चङ्गालाई जब उडाउनका लागि छोडिन्छ, यसमा हावाको चाप पर्दछ । विशेष आकारमा बाधिएको धागो र हावाको प्रतिक्रियाका कारण चाप परेपनि चङ्गा हावामै सन्तुलनमा रहन्छ अनि बिस्तारै उचाइ लिन सुरू गर्दछ । लट्टाइमा बाँधिएको धागोको गतिविधी र नियन्त्रणका आधारमा चङ्गाको दूरी र उचाइ निर्धारण हुन्छ । चङ्गामा तलबाट परेको हावाको चापले माथी परेको चाप छिचोल्न सजिलो पार्छ । यसले गर्दा धागो तान्दा वा बेर्दा चङ्गा झन आकासिन्छ । धागो चुडिएको चङ्गा भने नियन्त्रण गर्ने र शक्ति दिने लट्टाइसँग छुट्टिएका कारण लर्खराउदै तल झर्दछ ।
सिस्नुले किन पोल्छ ?
Posted by Om Bhandari
On 8:36 PM
हमीमध्ये कतीलाई सिस्नुले पोलेको पनि होला । विद्यालयमा सजाय स्वरूप सिस्नो पानिले हान्ने गरेको पनि हामीले थाहा पाउदछौ । कुनै अवस्थामा सिस्नुरो पोलाई अत्यन्त पिडादायक पनि हुन्छ । आखिर किन पल्दछ त सिस्नुले ?
सिस्नुका हाँगा र पातमा स-साना रौं जस्ता काडाहरू हुन्छन् । यी काडाँहरूको टुप्पो तीखो र फेद फक्रेको थैली जस्तो हुन्छ । यस्ता थैलीमा फर्मिक एसिड भन्ने एक प्रकारको अम्ल हुन्छ । हलुको ढङ्गले मात्र छोयो भने पनि काँडाको टुप्पो हाम्रो छालामा छिर्छ, काँडा भाचिन्छ र हाम्रो छालामा टाँसिएर आउँछ । काँडामा भएको फर्मिक एसिड हाम्रो छालामा पस्दछ र हामीलाई पोलेको अनुभव हुन्छ ।
Subscribe to:
Posts (Atom)