mind.jpgविचार तथा संवेदना एक प्रकारको विद्युतीय प्रक्रिया
(Electrical-Process)
हो जुन स्नायु कोषहरुको फिजियोलोजिकल प्रोसेस फलस्वरुप सृजना हुन्छ । यो कसरी उत्पन्न हुन्छ ? यो उत्पन्न हुने प्रक्रिया के हो ? यी प्रश्नहरु थाहा पाउन निम्न विषयमा जानकारीहरु हासिल गर्नु पर्ने देखिन्छ ।


विचार तथा संवेदना मस्तिष्कको एक केन्द्र सेरीब्रल कोर्टेक्स
(Cerebral Cortex)
को विद्युतीय सक्रियता
(Electrical Activity)
मा निर्भर गर्दछ ।
Cerebral Cortex
मा छरिएका आयोन ९क्ष्यल० हरुका कारणले जीवित वस्तुहरुमा उत्पन्न हुने विद्युतीय तरंग
(


Electrical Potential)
अर्थात् एक्सन पोटोन्सियल सृजना हुन्छ । जसका कारणले जैब विद्युत एक ठाउँबाट अर्को ठाउँमा बग्छ । यी जैब विद्युतको कारणले नै स्नायु
(Nerve)
हरुमा बग्ने विद्युत चार्ज (जसलाई
Impulse
पनि भनिन्छ) लाई सञ्चालन गर्दछ ।


उपरोक्त चार्ज एउटा न्यूरोन (स्नायु कोष) बाट अर्को न्यूरोनमा जानलाई दुई न्यूरोन बीचको रिक्त स्थान भएर जान्छ र उक्त खाली ठाउँमा एक रासायनिक संदेशवाहक
(Transmitter)
हुन्छ जसलाई स्नायुविक संदेशवाहक
(Neurotransmitter)
पनि भनिन्छ । यी संदेशवाहकले विद्युतीय संकेतलाई एउटा न्यूरोनबाट अर्को न्यूरोनमा स्थानान्तरण गरिरहन्छ र गरिरहन्छ जसको फलस्वरुप विचार तथा संवेदना उत्पन्न हुन्छ ।


फिजियोलोजी विज्ञ
(Physiologist)
हरुले सेरीब्रल कोर्टेक्समा यस्तो तन्त्रिका जाल पत्ता लगाएका छन् जसले मनको गुण र भावना, क्रोध, सुख, दुख, सन्तोष, प्रसन्नता र निराशाको सृजना तथा नियन्त्रित गर्दछ । साथै उपरोक्त तन्त्रिका जालमा विद्युतीय उत्तेजना
(Electrical-Stimulation)
गराई कृत्रिम तरिकाबाट पनि उक्त भावनाहरु मस्तिष्कमा पैदा गर्न सकिन्छ । विशेषज्ञहरुले यी तन्त्रिकाको जाललाई
Reticular Formation
भनी नामाकरण गरेका छन् । यो भाग न्यूरोन
(Neurone)
हरु मिलेर बनेको हुन्छ । यो त्यही तन्त्र हो जसले कर्मेन्द्रियद्वारा प्राप्त बाह्य जगतका अनुभवलाई चेतना
(Impulse)
वा संवेदनामा परिणत गरी मस्तिष्कमा सञ्चार गर्दछ ।


यो जाल तन्त्रमा उत्तेजना, रीस, कृत्रिम निन्द्रा उत्पन्न गर्न सकिन्छ । वैज्ञानिकहरुले शल्यक्रियाद्वारा जालको तन्त्रलाई मस्तिष्कमा प्रतिस्थापन गरी विद्युत
(Electricity)
प्रवेश गर्ने विधि पत्ता लगाईसकेका छन् । जसको फलस्वरुप कृत्रिम निन्द्रा लगाउन सकिने भएको छ ।



संकल्प शक्तिः


संकल्प शक्ति इच्छा शक्ति
(Will Power)
जस्तै एउटा न्यूरोनमा मात्र उत्पन्न हुन्छ जुन मस्तिष्कको प्रभावद्वारा एक न्यूरोनबाट दस न्यूरोनसम्म प्रसारण हुन्छ । यही प्रकारले १० बाट १०० र १०० बाट १० गुणाका दरले विद्युतीय क्षेत्र
(Electrical Field)
बढ्दै जान्छ । जब इच्छा शक्तिले १० लाख न्यूरोनहरुलाई प्रभावित गर्दछ तब संकल्प शक्ति बन्दछ । यदि हामी १० लाख न्यूरोनलाई आफ्नो संकल्प शक्तिद्वारा प्रभावित गर्दछौं भने हाम्रो मस्तिष्क तथा शरीरले त्यही काम गर्दछ जुन हामी चाहन्छौं । कुनै कार्य गर्न वा रोक्न न्यूरोनको आवृत्ति
(Frequency)
२-५० साइकल प्रति सेकेण्ड हुनु पर्छ ।



मस्तिष्कको अवस्था
(Physiological Condition of the Brain)



जब मान्छे आँखा बन्द गरेर शान्त मुद्रामा हुन्छ तब उसको मस्तिष्कले प्रसारण गर्ने विद्युत चुम्बकीय तरङ्ग अल्फा तरङ्ग हुन्छ जसको आवृत्ति ८-१२ साइकल प्रति सेकेण्ड हुन्छ । जब मान्छे स्वप्नावस्थामा हुन्छ तब उसको मस्तिष्कले "बीटा" वा "गामा" विद्युत चुम्बकीय तरङ्ग प्रसारण गर्छ भने जब मान्छे निन्द्रावस्थामा हुन्छ तब उसको मस्तिष्कले उच्च आवृत्ति
(High-Frequency)
वाला डेल्टा विद्युत चुम्बकीय तरङ्ग प्रसारण गर्दछ ।



स्मरण शक्ति
(Memory - Power)



सेरीब्रल कोर्टेक्स नै सोचाइको केन्द्र भएको हुनाले यसमा भएको विद्युतीय सक्रियता
(Electrical Activity)
नै वास्तवमा मस्तिष्कको स्मरण शक्ति हो । किनभने जति ज्यादा यसको विद्युतीय सक्रियता बढ्दछ त्यति नै ज्यादा चुम्बकीय क्षेत्र सृजना भई धेरै सूचना तथा जानकारीहरुलाई चुम्बकीय शक्तिको रुपमा संरक्षण हुन्छ र स्मरण शक्ति बनिरहन्छ



स्मरण शक्ति विषयमा रासायनिक सिद्धान्त
(Chemical Theory of Memory Power)



यो सिद्धान्त परीक्षणबाट प्रमाणित भएको हुनाले सर्वमान्य तथा सर्वोपरी छ । यो परीक्षणलाई सत्य सावित गर्ने वैज्ञानिक डा. हेडेन हुन् । डा. हेडेनको सिद्धान्त अनुसार जब मस्तिष्कमा रहेका न्यूरोनले संवेदनालाई ग्रहण गर्दछ तब धेरै परिवर्तन आउँछ जसको प्रभाव
RNA (Ribo Nucleic Acid)
अणु तथा यसबाट बनिने प्रोटीन अणुहरुमा पर्दछ । साथै उपरोक्त जैविक अणुहरुको आणविक बनावटमा परिवर्तन आउँछ । डा. हेडेनको अनुसार
RNA
तथा प्रोटीनको परिवर्तित अणुहरु उपस्थित भए सम्म


स्मरण शक्ति पनि बनिरहन्छ । यो विषयमा उनले एउटा मुसामा परीक्षण गरे । परीक्षणको दौरानमा उनले मुसालाई भोजन प्राप्त गर्न एउटा छडमा चढ्न सिकाए । परीक्षणको दौरानमा मुसालाई आफ्नो शरीरलाई सन्तुलनमा राख्नु थियो । केही समयपछि मुसाले भोजन प्राप्त गर्न छडमा चढ्ने तरिका सिक्यो । छडमा चढ्न सिकेको मुसाको मस्तिष्कको न्यूरोनले उनले जाँच गरी यो कुरा पत्ता लगाए कि न्यूरोनमा आर.एन.ए. वा काइवोन्यूक्लिक एसिडको मात्रा बढ्यो साथै उक्त अणुमा रहेको चार बेसको अनुपात पनि एक आपसमा परिवर्तन भयो । उक्त परीक्षणबाट डा. हेडेन यो निष्कर्षमा पुगे कि RNA अणुले आफ्नो बेसको अनुपातमा सानो परिवर्तन आउनासाथ एउटा नयाँ अणु बनाउँदछ जुन नयाँ अणुमा बाहिरी संसारको अनुभव संग्रहण हुन्छ र यस प्रकार स्मरण शक्ति बनिरहन्छ ।


- विजय अधिकारी ( बिज्ञानलेखमालामार्फत)


मोवाइलसोखले होस या आवश्यकताले, मोबाइल फोन बोक्ने प्रतिस्पर्धा नै चलेको छ । तर हाम्रो हरपलको साथी मोबाइलको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । मोबाइल फोनको बढी प्रयोग गर्दा मस्तिष्क घात (ब्रेन ह्यामरेज), हृदयघात, ब्रेन ट्यूमर, क्यान्सर लगायत विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्न सक्ने चिकित्सकहरुको दाबी छ ।


ज्ञघ मोबाइल मुटु रोगीका लागि त अझ सबैभन्दा बढी हानिकारक छ । नर्भिक अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भरत रावतको भनाई अनुसार मुटुमा पेस मेकर राखेका बिरामीले त मोबाइल प्रयोग गर्न नहुने बताउँछन् । मोबाइल फोन टाउकोको अति नजिकै राखेर प्रयोग गरिन्छ । एक सेन्टिमिटरसम्म नजिकै राखेर प्रयोग गर्दा यसले टाउकामा कोषहरुमा सामान्य असर गर्छ तर यो धेरै हानिकारक हुंदैन । मोबाइल संचालन हुंदा उत्पन्न हुने रेडियो फ्रिक्वेन्सी शक्ति शरीरले शोषण गर्छ र शरीरमा ताप उत्पन्न गर्छ । यसले पनि शरीरका कोषलाई हानि गर्छ, रेडियो फ्रिक्वेन्सीको प्रभाव शरीरका धेरै अंगमा परिरहेका अवस्थामा यसको असर पनि बढी छ । खास गरी मोबाइल फोन टाउकोमा नजिकै राखेर लामो समय प्रयोग गर्दा स्वास्थ्यमा त्यसको असर परेको अनुसन्धानबाट पाइएको छ । मोबाइलले मानव स्वास्थ्यलाई असर गर्छ, त्यसैले अस्पतालको इन्टेन्सिभ केयर युनिट (आई.सी.यू मा मोबाइल फोन प्रयोग गर्न पाइदैंन । यदि मोवाइलले केही असर नगर्ने हो भने हामीहरुले आइसियू कक्षमा पनि प्रयोग गर्न पाइथ्यो होला । हवाईजहाज भित्र पनि मोबाइलको प्रयोग गर्दा यान्त्रिक गडबडी हुन सक्छ, जहाजको उडानलाई समेत प्रभावित गर्ने मोबाइलले मान्छेलाई त्यत्तिकै छाड्थ्यो किन ?


मोबाइलको प्रयोगले मात्र होइन, घरका छानामा राखिएका बेस स्टेशनले पनि स्वास्थ्यमा असर गर्ने विज्ञहरुको दाबी छ । मोबाइल टावर नजिकैको घरको छतमा बस्न हानिकारक हुन्छ । टावरको नजिकै बालबालिका खेल्ने पढने ठाउँ छ भने ख्याल गर्न चिकित्सकहरुको सुझाव छ । बेस स्टेशन कम पावर भएको रेडियो एन्टेना हो । यसले मोबाइल प्रयोगकर्तामा सञ्चार गर्छ । बेस स्टेशनबाट प्रशारण हुने रेडियो फ्रिक्वेन्सी उपभोक्ताले प्रयोग गर्ने मोबाइलसम्म पुग्छ र मोबाइल सेटबाट रेडियो फ्रिक्वेन्सी एन्टेना हुंदै अर्को मोबाइल प्रयोगकर्तासम्म पुग्छ । यसरी प्रशारण हुने रेडियो फ्रिक्वेन्सीले मानिसको स्वास्थ्यमा असर पार्ने कुरा नै अहिले संसारभरी वादविवादको विषय बनिरहेको छ । अहिलेको मोबाइल सिस्टम ८ सय देखि १८ सय मेगाहर्ज को फ्रिक्वेन्सीमा संचालन हुन्छ । यो फ्रिक्वेन्सीलाई कतिपय मानिसले एक्सरे अथवा गामा-रे ले जस्तै शरीरलाई हानी पु¥याउंछ भनिरहेका छन ।


मोबाइल फोनको प्रयोगले स्वास्थ्यमा असर पार्छ भन्ने विश्वव्यापी बहस हुन थालेपछि विश्व स्वास्थ्य संघले अध्ययनका लागि इलेक्ट्रोम्याग्नेटिक फिल्ड प्रोजेक्ट नै स्थापना गरेको छ । यस परियोजनाले मोबाइलबाट जनस्वास्थ्यमा पार्ने असरका बारेमा अध्ययन गरिरहेको छ । १० वटा भन्दा बढी देशमा मोबाइलको प्रयोगले स्वास्थ्यमा पार्ने असर खासगरी क्यान्सरका बारेमा


अध्ययन भइरहेको छ । मोबाइल फोनको प्रयोगले टाउको र घांटीको क्यान्सर हुने सम्बन्धमा क्यान्सर विशेषज्ञहरुको टोली सम्मिलित भएर अध्ययन भइरहेको छ । विश्व स्वास्थ्य संघले मानिसहरुलाई रेडियो फ्रिक्वेन्सीको असरबाट बच्न केही आधारपत्र तयार गरेको छ ।


मोबाइल फोनको अर्को बैगुन छ, त्यो हो, सवारी दुर्घटना । मोबाइलको हयाण्ड सेट प्रयोग गरेर होस या ह्याण्डस फ्री किट प्रयोग गरेर, सवारी चलाउंदै मोबाइल प्रयोग गर्दा ट्राफिक दुर्घटनाको सम्भावना बढ्दै गएको छ । वैज्ञानिकहरुले मोबाइलबाट लाग्ने रोगबाट बच्न लामो कुरा गर्ने प्रवृत्ति छोटयाउन सुझाव दिएका छन ।


- यामप्रसाद पौड्याल (यमन)


(बिज्ञान लेखमालाबाट )


1288609404976851555_1_d50f5ddf.jpgहालै प्रकाशित एक अनुसन्धान अनुसार वैज्ञानिकहरुले बजारमा पाईने रासायनिक व्याट्री कै


काम गर्ने जैविक व्याट्रीको विकास गर्न सक्षम भएका छन् । उक्त व्याट्रीको उत्पत्तिले ल्यापटप,


मोबाइल तथा अन्य विद्युतीय उपकरणहरु सोडा मिसाएको चिनीपानी वा वनस्पति घ्यूले पनि


रिचार्ज गर्न सकिने भएको छ ।


अमेरिकी रसायन समाजको २४० औं राष्ट्रिय सम्मेलनमा
University of South Louis, Missouri
का वैज्ञानिक डा. सेली मिन्टीरले उक्त उपकरणको विवरण दिंदै भन्नुभयो "यो


जैविक व्याट्रीले उत्पादन गर्ने विद्युतको प्राविधिक पृष्ठभूमि मानिस तथा अन्य जीवमा ऊर्जा


उत्सर्जित हुने विधिमा नै आधारित छ ।" उक्त व्याट्रीको पहिलो पटक सार्वजनिक प्रर्दशन गर्दै


डा. मिन्टीर अगाडि भन्नुहुन्छ । "यदि यो उपकरणलाई अझै परिमार्जित तथा विकास गर्न


सकियो भने हाल बजारमा पाइने साधारण तथा रिचार्ज गर्न मिल्ने व्याट्रीलाई विस्थापन गर्न


सकिन्छ ।"


जिवित प्राणीमा ऊर्जाको स्रोत अर्बौ संख्यामा हुने कोषका भित्री अंगहरु माइटोक्रोन्ड्रिया
(Mitochondria)
हुन् । यी माइटोकोन्ड्रियालाई कोषको शक्ति केन्द्रको रुपमा लिइन्छ । डा. मिन्टीर र उनका समूहले विकास गरेको जैविक व्याट्री पनि यही माइटोकोन्ड्रियाले उत्सर्जित गर्ने ऊर्जामा आधारित रहेको छ । माइटोकोन्ड्रियाले कोषमा संकलित खाद्य क्यालोरीलाई रसायनिक ऊर्जामा रुपान्तरण गर्दछ । सो प्रक्रियामा रसायनिक अवस्थामा रहेको चिनी,


बोसोलाई
Pyruvate
मा बदली
ATP (Adenosine triphosphate)
बनाउँछ, यही ATP नै कोषमा


ऊर्जाको अवस्था हो जुन प्राणीको शरीरलाई चाहिएको बखत ऊर्जाको रुपमा परिचालित हुन्छ ।


जीवहरुमा खाद्य वस्तुहरु जस्तै चिनी, बोसोबाट ऊर्जा उत्पन्न गर्ने यही विधि नै जैविक


व्याट्रीद्वारा ल्यापटप र मोबाइलमा इन्धन भर्ने सिद्धान्त हो ।


डा. मिन्टीरका अनुसार माइटोकोन्ड्रियाबाट निर्मित जैविक व्याट्रीमा माइटोकोन्ड्रियाको पातलो


तहलाई दुईवटा इलेक्ट्रोडको बीचमा राखिन्छ । यसरी राखिएको इलेक्ट्रोडहरुमा एउटा इलेक्ट्रोड वायु प्रवेश गर्न सक्ने किसिमको हुन्छ । यसरी बनाइएको जैविक व्याट्रीमा जैविक इन्धनहरु


जस्तैः चिनी, बोसो वा अल्कोहल र अक्सिजन दिइयो भने यसले क्रमिक रुपमा विद्युत उत्पादन


गर्दछ । साधारण व्याट्री भन्दा फरक यस्ता व्याट्रीको चार्ज सकिदैन् । इन्धन र अक्सिजन


रहेसम्म जैविक व्याट्रीलाई रिचार्ज गरिरहनु पर्दैन ।


डा. मिन्टीर अगाडि भन्नुहुन्छ "यस किसिमको जैविक इन्धन व्याट्रीहरु नयाँ भने होइनन् ।


वैज्ञानिकहरुले प्रकृतिका प्राकृतिक सिद्धान्त अनुसरण गरी विभिन्न जैविक इन्धन व्याट्री बनाएका


छन् । " तर यसरी माइटोकोण्ड्रियाको प्रयोग गरी बनाइएको जैविक व्याट्री यो नै पहिलो हो ।


यसरी विकसित भएको जैविक व्याट्री ल्यापटप र मोबाइलको व्याट्री बाहेक पनि विभिन्न क्षेत्रमा


उपयोगिता हुन सक्ने देखिएको छ । विशेष गरी ताररहित तापक्रम सचेतक, चाल सचेतक,


गाडी तथा वाहन निगरानी राख्न् । यसै गरी लुकाइ राखेको विष्पोटक पदार्थ पत्ता लगाउन पनि


यसको उपयोग हुन सक्ने देखिएको छ ।


- रविन्द्र पाण्डेय


(विज्ञान लेखामालाबाट)

मानिस जहिले पनि आफुलाई अरुको सामुन्ने आकर्षक व्यक्तित्वको रुपमा राख्न चाहन्छ । यसको लागि मानसिक स्वास्थ्य स्वस्थ मानसिकता र चम्किलो अनुहारमा ध्यान पु¥याउनु आवश्यक हुन्छ । यो वैज्ञानिकको सत्यताबाट प्रमाणित भैसकेको छ की क्रियाशील दिमाग र इमान्दारिता एवं चम्किलो अनुहार जस्ता प्रतिभाको कारण कुनै पनि मानिस समाजको अगाडि स्थापित भएर रहन सक्छ । जसमा इमान्दारिता र सदैब क्रियाशील दिमाग रहन्छ उनीहरुले साथीहरु पनि धेरै बनाउन सक्छन् । यस्तो हुनु मानिसमा रहेको विलक्षण प्रतिभाको कारण नै हो । तिखो एवं तिक्ष्ण वुद्धिका मानिसहरु सदैव अरुमा सामुन्ने आकर्षक विन्दुका रुपमा रहन सफल हुन्छन किन भने इमान्दारिता आफैमा एउटा आकर्षक गुण हो । त्यसको साथै आफुसँग भएको तिक्ष्ण दिमागले आफनो जीवनको दौडमा सदैव अगाडि पु¥याउन ठूलो मद्दत पु¥याई रहेको हुन्छ । प्रकृतिले सवै मानिसहरुलाई दिमागी तिक्ष्णता दिएको हुन्छ । तर सबै मानिसहरु उही प्रकृति र मेधावी प्रतिभा भने वन्न सक्दैनन् । त्यस कारण सवै मानिसहरु आफुलाई तिक्ष्ण दिमागको रुपमा प्रस्तुत गर्न डाक्टरी औषधिको सेवन गरेको पाइन्छ तर वास्तवमा यो त्यति प्रभावकारी तरिका भने होइन । वुद्धिमान दिमाग सधै विलक्षण एवं तिक्ष्ण राख्नका लागि डाक्टरी औषधिको प्रयोग विना नै वैज्ञानिक तरिकाहरुको वर्णन यसमा गरिएको छ । सर्व प्रथम तपाईले आफनो दिमागलाई तिक्ष्ण वनाउनु भन्नाले चुनौती पूर्ण कार्य भनेर भन्न सकिन्छ । यसलाई चुनौती दिनका लागि सधै चेस, पजल्स त्यसै गरी बुद्धिचाल जस्तो दिमागी खेल खेल्नु आश्यक हुन्छ । यी खेलहरु केवल मनोरञ्जनको लागि मात्र नभएर दिमागलाई तिक्ष्ण वनाउनका लागि वनाईएको हो । तिक्ष्ण दिमागको लागि शारीरिक अभ्यास एउटा उत्तम उपाय हो । शारीरिक अभ्यासले हाम्रो शरीर र दिमाग लगायत विभिन्न भागहरुमा रगतको प्रवाहमा तिव्रता ल्याउने काम गर्दछ । वैज्ञानिकहरुको भनाई अनुसार शारीरिक अभ्यासको कमीमा दिमागको क्षमतामा पनि ह्रास आउने हुनाले यसो हुन नदिनका निमित्त सामान्यतया दिनको ३० मिनेट जति कुनै पनि शारीरिक अभ्यास गर्नाले शारीरिक तथा मानसिक क्षमतामा वृद्धि हुन्छ । त्यसै गरी तिक्ष्ण दिमागका लागि हामीमा भएका शव्द भण्डारहरुमा दैनिक रुपमा नयाँ नयाँ शव्दको अर्थ पत्ता लगाई शव्द भण्डारको वृद्धि गर्दै लैजानु पर्दछ । वैज्ञानिकहरुको भनाई अनुसार शव्दको भण्डारले हाम्रो दिमाग जहिले पनि क्रियाशील हुन मद्दत पुग्दछ । हामी कही कतै हिडिरहेको समय वा चुपचाप वसिरहेको समयमा हामीले हाम्रो वरीपरीका वातावरणको अध्ययन गर्नु पर्दछ । यसरी वरीपरीको वातावरणको अवलोकन गरी सधै भरि दिमागलाई क्रियाशील वनाउनु आवश्यक छ । एउटा स्वथ्य दिमागको लागि दैनिक रुपमा हामीले पिउन योग्य पानी प्रसस्त मात्रामा पिउनु पर्छ किन भने हाम्रो दिमागको सम्पूर्ण भागमध्ये ८५ प्रतिशत भाग पानीले भरिएको हुन्छ । मानिसले दैनिक कार्यव्यस्तताको क्रममा विभिन्न किसिमका हरहिसावहरु गर्नु पर्ने हुन्छ । आजकल प्रविधिको विकास क्रमले प्रत्येक मोवाइलमा क्याल्कुलेटर हुनाले सानो तिनो हिसाव पनि यसकै माध्यमले गर्ने वानी वसिसकेको छ । तर वास्तवमा यो दिमागलाई तिक्ष्ण वनाउने तरिका भने हैन । त्यस कारण विद्युतीय माध्यममा पूर्ण भर नपरी दिमागवाट नै क्याल्कुलेशन वा हिसाव गर्ने हो भने हाम्रो दिमाग सदैव क्रियाशील एवं तिक्ष्ण भइ रहन्छ ।


- ज्योति प्रसाद फुयाल


(विज्ञान लेखमालाबाट)


मानिसले पानीपछि संसारमा सबैभन्दा बढी पिउने पेय पदार्थ चिया नै हो । चियाले सम्भावित रुपमा स्वास्थ्यलाई फाइदा पु¥याउँछ भनेर केही अध्ययनले देखाएको छ । अध्ययनकर्ताहरुले विभिन्न समयमा सम्पन्न गरेका अनुसन्धान अनुसार चियामा पाइने पोलिफेनोल (Polyphenol) भन्ने रसायनले एन्टी अक्सिडेन्टको (Antioxidant) रुपमा काम गर्छ जसले क्यान्सर जस्तो प्राणघातक रोग लाग्नबाट जोगाउँछ । यस सम्बन्धी थप अनुसन्धान जारी नै रहेको छ ।


त्यसै गरी चियाले बोसोलाई परिवर्तन गर्ने प्रक्रिया सुचारु गरेर व्यायाम जस्ता क्रियाकलाप गर्न सहनशीलता थपि दिन्छ भन्ने पनि अध्ययनले देखाएको छ । तर रोगबाट जोगिन चियाको प्रयोग गर्नु अगाडि डाक्टरको सल्लाह लिनु राम्रो मानिन्छ ।


बढी मात्रामा चिया शरीरमा प्रवेश गर्नाले पोषण तथा अन्य क्रियाकलापमा समस्या उत्पन्न हुनसक्छ किनभने चियामा पोलिफेनोल र क्याफिनको (Caffeine) निकै बलियो बन्धन रहेको हुन्छ र यसले शरीरमा नराम्रो प्रभाव पार्न सक्दछ । हामीले खाने चिया पनि विभिन्न प्रकारका हुन सक्छन् यी हुन :


१. हरियो चिया (Green Tea)


२. कालो चिया (Black Tea)


३. सेतो (दूध सहितको) चिया (White Tea)


४. हर्वल चिया (Herbal Tea)


यी सबै चियाहरुको एउटै उद्गम रहेको हुन्छ । यी सबै चियाहरु क्यामेलिया साइनेन्सिस (Camellia Sinensis) प्रजातिको विरुवाको पातबाट नै आएका हुन् । यी पातहरुमा फ्ल्याभोनोइड्स (Flavonoids) तथा एन्टी अक्सिडेन्ट्सहरु मिसाइएका हुन्छन् जसले अनुसन्धान भए पनि यसको सही उपयोगिता अझै निश्चित हुन सकेको छैन । धेरै अनुसन्धानहरु जनसंख्याको आधारमा गरिएका छन् र सिमित मात्र छन् किन भने अनुसन्धान गरिएका व्यक्तिहरुमा चिया बाहेक अरु तत्वले पनि असर गरेको हुन सक्दछ । चियाका सम्भावित उपयोगिता निम्न छन :




(क) मुटु र नसा सम्बन्धीः


चियाले क्लोरेस्टेरोलको (Chloresterol) मात्रा, रगतको चाप (Blood pressure) आदिमा यथार्थ रुपमा सही असर गर्छ भन्ने तथ्य प्रमाणित गर्न बाँकी नै रहेको छ । तर शुरुका अनुसन्धानहरुले चिया नियमित रुपमा सेवन गर्नाले हृदयघात (Heart attack) तथा एथेरोस्क्लेरोसिस (Atherosclerosis) आदिको सम्भावनालाई घटाउँदै लान्छ भनेर देखाएको छ । कालो चियाको सेवनले र हृदयघातको सम्भावना न्यून हुने सम्बन्धलाई प्रमाणित गर्ने केही तथ्यहरु पनि रहेका पाईन्छन् ।


(ख) क्यान्सर


नियमित कालो चियाको सेवनले क्यान्सरको सम्भावना घटाउँछ भन्ने तथ्य प्रमाणित भएकोछैन तर शुरुका अनुसन्धानले देखाए अनुसार सेतो चियाले विशेष रुपमा ठूलो आन्द्राको क्यान्सरबाट बचाउन मद्दत पु¥याउँछ ।


(ग) हड्डी तथा जोर्नी सम्बन्धी


केही अनुसन्धान अनुसार हरियो चियाको प्रयोगले बाथ रोगमा मद्दत पु¥याउनका साथै कुरकुरे हड्डी भाँचिने प्रक्रियालाई पनि कम गर्दछ । नियमित चिया सेवनले बृद्ध महिलाहरुमा हाडको मिनरलको मात्रा बढाउन सहयोग गर्ने अनुसन्धानले देखाएकोछ ।


(घ) स्मरण शक्ति


जापानमा बृद्ध व्यक्तिहरुमा गरिएको अनुसन्धान अनुसार हरियो चिया नियमित सेवन गर्ने बृद्धहरुमा उमेरसँग स्मरणशक्ति कम हुने समस्या धेरै न्यून रहेको छ । चिया सेवन नगर्ने बृद्धहरुमा भने स्मरणशक्ति घट्दै जाने समस्या देखिएको थियो ।


कालो चियाबाट मधुमेह रोगमा हुने फाइदा


कालो चियाले मधुमेहमा फाइदा पुग्छ भन्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । चीनको तियानजिन प्रयोगशालामा गरिएको अनुसन्धानमा चियामा रहेको पोलीस्याकराइड (Polysaccharide) ले शरीरमा ग्लूकोज सोस्ने क्षमता घटाएर मधुमेह रोगीलाई फाइदा पु¥याउँछ भनेर देखाएको छ । चिया मध्ये पनि कालो चियामा यो सोस्ने क्षमता उच्च रहेको छ । क्यान्सर र बाथ रोग निम्त्याउने तत्वहरुमा कालो चियाले असर देखाएर यी रोगहरु विरुद्ध लड्ने प्रभावकारी रुपमा भूमिका खेल्दछ । प्रमुख अनुसन्धानकर्ता हाइजिया चेनको भनाईमा "प्राकृतिक पदार्थहरुबाट ग्लूकोजको मात्रा घटाउने धेरै विधिहरुको खोजी भइसकेको छ र यी मध्येमा पनि कालो चियाको प्रभावकारिता धेरै मात्रामा रहेको छ ।"


मोटोपना निर्मूल गर्न सेतो चियाको भूमिका


मानव कोषिका जुन मोटोपनसँग सम्बन्धित छ, यस्ता कोषिकाहरुमा सेतो चियाले कस्तो असर पु¥याउँछ भन्ने लगातार अनुसन्धान भइरहेको छ । सेतो चियाले मोटोपनासँग सम्बन्धित कोषिकाहरुलाई बढ्न नदिएर मोटोपना घटाउन महत्वपूर्ण भूमिका खेल्ने अनुसन्धानकर्ताहरु बताउँछन् । जर्मन अनुसन्धानकर्ता मार्क विनफिल्ड भन्छन् "विकसित मुलुकहरुमा मोटोपना र यसले निम्त्याउने समस्याहरु जस्तै हृदयरोग, मधुमेह आदि व्याप्त रहेको छ । हामीले गरेको अनुसन्धानमा सेतो चियाबाट निकालिएको पदार्थले मोटोपनाको समस्या घटाउनका साथै मानिसलाई दुब्लो तथा तन्दुरुस्त बनाउन मद्दत पु¥याउँछ ।" उनी भन्छन् सेतो चियाबाट निकालिएको पदार्थले मोटोपनासँग सम्बन्धित कोषिकाहरु बढाउन मद्दत गर्ने जिन्सको क्रियाकलापलाई घटाउँदै लिएर जाने र यस्ता कोषिकाहरु टुक्राउँदै जाने भएकोले यसको असर सकारात्मक रहेकोछ । सेतो चिया पश्चिमी मुलुकहरुमा अत्याधिक प्रयोग हुने हरियो चिया र कालो चियाको विरुवाको टुसा र पहिलो पातबाट बन्दछ । यसमा अरु चियामा भन्दा कम मात्रामा रसायनिक प्रक्रिया अपनाइएको हुन्छ र मानव कोषिकामा सिधै असर गर्ने तत्वहरु अधिक मात्रामा रहेको हुन्छ ।


हृदयरोग र आँखा सम्बन्धी रोगमा हरियो चियाबाट फाइदा


अध्ययनले देखाए अनुसार हरियो चियाको उपभोगले रक्त सञ्चारमा सहयोगी कोषिकाहरुको कार्यमा तिव्रता ल्याउने कार्य गर्दछ । विभिन्न हृदय सम्बन्धी रोग यही कोषिकाहरुको निष्क्रियपनले नै निम्त्याउने गर्दछ । ग्रिसको एथेन्स मेडिकल स्कुलमा डा. निकोलाओस एलेक्सोपोलसले एउटा प्रयोग गरेका थिए । यस प्रयोगमा एक स्वस्थ स्वयंसेवकलाई हरियो चिया, क्याफिन र तातो पानी खान दिएर केही समयको अन्तरालमा विभिन्न पटक उसको रक्त धमनीको मोटाइ नाप गरिएको थियो । यो नाप यी पदार्थहरुको सेवन पछि ३०,९० र १२० मिनेटमा गरिएको थियो । यस नापको नतिजामा हरियो चियाले अरु पदार्थहरुको तुलनामा हरेक ३० मिनेटमा ३.९ प्रतिशत भन्दा धेरै रक्त धमनीको मोटाई बढाएको देखिन्छ । मोटाईसँगै रक्त धमनी बढ्दै गएको देखिन्छ । मोटाई बढ्नुको कारण रक्त धमनीको कोषिकाहरुको कार्यमा तीव्रता आउनु नै हो ।


कालो चियाले रक्त सञ्चार प्रणालीको बाहिरी कोषिकाहरुको कार्यमा तिव्रता ल्याउने भएता पनि छोटो समयमा यस्तो असर हरियो चियाले मात्र देखाएको छ । त्यसै गरी अर्को अध्ययनले हरियो चियाले अत्याधिक धुम्रपानकर्ताहरुको रक्त नलीका कोषिकाहरु बिग्रने कार्यलाई पनि रोक्छ भनेर देखाएको छ ।


बैज्ञानिकहरुको अर्को समूहले हरियो चियामा भएको पदार्थले आँखाको पातलो जालोमा ( Tissue) पनि असर गर्ने देखाएको छ । आँखाको लेन्स, रेटिना तथा अन्य कोषिकाहरुको समूहले कसरी यी पदार्थहरु सोस्ने कार्य गर्दछन् भन्ने पत्ता लगाउन गरिएको अनुसन्धानमा हरियो चियाले मोतिबिन्दु तथा अन्य आँखा सम्बन्धी समस्यामा सुरक्षा दिन्छ भनेर देखाएको छ । चाइनिज अनुसन्धानकर्ता ची पुई पाङ्गले गरेको अनुसन्धानमा हरियो चियामा रहेको क्याटेचिन (Catechin) भन्ने पदार्थले भिटामिन सि, भिटामिन ई, लुइटिन (Lutein) जस्ता पदार्थले जस्तै सुरक्षात्मक असर गर्दछ भनेर देखाएको छ । तर हालसम्मको अनुसन्धानले पेटबाट यी पदार्थ सिधै आँखाको पातलो जालोमा जाने हो अथवा अरु कुनै मार्गबाट जाने हो भन्ने पत्ता लगाउन सकिएको छैन । पाङ्ग तथा उनका सहकर्मीहरुले हरियो चियाको प्रयोग मुसामा गरेका थिए । आँखाको पातलो जालोमा गरिएको परीक्षणमा आँखाको संरचनाले धेरै मात्रामा क्याटेचिन सोस्ने गरेको देखियो । आँखाको भागहरु मध्ये रेटिनाले सबैभन्दा बढी क्याटेचिन सोसेको थियो । अध्ययनमा हरियो चियाले आँखामा पर्ने अधिक भारबाट पनि राहत दिन्छ भन्ने देखाएको छ ।


हरियो चियाको उत्पत्ति चीनबाट भएको थियो तर अहिले यो संसार भरी नै प्रयोग गरिन्छ । हरियो चिया शुद्ध पातबाट बनाइन्छ र यो बन्ने प्रक्रियामा थोरै मात्रामा अक्सिजन मिसाइएको हुन्छ ।


यसरी विभिन्न प्रकारका चियाले मानिसको शरीरको विभिन्न भागमा सकारात्मक असर पु¥याउने देखिएको छ । यो क्षेत्रमा धेरै अनुसन्धान अझ बाँकी नै भएता पनि अहिलेसम्मको अनुसन्धानले चियाले हानी मात्र नगरेर मानव शरीरमा विभिन्न रोगबाट लड्न सक्ने क्षमता बृद्धि गर्छ भन्ने पुष्टि गरिसकेकोछ ।


- परितोष गिरी


(विज्ञान लेखमाला÷अंक ३५३ असार २०६७बाट)

सामान्यतया ठोस पदार्थ तताउँदा तरल बन्दछ र यो प्रक्रियालाई नै पग्लनु भनिन्छ । यसको


अनुभव हामी सबैले गर्मीयाममा आईसक्रिम छिट्टै पग्लिने घटनाबाट गरेको हुनुपर्दछ । तर


पदार्थको यो सामान्य गुण भन्दा भिन्नै प्रकृतिको यौगीकहरुको निर्माण गर्न म्यासाच्यूसेट्स


ईन्स्टीच्यूट अफ टेक्नोलोजीका अनुसन्धानकर्ता सफल भएका छन् । उनीहरुले आजकाल


कम्प्यूटरका चिप्स देखी सौर्य प्यानलसम्म प्रयोग गरिएको अत्यन्त लोकप्रिय तत्व "सिलिकन"


लाई तामा, निकल साथै फलामसँग मिलाएर उक्त अनौठो गुण भएको यौगिक बनाएका हुन् ।


यो ९०० डिग्री सेल्सियस तल चिस्याउँदा पग्लन्छ जबकी सिलिकन तत्व मात्र १४१४ डिग्री


सेल्सियस वा सो भन्दा माथि मात्र पग्लन्छ ।


उक्त इन्स्टिच्यूटका टोनीयो, बुनासिसी, स्टीभ हडल्सन तथा बोना न्यूम्यान सम्मिलित


अनुसन्धान टोलीले हालै "एडभान्सड मटेरीयल्स" नामक जर्नलमा प्रकाशित उक्त पदार्थको


अनौठो गुणले सिलिकन प्रयोग हुने उपकरणको लागत मूल्य घटाउने विश्वास गरिएको छ ।


खास गरी सोलार सेल जस्ता उपकरण उत्पादन गर्न कम मूल्य पर्ने कमशल सिलिकन प्रयोग


गर्दा उत्पादन प्रक्रियामै सिलिकन शुद्धिकरण हुने सम्भव देखिन्छ साथै यस अनुसन्धानले


सिलिकनको नानोमिटर साईजका ताप तथा विद्युतीय सुचलाक नलीहरुको निर्माण गर्न सकिने


भएको छ ।


वास्तवमा भन्ने हो भने यो युग सिलिकन प्रविधिको युग हो । हामीले प्रयोग गर्ने सबै जसो


ईलोक्ट्रोनिक सामान भित्र सिलिकन निर्मित चिप्सको प्रयोग कुनै न कुनै रुपमा भएकै हुन्छ ।


सिलिकनको विद्युत सञ्चालन क्षमता अर्थात् कन्डक्टीभीटी विद्युतका सुचालक भन्दा कम तर


कुचालक भन्दा बढी भएकोले यसलाई अर्धचालक (सेमीकण्डक्टर) भनिन्छ । आजसम्म सबैभन्दा


बढी अध्ययन, अनुसन्धान गरी विभिन्न उपकरण बनाउन प्रयोगमा ल्याईएका सेमिकण्डक्टर


तत्व पनि सिलिकन नै हो । पृथ्वीको बाहिरी तह (क्रस्ट) मा अक्सिजन पछि दोस्रो प्रचुर


मात्रामा पाइने तत्व नै सिलिकन हो । यो तत्व आफ्ना यौगिक अवस्थामा सिलिका वा


सिलिकेटका रुपमा रहन्छ । सामान्यतया सिलिकन सेमिकण्डक्टर सिलिकन डाईअक्साइड (


सिलिका) लाई प्रशोधन गरी प्राप्त गरिन्छ । पूर्णतया शुद्ध सिलिकनका चक्का निर्माण गर्नु


असम्भव प्राय हुन्छ । तथापि, उच्च गुणस्तरका ईलेक्ट्रोनिक उपकरणहरु बनाउन कमसेकम


अशुद्धता भएको सिलिकन चक्का (वाफर) आवश्यक पर्दछ, जसको उत्पादन प्रक्रिया अत्यन्तै


जटिल भएकोले साह्रै महँङ्गो पर्न आउँछ । अझ उक्त सिलिकनबाट ईलेक्ट्रोनिक उपकरण


बनाउने क्रममा निकै चरणहरु पार गर्नु पर्दछ । उक्त चरणहरु मध्येमा उच्च तापक्रमबाट


सिलिकन गुज्रदा यसमा विभिन्न किसिमका अशुद्ध तत्वहरुको सम्मिश्रण भई सिलिकन


अशुद्धिकरण तर्फ धकेलिन्छ, जुनकि उक्त उपकरणको जीवन छोट्याउन साथै क्षमता ह्रास गर्न


काफी हुन्छ । त्यस्तै सोलार सेल निर्माणमा प्रयोग गरिने सिलिकन कम गुणस्तरको हुन्छ ।


अर्थात्, उक्त सिलिकन वाफरमा पहिले नै थुप्रै प्रकारका गैर सिलिकन तत्वहरु मौजुद रहन्छन् ।


अतः उक्त सिलिकन वाफरहरु सोलार सेल बनाउँदा विभिन्न उच्च तापीय चरणहरुबाट गुज्रदा


अझ अशुद्ध भई अपेक्षित क्षमताको सेल बनाउन अड्चन खडा हुन्छ ।


तर, अब उप्रान्त चिस्याउँदा पग्लने तामा निकल र फलाम युक्त अशुद्ध सिलिकन प्रयोगले माथि


उल्लेखित समस्या खेप्नु पर्ने छैन । अर्थात् यो नयाँ खालको सिलिकनको यौगिकलाई उपकरण


निर्माणार्थ उच्च तापीय प्रक्रियाको चरणमा लैजाँदा अशुद्धिकरणको साटो शुद्धिकरण हुन्छ । अतः


यसरी बनाईने उपकरणको जीवन तथा क्षमता बृद्धि हुनुका साथै लागत मूल्य पनि घट्न


जान्छ । यस्तो विशिष्ट गुण भएको पदार्थ बनाउन सिलिकनका दुई तहको बीचमा तामा,


निकल र फलाम जस्ता धातु भरेर उच्च तापक्रममा तताइन्छ । फलतः ती सबै धातुहरु


सिलिकनको पग्लने विन्दु (मेल्टीङ प्वाइन्ट) भन्दा तलकै तापक्रममा सिलिकनमा घोलिन्छन् र


अति संतृप्त घोल बनाउँदछन् । यस प्रकारले ठोस अवस्थाकै सिलिकनले उक्त धातुहरु पचाउँछ


र जब हामी यसलाई चिस्याउने क्रममा एउटा तापक्रममा पुग्छौ उक्त पदार्थबाट धातुहरु


थिग्रीएर बाहिरिने क्रमलाई उत्प्रेरित गर्दछ । फलस्वरुप उक्त ठोस पदार्थ तरल अवस्थामा


परिवर्तित हुन्छ, जसलाई नै पग्लिनु, अर्थात् मेल्टीङ भनिन्छ ।


- डा. सुरेश कुमार ढुंगेल


(विज्ञान लेखमालाबाट)

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु