हामी मध्ये कयौँ गन्हाउने समस्याले हैरान भएका हुन्छौं । कहीँ जुत्ता फुकालेर कोठामा जानु परेमा अप्ठेरो हुन्छ । जिउ जति नै बास्ना आउने भएपनि खुट्टा त यति गन्हाउने हुन्छ कि त्यस व्यक्तिको अगाडि बस्नै नसकिने हुन्छ । हाम्रो खुट्टा गन्हाउनुको मुख्य कारण के हो त ?
हाम्रो खुट्टा गन्हाउनुको प्रमुख कारण पसिना हो । प्रत्येकमा २ लाख ५० हजारभन्दा बढी पसिना ग्रन्थि हुने हाम्रा खुट्टाहरू शरीरमा सबैभन्दा बढी पसिना आउने ठाउँहरुमध्ये पर्छन् । एक दिनमा हाम्रो एउटा खुट्टाले करिब ४५० मिलि लिटर पसिना निकाल्छ । पसिना भनेको प्रमुख रुपमा पानी र नुनको मिश्रण मात्र हो । त्यसैले पसिना आफैँ भने गन्हाउने हुँदैन । पसिना गन्हाउने मुख्य कारण त हाम्रो छालामा हुने ब्याक्टेरियाहरु हो । ब्याक्टेरियाले हाम्रो छालामा उत्पादन हुने पसिना खान्छ । र, पसिना खाइसकेपछि ब्याक्टेरियाले दिशाको रुपमा निकाल्ने तत्त्व नै पसिना गन्हाउनुको प्रमुख कारण हो ।
पक्कै पनि हाम्रो शरीरको सबै भागमा पसिना आउँछ । हाम्रो हातहरूमा पनि प्रशस्त पसिना ग्रन्थीहरु हुन्छन् । तर, खुट्टाजस्तै शरीरका अन्य भागहरु त्यति गन्हाउँदैनन् । के फरक छ त खुट्टा र शरीरका अन्य भागहरुमा ? यसको उत्तर हो मोजा र जुत्ता । जुत्ता र मोजाका कारण खुट्टाबाट निस्कने पसिना हातहरू र शरीरका अन्य भागमा निस्कने पसिना जस्तो सजिलै बाहिरी हावासँग सम्पर्कमा आउन सक्दैन । यो खुट्टा र मोजामै टाँसिएर बस्छ । ब्याक्टेरिया अँध्यारो, ओसिलो र चिसो ठाउँमा चाँडै फैलिने हुँदा खुट्टातर्फ आकर्षित हुन्छ ।
कसैकसैको खुट्टा अरुको भन्दा धेरै गन्हाउनुको कारण चाहिँ उनिहरुको खुट्टामा धेरै पसिना आउनु नै हो । र, तपाईँले याद गर्नुभएको होला, धेरै हिँडियो भने पनि खुट्टा धेरै गन्हाउँछ; कारण उही हो : धेरै हिँड्दा धेरै पसिना आउनु ।
विकिरण भनेको के हो ?
Posted by Om Bhandari
On 10:39 AM
किरणलाई देखिने प्रकाशको मसिनो अङ्शको रूपमा बुझिन्छ । देखिने प्रकाशमा पनि थुप्रै अन्य किरणहरू मिसिएका हुन्छन । त्यसमा आँखाले ठम्याउन सकिने सात रङ्गका किरणहरू हुन्छन भन्ने तथ्य वैज्ञानिक न्युटनले पत्ता लगाएका हुन, जुन इन्द्रधनुषमा हामी सबैले पनि देख्छौँ । तर, किरणहरू सबै देखिने मात्र हुँदैनन्, नदेखिने किरणहरूलाई विकिरण भनिन्छ । वास्तवमा किरण आफै पनि एक विकिरण हो | किनकी, वैज्ञनिकहरुले निरन्तर प्रवाह भइरहने गतिशील ऊर्जालाई नै विकिरणको संज्ञा दिएका छन् | त्यस प्रवाहमा तरङ्ग र अतिसूक्ष्म कण दुवै गुण रहेका हुन्छन | प्रकाश पनि यसैभित्र पर्दछ | वास्तवमा प्रकाशको किरण भनेको फोटोन नामक अतिसुक्ष्म कणहरुको निरन्तर प्रवाह हो, जसको पिण्ड नै हुदैन | फोटोन ऊर्जाको गतिमा मात्र अस्तित्वमा रहन्छ | स्थिरतामा फोटोनको अस्तित्व रहदैन र गतिशील ऊर्जाको पिण्डलाई ठम्याउन सकिदैन |
तसर्थ, विकिरण कि अतिसुक्ष्म कणहरुको तीव्र प्रवाह हो, जसले ऊर्जाको गुण ग्रहण गर्छ कि त तरंगको प्रवाह हो, जो आफै ऊर्जा हो |
विकिरणको किसिम
विकिरण दुई किसिमका हुन्छन - गैर आयोनिक (Nonionizing) र आयोनिक (Ionizing) | आयोनिकीकरण भन्नाले परमाणुमा ऋणात्मक विद्युतआवेशीत कण इलेक्ट्रोनको संख्या बढ्ने वा घट्ने हुनु हो | सामान्य अवस्थामा परमाणु बिद्युतआवेशित हुदैन | किनकी ऋणात्मक र धनात्मक आवेश बोक्ने इलेक्ट्रोन र प्रोटोनको संख्या बराबर हुन्छ | तर, जब इलेक्ट्रोनको संख्यामा घटबढ हुन्छ तब परमाणु आवेशित हुन्छ | परमाणुमा इलेक्ट्रोनको संख्या बढ्यो भने ऋणात्मक र घट्यो भने धनात्मक बिद्युतआवेशित प्राप्त हुन्छ | बिद्युतआवेशित परमाणु नै आयोन हो र यो प्रक्रिया आयोनिकीकरण हो |
गैर आयोनिक विकिरणले वस्तुहरु (जीवित वा निर्जीव) मा कुनै प्रभाव पार्दैन । तर, आयोनिक विकिरणले वस्तुहरुभित्रका परमाणु भित्रका इलेक्ट्रोनहरुलाई विस्तापित गर्ने क्षमता बोकेको हुन्छ । हाम्रो शरीरभित्र त्यस्तो विकिरणको प्रवेश हुँदा त्यसले कोष भित्रका तत्वहरुका परमाणुहरुमा रहेका इलेक्ट्रोनहरुलाई विस्थापित गरी त्यहाँ ठूलो हलचल पैदा गरिदिन्छ । र, यसबाट तन्तुहको नियमित कामहरुमा अवरोध पुग्दछ । यही कारणले क्यान्सरलगायत बिभिन्न घातक रोगहरु उत्पन्न हुने सम्भावनाको सिर्जना हुन्छ ।
सूर्य, चन्द्रमा, बत्ती वा कुनै पनि प्रकाशको स्रोतबाट उत्पन्न हुने देखिने प्रकाशका किरणहरु गैर आयोनिक विकिरण हो । यिनीहरु मानवस्वास्थ्यमा हानीकारक हुँदैनन् । तर, सूर्यबाटै निस्कने एक्स–रे, इन्फारेडरेलगायत थुप्रै प्रकारका आयोनिक विकिरणहरु मानव स्वास्थ्यको दृष्टिमा घातक हुन्छन् ।
एक्स–रे त अस्पतालहरुमा शरीरभित्रको फोटो खिच्न पनि प्रयोग गरिन्छ । त्यसैले अनावश्यक रुपमा धेरैपटक शरीरको एक्स–रे लिन नहुने सल्लाह डाक्टरहरु दिन्छन ।
आणविक भट्टिहरुमा युरानियम र प्लुटोनियमका परमाणुहरूलाई टुक्राएर नाभिकीय ऊर्जा उत्पादन गरिन्छ । यो प्रक्रियामा ठूलो मात्रामा अल्फा, बिटा, गामा र न्युट्रोन विकिरणहरु उत्सर्जन हुने गर्दछ । तर, ती विकिरणहरु बाहिरी वातावरणमा फैलिन नदिन त्यहाँ विशेष आवरणको व्यवस्था मिलाइएको हुन्छ । ती सबै विकिरणहरु आयोनिक विकिरणहरु हुन । तिनीहरू शरीरभित्र प्रवेश हुँदा घातक रोग लाग्ने सम्भावना हुन्छ ।
कणहरु प्रभाविहित हुने विकिरणले भेटेका ठोस वा तरल पदार्थहरु स्वयं पनि विकिरणकृत भएका हुन्छन । अर्थात ती पदार्थहरुमा विकिरणका कणहरु (विद्युतआवेशित कणहरु) मिसिएका हुन्छन, जुन चीज हाम्रो शरीरभित्र प्रवेश गर्दा त्यसले तन्तुहरुलाई बिगार्ने गर्दछ । विशेषतः तरङ्गको रुपमा नै प्रवाहित विकिरणहरु हावाको माध्यामबाट हाम्रो शरीरभित्र प्रवेश गर्दा त्यसले असर गर्ने गर्दछ ।
विकिरणहरु प्रकृतिबाट पनि ठूलो मात्रामा हाम्रो शरीरमा प्रवेश गरिरहेका हुन्छन, जस्तो अन्तरिक्षबाट आउने ब्रम्हाण्डीय विकिरण(Comic Ray), ढुङ्गा र माटोबाट आउने राडन विकिरण, एक्स रे, परावैजनी किरण, इन्फ्रारेड रे आदि । तर, हाम्रो शरीरले निश्चित मात्रासम्मको विकिरणलाई थेग्न मात्र सक्ने क्षमता बोकेको हुन्छ ।
विषको सेवनबाट मानिसको मृत्यु कसरी हुन्छ ?
Posted by Om Bhandari
On 5:02 AM
हाम्रो शरीरका लागि शक्ति खानाहरूको अक्सिडेसनबाट प्राप्त हुन्छ । यस प्रक्रियाले खानालाई ग्लुकोज र पानीमा परिणत गरिदिन्छ । यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानको लागि साइटोक्रोम अक्सिडेज नामक इन्जाइमले मद्दत पुऱ्याएको हुन्छ । विषसेवनबाट यी इन्जाइमलाई निस्क्रिय तुल्याइदिन्छ र यिनीहरू काम गर्न असक्षम हुन्छन । फलस्वरुप शरीरमा विभिन्न प्रक्रिया सञ्चालन हुन सक्दैनन् र मानिसको मृत्यु हुन्छ ।
लिप सेकेण्ड भनेको के हो ?
Posted by Om Bhandari
On 5:38 AM
समन्वित विश्व समयका आधारमा निर्धारण गरिएको समयलाई बेलाबेलामा सौर्य समयसँग मिलान गर्न आवश्यक हुन्छ । यसरी मिलान गरिने सेकेण्ड नै लिप सेकेण्ड हो । पोजेटिभ लिप सेकेण्ड भएको खण्डमा १ सेकेण्ड थपिन्छ भने नेगेटिभ भएको खण्डमा १ सेकेण्ड घटाइन्छ ।
इन्टरनेशनल अर्थ रोटेशन एण्ड रेफरेन्स सिस्टम सर्भिसले लिप सेकेण्डको घोषणा गर्छ । सामान्यतया प्रत्यक १८ महिनामा लिप सेकेण्डको समायोजन गरिन्छ । तर पृथ्वीको गतिको कारण यति नै पटक लिप सेकेण्ड थपिन्छ वा घटाइन्छ भन्ने हुदँन ।
सन १९७२ जुनदेखि जनावरी १ सम्म २३ पटक लिप समायोजनका लागि निर्देश गरिएको थियो तर सन १९९१ बाट सन २००५ डिसेम्बरसम्म १ पटक पनि समायोजन गर्न निर्देशन दिइएको थिएन ।
इन्टरनेशनल अर्थ रोटेशन एण्ड रेफरेन्स सिस्टम सर्भिसले लिप सेकेण्डको घोषणा गर्छ । सामान्यतया प्रत्यक १८ महिनामा लिप सेकेण्डको समायोजन गरिन्छ । तर पृथ्वीको गतिको कारण यति नै पटक लिप सेकेण्ड थपिन्छ वा घटाइन्छ भन्ने हुदँन ।
सन १९७२ जुनदेखि जनावरी १ सम्म २३ पटक लिप समायोजनका लागि निर्देश गरिएको थियो तर सन १९९१ बाट सन २००५ डिसेम्बरसम्म १ पटक पनि समायोजन गर्न निर्देशन दिइएको थिएन ।
आणविक हिउँद भनेको के हो ?
Posted by Om Bhandari
On 10:30 AM
अणुबमको विष्फोटनपछि निस्कने विषालु ग्याँस तथा धुलोका कणहरू ले पृथ्वीको वायुमण्डललाई ढाक्दछ र सूर्यको प्रकाशलाई पृथ्वीमा आउनबाट रोक्दछ । यसरी सूर्यको प्रकाश नआउँदा पृथ्वीको जलवायु हिउँदको जस्तै ठण्डा हुन पुग्दछ, फलत: सम्पूर्ण जीवजन्तु र वनस्पतिमा नराम्रो असर पर्दछ । यसरी आणविक होडवाजीपूर्ण विष्फोटन कार्यको फलस्वरुप सिर्जना हुने यस्तो कृत्रीम जलवायुलाई आणविक हिउँद भनिन्छ ।
सर्पको जिब्रो किन बीचमा फाटिएको हुन्छ ?
Posted by Om Bhandari
On 6:55 PM

सर्पले सुन्न सक्दैन । यसले आफ्नो शरीरले जमिनको कम्पन मापन गरेर आफूवरिपरिको स्थितिको जानकारी राख्दछ । तर, त्यसभन्दा पनि भरपर्दो औजार हो, यसको जिब्रो । सानो छँदा हामीमध्य धेरैको धारणा के हुन्थ्यो भने बीचमा काटिएको सर्पको अनौठो जिब्रोले नै हामीलाई टोक्छ । तर, यो धारणा बिल्कुल गलत हो । सर्पको काटिएको जिब्रो हाम्रो लागि हानिकारक हुन्न । यसले त आफ्नो यो अनौठो जिब्रो परिस्थिति आँकलन गर्न प्रयोग गर्छ ।
सर्पको तालुमा दुई ससाना अङ्गहरू हुन्छन । ती अङ्गहरूलाई 'जेकब्सन्स ओर्गन' भनिन्छ । सर्पले आफूवरिपरिको वस्तुस्थितिको जानकारी लिन जिब्रो तीव्र गतिमा भित्रबाहिर गरिरहेको हुन्छ । प्रत्यक पटक सर्पले आफ्नो जिब्रो बाहिर निकाल्दा हावामा रहेका रासायनिक कणहरू गिलो जिब्रोमा टाँसिन्छन । आफ्नो जिब्रो मुखभित्र छिराउँदा यसरी टाँसिएका कणहरूलाई सर्पले जेकब्सन ओर्गनमा राख्छ । जेकब्सन ओर्गनले यी कणहरूको पहिचान गरि शिकार नजिक छ वा छैन, कति टाढा छ, हावाको तापक्रम कति छ भन्ने जस्ता कुराहरू निर्क्यौल गर्छ । जेकब्सन ओर्गनले जिब्रोका दुवै चुच्चोहरूमा शिकारको गन्धका कणहरू प्राप्त नगर्दासम्म सर्पले शिकारको पिछा गरिरहन्छ । जब जिब्रोको एउटा मात्र चुच्चोमा शिकारको गन्ध पाउँछ तब सोहि दिशातिर सर्प लाग्दछ । जब दुवै चुच्चाहरूबाट शिकारको गन्ध हराउँछ, तब सर्पले आफ्नो टाउको यताउता हल्लाएर फेरि गन्धका कणहरू खोजी गर्छ ।
Subscribe to:
Posts (Atom)





