१. शुरुवातदेखी १४ दिनसम्म - Ovum (अण्ड)
२. १५ दिनदेखी १२/१४ हप्तासम्म - Embryo
३. १२ हप्तदेखी नजन्मिदासम्म - Fetus (भ्रुण)
४. जन्मेदेखी १ महिनासम्म - Newbron (नवजात शिशु)
५. १ महिना देखी १ वर्षसम्म - Infant (शिशु)
६. १ वर्षदेखी ३ वर्षसम्म - Toddler
७. ३ वर्षदेखी ६ वर्षसम्म - Preschoot (Early Childhood)
८. ६ वर्षदेखी ११ वर्षसम्म - Schoolgoing (Middle Childhood)
९. ११ वर्षदेखी १४ वर्षसम्म - Prepubescent (Late Childhood)
१०. १४ वर्षदेखी १६ वर्षसम्म - Pubesent age
११. १६ वर्षदेखी २० वर्षसम्म - Post pubescent age
१२. २० वर्षदेखी ४० वर्षसम्म - Youth (युवक)
१३. ४० वर्षदेखी ६० वर्षसम्म - Post youth (प्रौढ)
१४. ६० वर्ष माथी - Old बृद्ध
तपाइ हामीलाई थाहा छ कि विरूवाहरूको लागि पातमा खाना बनाउन नभइनहुने ग्याँस कार्बनडाइअक्साइड हो । कार्बनडाइअक्साइड भन्नाले कार्बन र अक्सिजन तत्वको रासायनिक संयोजनबाट बन्ने वस्तु हो । त्यसैले वनस्पतिको प्रत्यक कोषमा कार्बन तत्वको कण विद्यमान रहेको हुन्छ । प्रत्यक्ष या अप्रत्यक्ष ढंगले जनावरले बनस्पतिहरूको भोजन गर्ने भएकोले जनावरको प्रत्यक कोषमा पनि कार्बन कण रहेको हुन्छ । अर्थात कुनै पनि जीवभित्र वायुमण्डलमा रहेको कार्बन कण भोजनबाट संकलित भएको हुन्छ । जीवमा कार्बन कण संकलित हुने प्रक्रिया जन्म देखि शुरू हुन्छ भने मृत्यु पछि यो बन्द हुन्छ ।
अर्को कुरा, कार्बन परमाणु दुई प्रकारका छन : साधारण कार्बन र रेडियो कार्बन । रेडियो कार्बन भन्नाले रेडियो विकिरण निकाल्ने कार्बन तत्व बुझिन्छ । रेडियो कार्वन साधारण कार्बनको आइसोटप (Isotope) हो । आइसोटप भन्नाले एउटै तत्वको फरक न्यूट्रोन संख्या भएको परमाणु भन्ने बुझिन्छ । जस्तो कि साधारण कार्बनको परमाणुको नाभिक (Nucleus) मा ६ वटा मात्र न्यूट्रोनहरू हुन्छन । यसको आइसोटप ( रेडियो कार्बन)मा ८ वटा न्यूट्रोनहरू रहेका हुन्छन । त्यसैले साधारण कार्बन परमाणुको भार (प्रोटोन र न्यूट्रोनको जोड) १२ रहेको छ भने रेडियो कार्बनको भार १४ (प्रोटोन ६ + न्यूट्रोन ८) रहेको छ । साधारण कर्बनलाई C12 लेखिन्छ भने रेडियो कार्बनलाई C14 लेखिन्छ ।
वायुमण्डलमा रेडियो कार्बनको मात्रा साह्रै थोरै रहेको छ । वैज्ञानिकहरूका अनुमानमा, साधारण कार्बन परमाणुको संख्या १० अरब हुन्छ भने रेडियो कार्बनको परमाणुको संख्या एक मात्र रहेको हुन्छ । तै पनि पृथ्वीको वायुमण्डलमा सधैँ करिब १०० टन रेडियो कार्बन रहेको हुन्छ ।
वायुमण्डलमा साधारण कार्बन र अक्सिजन मिलेर कार्वनडाइअक्साइड बने जस्तै रेडियो कार्बन र अक्सिजन मिलेर रेडियो सक्रिय कार्वनडाइअक्साइड बनेको हुन्छ । विरूवाले प्रकाश संश्लेषण क्रिया गर्दा वायुमण्डलबाट साधारण कार्वनडाइअक्साइडका साथसाथै रेडियो सक्रिय कार्वनडाइअक्साइड पनि प्राप्त गरेको हुन्छ ।
रेडियो कार्वन परमाणु त्यस्तो परमाणु हो, जसले लगातार रेडियो विकिरण छर्नुका साथै समयको गतिसंग त्यो स्वयं पनि नष्ट वा विघटन हुदैँ गइरहेको हुन्छ । जीवित वस्तुमा रेडियो कार्वन जम्मा हुने र त्यो विघटन हुने प्रक्रिया एकैसाथ भइरहेको हुन्छ । तर जब जीवित वस्तुको मृत्यु हुन्छ, तब त्यसमा रेडियो कार्वनको विघटन मात्र हुन्छ ।
रेडियो कार्वनको आधी मात्रा विघटन हुन जम्मा ५७०० वर्ष लाग्छ । यसलाई रेडियो कार्वनको अर्धायु भनिन्छ । फेरि बाँकी रहेको रेडियो कार्वनको आधी मात्रा सकिन अको अर्धायु (५७०० वर्ष) लाग्छ । फेरि त्यसको पनि आधा विघटन हुन अर्को अधायु लाग्छ । अर्थात सुरूको ५०% विघटन हुन ५७०० वर्ष, ७५% सकिन २*५७०० वर्ष, ८७.५% सकिन ३*५७०० वर्ष लाग्छ ।
रेडियो कार्वनको विघटन हुने यो खास प्रक्रियाको आधारमा नै वैज्ञानिकहरूले जीवावशेषहरुको आयुको अनुमान गर्छन । जस्तो कुनै जीवावशेषमा रेडियो कार्वनको आधा मात्र विघटन भए त्यो ५७०० वर्ष पुरानो हुन्छ । त्यस्तै ७५ प्रतिशत रेडियो कार्वनको विघटन भए त्यो जीवावशेषको आयु ११४००(२*५७००) वर्ष पुरानो हो भनेर भन्न सकिने भयो ।
रेडियो कार्वन परमाणुको विघटनको स्थिति हेरी जीवावशेषको आयु पत्ता लगाउने यो प्रविधिको आविस्कार अमेरिकाको शिकागो विश्वविद्यालयका वैज्ञानिक डा. विलियम बिलार्ड फ्रब लिब्बीले सन १९४० मा गरेका थिए ।
हामीले कुनै कुनै फिल्ममा एउटै अनुहार भएका दुई व्यक्तीले अभिनय गरेको देख्नपाउदछौ । चलचित्रमा दुइजनाको रुपमा देखाइएतापनि वास्तविकरुपमा अभिनय एकजनालेनै गरेको हुन्छ । यसरी चलचित्रहरुमा एउटै मानिसको दोहोरो भूमिका कसरी देखाइन्छ जानौ ।

डबल पार्ट फिल्म खिच्दा क्यामेरा संचालकले क्यामेराको लेन्सलाई आधा छोपिदिएको हुन्छ । यस्तो गरिदा रिलको आधा एकातिर मात्रै दृश्य भरिन्छ । त्यसपछि अर्को दृश्यमा फिल्म खिच्न रिललाई उल्टोतिर घुमाइन्छ जसलाई रिवर्स गरिनु भनिन्छ । र लेन्सको अर्को आधा भाग छोपि फिल्म खिचिन्छ । यसरी खिचिएको दृश्यहरु कम्प्युटरको सहताले मिलाई हेरिनयोग्य एउटै मानिसको दोहोरो भूमिका भएको चलचित्रको निमार्ण गरिन्छ ।
रेडियो कार्बन भन्नाले रेडियो विकिरण निकाल्ने कार्बन तत्व बुझिन्छ । रेडियो कार्वन साधारण कार्बनको आइसोटप (Isotope) हो । आइसोटप भन्नाले एउटै तत्वको फरक न्यूट्रोन संख्या भएको परमाणु भन्ने बुझिन्छ । जस्तो कि साधारण कार्बनको परमाणुको नाभिक (Nucleus) मा ६ वटा मात्र न्यूट्रोनहरू हुन्छन । यसको आइसोटप ( रेडियो कार्बन)मा ८ वटा न्यूट्रोनहरू रहेका हुन्छन । त्यसैले साधारण कार्बन परमाणुको भार (प्रोटोन र न्यूट्रोनको जोड) १२ रहेको छ भने रेडियो कार्बनको भार १४ (प्रोटोन ६ + न्यूट्रोन ८) रहेको छ । साधारण कर्बनलाई C12 लेखिन्छ भने रेडियो कार्बनलाई C14 लेखिन्छ ।
वैज्ञानिकहरुका अनुसार अन्तरिक्षका टाढा टाढाका ठाँउहरूबाट पृथ्वीमा लगातार शक्तिशाली अन्तरिक्ष किरण (cosmic ray) हरू वर्षिरहेका छन् । ती किरणहरू सबै दिशाबाट पृथ्वीमा वर्षिरहेका छन । अन्तरिक्ष किरण पृथ्वीमा वर्षिदा वायुमण्डलसंग ठोक्किन पुग्छ र त्यहाँ अत्यन्त शक्तिशाली ऊर्जाको निर्माण हुन्छ । यो ऊर्जालाई प्राथमिक अन्तरिक्ष किरण भनिन्छ ।
अन्तरिक्ष किरण जब वायुमण्डलसंग ठोक्किन पुग्छ तब यस किरणमा रहेको तिव्र गतिमानको न्युट्रोनलाई वायुमण्डलमा रहेका केही नाइट्रोजन परमाणुले अत्यधिक तेज गतिमा अवशेषित (आफु संग मिलाउने काम ) गर्छन । न्युट्रोनको अवशेषबाट नाइट्रोजन परमाणुभित्रको एक प्रोटोन उछिट्टिएर बाहिर निस्कन्छ । एउटा प्रोटोन गुमाउने र एउटा न्युट्रोन प्राप्त गर्ने गर्दा पहिलेको नाइट्रोजन परमाणु अब ८ वटा न्युट्रोन भएको कार्बन परमाणुको आइसोटपमा परिणत हुन्छ । किनकि परमाणुभित्रको प्रोटोन संख्याले नै कुन तत्व हो भन्ने कुरो निर्धारण हुन्छ ।
नाइट्रोजन परमाणुमा ७ वटा प्रोटोन हुन्छ । जब यसले एउटा प्रोटोन गुमाउछ तब यो ६ वटा प्रोटोन भएको कार्बन तत्वमा बदलिन्छ । साधारण कार्बनको नाभिकमा ६ वटा प्रोटोन र ६ वटा न्युट्रोन हुन्छ । तर अन्तरिक्ष किरणको कारणले नाइट्रोजन परमाणु कार्बन परमाणुमा बदलिदा यसमा ६ वटा प्रोटोन र ८ वटा न्युट्रोन रहन गएको हुन्छ । त्यसैले यो कार्बनको आइसोटप हो । र यसले लगातार रेडियो विकिरण छर्ने भएकाले यसलाई रेडियो कार्बन भनियो ।
वायुमण्डलमा रेडियो कार्बनको मात्रा साह्रै थोरै रहेको छ । वैज्ञानिकहरूका अनुमानमा, साधारण कार्बन परमाणुको संख्या १० अरब हुन्छ भने रेडियो कार्बनको परमाणुको संख्या एक मात्र रहेको हुन्छ । तै पनि पृथ्वीको वायुमण्डलमा सधैँ करिब १०० टन रेडियो कार्बन रहेको हुन्छ ।
हामीलाई थाहा छ कि लाफिङ्ग ग्यास अलिकती सुँघेमा मात्र पनि हामि मरिमरी हास्न पुग्दछौ । यस्तो ग्यास उत्तेजित भिड साम्य पार्न र नियन्त्रण गर्न प्रयोग गरिन्छ । तथा अन्य विविध प्रयोजनका लागी पनि लाफिङ्ग ग्यासको प्रयोग गरिन्छ । वास्तवमा लाफिङ्ग ग्यास नाइट्रस अक्साइड हो । नाइट्रस अक्साइड(N2O) नाइट्रोजन(N) र अक्सिजन(O) को प्रतिक्रियाबाट बनेको हुन्छ । यो रङ्गविहीन कम क्रियाशिल र पनीमा सजिलैसंग घुल्न सक्ने ग्यास हो । हसाउने ग्यासले प्रख्यात नाइट्रस अक्साइड धेरै मात्रामा सुँघेमा हामि अचेत अवस्थामा पुग्न सक्छौ । तर केहि मात्रामा सुँघेको खण्डमा मष्तिष्कको सुक्ष्मकोषहरुलाई उत्तेजित पार्दछ फलस्वरुप शरीरमा हलुका खालको उत्तेजना पैदा हुन्छ जुन मानिसले हासेको जस्तो हुन्छ याने भित्र जस्तो भएतापनि मान्छे जबरजस्त हास्न पुग्दछ ।

हाइड्रोजन बम के हो ?

Posted by Om Bhandari On 1:57 AM

सन् १९४५ मा अमेरिकाले जापानको दुइ ठूला शहरहरु हिरोसिमा र नागासाकिमा शक्तिशाली बम खसालेको थियो जसले तत्काल लाखौ मानवको ज्यान लिएको थियो साथै उक्त बम यति सम्म शक्तिशाली थियोकि दशकौ यता आएर आज सम्म पनि त्यहा विभिन्न घातक विकिरणहरु पैदा भइरहेका छन् । उक्त खसालिएको बम थियो - अणु बम (Atom Bomb) । तर यस बम भन्दा पनि २५ हजार गुणा शक्तिशाली बम वैज्ञानिकहरुले निमार्ण गर्न सफल भएका छन जुन बम मानव जातिले निमार्ण गरेको एक मात्र शक्तिशाली अत्याधुनिक हतियार हो । जसलाइ हाइड्रोजन बमका नामले चिनिन्छ ।


हाइड्रोजन बममा अत्याधिक उर्जा निर्माण गर्न फ्युजन प्रकृया अपनाइन्छ । यसमा ट्रिटियम वा ड्युटेरियमजस्ता हाइड्रोजनका आइसोटोपहरु (एकै तत्व तर फरक पिण्ड भएका परमाणुहरु) बिभिन्न अवस्थाहरुका कारण एकै ठाउमा फ्युजन हुन्छ ( गाभिन्छ ) । यसरी फ्युजन भएका दुइ परमाणुहरुको पिण्डको जोडभन्दा गाभिइसकेपछि उत्पादन हुने तत्वको पिण्ड थौरै हुन्छ याने यस प्रक्रियामा केहि पिण्ड नाश हुन पुग्दछन । यसरी हराएको अथवा नाश भएको पिण्ड भोतिकशास्त्रि अल्बर्ट आइन्स्टाइनको समिकरण E=mc^2 अनुशार अत्याधिक उर्जामा परिणत हुन्छ ।


हाइड्रोजन बमले ऊर्जा उत्सर्जन गर्न दुइ चरणहरु पार गर्नु पर्ने हुन्छ । पहिलो, युरेनियम जस्ता अस्थिर परमाणुहरुलाई फिसन प्रक्रियाबाट टुक्राएर अत्याधिक उर्जा उत्पादन गर्नु र दोस्रो, यसरि उत्पादित ऊर्जालाई प्रयोग गरी हाइड्रोजनको आइसोटोपहरु फ्युजन गराइ प्रचुर उर्जा उत्पादन गरिन्छ ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु