सामान्यतः जन्मिने बेलामा शिशुको शरीरको लम्बाइ 50 सेन्टिमिटर हुन्छ । त्यसपछि 20 वर्षमा उसको उचाइ 3 गुनासम्म बढेर औसत 1.7 मिटर पुग्न जान्छ । तर त्यसपछि भने उचाइमा खासै परिवर्तन आउँदैन । हाम्रो उचाइ सधैं किन बढिरहँदैन ? हाम्रो उचाइ बढ्न कुन तत्वले रोक्छ ?

हाम्रो शरीरमा ग्रन्थीहरूको एउटा प्रणाली हुन्छ, जसलाई इन्डोक्राइन ग्रन्थीहरू भनिन्छ । यी ग्रन्थीहरूले हाम्रो शरीरको उचाइको नियन्त्रण गर्ने काम गर्दछ । इन्डोक्राइन ग्रन्थीहरूमा थाइरोइड ग्रन्थी, पिट्युटरी ग्रन्थी, थाइमस ग्रन्थी, र लैंगिक ग्रन्थीहरू पर्दछन । पिट्युटरी ग्रन्थीले हाम्रा हाडहरूको आकारको नियन्तरण गर्दछ । यदि यो ग्रन्थी धेरै सक्रिय भएमा हाम्रा हात तथा खुट्टाहरू निकै लामा-लामा हुन्छन् । तर यसले राम्ररी काम गरेन भने पुड्को भइन्छ ।

शिशु जन्मँदा उसको थाइमस ग्रन्थी ठूलो हुन्छ र यो ग्रन्थीको आकार बाल्यकालमा बढ्दै जान्छ । तर किशोरावस्थामा यसको आकार सानो हुन थाल्छ । थाइमस ग्रन्थी र लैँगिक ग्रन्थीहरूमा एक प्रकारको सम्बन्ध हुन्छ । जबसम्म थाइमस ग्रन्थीले काम गरिरहेको हुन्छ तबसम्म लैँगिक ग्रन्थीहरू स-साना हुन्छन् । लैँगिक ग्रन्थीहरूले काम गर्न थालेपछि थाइमस ग्रन्थीले काम गर्न छाड्छ । जसको फलस्वरूप लैँगिक रूपमा वयस्क भइसकेपछि 20/22 वर्षको उमेरमा मानिसको शरीर बढ्न रोकिन्छ । कहिलेकाहीं लैंगिक ग्रन्थीहरूको चाँडो विकासको कारण थाइमस ग्रन्थी चाँडै निष्क्रिय हुन जान्छ , जसको कारण शरीरको उचाइ सामान्यभन्दा कम हुन जान्छ । लैँगिक ग्रन्थीहरू ढिलो विकास भएको खण्डमा मानिसको उचाइ सामान्यभन्दा बढी हुन जान्छ । सत्य त के हो भने हाम्रो उचाइ 25 वर्षको उमेरपछि पनि 35/40 वर्षसम्म बढिरहन्छ , तर निकै थोरै गतिमा मात्रै । त्यसपछि भने प्रत्यक 10 वर्षमा करिब 12 मिलिमिटरको दरमा उचाइ घट्छ । यसको कारण भने हड्डीका जोर्नीहरू तथा मेरूदण्डमा हुने कुर्कुरे हड्डी सड्नु हो ।

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु