मह बनाउने मौरी एक घण्टामा औसत रूपमा 13 देखि 15 माइलसम्म उडन सक्छ ।
एक औन्स मह उत्पादन गर्नको लागि एउटा मौरीले औसत रूपमा 1600 चक्कर यात्रा
गर्ने गर्छ । त्यसले एक चक्कर काट्नको लागि करीब 6 माइलको यात्रा गर्ने
गर्छ । यस हिसबले हेर्ने हो भने एउटा मौरीले 2 पौण्ड मह उत्पादन गर्नको
लागि पृथ्वीलाई चार पटक चक्कर लगाउन लाग्ने बराबरको दूरी यात्रा गर्ने
गर्छ ।
एक पौण्ड मह उत्पादन गर्नको लागि मौरीहरुको समूहले 20 लाखवटा फूलहरूको
चक्कर काटेको हुन्छ ।
मौरीको एउटा घारमा 40-45 हजार मौरीहरू हुन्छन ।
मानिसको लागि खानेकुरा उत्पादन गरिदिने एउटै मात्र कीरा मह उत्पादन गर्ने
मौरी हुन ।
एक पौण्ड मैन उत्पादन गर्नको लागि मौरीले 8 पौण्ड मह खाएको हुन्छ ।
मौरीको घारको औसत तापक्रम 93.5 डिग्री हुने गर्दछ ।
रानी मौरीले एक दिनमा करीब 2 हजार वटा अण्डाहरु पार्ने गर्छे ।

भिटामिन (Vitamins)

Posted by Om Bhandari On 7:01 AM
भिटामिन हाम्रो लागी कुनै नौलो नाम होइन । आज हामी धेरै थोरै मात्रामा
भिटामिनको प्रयोग दिनहु गरिरहन्छौ । तर हामीलाई यसको इतिहास थाहा नहुन
सक्छ । आउनुहोस्, भिटामिन संवद्ध केही जानकारी थाहा पाऔ ।
भिटामिनको इतिहास सन् 1720 देखि सुरू भएको पाइन्छ । तत्कालिन समयमा
अष्ट्रियाली सैनिक चिकित्सक क्रमेर (Kramer) ले स्कर्भी (Scurvy) रोगका
लागि सुन्तला तथा हरिया सागसब्जीका माध्यमबाट उपचार गराएको पाइन्छ ।
त्यसपछि ब्रिटिस नौसेनाका क्याप्टेन लिन्ड (Lind) ले प्रयोगबाट यो
प्रमाणित गरिदिएका थिए कि कागती तथा सुन्तलाको पर्याप्त मात्रामा सेवन
गराएमा स्कर्भीबाट मुक्ती पाउन सकिन्छ । यो सन् 1753 तिरको घटना हो ।
त्यस पछि यस विषयमा उल्लेख्य प्रगति हुन पुग्यो । पछि सन् 1890 मा डा.
आइजकम्यान (Dr. Eijkman) ले कुखुराका चल्लाहरूलाई मिलमा कुटाएको चामल
खुवाएर अनुसन्धान कार्य प्रारम्भ गरेका थिए । यसो गर्दा कुखुराका
चल्लाहरूमा बेरीबेरी रोगमा जस्तै स्नायुप्रणालीको क्रियामा असन्तुलन आएको
पत्ता लगाए । त्यसपछि त्यो रोगलाई निको पार्ने दिशातिर कदम चाले । पछि
डा.आइजकम्यानका एक सहयोगी मित्रले एउटा कुखुराको चल्लालाई केही समयसम्म
ढिकीमा कुटेको चामल खुवाएर पाले जुन चल्लाको अवस्थामा विस्तारै विस्तारै
सुधार आएको पाए ।
सन् 1911 मा पोल्याण्डका डा. क्यासिमिर फुन्क (Dr. Casimir Funk) त्यति
बेला लन्डनको लिस्टर इन्सिच्युटमा कार्यरत थिए र उनले बेरीबेरीविरूद्धको
तत्व पत्ता लगाए । उनका अनुसार यस पदार्थको रासायनिक संरचना एक एमिन
(Amine) थियो । त्यस कारण यसको नाम उनले भिटा-एमिन (Vita-Amine) राखे ।
भिटा एक ल्याटिन शब्द हो जसको अर्थ जीवनका लागी अवश्यक पदार्थ हुन्छ ।
ह्युमन फिजिकोलजीमा भिटामिनको परिभाषा यसप्रकार दिइएको छ :- "यो
प्रभावशाली जैविक यौगिक हो जुन सबै खद्य तथा पेय पदार्थमा अत्यन्त कम
अर्थात सूक्ष्म मात्रामा रहन्छ । यो प्रणीहरूको जीवनका लागि अवश्यक
विशिष्ट शारिरिक क्रियाबाट सामान्य रुपमा अपूर्ति हुन्छ । यसका लागि
व्यक्तीको शरीरमा भिटामिनको बाह्य स्रोतबाट आपूर्ति हुन आवश्यक हुन्छ । -
(Chatterjee, Human Physiology, p. 451) ।"यसरी भिटामिन यौगिकको विकास
क्रम अझैसम्म जारी रहेको छ । हाल भिटामिनका विभिन्न प्रकारहरू पत्ता
लागिसकेको छ । जस्तै कि सन् 1915 मा म्यककोलम तथा डेभिसले अण्डाको पहेलो
भागमा भिटामिन ए पत्ता लगाएका थिए । त्यस्तै 1918 मा मेलेन्बिले माछाको
तेलमा भिटामिन डी हुने कुरा पत्ता लगाए । सन् 1922 को ताका वरिपरि इभान्स
तथा बिसप नामका वैज्ञानिकहरूले भिटामिन ई पत्ता लगाई यसको नाम
टोकोफेरोल्स (Tocopherols) राखेका थिए । जहा टोकोसको अर्थ बच्चाको जन्म र
फेरोको अर्थ जन्म दिनु हुन्छ । यस्तै जर्मन रसायनशास्त्री डाम (Dam) ले
भिटामिन के को खोज गरेका थिए । यसले रगत जमाउने याने Cogulation को काम
गर्दछ । जर्मन भाषामा कोगुलेसन शब्द K अक्षर बाट सुरू हुनेभएकाले उनले
यसको नाम भिटामिन के राखेका थिए । यस्तैनै सन् 1928 मा ग्योर्गीले
भिटामिन सि स्वतन्त्र रूपमा प्राप्त गरे पछि सन् 1933 मा रिचस्टेइनले
प्रयोगशालामा बनाउन सफल भए । यसलाई एस्कोर्बिक एसिड (Ascorbic Acid) पनि
भनिन्छ । भिटामिनको खोजक्रम अझै जारी रहेको छ ।
कन्ट्याक्ट लेन्स एक बाक्लो प्रकारको पारदर्शी प्लास्टिकको कप हो । यो
0.06 मिलि मिटरदेखि 0.15 मिलि मिटरसम्म बाक्लो हुन्छ । यसको डायमिटर 5.5
मि.मि. देखि 15 मि.मि. सम्मको हुन्छ जुन आँखाको सिधै कर्निया (Cornea) को
माथि राखिन्छ । कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुको प्रथम उद्देश्य
चस्माको प्रयोग विना वस्तुलाई स्पष्ट तथा स्वाभाविक तरिकाले देख्न सकियोस
भन्ने हो । खासगरी आँखामा हुने दुरदृष्टि तथा अदुरदृष्टिका समस्या
हटाउनकालागी चस्माको प्रयोग गरिन्छ । कन्ट्याक्ट लेन्स जलविन्दु जस्ता
कतिपय आँखाको बिरामीका लागि त यो थेरापीको रूपमा पनि प्रयोग गरिन्छ ।
त्यस्तै खेलकुद, नृत्य, र चलचित्र क्षेत्रमा सम्बद्ध मानिसहरूले लेन्सलाई
चस्माको सजिलो वैकल्पिक साधनका रूपमा लिएका छन । यस प्रकारको लेन्सको
प्रयोगले एथलेटहरुको प्रस्तुति राम्रो भएको प्रमाणित भइ सकेको छ । यसका
अतिरिक्त कन्ट्याक्ट लेन्सको प्रयोग सौन्दर्य बढाउन पनि गरिन्छ । विभिन्न
प्रकारका लेन्स प्रयोग गरि आँखाको रुपनै परिवर्तन गर्न सकिन्छ । यसमा
भएको पछिल्लो विकासले टाढाको वस्तु देख्न नसकिने आँखाको कमजोरीलाई विशेष
प्रकारको कन्ट्याक्ट लेन्सको प्रयोगले कम गर्न सकिने भएको छ ।
अर्थोकार्टोलोजी नामक यो प्रविधि तुलनात्मक रुपमा महँगो भएता पनि यसको
प्रयोगबाट आशातित सुविधा पाउन सकिन्छ । आउदो वर्षहरुमा कन्ट्यक्ट लेन्समा
भारि परिवर्तन आउने वैज्ञानिकहरुको नितन्तरको प्रयाशले देखाउदछ ।
हाम्रो ब्रम्हाण्ड अत्यन्तै विशाल छ , जहाँ विभिन्न ग्रह , उपग्रह , तारा आदि छन् । राति सफा आकाशमा देखिने प्रकाशपिण्ड नै ताराहरू हुन । हामीबाट धेरै टाढा भएकाले साना देखिए तापनि वास्तवमा तिनीहरू विशाल छन । ताराहरूको शक्ति वा उर्जाको मुख्य स्रोत न्युक्लियर फ्युजन हो , जुन निरन्तर चलिरहन्छ । नाभिकीय प्रतिक्रिया चलिरहँदा विस्तारै इन्धन समाप्त हुदैँ जान्छ र तारा प्रकाशहीन (अदिप्त) हुन्छन । ताराहरूमा नाभिकीय प्रतिक्रिया चलिरहेदाँ उत्पन्न हुने तापशक्ति आन्तरिक गुरूत्वशक्तिभन्दा बढी हुन्छ , तसर्थ ताराको आकार गुरुत्व प्रभावले संकुचन हुन पाउँदैन । नाभिकीय स्रोतको अन्तयसँगै तापशक्तिको मात्रा घट्दा गुरूत्वशक्तिको प्रभाव बढ्छ र ताराको आकार तीव्र रूपमा संकुचन हुन थाल्दछ । जसका कारणले परमाणुहरू एक अर्काको नजिक-नजिक हुदैँ जान्छन । यस्तो अवस्थामा पुगेको ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 1 देखि 4 गुणा कम भएमा ताराका परमाणुहरू एकअर्काको अत्यन्तै नजिकमा आइपुग्छन । परमाणुहरूको वरिपरि परिक्रमा गर्ने इलेक्ट्रोनहरू आफ्नो कक्षबाट उछिट्टिएर बाहिर जान्छन । यसरी उछिट्टिएका इलेक्ट्रोनहरूको चापले गुरूत्व प्रभावबाट भइरहेको संकुचनलाई सन्तुलन गर्दा ताराहरूमा एक प्रकारको स्थायित्व कायम हुन्छ । यस अवस्थामा पुगेको तारालाई ह्वाइट ड्वार्फ (White Dwarf) भनिन्छ । संकुचित ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 1 देखि 4 गुणा बढी भएमा तारामा रहस्यात्मक विष्फोट हुन्छ । विष्फोटपश्चात मुख्य ताराको पिण्ड सूर्यको पिण्ड भन्दा 3 गुणाभन्दा कम भए पनि पहिलेको जस्तो गुरूत्व प्रभावलाई इलेक्ट्रोनको चापले रोक्न सक्दैन । यिनीहरूका परमाणु झन झन नजिकिंदा आन्तरिक चापमा बृद्धि भई इलेक्ट्रोन र प्रोटोन संयोजित हुन्छन र न्युट्रोनको सृष्टि हुन्छ । यसरी करिब 30 प्रतिशत भाग न्युट्रोनमा परिणत भएपछि गुरुत्वको संकुचन प्रभावलाई सन्तुलन गर्न सक्ने न्युक्लियर शक्ति उत्पन्न हुन्छ र संकुचन प्रक्रिया रोकिन्छ । यस प्रकारको तारालाई न्युट्रोन तारा (Neutron star) भनिन्छ । विष्फोटपश्चात अवशेष रहेको मुख्य भागको पिण्ड सूर्यको पिण्डको 3 गुणाभन्दा बढी भएमा गुरुत्व प्रभावबाट भएको संकुचनलाई अन्य कुनै शक्तिले रोक्न सक्दैन र तारामा निरन्तर संकुचन भइरहन्छ । विस्तारै ताराको आकार सानो हुँदै जाँदा यसको घनत्व बढ्दै जान्छ र गुरुत्वक्षेत्रको तीब्रता पनि बढ्दै जान्छ । यसरी ताराहरू आफ्नै पिण्डको गुरुत्व प्रभावले गर्दा खुम्चदै गर्छ । अन्त्यमा अति नै सुक्ष्म विन्दुमा समाहित भएर कृष्ण छिद्र (Black Hole) को निर्माण हुन्छ । सूर्यकोभन्दा 3 गुणा ठूलो पिण्ड सूक्ष्म विन्दुमा परिणत हुँदा त्यसको घनत्व कल्पना गर्नै नसकिने हुन्छ । उक्त सूक्ष्म विन्दुलाई विलक्षताको विन्दु (Point of Singularity) भनिन्छ ।

जूनकिरी कसरी बल्छ ?

Posted by Om Bhandari On 9:16 PM
सामान्यत: गर्मी मौसममा मात्र पाइने जूनकिरीको पछाडि पिलपिल गरि बल्ने
बत्ती विभिन्न रसायनहरूको समीश्रणका कारण बल्छ । यी रसायनहरूमा अक्सिजन,
ल्युसिफेरिन नामक पिग्मेन्ट, ल्युसिफेरेज नामक इन्जाइम र कोषमा शक्ति
प्रदान गर्ने तत्व एडिनोसिन ट्राइफोस्फेट पर्छन । बत्ती बाल्नको लागि
प्रयोग गरिने कोषहरूमा रहेका युरिक एसिडका क्रिस्टलहरूले प्रकाशलाई
परावर्तन गरेर बत्तीलाई अझ चम्किलो पार्छन् ।
यद्यपि जूनकिरीको बत्ती पिलपिल गर्नुको कारणमा भने जूनकिरीको स्नायु
कोषहरूले गर्छन कि अक्सिजनको प्रवाहले गर्छ भन्ने कुरामा वेज्ञानिकहरू
द्विविधामा छन । तर, करिब 2 हजार प्रजातिहरू रहेका यि जुनकिरीहरूको बत्ति
पिलपिल गर्नुका धेरै प्रायोजन भने थाहा लागेको छ । जूनकिरीहरू विपरित
लिङ्गीलाई आकर्षित गर्न पिलपिल बत्ति बाल्छन । विभिन्न प्रजातिका
जूनकिरीहरू छुट्टाछुट्टै शैलीमा पिलपिल गर्दछन । यसले जूनकिरीहरूलाई
आफ्नै प्रजातिको अर्को जूनकिरी थाहा पाउन सजिलो हुन्छ । यिनीहरू यो
पिलपिल गर्ने बत्तिलाई सुचना अदानप्रदान गर्न पनि प्रयोग गर्दछन ।
जूनकिरीबाहेक अरू थुप्रै प्राणीहरूले पनि बत्ती बाल्छन । यस्तो बत्ती
बाल्ने प्राणीको गुणलाई वैज्ञानिक भाषामा बायोल्युमिनेसेन्स भनिन्छ ।
वैज्ञानिकहरूको धारणा के छ भने समुन्द्रको गहिरो भागमा बस्ने 90 प्रतिशत
प्राणीहरूमा बायोल्युमिनेसेन्स गुण हुन्छ ।
धेरैलाई पानी परेपछि आउने बास्ना मीठो लाग्छ । यस्तो वास्नालाई वसन्त
रितुसँग जोडिएर व्यख्या गरिन्छ । तर, धेरैलाई मीठो लाग्ने यस्तो वास्ना
पानी परिसकेपछि किन आउँछ त ?
पानी परेपछि आउने वास्नाका कारण धेरै हुन सक्छन । त्यस्तै प्रकारको मीठो
बास्ना हामी जंगलमा पनि पाउँछौँ । वास्तवमा यस्तो मीठो वास्ना
व्याक्टेरियाको कारण आउँछ । एन्टिनोमाइसिटिज नामक व्यक्टेरिया ओसिलो र
न्यानो जमिनमा चाँडै विकास र फैलने हुन्छ । जब जमिन सुक्छ, त्यसपछि ती
व्यक्टेरियाहरूले स्पोर्सहरुको उत्पादन गर्छ । यो स्पोर्सहरू हावामा
फैलिन्छन् र ओसिलो हावामा रहेका पानीका कणहरूसँग मिसिएपछि मीठो बास्ना
निस्कन्छ । व्याक्टेरियाहरू पृथ्वीको हरेक कुनामा हुन्छन् । त्यसैले
व्यक्टेरियाहरूको कारणले आउने यो बास्नाबाट सबै परिचित हुन्छन् ।
पानी परेपछि निस्कने बास्नाहरूमध्यको एक अर्को बास्ना पानीमा हुने अम्लको
कारण आउँछ । हावामा हुने विभिन्न रासायनिक तत्वहरूका कारण विशेषगरी शहरी
क्षेत्रहरूमा पानीमा अम्लको मात्रा केही बढी हुन्छ । अम्ल मिसिएको यस्तो
पानीले जमिनमा रहेका रासायनिक तत्वहरूसँग प्रतिक्रिया गर्छ, जसको कारणले
बास्ना उत्पादन हुन्छ । तर, यस्तो तरिकाबाट निस्कने बास्ना खासै मीठो
हुदैन । त्यसैले पनि पानी पर्दा जहिले पनि मीठो बास्ना निस्कदैन ।
विरुवा तथा रूखहरूले उत्पादन गर्ने भोलाटाइल (चाँडै वाफ भई उडेर जान
सक्ने) तेलहरूको कारण पनि पानी पर्दा बास्ना आउँछ । यस्ता भोलाटाइल
तेलहरू चट्टानहरूको सतहमा जम्मा भएर बस्छन् । वर्षाको पानीले यस्ता
तेलहरूसित रासायनिक प्रतिक्रिया गर्छ र त्यसपछि ग्याँसको रूपमा हावामा
छरिइन्छन् । यो प्रकारको बास्ना पनि मीठो हुन्छ । यो बास्नालाई त बटलमा
कैद गरेर सेन्टहरू बनाउन पनि प्रयोग गरिन्छ ।
वर्षापछिको बास्नाका अरू थुप्रै सूक्ष्म कारणहरू हुन्छन । त्यसैले कसैसँग
यस्ता बास्नाहरूको बारेमा विवाद गर्दै हुनुहुन्छ भने याद गर्नुहोस्
तपाइहरू दुवै सही बोलिरहनुभएको हुनसक्छ ।
  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु