सामान्य व्यक्तिको शरीरमा हुने करिब ५ लिटर रगत शरीरमा सञ्चालित भइरहन्छ । शरीरको विभिन्न भागहरूमा हुने रगतको अलग-अलग मात्रा आवश्यकता अनुसार परिवर्तन भइरहन्छ । सामान्य स्थितिमा मुटुबाट आउने रगतको २८ प्रतिशत कलेजोमा, २४ प्रतिशत मृगौलामा, १५ प्रतिशत मांशपेसीहरूमा, १४ प्रतिशत मस्तिष्कमा र बाँकी १९ प्रतिशत शरीरका अन्य भागहरूमा संचारित हुन्छ ।
खाना पचाउनका लागि हाम्रो पेटमा अधिक रगतको आवश्यकता पर्दछ । खाना खाइसकेपछि हाम्रो शरीरको रगतको ठूलो हिस्सा पेटमा प्रवाहित हुन्छ । त्यसैले मस्तिष्कमा रगतको मात्रा कम भएर त्यसको क्रियाशीलता घट्छ । मस्तिष्कको क्रियाशिलता घट्नु निद्राको एक कारण हो । त्यतिबेला शरीरलाई आरामको जरूरत पर्दछ त्यसैला खाना खाइसकेपछि केहि बेर आराम गर्नुपर्छ ।
  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु