के हो रक्त समूह ?

Posted by Om Bhandari On 8:10 AM
सबैको रगत रातो नै हुन्छ । तर, त्यही रातो रगत कसैलाई दान दिन मिल्छ त
कसैलाई मिल्दैन, किन ? त्यसैगरी निश्चित समूहको रगत मात्रै निश्चित
समूहका व्यक्तिले लिन मिल्छ । यद्यपि कसै-कसैको रगत सबैलाई दिन मिल्छ भने
कसै-कसैले जो सुकैको रगत लिन मिल्छ ।
रक्त समूह वंशाणुगत हुन्छ । तपाईको रक्त समूह तपाईको जैविक आमा-बाबुको
रक्त समूहमा भर पर्छ । रगतमा पाइने एन्टिजिन नामक तत्वका आधारमा
मानिसहरूको रक्त समूह वर्गीकरण गरिएको हुन्छ । हुन त रक्त समूहहरू थुप्रै
हुन्छन । तर, प्रचलित 'एबिओ'(ABO) रक्त समूह प्रणालीअनुसार मानिसहरूको
रक्त समूह ४ किसिमका हुन्छन : ए, बी, एबी र ओ ।
हाम्रो रगतमा एन्टिजिनको अलावा एन्टिबडी नामक तत्व पनि हुन्छ, जसले आफ्नो
रगतमा भएको बाहेकका एन्टिजिनहरूको प्रतिवाद गर्ने काम गर्छ । 'एबीओ' रक्त
समूह प्रणालीमा रगतमा ए र बी एन्टिजीनहरूको उपस्थितिका आधारमा रगतलाई चार
समूहमा बाँडिएका छन् । रगतमा एन्टिजिन ए वा बी हुनसक्छ, वा दुवैहुनसक्छ
वा दुवै नहुनसक्छ । एन्टिजिन ए मात्र भएको रगतलाई ए रक्त समूह, एन्टिजिन
बी मात्र भएको रगतलाई बी रक्त समूह, दुवै एन्टिजिनहरू भएको रगतलाई एबी
रक्त समूह र दुवै एन्टिजिनहरू नभएको रगतलाई ओ रक्त समूहमा बिभाजन गरिएको
छ ।
तथ्य के हो भने, ए रक्त समूहको रगतमा बी एन्टिजिनको प्रतिवाद गर्ने
एन्टिबडी हुन्छ भने बी रक्त समूहको रगतमा ए एन्टिजिनसँग प्रतिवाद गर्ने
एन्टिबडी हुन्छ । त्यसैगरी एबी रक्त समूहको रगतमा कुनैपनि एन्टिजिनसँग
प्रतिवाद गर्ने एन्टिबडी हुदैँन भने ओ रक्त समूहको रगतमा ए र बी दुवै
एन्टिजिनहरूसँग प्रतिवाद गर्ने एन्टिबडी हुन्छ । आफ्नो रगतमा नभएको
एन्टिजिन भएको रगत लिनु खतरनाक हुनसक्छ किनभने उक्त बाहिरी रगतमा भएको
एन्टिजिनलाई आफ्नो रगतमा भएको एन्टिबडीले आक्रमण गर्छ । सरल भषामा भन्दा
रगत लेनदेन गर्दा रगत एउटै समुहको हुनुपर्दछ ।
तर एबी रक्त समूहको रगत भएका व्यक्तिहरूले जुनसुकै रक्त समूहको रगत लिन
सक्छन किभने एबी रक्त समूहको रगतमा अरू रक्त समूहका रगतहरूमा हुने
एन्टिजिनको प्रतिवाद गर्ने कुनै एन्टिबडी हुदैन । तर, यस्तो रगत भएका
व्यक्तिहरूले सोही रक्त समूहको रगत भएका व्याक्तिहरूलाई मात्र रगत दिन
मिल्छ । त्यसैगरी, ओ रक्त समूहको रगत भएका व्यक्तिहरूले जुन सुकै रक्त
समूहको रगत भएका व्यक्तिहरूलाई पनि रगत दिन सक्छन किनभने यस्तो रगतमा ए र
बी एन्टिजिन दुवै हुदैन, जसको कारण रगत लिने व्यक्तिको रगतमा भएका
एन्टिबडीहरूले कुनै पनि एन्टिजिनलाई प्रतिवाद गर्नुपर्ने अवस्था नै रहन्न
। तर , ओ रक्त समूह भएका व्यक्तिहरूले भने ओ रक्त समूह भएका व्यक्तिहरूले
भने ओ रक्त समूहकै रगत लिनुपर्ने हुन्छ ।
Categories:

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु