।
वैज्ञानिकहरूको धारणा के छ भने समुन्द्रको गहिरो भागमा बस्ने 90 प्रतिशत
प्राणीहरूमा बायोल्युमिनेसेन्स गुण हुन्छ ।

पानी परिसकेपछि मीठो वास्ना कसरी आँउछ ?
Posted by Om Bhandari
On 9:00 PM
धेरैलाई पानी परेपछि आउने बास्ना मीठो लाग्छ । यस्तो वास्नालाई वसन्त
रितुसँग जोडिएर व्यख्या गरिन्छ । तर, धेरैलाई मीठो लाग्ने यस्तो वास्ना
पानी परिसकेपछि किन आउँछ त ?
पानी परेपछि आउने वास्नाका कारण धेरै हुन सक्छन । त्यस्तै प्रकारको मीठो
बास्ना हामी जंगलमा पनि पाउँछौँ । वास्तवमा यस्तो मीठो वास्ना
व्याक्टेरियाको कारण आउँछ । एन्टिनोमाइसिटिज नामक व्यक्टेरिया ओसिलो र
न्यानो जमिनमा चाँडै विकास र फैलने हुन्छ । जब जमिन सुक्छ, त्यसपछि ती
व्यक्टेरियाहरूले स्पोर्सहरुको उत्पादन गर्छ । यो स्पोर्सहरू हावामा
फैलिन्छन् र ओसिलो हावामा रहेका पानीका कणहरूसँग मिसिएपछि मीठो बास्ना
निस्कन्छ । व्याक्टेरियाहरू पृथ्वीको हरेक कुनामा हुन्छन् । त्यसैले
व्यक्टेरियाहरूको कारणले आउने यो बास्नाबाट सबै परिचित हुन्छन् ।
पानी परेपछि निस्कने बास्नाहरूमध्यको एक अर्को बास्ना पानीमा हुने अम्लको
कारण आउँछ । हावामा हुने विभिन्न रासायनिक तत्वहरूका कारण विशेषगरी शहरी
क्षेत्रहरूमा पानीमा अम्लको मात्रा केही बढी हुन्छ । अम्ल मिसिएको यस्तो
पानीले जमिनमा रहेका रासायनिक तत्वहरूसँग प्रतिक्रिया गर्छ, जसको कारणले
बास्ना उत्पादन हुन्छ । तर, यस्तो तरिकाबाट निस्कने बास्ना खासै मीठो
हुदैन । त्यसैले पनि पानी पर्दा जहिले पनि मीठो बास्ना निस्कदैन ।
विरुवा तथा रूखहरूले उत्पादन गर्ने भोलाटाइल (चाँडै वाफ भई उडेर जान
सक्ने) तेलहरूको कारण पनि पानी पर्दा बास्ना आउँछ । यस्ता भोलाटाइल
तेलहरू चट्टानहरूको सतहमा जम्मा भएर बस्छन् । वर्षाको पानीले यस्ता
तेलहरूसित रासायनिक प्रतिक्रिया गर्छ र त्यसपछि ग्याँसको रूपमा हावामा
छरिइन्छन् । यो प्रकारको बास्ना पनि मीठो हुन्छ । यो बास्नालाई त बटलमा
कैद गरेर सेन्टहरू बनाउन पनि प्रयोग गरिन्छ ।
वर्षापछिको बास्नाका अरू थुप्रै सूक्ष्म कारणहरू हुन्छन । त्यसैले कसैसँग
यस्ता बास्नाहरूको बारेमा विवाद गर्दै हुनुहुन्छ भने याद गर्नुहोस्
तपाइहरू दुवै सही बोलिरहनुभएको हुनसक्छ ।

खोपले कसरी काम र्गछ ?
Posted by Om Bhandari
On 12:23 PM
शिशु जन्मेको पाँच वर्ष नपुग्दै विभिन्न थरिथरिका खोपहरु लगाइन्छ । पोलियो थोपा, हेपाटाइटिसको खोप, दादुराको खोप, आदि खोपहरु लगाइँदा शिशुमा पछि यी रोगहरु देखा नपर्ने बताइन्छ । तर, यस्ता खोपहरुले कसरी काम गर्छ त ?
हामीहरुमध्ये धेरैले के सोच्छौ भने रोगहरु लाग्दा दिइने औषधिहरुजस्तै खोप पनि कुनै प्रकारको औषधि नै होला । तर, खासमा खोप भनेको रोग लगाउने भाइरस वा ब्याक्टेरियाहरु नै हो । उदाहरणको लागि दादुराको खोपमा दादुरा लगाउने किटाणुहरु नै हुन्छन । तर, यी किटाणुहरुलाई शिथिल बनाइएका हुन्छन । त्यसैले यी किटाणुहरुसँग रोग लगाउने क्षमता भने हुँदैन । त्यसैले खोप दिनु भनेको शरीरको प्रतिरोधात्मक प्रणालीलाई तयार पार्नु हो । शिशु अवस्थामा नै खोपबाट दिइने यस्ता किटाणुहरु शरीरमा प्रवेश गरेको खण्डमा शरीरले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र भविश्यमा पनि यस्ता किटाणुहरु शरीरभित्र पसे केही कठिनाइबिना प्रतिरोध गर्छ ।
जब शरीरमा शिथिल बनाइएका किटाणुहरु प्रवेश गराइन्छ, शरीरमा रहेका बि–सेलहरु ( एक प्रकारको सेतो रक्तकोष) क्रियाशील हुन्छन । बि–सेलहरु क्रियाशील हुँदा शरीरमा एन्टिबडीहरुले रोग लगाउने ब्याक्टेरिया वा भाइरसहरु विरुद्ध प्रतिरोध गर्छ । त्यसैले धेरै प्रकारका खोपहरु एकपटक दिइसकेपछि त्यसले जीवनभरिको लागि काम गर्छ । तर कुनैकुनै खोपहरुले जीवनभरिको लागि काम गर्दैन । उदाहरणको लागि टिटानसको खोपले खास समयसीमाको लागि मात्र काम गर्छ । यस्तो अवस्थामा यस्ता खोपहरु निश्चित समय अन्तरालमा दिइनुपर्ने हुन्छ । मानिस जन्मँदा उसँग निश्चित रोगहरुसँग मात्र लड्ने प्रतिरोधात्मक क्षमता हुन्छ । यो प्रतिरोधात्मक क्षमताको कारक उसको शरीरमा आमामार्फत प्राप्त हुने एन्टिबडीहरु हुन । तर, यी एन्टिबडीहरुले शिशुलाई एक वर्षसम्म मात्र सुरक्षा दिन सक्छन । त्यस्तै, अन्य धेरै रोगहरुविरुद्ध प्रतिरोध गर्ने एन्टिबडीहरु शिशुमा आमामार्फत प्राप्त हुदैनन् । त्यसैले भविश्यमा लाग्न सक्ने रोगहरु विरुद्ध लड्न शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई तयार राख्नको लागि शिशुलाई खोप दिइन्छ ।
धुलो भएन भने के हुन्छ ?
Posted by Om Bhandari
On 8:01 PM
प्राय: सबैलाई लाग्दो हो, 'धुलोको खासै महत्वपूर्ण काम छैन । धुलो नभइदिए
त दिनदिनै घर सफा गर्नु पर्दैनथ्यो । सबै कुराहरू सफा सुग्घर हुने थिए
साथै मानिसलाई विभिन्न श्वासप्रश्वासका रोगहरू लाग्ने थिएन ।' तर, धुलो
नहुँदो हो त त्यो भन्दा पनि बढी समस्या पर्ने थियो । यदी धुलो नभएमा पानी
धेरै पर्ने थिएन, सूर्यास्त हामीले देख्ने गरेको जस्तो सुन्दर हुने थिएन
।
पानी पर्नुमा वायुमण्डलमा हुने धुलोका कणहरूको धेरै ठूलो योगदान हुन्छ ।
धुलोका कणहरूले वायुमण्डलमा वाफका रूपमा रहेका पानीका अणुहरूलाई सोस्ने
गर्छ । यसरी पानीका अणुहरू धुलोका कणहरूमा जम्मा हुदैँ जाँदा, विस्तारै
त्यो गह्रौँ हुन्छ । र, अन्त्यमा निकै गह्रौँ भएपछि पानीका ति अणुहरू
वर्षाको रुपमा जमिनमा झर्छ ।
त्यस्तै सूर्योदय तथा सूर्यास्त सुन्दर देखिनमा पनि धुलोको महत्वपूर्ण
भूमिका छ । सूर्योदय र सूर्यास्तको समयमा, जब सूर्य क्षितिजभन्दा तल
हुन्छ, पानीका कणहरू मिसिएका धुलाका कर्णहरूले लामो वेभलेन्थ (तरङ्ग
लम्बाइ) भएको रातो प्रकाशलाई परावर्तन गरी वायुमण्डलमा फिजाइदिन्छ, जसका
कारण आकाश रातो देखिन्छ । वायुमण्डलमा जति धेरै धुलाका कणहरू हुन्छन,
सूर्योदय र सूर्यास्त त्यति धेरै सुन्दर देखिन्छ ।

बिरालोले किन घुर्र-घुर्र आवाज निकाल्छ ?
Posted by Om Bhandari
On 12:19 PM
धेरैलाई थाहा छ बिरालो जातका जनावरहरू, चाहे त्यो सानो होस वा ठूलो, सबैले घुर्र-घुर्र आवाज निकाल्ने गर्दछन । कुनैकुनै चिडियाखानामा चितुवाजस्ता ठूला बिरालाहरूले पनि यस्तो आवाज निकाल्ने गरेको पाइएको छ । बिरालोको घुर्र-घुर्र आवाज भोकल कर्डको कम्पनको कारणले पैदा हुन्छ र यो स्वचालित कार्य (Voluntary Action) भित्र पर्दछ । यस्तो आवाज निस्कँदा भ्वाइस बक्सका मांसपेशीहरूले भल्बको रूपमा काम गर्छन, जसको कारणले भोकल कर्डको दुवै दिशा भएर जाने हावामा कम्पन पैदा भएर आवाज पैदा हुन्छ । सुरूमा बिरालोहरू खुसी भएको बेला र सन्तुष्ट महसुस गरेका बेलामा घुर्र-घुर्र आवाज निकाल्छन भन्ने विश्वास गरिन्थ्यो । यो कुरा पनि सत्य हो, तर बिरालो खुसी नभएका क्षणहरूमा पनि यस्तो आवाज निकाल्ने गर्दछ । बिरालोले निकाल्ने यो आवाजको फ्रिक्वेन्सी 25-130 हर्जसम्मको हुन्छ । वैज्ञानिकहरुका अनुसार यो फ्रिक्वेन्सी भनेको हाड र मांसपेशीहरूमा हुने दुखाइ कम गर्ने फ्रिक्वेन्सी हो । यसले के देखाउँछ भने बिरालोले आफ्नो हाड तथा मांसपेशीमा हुने दुखाइको उपचारको लागि यस्तो आवाज निकालेको हुन सक्छ । यो सिद्धान्तलाई कुन कुराले पनि बल पुराउँछ भने बिरालो प्रजातिका जनावरहरूको हाड भाँचिएमा अरू जनावरहरूमा भन्दा चाँडै निको हुन्छ ।
Subscribe to:
Comments (Atom)