विश्वमा २ हजार ७ सय प्रकारका लामखुट्टेहरु पाइन्छन् । लामखुट्टेहरुले स्तनपायी जन्तुको रगत पिउँछन् । तर जुनसुकै प्रकारको लामखुट्ट भए पनि भाले लामखुट्टेले रगत पिउँदैन । पोथी लामखुट्टेले मात्र रगत पिउँछ । यस्तो किन - एक पोथी लामखुट्टेले आफ्नो छोटो जीवनकालमा करिब २ हजारभन्दा बढी बच्चा जन्माउन अण्डा पार्छ । दुर्इ हजारभन्दा बढी अण्डालाई परिपक्व बनाउन पोथी लामखुट्टेलाई प्रचुर प्रोटिनको आवश्यकता पर्छ, जुन त्यसको शरीरमा हुँदैन । त्यसैले प्रोटिनका लागि पोथी लामखुट्टेले स्तनपायी जन्तुको रगत पिउँछ । प्रत्येक पटक अण्डा पार्नुपूर्व पोथी लामखुट्टेले भरपुर रगत पिउँछ । रगत पिउनको लागि पोथी लामखुट्टेको टाउकोमा मसिनो पाइप हुन्छ जसलाई त्यसले स्तनपायी जन्तुको शरीरमा रहेको रक्तनलीभित्र घुर्साई रगत तान्दछ । पोथी लामखुट्टेले स्तनपायी जन्तुको शरीरबाट आफ्नो तौलको अढाइ तीन गुणा बढी तौलको रगत तान्दछ ।
प्रकाश एक तरंग : वेग, गति समय व अवधि
Posted by Om Bhandari
On 10:23 PM
चिसोमा छालामा काँडा किन उम्रन्छ ?
Posted by Om Bhandari
On 5:18 AM
चिसो मौसममा हाम्रो छालामा रहेका रौँहरू ठाडा हुन्छन् । यसलाई हामी
काँडा उम्रेको भन्छौँ । यो प्रक्रिया हाम्रो नियन्त्रण बिना नै हुने गर्छ
। चिसोबाट बच्नका लागि जनावरहरूका शरीरमा बाक्ला रौँ हुन्छन् । यसले
तिनीहरूलाई चिसो हुनबाट जोगाउँछ । जाडोबाट जोगाउने सबैभन्दा भरपर्दो
वस्तु भनेकै रौँ हो तर हाम्रो शरीरमा त साना रौँ मात्र हुन्छन् । यसले
हाम्रो शरीरलाई ढाक्न सक्दैन । त्यसैले हामीलाई चिसो भएको बेला अन्य
भागहरूलाई ढाक्नका लागि यिनीहरू ठाडा हुन्छन् । यो प्रक्रिया प्राकृतिक
नै हुने हुँदा यसमा डराउनु पर्दैन , यसले कुनै हानी गर्दैन ।

पुरानो हुँदै गएपछि घरको काठ किन कालो हुन्छ ?
Posted by Om Bhandari
On 6:27 AM
घर बनाउन प्रयोग गरिएको काठले विभिन्न मौसमहरू झेलेको हुन्छन् । विभिन्न मौसमहरूमा घाम , पानी, हावाहुरी, हिउँ झेलेपछि काठ पुरानो हुँदै जान्छ । अनि विस्तारै काठमा परिवर्तन आउन थाल्छ । गाढा रङ भएको काठ विस्तारै हल्का हुन थाल्छ । हल्का वा उज्यालो रङ भएको काठको भने रङ बदलेर गाढा हुन्छ । प्रायः काठहरू कालो अथवा खैरो रङमा परिणत हुने गर्छन् । तिनीहरूको सतह पनि खस्रो हुने गर्छ ।
काठ सेलुलोज नामक रेशाले बनेको हुन्छ । यही फाइबरबाट रुवा पनि बनेको हुन्छ तर काठमा भने ती रेशाहरूलाई लिग्निनले दह्रोसँग जोडेको हुन्छ । यसले गर्दा एउटै रेशाबाट बनेपनि काठ रुवाभन्दा निकै कडा हुन्छ । विभिन्न मौसममा काठमा पर्ने घामपानीले काठमा भएको लिग्निन र काठको रङलाई पखालिदिन्छ । यसले गर्दा काठको रङ उज्यालो हुन्छ तर त्यसको सतह भने खस्रो हुन थाल्छ । यो प्रक्रियामा ढुसी जस्ता स - साना प्राणीहरू त्यहाँ उम्रन थाल्छन् र काठको रङ परिवर्तन भई कालो वा खैरो हुन पुग्छ । त्यसैले यसबाट बच्नका लागि हामी काठमा विभिन्न प्रकारका रङहरू दल्ने गर्छौ । त्यसले काठलाई विभिन्न मौसमहरूबाट हुने हानीबाट बचाउँछ ।

रगत किन रातो हुन्छ ?
Posted by Om Bhandari
On 4:56 AM
सबैलाई थाहा भएकै कुरा हो, रगत रातो हुन्छतर किन यो रातो हुन्छ ? रगत एउटै तत्वले मात्रै बनेको हुँदैन । हाम्रो शरीरको धमनी , नशाहरूमा बग्ने रगत विभिन्न किसिमका पदार्थहरू र तìवहरू मिलेर बनेका हुन्छन् र तिनका आ -आफ्नै कामहरू हुन्छन् ।
रगतलाई तरल रूपमा राख्ने पदार्थलाई प्लाज्मा भनिन्छ । यसले रगतको आधा भाग ओगटेको हुन्छ । यो हल्का पहेँलो रङ्गको हुन्छ र पानीभन्दा बाक्लो हुन्छ । प्लाज्मामा रक्तकोषहरूका अलावा प्रोटिन, रोगसँग लड्ने प्रतिरोधी पदार्थ, रगतलाई जम्न मद्दत गर्ने फाइबि्रनोजेन (Fibrinogen) र प्लाटेलेट्स , कार्बोहाइड्रेट, बोसो, नून र अन्य थुप्रै पदार्थहरू हुन्छन् । प्लाज्माका साथसाथै रगतमा रातो रक्तकोष (Red Blood Cells) पनि हुन्छन् । यसलाई अर्को शब्दमा Corpuscels पनि भनिन्छ । यही रातो रक्तकोषका कारण हाम्रो रगत रातो देखिने गर्छ । हाम्रो रगतमा आकारमा अति सानो, गोलाकार तर च्याप्टो आकारको हुने यस्ता रातो रक्तकोषहरू ३५ टि्रलियनको सङ्ख्यामा निरन्तर रूपमा बगिरहेको हुन्छ । जसले गर्दा रगत सधैँ रातो देखिने गर्छ । एक थोपा रगतमा मात्रै पनि करिब ५० लाख रक्तकोषहरू रहेका हुन्छन् ।
सुरूमा रातो रक्तकोष त्यति धेरै रातो हुँदैनतर हाम्रो हड्डीको भित्री भागमा हुने मासी (Bone marrow) ले रक्तकोष बनाउने काम गर्छ । त्यहाँ यो परिपक्व हुँदै गएपछि यसले हेमोग्लोबिनको उत्पादन बढाउन थाल्छ । वास्तवमा रक्तकोषलाई रातो बनाउने पदार्थ पनि यही हेमोग्लोबिन नै हो । हेमोग्लोबिन आइरन र विभिन्न खालका प्रोटिनहरू मिलेर बनेको हुन्छ । रातो रक्तकोषको मुख्य पदार्थ भनेकै हेमोग्लोबिन र अक्सिजन हो । हेमोग्लोबिनले नै फोक्सोबाट अक्सिजन बोकेर शरीरका विभिन्न भागहरूमा पुर्याउने र त्यहाँका कोषहरूमा जम्मा भएका कार्बनडाइअक्साइडलाई चाहिँ बोकेर फोक्सोसम्म ल्याइपुर्याउने काम गर्छ । कार्बनडाइअक्साइड मिसिएको रगतको रङग चाहिँ गाढा रातो हुन्छ । फोक्सोले रगतमा रहेको कार्बनडाइअक्साइडलाई प्रशोधन गरेर फ्याक्ने काम गर्छ । रगतलाई रातो बनाउने रक्तकोष आफैंको आयु भने करिब ४ महिना मात्र हुन्छ । शरीरभित्र यो निरन्तर रूपमा मर्ने र निरन्तर रूपमै बन्ने प्रक्रिया चलिरहेको हुन्छ । हाम्रो रगतमा रातो रक्तकोष मात्रै होइन , सेतो रक्तकोष पनि हुन्छ । यी कोषले चाहिँ शरीरभित्र घुसेका कीटाणुहरूसँग लडेर शरीर स्वस्थ राख्ने काम गरिरहेका हुन्छन् ।

मस्तिष्कले कसरी काम गर्छ ?
Posted by Om Bhandari
On 4:01 AM
सम्भवतः संसारकै सबैभन्दा अदभुत र विलक्षणको चीज हो मस्तिष्क । आकारमा सानो तर काम भने ब्रहृमाण्ड(Universe)को नै समेत खोतलखातल गर्न सक्ने । आजसम्म जे जति प्रगति र उन्नति भएका छन् , ती सबै मानवका विकसित मस्तिष्ककै कमाल हुन् । मानिसको मस्तिष्क विकसित नभएको भए सम्भवतः आज हामीले देखि - भोगिरहेका प्रगति र उन्नतिहरू नै सम्भव हुने थिएन । सबैमा जान्ने इच्छा हुनसक्छ, यस्तो विलक्षणको मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरा ।
वास्तवमा मस्तिष्कले स्नायु -नशा हरूले ल्याएका सूचनाहरूलाई ग्रहण र प्रशोधन गरेर काम गरिरहेको हुन्छ । हाम्रो मस्तिष्कमा करिब १४ अरब जति कोषहरू र लाखौं स्नायु सञ्जालहरू (Nerve Fiberes) हुन्छन् । शरीरका विभिन्न भागहरूका सूचनालाई मस्तिष्कसम्म ल्याइपुर्याउने जिम्मेवारी बोकेका ती स्नायुहरूले ल्याएको सूचनालाई मस्तिकको एउटा खास भागले विश्लेषण र व्याख्या गर्छ र आवश्यकताअनुसार मस्तिष्ककै विभिन्न भागहरूमा पठाउने काम गर्छ । ती भागहरूबाट मस्तिष्कले विश्लेषण र व्याख्या गरेका ती सूचनाहरू शरीरका विभिन्न भागहरूमा पुग्ने गर्छ । फलतः हामी विभिन्न खालका क्रियाकलाप र अनुभवहरू गर्न पुग्दछौं ।
हाम्रो टाउकोको हड्डीको ठीक मुन्तिर मस्तिष्क रहेको हुन्छ । मस्तिष्कको बाहिरी भागलाई कोर्टेक्स (Cortex) भनिन्छ । शरीरका थुप्रै अङ्गका कोषहरू मरेपछि नयाँ कोषले बदलिने गर्छ तर वैज्ञानिकहरूका अनुसार मस्तिष्कको कोष चाहिँ मरेपछि बदलिँदैन । सम्भवतः यही कारण हुनसक्छ, वृद्धावस्थातिर लाग्दै जाँदा हाम्रो मस्तिष्कको क्षमता पनि कम हुँदै जान्छ । हेक्का रहोस्, मस्तिष्कको दाहिने भागले शरीरको बायाँ भाग र देब्रे भागले शरीरको दाहिने भागलाई नियन्त्रण र सञ्चालन गर्ने काम गर्छ ।
यो पनि हेर्न नभुल्नुहोस्

घामबाट अचानक अँध्यारोमा आउँदा आँखा राम्रो सँग देख्न सकिदैन , किन ?
Posted by Om Bhandari
On 6:18 AM
हाम्रो आँखाले उज्यालो र अँध्यारो दुवै ठाँउमा देख्न सक्छ । तर प्रकासको
चमक अनुसार आँखाको नानी ठूलो र सानो हुन जरूरी हुन्छ । अँध्यारो ठाउँमा
आँखाको नानी ठूलो हुन्छ ता की बढीभन्दा बढी प्रकाश छिरोस् । त्यसको ठिक
बिपरीत उज्यालो ठाउँमा आँखाको नानी सानो हुन्छ । जब हामी अचानक घामबाट
अँध्यारो ठाउँमा जान्छौँ, आँखको नानी सानो हुन केही समय लाग्छ, जसको कारण
आँखा राम्रोसँग देख्न पनि केही समय लाग्छ ।

तारा (Star) किन चम्किन्छ ?
Posted by Om Bhandari
On 11:53 PM
रातको समयमा सफा आकाशतिर हेर्नुहोस् , तपाई ताराहरू चम्किरहेका देख्नुहुन्छ । झिम्झिम् गर्दै चम्किरहेका तारा देख्दा तपाई हामीलाई लाग्ने गर्छ - ताराहरू झिमझिमाउदा रहेछन् तर यथार्थमा त्यस्तो हुदैन । वास्तवमा हामीले देख्ने गरेको दृश्य तारा झिमझिमाएको नभई पृथ्वीको वायुमण्डलका कारण पैदा हुने प्रभावले गर्दा उत्पन्न दृश्य मात्र हो ।
पृथ्वीको वायुमण्डलमा विभिन्न तहहरू हुन्छन् । प्रत्येक तहका वायु आ -आˆनै गतिमा र विभिन्न दिशामा फन्को मारिरहेका हुन्छन् । त्यसरी फन्को मारिरहेका वायुको तापक्रम पनि वायुमण्डलको तहैपिच्छे फरक फरक हुन्छन् । त्यसबाहेक प्रत्येक तहमा हुने वायुको घनत्व पनि तहपिच्छे नै फरक फरक हुन्छन् ।
हामीले राति आकाशमा देख्ने गरेका तारा पृथ्वीबाट करोडौँ अरबौँ माइल पर रहेका हुन्छन् । त्यति पर रहेका ताराहरूबाट निस्किएको प्रकाश हामीले वायुमण्डलका ती विभिन्न तहहरूबीचबाट हाम्रा नाङ्गो आाखाले देखिरहेका हुन्छौ । त्यसरी ताराबाट निस्किएको प्रकाश हाम्रो आाखासम्म आइपुग्दा पृथ्वीका चलायमान र फन्को मारिरहेका वायुको तहबीचबाट गुजि्रएर वायुमण्डलका विभिन्न तहहरूको वायुको गति र तापक्रमसागै ठाउ ठाउमा जथाभावी खुम्चिने गर्छ । त्यसले गर्दा सुदुर आकाशमा रहेका ताराहरू केही चलिरहेका छन् र चम्किरहेका छन् भन्ने भ्रम हाम्रो आाखालाई पर्न जान्छ । यसरी पृथ्वीको वायुमण्डलका कारण सिर्जना हुने भ्रमपूर्ण दृश्यका कारण हामीलाई आकाशमा रहेका ताराहरू झिम्झिम् गर्दै चम्किरहेको भान हुन्छ । अन्तरिक्षबाट हेर्दा भने ताराहरू झिम्झिमाएको देखिदैन , तिनीहरू स्थिर ढङ्गले चम्किरहेका देखिन्छन् । यसो हुनुको कारण अन्तरिक्षमा वायुमण्डल नहुनु नै हो ।

हाम्रो मुटु कति धड्कन्छ ?
Posted by Om Bhandari
On 4:56 AM
तपाईं हामीले देखिरहेकै कुरा हो, डाक्टरले बिरामीको जाँच गर्दा मुटुको चाल पनि नाप्ने गर्छ । विशेष गरेर हातको नाडी छामेर डाक्टरले मुटुको गति जाँचिरहेको हुन्छ । मुटुको गतिबाट पनि मानिस स्वस्थ छ कि छैन भन्ने कुरा थाहा पाउन सकिन्छ । स्वभाविक रूपमा जिज्ञासा उठ्न सक्छ, स्वस्थ मानिसको मुटुको गति चाहिँ कति हुनुपर्छ ? यसको उत्तर यति नै भनेर भन्न गाह्रो छ । किनभने यो मानिसपिच्छे फरक पर्न सक्छ । त्यसै गरी मानिसको उमेर , उनको शरीरको अवस्था, उसले गरेका क्रियाकलाप, उसको मानसिक
अवस्था लगायतका पक्षहरूमा पनि यो कुरा निर्भर गर्दछ । सामान्यतः एक मिनेटमा ७२ देखि ८० सम्म मुटुको गतिलाई सामान्य मान्ने गरिन्छ । अझ पुरूषहरूमा प्रतिमिनेट ७० र महिलाहरूमा ७५ प्रतिमिनेटलाई मुटुको औसत चाल निर्धारण गरिएको छ । मानिसपिच्छे मुटुको चाल फरक हुने भएकोले प्रतिमिनेट ६० देखि १०० सम्मको मुटुको चाललाई अवस्था हेरी सामान्य मान्ने गरिन्छ ।
अवस्था लगायतका पक्षहरूमा पनि यो कुरा निर्भर गर्दछ । सामान्यतः एक मिनेटमा ७२ देखि ८० सम्म मुटुको गतिलाई सामान्य मान्ने गरिन्छ । अझ पुरूषहरूमा प्रतिमिनेट ७० र महिलाहरूमा ७५ प्रतिमिनेटलाई मुटुको औसत चाल निर्धारण गरिएको छ । मानिसपिच्छे मुटुको चाल फरक हुने भएकोले प्रतिमिनेट ६० देखि १०० सम्मको मुटुको चाललाई अवस्था हेरी सामान्य मान्ने गरिन्छ ।हामी चलखेल गरेको अवस्थामा भन्दा सामान्य अवस्थामा रहँदा मुटुको गति कम भएको हुन्छ । शारीरिक श्रम हुने काम वा खेलकूद गर्दा स्वभाविक रूपमा मुटुको गति निक्कै तेज हुने गर्छ । तर केही समयको विश्रामपछि त्यो पूर्ववतः सामान्य अवस्थामा आइपुग्छ । उमेरअनुसार मानिसको मुटुको चाल पनि फरक फरक हुने गर्छ । भर्खरै जन्मेको बच्चाको मुटुको गति प्रतिमिनेट १३० देखि १५० सम्म हुन्छ । त्यसै गरी शिशु अवस्थामा प्रतिमिनेट १०० देखि १३० र अलि हुर्केको बच्चाको मुटुको चाल प्रतिमिनेट ९० देखि ११० सम्म हुने गर्छ । किशोरावस्थामा मुटुको चाल प्रतिमिनेट ८० देखि १०० सम्म हुने गर्छ । वृद्धावस्थामा वा ६० नाघेका मानिसहरूमा पनि मुटुको चाल निक्कै तीव्र हुने गर्छ । एक तथ्याङ्कअनुसार सो उमेर समूहमा प्रतिमिनेट ८० देखि १२० सम्म पनि हुने गर्छ । रमाइलो कुरा के छ भने सामान्य अवस्थामा खेलाडीहरूको मुटुको गति औसतभन्दा कम हुने गर्छ । त्यसै गरी विभिन्न खाले औषधिका कारण पनि कतिपय औषधि सेवन गरिरहेका व्यक्तिहरूको मुटुको चाल औसतभन्दा कम हुनसक्छ ।
औसत रूपमा मानिसको मुटुको गतिलाई प्रतिमिनेट ७५ मान्ने हो भने एक घण्टामा यो ४५०० पटक धड्कन्छ । त्यसै गरी एक दिनमा १०८ ,००० पटक र एक वर्षमा करीब ३९,४२०,००० पटक धड्कने गर्छ ।
ओंठ किन फुट्छ ?
Posted by Om Bhandari
On 4:47 AM
छालाले हाम्रो शरीरको आन्तरिक वातावरणलाई बाहिरी वातावरणको प्रभावबाट बचाउँछ । छालाको माथिल्लो सतहलाई इपिर्डर्मिस (epidermis) भनिन्छ । छालाको यो तह मृत कोषहरुले बनेको भएपनि यसले तल्लो तहको जीवित कोषहरुबाट निरन्तर पानी प्राप्त गरिरहन्छ । छालाको बाहिरी सतहमा पानी आएपछि वाष्पीकरण भएर त्यहाँ तेल ग्रन्थीहरुले चिल्लो पदार्थको पातलो तह बनाउँछन् । यही चिल्लो पदार्थले छालालाई मुलायम र लचिलो बनाउँछ । जाडो महिनामा हावाको आद्रता कम हुने हुनाले हावा सुख्खा हुन्छ । सुख्खा हावा छालाको सर्म्पर्कमा आएमा छालाको पानी चाँडो वाष्पीकरण हुन्छ । त्यसैले छाला सुकेर फुट्न थाल्छ । हाम्रो ओंठमा तेल ग्रन्थीहरु नहुने हुनाले अरु अंगहरुभन्दा ओंठ चाँडै फुट्छ ।
माटोको भाँडामा पानी किन चिसो हुन्छ ?
Posted by Om Bhandari
On 4:39 AM
तपाइँले याद गर्नुभएको होला, माटोले बनेको भाँडोमा राखिएको पानी अरु भाँडोमा राखिएको पानीभन्दा चिसो हुन्छ । यस्तो किन हुन्छ त - माटोको भाँडोमा लाखौं अदृश्य प्वालहरु हुन्छन् । नाङ्गो आँखाले देख्न नसक्ने यस्ता प्वालहरुबाट भाँडोभित्र रहेको पानी स - साना कणहरुको रुपमा बाहिर निस्कन्छ । जब ती पानीका कणहरु बाहिर निस्कन्छन् , बाहिरी हावाको सर्म्पर्कमा आएर बाफ बन्न थाल्छन् । यो प्रक्रियामा वाष्पीकरणका लागि आश्यक उष्णता पानीका कणहरुले माटोको भाँडाभित्र रहेको पानीबाट प्राप्त गर्छ र पानीलाई चिसो राख्दछ । कुहिरो किन लाग्छ ?
Posted by Om Bhandari
On 1:07 AM
कुहिरो वास्तवमा एक खाले बादल हो । बादल जमिनको सतहभन्दा धेरै माथि आकाशमा लाग्छ भने कुहिरो तल सतहसँग जोडिएर लाग्छ । बादल र कुहिरो दुबै पानीका असंख्य सूक्ष्म कणहरू एकसाथ हावामा झुण्डिएर रहँदा बन्ने गर्छन् ।
त्यसो भए जाडोमा जमिनको सहतनजिक कुहिरो किन लाग्दछ त ?
हाम्रो घरबाहिर खुल्ला ठाउँमा रहेको हावामा पानीका सूक्ष्म कणहरू घुलिएर रहेका हुन्छन् । जसरी पानीमा नून वा चिनी घुलिएर रहँदा देखिने हुँदैन त्यसरी नै हावामा पानीका सूक्ष्म कणहरू घुलिएर रहँदा पनि देखिने हुँदैन । हावाको एउटा स्वभाव के छ भने यसले यसको तापमान अनुसार खास मात्रामा पानीका सूक्ष्म कणहरू आफूमा घोल्ने क्षमता राख्दछ । हावामा तापमान जति मात्रामा बढ्छ त्यही अनुपातमा यसले पानीका बढी कणहरू आफूमा घोल्ने क्षमता ग्रहण गर्दछ । अर्थात् बढी तापमान बढी घोल्ने क्षमता , कम तापमान कम घोल्ने क्षमता हुन्छ ।त्यसैले गर्मीयाममा भन्दा जाडोयाममा हावाले आफूमा पानीको कम मात्रामा मात्र कणहरू घोल्ने क्षमता राख्दछ । किनकि गर्मीयामको तुलनामा जाडोयाममा हावा धेरै चिसो हुन्छ । स्मरणीय के छ भने ग्लासमा रहेको पानीमा नून वा चिनीको मात्रा घोल्दै जाँदा एउटा बिन्दुमा पुगेपछि ती बस्तुहरू घुल्न छोड्छन् । र , नघुलिएको नून वा चिनीको भाग पानीमा आँखाले देखिने हुन्छन् । नून वा चिनी पानीमा जुन मात्रासम्म घोलिँदा देखिने हुँदैन त्यो मात्रासम्मको घोललाई संतृप्त घोल भनिन्छ । हावा र पानीको घोलमा पनि पानी घुलिन सक्ने अधिकतम बिन्दुसम्मको घोललाई संतृप्त घोल भनिन्छ । त्यसैले गर्मीयाम र जाडोयाममा हावा र पानीको संतृप्त घोल बन्ने बिन्दु फरक फरक हुन्छ । गर्मीयाममा भन्दा जाडोयाममा हावा र पानीको संतृप्त घोल बन्ने बिन्दु धेरै तल हुन्छ । अर्थात् जाडोयाममा थोरैमात्र पानीका कणहरू घुलिंदा पनि पानी र पानीको संतृप्त घोल बन्छ ।जाडोयाममा घाम छड्के पर्ने हुँदा जमिन गर्मीयाममा भन्दा चिसो हुन्छ । राती आकाशमा बादल लाग्दैन भने दिउँसो घामले गर्दा अलि अलि तातेको जमिनको ताप पनि बिकिरणबाट आकाशमा फर्कन्छ । र, बिहान जमिन अत्यन्त चिसो हुन्छ । यसले गर्दा जमिनसँग सर्म्पर्कमा रहेको हावाको एक तह पनि चिसिन पुगी त्यसले पानीका कणहरू आफूमा घोल्न सक्ने क्षमता पहिलेभन्दा गुमाउन पुग्छ । यस्तो हुँदा हावामा घुल्न नसक्ने पानीका कणहरू हावाबाट छुट्टिएर हावामा झुण्डिएर रहन पुग्छन् । र , त्यसले कुहिरोको रूप लिन पुग्छ । यदि हावा धेरैभन्दा धेरे चिसो भई हावाले आफूमा रहेका अत्यधिक मात्राको पानीका कणहरूलाई कुहिरोमा परिणत गर्छ भने बाक्लो कुहिरो लाग्छ । र , त्यस अवस्थामा सूयॅको प्रकाश जमिनसम्म पुग्न गाह्रो भई धेरै दिनसम्म घाम नलाग्ने हुनसक्छ ।

Subscribe to:
Comments (Atom)