पचास-सय वर्षपछिको संसार कस्तो होला ? भावी पुस्ताको जीवन कसरी बित्ला ? सबैका मनमा यस्ता प्रश्न हुन्छन तर तिनको जवाफ भने हुँदैन । कतिपय ज्योतिषीहरू पनि भविष्यवाणी गर्छन तर तिनको भविष्यवाणी प्राय: विश्वासमा आधारित हुन्छ ।Ray Kurzweil.jpg


संसारमा भइरहेका घटना र प्रवृत्तिलाई केलाएर भविष्यको आकलन गर्ने शास्त्रलाई भविष्य-विज्ञान भनिन्छ । अमेरिकाबाट प्रकाशित हुने Time पत्रिकाले हालै प्रसिद्ध अमेरिकी लेखक र भविष्यवेत्ता रे कुर्जवेल (Ray Kurzweil) सित आउने दिनहरूका बारेमा राखेको प्रश्नहरू र तिनका जवाफहरू नेपालीमा:


बितेका घट्नाहरूलाई प्रयोग गरेर भविश्यवाणी गर्नु गल्ति हुन्छ कि हुदैन ?




हाम्रो भविष्यको ज्ञान साँघुरो छ । तर सुचना र प्रविधीको विकास द्रुत गतिको छ , जसले गर्दा सच्चाईमा केहि फरक पर्न सक्छ । यदि मैले ३० कदमलाई विस्तारै वा रेखिए(linear) रूपमा लिँए भने जम्मा ३० मात्र पाउछुँ । यदि त्यही ३० कदमलाई छिटो वा गुणात्मक रूपमा लिएमा १ अरब पाउँछु ।


तपाईले प्रविधिमा आधारित बुद्धि (Artificial intelligence) को विकासले मानिसलाई विशिष्टताको चरम बिन्दुमा पुऱ्‍याउँछ भन्नुभएको छ । त्यो कसरी हुन्छ ?


सन् २०४० को दशक सम्ममा हामी मानिसको बुद्धिलाई अरबौ गुणाले बढाउन सफल हुनेछौ । तर त्यसको प्रकृति भने एकदमै विचित्रको हुनेछ । कम्प्युटर झन्-झन् सानो हुँदै जानेछ र त्यो मान्छेको शरीर र मस्तिष्कमै जडान हुनेछ । हामी सधै र स्वतः इन्टरनेट चलाइरहेका हुनेछौँ, सूचना खोज्ने 'सर्च इन्जिन'लाई काम लगाइरहनुपर्ने छैन, त्यो काम आफै भइरहनेछ ।


त्यस्तो परिवर्तनले मानिसलाई एकाग्र हुन गाह्रो पार्ला नि ?


मानिसले परिवर्तनलाई जहिले पनि उत्तरदायी ढंगले सम्हाल्दै आएको छ । त्यसैले प्रविधिले हाम्रो एकाग्रतालाई अझ बढाउला । मेरो बुबा संगीतकार हुनुहुन्थ्यो तर आफ्नै रचना कस्तो सुनिन्छ भन्ने थाहा पाउन उँहालाई वाद्यवादकहरुको मद्दत चाहिन्थ्यो । अहिले कम्प्युटर र सिन्थेसाइजर लिएर एउटा बच्चाले त्यो काम कोठैमा गर्न सक्छ ।


भोलि विकसित हुने प्रविधिले हाम्रो स्वास्थ्यमा चाहिं कस्तो प्रभाव पार्ला ?


हाम्रो शरीरको काम गर्ने ढाचाँ नै फेरिनेछ । आज हाम्रो मोवाइल फोनले आफै नयाँ सफ्टवेयर अपग्रेट गर्न सक्छ तर हाम्रो शरीर चाहिँ हजारौ वर्ष अघिको सफ्टवेयर बाटै चलिरहेको छ । हाम्रो शरीरले सिकारी युगमा 'अर्को सिकार नभेटुन्जेलका लागि' भनेर बोसो सञ्चय गर्न थालेको हो । तर अब म मेरो बोसो पचाउने जिनलाई "भयो, त्यति सारो साँच्नु पर्दैन, भोलि म पक्कै खान पाउँछु" भनेर भन्न सक्छु ।


के हाम्रो खानपान पनि फेरिनेछ ?


भविष्यमा हामी जनावर मारेर होइन कारखानामा बनेको मासु खानेछौं ।तपाईलाई कुनै जीवको जुनभागको मासुखान मन लाग्छ त्यहाँ त्यो नै बन्नेछ । कसैलाई यो कुरा अलि घिनलाग्दो लाग्ला तर जनावरहरूलाई मारेर मासु तयार गरिने अहिलेको तरिका भन्दा त्यो राम्रो हुनेछ ।


बजारबारे कुरा गर्दा, भविष्यमा कुन चाहिं 'आइडिया' वा नयाँ कुरालाई सर्वग्राह्य गराउन कठिन होला ?


आफ्नो आयु धेरै बढ्छ भन्ने कुरा स्वीकार गर्न मानिसलाई निकै गाह्रो हुनेछ । हामी सबैका मनमा अहिलेको औसत आयुकै प्रभाव छ । अचानक धेरै बाच्न थालियो भने जीवनका धेरै योजनाहरूमा ठूलो असर पर्नेछ । अहिले मान्छे "सय वर्षभन्दा बढी त नबाँचियोस" भन्छन तर सय वर्ष नाघे पछि पनि त्यसै भन्लान त ? मलाई लाग्छ; मान्छेले अहिलेको भन्दा धेरै दीर्घजीवन पनि स्विकार्दै जानेछ ।


तपाइको विचारमा पृथ्वी बाहेक ब्रह्माण्डको अरु ठाउँमा पनि बुद्धि भएका प्राणी होलान ?


यस क्षेत्रमा संलग्न भएका व्यक्तिहरू हाम्रै आकाशगङ्गा (Galaxy) मा १००० देखि १००००० वटासम्म विकसित सभ्यताहरू छन भन्नेमा सहमत छन । केहि शताब्दीभित्रै यी सभ्यताहरूले आकाशगङ्गाव्यपी अन्वेषण शुरु गर्न सक्छन । मलाइ त त्यसमा पनि हामी नै पहिलो हुन सक्छौ भन्ने लाग्छ ।


यस्ता आविष्कारका खतरा चाहिँ कस्ता होलान त ?


प्रविधि भनेको दुईधारे तरबार हो जुन विनाशका लागि पनि प्रयोग हुनसक्छ । नयाँ जैविक आतङ्ककारीहरूलाई तुरुन्त नियन्त्रण गर्ने चुनौती पनि थपिनेछ । हामीले यस्ता कुरामा चनाखो हुनै पर्छ ।


विज्ञानले धार्मिक र जातीय भिन्नतालाई कसरी प्रभाव पार्ला ?


मेरो विचारमा हामी एक विश्व संस्कृतिको विकासक्रममा छौं । विश्व एउटै अर्थतन्त्रमा आबद्ध भईसकेको छ । अर्बौ मानिस एकसाथ अनलाईन भइरहने यो समयमा हामी ज्ञानका विभिन्न परम्परालाई सजिलोसँग आत्मसात पनि गर्दै जानेछौं ।


प्रविधिको द्रूत गतिको विकासले हाम्रो ईश्वर प्रतिको धारणामा कस्तो फरक पार्ला ?


मलाइ के लाग्छ भने आउँदा दशकहरूमा हाम्रो सभ्यता अर्थात मानिसहरू धेरै नै बाठा (Inteligent) र आध्यत्मिक(Spiritual) हुनेछन । हामी कुनै पनि सीमामा नबाँधिने प्राणी हौं । हामी जमिनमा बसेनौं । हामी पृथ्वीमा मात्र सीमित पनि भएनौं । हामीले सधैं सिमानालाई बाधेँका छौ ।


2 comments:

  1. यदि मानव मस्तिष्कमा कम्प्युटर जोडिएको खण्डमा त्यसबाट पर्ने नकारात्मक असर के के हुन्थ्यो भुमिका अथवा अन्य यस्तै ठाउमा उल्लेख गरे सुनमा सुगन्ध थपिने थियो ।

    ReplyDelete
  2. प्रतिक्रिया दिनुहुने मित्रजी तपाईले कुरा ठिकै छ । तर यो पोस्ट रे कुजवेल्टको Time प्रत्रिकाले लिएको १० प्रश्ने अर्न्तरवार्ता भएको र तेस्रो प्रश्नमा त्यस सम्बन्धी जिज्ञासा भएकोले अन्त उल्लेख नगरिएको हो । तपाई हामीले नै यस सम्बन्धी छलफल गर्न सक्छौं ।
    मस्तिष्कमा नै कम्प्यूटर जडान गर्ने कुरा कसैलाई असम्भब लाग्ला, कसैलाई नराम्रो लाग्ला तर मलाई भने यस्तो भइदिए हुन्थ्यो भन्ने लाग्छ ।

    ReplyDelete

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु