घर बनाउन प्रयोग गरिएको काठले विभिन्न मौसमहरू झेलेको हुन्छन् । विभिन्न मौसमहरूमा घाम , पानी, हावाहुरी, हिउँ झेलेपछि काठ पुरानो हुँदै जान्छ । अनि विस्तारै काठमा परिवर्तन आउन थाल्छ । गाढा रङ भएको काठ विस्तारै हल्का हुन थाल्छ । हल्का वा उज्यालो रङ भएको काठको भने रङ बदलेर गाढा हुन्छ । प्रायः काठहरू कालो अथवा खैरो रङमा परिणत हुने गर्छन् । तिनीहरूको सतह पनि खस्रो हुने गर्छ ।
काठ सेलुलोज नामक रेशाले बनेको हुन्छ । यही फाइबरबाट रुवा पनि बनेको हुन्छ तर काठमा भने ती रेशाहरूलाई लिग्निनले दह्रोसँग जोडेको हुन्छ । यसले गर्दा एउटै रेशाबाट बनेपनि काठ रुवाभन्दा निकै कडा हुन्छ । विभिन्न मौसममा काठमा पर्ने घामपानीले काठमा भएको लिग्निन र काठको रङलाई पखालिदिन्छ । यसले गर्दा काठको रङ उज्यालो हुन्छ तर त्यसको सतह भने खस्रो हुन थाल्छ । यो प्रक्रियामा ढुसी जस्ता स - साना प्राणीहरू त्यहाँ उम्रन थाल्छन् र काठको रङ परिवर्तन भई कालो वा खैरो हुन पुग्छ । त्यसैले यसबाट बच्नका लागि हामी काठमा विभिन्न प्रकारका रङहरू दल्ने गर्छौ । त्यसले काठलाई विभिन्न मौसमहरूबाट हुने हानीबाट बचाउँछ ।
Categories:

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु