सम्भवतः संसारकै सबैभन्दा अदभुत र विलक्षणको चीज हो मस्तिष्क । आकारमा सानो तर काम भने ब्रहृमाण्ड(Universe)को नै समेत खोतलखातल गर्न सक्ने । आजसम्म जे जति प्रगति र उन्नति भएका छन् , ती सबै मानवका विकसित मस्तिष्ककै कमाल हुन् । मानिसको मस्तिष्क विकसित नभएको भए सम्भवतः आज हामीले देखि - भोगिरहेका प्रगति र उन्नतिहरू नै सम्भव हुने थिएन । सबैमा जान्ने इच्छा हुनसक्छ, यस्तो विलक्षणको मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरा ।
वास्तवमा मस्तिष्कले स्नायु -नशा हरूले ल्याएका सूचनाहरूलाई ग्रहण र प्रशोधन गरेर काम गरिरहेको हुन्छ । हाम्रो मस्तिष्कमा करिब १४ अरब जति कोषहरू र लाखौं स्नायु सञ्जालहरू (Nerve Fiberes) हुन्छन् । शरीरका विभिन्न भागहरूका सूचनालाई मस्तिष्कसम्म ल्याइपुर्‍याउने जिम्मेवारी बोकेका ती स्नायुहरूले ल्याएको सूचनालाई मस्तिकको एउटा खास भागले विश्लेषण र व्याख्या गर्छ र आवश्यकताअनुसार मस्तिष्ककै विभिन्न भागहरूमा पठाउने काम गर्छ । ती भागहरूबाट मस्तिष्कले विश्लेषण र व्याख्या गरेका ती सूचनाहरू शरीरका विभिन्न भागहरूमा पुग्ने गर्छ । फलतः हामी विभिन्न खालका क्रियाकलाप र अनुभवहरू गर्न पुग्दछौं ।
हाम्रो टाउकोको हड्डीको ठीक मुन्तिर मस्तिष्क रहेको हुन्छ । मस्तिष्कको बाहिरी भागलाई कोर्टेक्स (Cortex) भनिन्छ । शरीरका थुप्रै अङ्गका कोषहरू मरेपछि नयाँ कोषले बदलिने गर्छ तर वैज्ञानिकहरूका अनुसार मस्तिष्कको कोष चाहिँ मरेपछि बदलिँदैन । सम्भवतः यही कारण हुनसक्छ, वृद्धावस्थातिर लाग्दै जाँदा हाम्रो मस्तिष्कको क्षमता पनि कम हुँदै जान्छ । हेक्का रहोस्, मस्तिष्कको दाहिने भागले शरीरको बायाँ भाग र देब्रे भागले शरीरको दाहिने भागलाई नियन्त्रण र सञ्चालन गर्ने काम गर्छ ।

यो पनि हेर्न नभुल्नुहोस्

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु