सन् 1905 मा अल्बर्ट आइन्स्टाइनले प्रतिपादन गरेको यस सिद्धान्तले मुख्य
रूपमा पाँच कुराहरुलाई औँल्याउछ :
१. जतिसुकै बेगमा रहेका भए पनि स्वतन्त्र रूपले गतिमा रहेका सबै
दर्शकहरूका लागि विज्ञानका सबै नियमहरु समान रूपले लागू हुन्छन् ।
२. दर्शकहरु जुनसुकै गतिमा रहेका भए पनि सबैले प्रकाशको गति एउटै भएको पाउँछन् ।
३. पर्दाथ र शक्ति एउटै हुन् । यिनीहरु एक अर्कामा बदलिन सक्छन् ।
आइन्स्टाइनले यसका लागि एक विशेष सूत्रको आविष्कार गरे ।
E=MC2
यहाँ E ले शक्ति, M ले पिण्ड वा पदार्थ र C ले प्रकाशको गति जनाउँछन्
। यस सूत्रानुसार शक्तिलाई पदार्थको मात्रा र प्रकाशको गतिको वर्गको
गुणनफलले नाप्न सकिन्छ ।
यस सिद्धान्त अनुसार, पदार्थ गतिमा जाँदा शक्तिमा बदलिन्छ र शक्ति
स्थिरतामा आउँदा पदार्थमा बदलिन्छ । तसर्थ पदार्थ र शक्ति दुवै सापेक्ष
कुराहरू हुन् । यो कुरालाई वैज्ञानिकहरूले अनुसन्धानशालाहरूमा प्रमाणित
गरी देखाइसकेका छन् । वैज्ञानिकहरुका अनुसार परमाणु बममा १ ग्राम पदार्थ
बिलाउदा २१ अरब किलो क्यालोरी तापशक्ति उत्पन्न हुन्छ । यो भनेको, दिनको
१0 हजार लिटर मट्टितेल जम्मा गर्दै गई २३ वर्षसम्म जम्मा गर्दा जति जम्मा
हुन्छ, त्यो सबैलाई एकैचोटि बाल्दा उत्पन्न हुने तापशक्तिको बराबर हो ।
४. कुनै पनि वस्तुको गति प्रकाशको गतिभन्दा बढी हुनसक्दैन । किनकि,
वस्तुको पिण्ड त्यसको गतिको सापेक्षमा कायम भएको हुन्छ । वस्तु जति बढी
गतिमा जान्छ, त्यति नै त्यसको पिण्डमा वृद्धि हुन्छ । यदि वस्तुलाई
प्रकाशको गतिको आधा गतिमा लाने हो भने, त्यसको पिण्डमा डेढीले वृद्धि
हुन्छ, तर जति बढी पिण्डमा वृद्धि हुन्छ, त्यति नै फेरि वस्तुलाई गतिमा
लाने शक्तिको पनि जरुरत हुन्छ । त्यसैले प्रकाशको गतिमा वस्तु चलायमान
हुन खोज्छ भने त्यसको पिण्डमा दोब्बरले वृद्धि भई त्यसलाई त्यो गतिमा
कायम राख्न त्यसको सम्पूर्ण पदार्थ शक्तिमा बदल्नुपर्ने हुन्छ । यसले
गर्दा वस्तुको गति प्रकाशको गतिभन्दा बढी हुन पाउँदैन ।
५. समय निरपेक्ष नभई यो पनि अरुजस्तै सापेक्ष छ । यो पूर्णतः स्वतन्त्र
नभई यसले अन्तरिक्षसित मिली अन्तरिक्ष-समय (Space-Time) भन्ने चीज बनाउँछ

सापेक्षवाद सम्बन्धि आइन्स्टाइनको रोचक जवाफ :

आइन्सटाइनले प्रतिपादन गरेको सापेक्षतावाद सर्वसाधरणले वैज्ञानिक भाषामा
व्यक्त गरिएका सैद्धान्तिक कुराहरु बुझ्न सकिरहेका थिएनन तसर्थ
आइन्स्टाइनलाई भेटेको खण्डमा यहि सम्बन्धि प्रश्न गरिरहन्थे । यसै क्रममा
एकपटक एउटी युवतीले आइन्स्टाइनलाई प्रश्न गरिन् : "तपाईको सापेक्षतावाद
भनेको के हो ?"
प्रश्न सुनेपछि आइन्स्टाइन मुसुक्क मुस्कुराउदै जवाफ दिए "यदि कुनै मानिस
अत्यन्त राम्री र आकर्षक युवतीसँग एक घण्टा बसेर कुरा गर्छ भने उसलाई
त्यति लामो समय पनि एक मिनेट जस्तै लाग्छ, तर त्यहि मानिसलाई एक मिनेट
मात्र पनि तातो आगोमा उभ्याइयो भने उसलाई त्यो एकै क्षण पनि एक घण्टा
जस्तै लाग्छ । संक्षेपमा भन्नुपर्दा यहि हो सापेक्षतावाद ।"

( स्रोत : "अल्बर्ट आइन्स्टाइन : महानतम वैज्ञानिक" पुस्तक)

घाँटी बिग्रँदा, खसखस हुँदा, दुख्दा चिकित्सकले नुन-पानीले कुल्ला
गर्नसमेत सल्लाह दिन्छन । यसले साँच्चै फाइदा हुन्छ ? घाँटीका
ब्यक्टेरियामा नुनको के असर हुन्छ ?
घाँटीको खराबीमा केही खास ब्यक्टेरिया जिम्मेवार हुन्छन । ब्यक्टेरिया
सामान्यत: मनतातो नुन पानीको सम्पर्कले नाश हुने होइनन् । ती धेरै जिद्दी
प्रकृतिका हुन्छन । यद्यपी तिनमा नुनपानीको घातक असर हुन्छ । वैज्ञानिक
सिद्धान्त 'अस्मोसिस' का कारण यस्तो हुन्छ ।
साधारणतया 'अस्मोसिस' सिद्धान्तमा गह्रौँ र हलुका द्रव्य (तरल पदार्थ)
आपसमा मिल्दा क्रिया सुरू हुन्छ । यस्तो क्रिया त्यति बेलासम्म जारी
रहन्छ जबसम्म दुवै द्रव्यको घनत्व समान हुँदैन । यसैले गर्दा
ब्यक्टेरियालाई अस्तित्व कायम गर्न मुस्किल पर्छ । नुन-पानी अपेक्षाकृत
रूपमा गह्रौँ हुन्छ । यो घाँटीमा पुगेपछि ब्यक्टेरियाको शरीरको पानी
छिद्रबाट निस्केर नुनपानीमा मिसिन थाल्छ । अनि ब्यक्टेरिया पानीविहीन
हुन्छ र अनन्त मर्छ ।
वस्तुहरू कम्पन हुदाँ आवाज उत्पन्न हुन्छ । गाग्रीको कम्पनको कारण आवाज
उत्पन्न हुन्छ । यो आवाज पानीको सतहदेखि स्तम्भ पानीको सतह र गाग्रीको
मुखको बीचमा निर्माण हुन्छ । वायु स्तम्भको लम्बाइअनुसार नै ध्वनिको
आवृत्ति उत्पन्न हुन्छ । लामो वायु स्तम्भले लामो आवृत्तिको ध्वनि
उत्पन्न गर्छ । पानी भरिँदै जाँदा वायु स्तम्भ पनि छोटो हुँदै जान्छ र
ध्वनिको आवृत्ति पनि छोटीँदै जान्छ र हामी आवाज परिवर्तन भएको महसुस
गर्छौँ । 
घरमा बालिएको साधारण बत्तीतर्फ यदि तपाईले हेर्नुभयो भने त्यसको
प्रकाशको वरिपरि धेरै संख्यामा किराहरु उडिरहेको देख्नुहुन्छ । आखिर
प्रकाशमा त्यस्तो के छ, जसको कारण किराहरू त्यसप्रति आकर्षित हुन्छन् ?
यस सम्बन्धमा रोचक तथ्य यो छ कि प्रकाशतर्फ भाले किराहरुमात्र आकर्षित हुन्छन् ।
प्रकाशका केही स्रोतहरुले एक विशिष्ट प्रकारको विकिरण पैदा गर्दछन् ।
यस्तै, विकिरण पोथी किराहरुको शरीरमा पनि हुन्छ । पोथी किराहरुको पेटमा
एक विशेष प्रकारको ग्रन्थी हुन्छ, जसबाट गन्ध आउने केही अणुहरु बाहिर
निस्कन्छन् र त्यसबाट पैदा हुने विकिरण हावामा फैलिन्छन । पोथीको शरीरबाट
निस्कने यस्तो विकिरण र प्रकाशको विकिरणमा समानता हुने भएकाले भाले
किराहरु प्रकाशतर्फ आकर्षित हुन्छन् ।
कुकुरले सामान्यतः बिरालोलाई लखेट्ने भए पनि देख्नेबित्तिकै लखेट्छ भन्ने धेरैको धारणा गलत हो । कुकुर र बिरालोलाई परम्परागत शत्रु मानिन्छ । 'कुकुर-बिरालोको झगडा' भन्ने उखान त नेपालीहरूमाझ प्रख्यात नै छ । झट्ट हेर्दा यस्तो लाग्छ कि कुकुरले बिनाकारण आफ्नै काममा मस्त बिरालोलाई लखेट्छ । तर यसमा पनि वैज्ञानिक रहस्य लुकेका छ । र, यो वैज्ञानिक रहस्य जीवको क्रमविकाससँग सम्बन्धित छ ।
कुकुर प्राकृतिक रूपमा शिकारी जीव हो । 10 हजार वर्षभन्दा पहिले मानवसमाजले यसलाई घरपालुवा बनाउनुभन्दा अगाडि कुकुर शिकार गर्थ्यो । प्राकृतिक रूपमा प्राप्त हुने शिकार गर्ने कलाको प्रयोग गरेर सामुहिक रूपमा शिकार गर्ने कुकुर सफल शिकारी थियो । शिकार गर्ने प्राकृतिक रूपमा प्राप्त कलाहरूमध्ये कुनै वस्तु वा जीवको चालद्धारा उत्तेजित हुने व्यवहार पनि एक हो । त्यसैले कुकुर बिनाकारण बिरालोमाथि जाइलाग्ने नभई बिरालोको चालले उसलाई उत्तेजित पार्नाले हो ।

यस्तो पनि हुन्छ
 
तपाईले कुकुरलाई देखाएर कुनै खेलौना पर फाल्नुभयो भने त्यस खेलौनाको चालले गर्दा उत्तेजित भई त्यसलाई शिकारको रूपमा लिएर त्यो खेलौनालाई 'मार्न' खोज्छ किनभने कुकुरले प्र
कृतिबाटै चालबाट उत्तेजित हुने व्यवहार सिकेको हुन्छ । त्यसैले बिरालो आफ्नै काममा मस्त भई यताउता गरिरहँदा कुकुरको ध्यान उसप्रति आकर्षित हुन्छ र बिरालोको चालले उसलाई उत्तेजित तुल्याउँछ ।





कुकुर र बिरालोका भिडीयो गेमहरु खेलौं
आगो लागेको स्थान वरिपरिको हावा आगोको कारण तातो हुन्छ । तर आगो एकैनाशले बल्ने नहुँदा यसको वरिपरिको हावा पनि कहीं तातो त कहीँ तुलनात्मक रूपमा चिसो हुन्छ । यसरी आगो वरिपरिको हावाको तापक्रम बदलिरहन्छ । परिणाम स्वरूप हावाको घनत्व पनि सधैँ बदलिरहन्छ , जसकोकारण त्यस हावाबाट गुज्रने प्रकाशको गति र दिशा पनि परिवर्तन भइरहन्छ । त्यसैले आगोको पछाडि राखिएका सामानहरू हल्लिरहेका देख्छौँ ।



यो पनि हेर्न नभुल्नुहोस् ...........
विज्ञानको नियम अनुसार ब्रम्हाण्डका सबै भौतिक पदार्थले अधिकतम स्थिरताको लागि न्युनतम ऊर्जाको स्थिति प्राप्त गर्ने कोसिस गर्छ । कुनै पदार्थको निश्चित आयतनको सतहको क्षेत्रफल अन्य आकारमा भन्दा गोलो आकारमा सबैभन्दा कम हुन्छ र त्यसमा न्युनतम सतही ऊर्जा (Surface energy) हुन्छ । त्यसैले न्यूनतम ऊर्जाको अवस्था अर्थात अधिकतम स्थिरता प्राप्त होस भन्ने उद्देश्यले ग्रह तथा ताराहरूले गोलाकार अवस्था ग्रहण गर्छन ।





यो पनि हेर्नुहोस
तपाइँलाई पक्कै पनि खुर्सानी पिरो हुन्छ भन्ने कुरा थाहा छ - तर यसको पछाडि के कारण छ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा नहुनसक्छ । खुर्सानीमा 'क्याप्साएसिन' नामक रसायन हुन्छ । त्यसले नै हामीलाई पिरो स्वादको अनुभूति गराउँछ । क्याप्साएसिन रसायनको मात्रा जिरे खुर्सानीमा अत्याधिक हुन्छ । त्यसैले जिरे खुर्सानी निकै पिरो हुन्छ र भेडे खुर्सानीमा यो रसायन थोरै परिमाणमा हुन्छ । त्यसैले भेडे खुर्सानी खासै पिरो हुँदैन । खुर्सानी पदार्थले र्‍याल ग्रन्थीलाई सक्रिय पारेर र्‍याल उत्पादनमा वृद्धि ल्याउँछ र त्यही र्‍यालले 'क्याप्साएसिन' पदार्थलाई बगाउँछ र हामी पिरो अनुभूतिबाट छुट्कारा पाउँछौं ।
  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु