एलर्जी के हो ?

Posted by Om Bhandari On 2:21 AM

सन् १९०६ मा बालरोग विशेषज्ञ Dr. Clemens Von Pirquet ले उनका बिरामीहरु धूलो धुँवा आदिका कारण मात्रले पनि क्षणिक रुपमा बिरामी भइ उपचारार्थ आउने गरेको कुरा थाहा पाए पछि उनले त्यस्ता रोगलाई एलर्जी भन्ने नामाकरण गरे । एलर्जी शब्द दुई वटा ग्रीक शब्दहरु 'Allois' र'Egron' लाई समेटिएर नामाकरण गरिएको थियो , जसको अर्थ " अन्य कार्य " भन्ने बुझिन्छ ।


सामान्यतया हावा हुरी चल्ने र गर्मी शुरु हुने मौसम अर्थात् बसन्त र गृष्म ऋतुहरुमा मानिसहरु एलर्जीबाट प्रभावित हुने गर्दछन् । हावामा तैरिरहने परागकण , धुलो , धुँवा , जनावरको रौं , कीराको टोकाइ , पेटमा पाइने जुका , चराको प्वाँख , खानेकुरा तथा औषधिको सेवनबाट एलर्जी हुन सक्छ । एलर्जी गराउने यस्ता वस्तुहरुलाई allergen भनिन्छ । अत्याधिक मानिसहरुलाई परागकणको सम्पर्क वा खानेकुराबाट एलर्जी हुने गरेको पाइएको छ । खानेकुरामा पाइने तेलीय पदार्थ तथा प्रोटीन एलर्जीका प्रमुख कारक तत्वहरु हुन् । बदाम , पेस्ता , ओखर , फुलको सेतो भाग , दूध , माछा , किवी , फल , केरा , मसलाहरु तथा खानेकुरामा मिसाइने रङ्गहरुबाट एलर्जी हुने मानिसहरुको संख्या अधिक पाइन्छ ।


Allergen हरु त्यस्ता वस्तुहरु हुन , जुन हाम्रो शरीरले मन नपराइएका हुन्छन् । यी वस्तुहरु सम्पर्कमा आएपछि , शरीरको प्रतिरोधात्मक प्रणालीले यस विरुद्ध लड्न र यसलाई निस्तेज तुल्याउन शरीरमा antibodies लाई तयार पार्दछ , जसलाई Immunoglobulin E (IgE) भनिन्छ । यी एलर्जीका कारक तत्वहरु हुन , जुन वास्तविक रुपमा हानिकारक हुँदैन , तथापि यसलाई दबाउन IgE ले शरीरका कोषहरुलाई अत्यधिक मात्रामा एलर्जीको औषधिको निम्ती प्रयोग गरिने एक पदार्थ (histamine) उत्सर्जन गर्न उत्प्रेरित गर्दछ । यस प्रतिक्रियालाई हामी शरीरले गरेको अनावश्यक कार्यको रुपमा पनि व्यक्त गर्न सक्दछौ । फलस्वरुप हाम्रो शरीरमा एलर्जीका लक्षणहरु देखा पर्न थाल्दछ । शरीरमा फोका फोका आउने , चिलाउने , नाकबाट पानी बग्ने , लगातार हाच्छिउ आउने , आँखा चिलाउने , आँखा रातो हुने , आँशु बगिरहने , दम बढ्ने आदि एलर्जीका लक्षणहरु हुन् । सामान्यतया एलर्जीले हानि पुराउँदैन भन्ने मान्यता रहेको पाइन्छ , तर कहिलेकाँही औषधिको सेवन तथा कीराको टोकाइबाट घातक एलर्जी हुन सक्दछ , जसलाई anaphylaxis भनिन्छ । Anaphylaxis ले गर्दा मानिसको मृत्यु पनि हुन सक्छ ।


एलर्जी हुने कारक तत्वहरु मानिसै पिच्छे फरक फरक हुन सक्छ , किनकी मानिसको शरीरमा पाइने क्ष्नभ् को त्यस्ता कारक तत्वहरु पहिचान गर्न सक्ने क्षमता फरक फरक हुन्छ । प्रत्येक क्ष्नभ् को त्यस्ता बििभचनभल सँग प्रतिक्रिया गर्न सक्ने गुण पनि फरक फरक हुन्छ । साथै , एलर्जी हुने/नहुने कुरा व्यक्तिको सहन सक्ने क्षमता र उमेरमा पनि निर्भर गर्दछ । औषधि विज्ञानले शरीरभित्र हुने एलर्जीका घटनाहरुलाई अझसम्म पनि पूर्ण रुपमा प्रष्टयाउन सकेको छैन , तर पनि एलर्जीको सम्भावना बढ्दो उमेरसँगै क्रमशः घट्दै जाने कुरा अध्ययनमा देखिएको छ ।


महिला भन्दा पुरुषमा एलर्जीको सम्भावना बढी हुन्छ । कम बिकसित मुलुक भन्दा विकसित मुलुकको मानिसहरुमा बढी एलर्जी हुने गरेका तथ्यांक पाइन्छ । त्यस्तै ग्रामीण भेगमा बस्ने मानिसहरु भन्दा शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरु बढी मात्रामा एलर्जीले संक्रमित भएको पाइन्छ । तसर्थ धुलो धुँवाको घनत्व र शरीरको प्रतिरोधात्मक क्षमताको आधारमा एलर्जी हुने/नहुने कुरा निर्देशित हुन सक्ने खतरा रहन्छ भन्ने मान्यताको विकास भएको पाइन्छ ।


एलर्जीको उपचारको लागि antihistamine औषधिहरुले शरीरमा histamineको उत्सर्जन कार्यलाई न्यून गरी एलर्जीका लक्षणहरु घटाउन मद्दत गर्दछन् । तर एलर्जीको उपचारको लागि संधै antihistamine औषधिहरुको सेवन गर्नु उपयुक्त मानिदैन किनकी यस्ता औषधिहरुले शरीरमा आलस्यता बढाउने , लठ्ठ पार्ने , निन्द्रा लगाउने , आँखा सुख्खा बनाउने जस्ता असरहरु देखाउने गर्छन र यस्ता औषधिहरु केही दिनदेखि वर्षौ वर्षसम्म पनि खाइरहनु पर्ने हुन सक्छ , जबसम्म शरीरले एलर्जीको कारक तत्वसँग छुटकारा पाउँदैन । तसर्थ के कारक तत्वबाट शरीरमा एलर्जी भइ राखेको छ , त्यसको पहिचान गरी , त्यसबाट टाढा रहनु नै यसको सबैभन्दा राम्रो उपचार हो । एलर्जी हुनु पूर्व र एलर्जी भइराखेको समयमा आफूले गरेको क्रियाकलापहरुलाई ख्याल गरी रेकर्ड राख्नाले एलर्जीको कारक तत्वको पहिचान गर्न मद्दत पुग्नेछ ।


विज्ञान र प्रविधिको विकाससँगै शरीरको रगत परीक्षण र छाला जाँचबाट एलर्जी नभएको कुरा पत्ता लगाउने प्रविधि पनि विकसित भइसकेको छ । रगतको नमूना संकलन गरी त्यसमा IgE को उपस्थिति र मात्रा मापन गरी एलर्जी नभएको जाँच गरिन्छ , जसलाई RAST (radioallergosorbent test) प्रविधि भनिन्छ । विभिन्न allergen हरु छालामा राखी , त्यस पछि छालाले कस्तो प्रतिक्रिया जनाउँदछ त्यसको अध्ययन गरेर पनि एलर्जीको कारकतत्वहरु थाहा पाउन सकिन्छ । तर सिमित allergen हरुसँग परीक्षण गरिने यस्ता उपायहरु संधै उपयोगी नहुन सक्छन् ।


यदि एलर्जीका कारकतत्वको पहिचान हुन सकेमा र त्यसबाट कहिल्यै टाढा रहन सक्ने अवस्था नभएमा , एलर्जीबाट छुटकारा पाउन Immunization पनि गर्न सकिन्छ । यस्तो Immunotherapy मा शरीरलाई निश्चित मात्राको allergen सँग सम्पर्क गराइन्छ ताकि त्यस्ता allergen सँग शरीर अत्याधिक परिचित होउन र अनावश्यक प्रतिक्रिया व्यक्त नगरुन । यस्तो allergyshot उपचार केही महिनादेखि लिएर सम्पूर्ण जीवनभरि पनि जारी रहन सक्छ ।


वास्तवमा एलर्जी कहिल्यै निको नहुने रोग हो । यो पटक पटक देखा परिनै रहन्छ । औषधिको सेवनले एलर्जीबाट राहत भने अवश्य पु ¥ याउँछ । एलर्जीको समस्याबाट छुटकारा पाउन , औषधिको सेवन गर्नुको साटो , हामी केही घरेलु उपायहरु अपनाउन सक्छौ जसले शरीरलाई हानी नपुराइ एलर्जी निको तुल्याउन मद्दत गर्न सक्छ ।


नून पानीको सफा घोलले नाकको नली सफा गर्नु एक उत्तम उपाय हुन सक्छ । यसबाट नाकमा टाँसिएको धुलो र परागकणहरु पखालिन्छ र नाकभित्रको म्यूकस झिल्लीलाई पातलो गराई antibacterial को रुपमा काम गर्दछ । भिटामिन सी पाइने अमिलो प्रजातिका फलफूलहरु खाँदा पनि मौसमी एलर्जी सन्चो पार्न प्रभावकारी हुन्छ । अंगुरको बियाँमा quercetin नामक फ्लोवोनाइड रसायन अत्यधिक मात्रामा पाइन्छ जसको सेवनले शरीरमा histamine को उत्सर्जन कम गराई एलर्जी निको पार्न मद्दत पु¥याउँदछ ।


Allergen को सम्पर्कबाट एलर्जी हुने हुँदा त्यसबाट टाढाँ रहन आफू सचेत भई विभिन्न तौर तरिकाहरु अपनाउनु पर्दछ । तल उल्लेखित केही बानी र व्यवहारहरुले एलर्जीबाट टाढा रहन मद्दत पु¥याउनेछ ।


१. यदि धुलो तथा परागकणसँग एलर्जी छ भने कोठाको झयाल ढोकाहरु सकेसम्म बन्द गरी राख्नु र पंखाको प्रयोग नगर्ने । चलिरहेको पंखाले धुलो तथा परागकणहरुलाई कोठामा फिंजाइ रहेको हुन्छ ।


२. धूलो जम्ने कार्पेटको सट्टा चिल्लो कार्पेट अथवा काठको भूँइ प्रयोग गर्ने ।


३. भूँइ सफा राख्ने , कुचो लगाउने र पुछ्ने ।


४. कोठाभित्र धु्रमपान नगर्ने ।


५. धेरै लामो झुण्डिने पर्दा प्रयोग नगर्ने प्वाँखहरुबाट बनाइएका सिरानी, सिरकहरु प्रयोग नगर्ने ।


६. बच्चाहरुलाई कपडाबाट बनाइएका खेलौनाहरु खेल्न नदिने ।


७. लुगा , ओछ्यान खोल , तन्ना पर्दा आदि समय समयमा तातो पानीले धुने ।


८. बेन्जाइल बेन्जोएट वा ट्यानिक एसिडको झोल समय समयमा कोठामा स्प्रे गर्ने ।


९. घरभित्र र कोठाहरुमा धेरै विरुवाहरु गमलाहरु जम्मा नगर्ने ।


१०. घरपालुवा जनावरहरुलाई समय समयमा नुहाइ दिने ।


११. परागकणबाट एलर्जी हुने मानिसहरु बिहानको समयमा घरभित्रै बस्नु राम्रो हुन्छ किनकी यस समयमा बाहिरको वातावरणमा परागकणको मात्रा बढी हुन्छ ।


१२. रुख बिरुवाहरु बढी भएको ठाउँमा , बिहान र साँझाको समयमा घुम्न कम गर्ने ।


१३. घर बाहिर निस्कदा मास्कको प्रयोग गर्ने ।


१४. बाहिरबाट घर फर्केपछि नुहाउने या लुगा फेर्ने ।


१५. एलर्जी हुने खालका खानेकुरा नखाने ।


१६. एलर्जी गराउने औषधिहरु थाहा पाइ राख्ने र त्यस्ता औषधिहरु कहिल्यै प्रयोग नगर्ने ।


१७. कस्मेटिक सामानहरु जस्तै मोइस्चराइजर , सेम्पु , मेकअपका सामानहरु , सुंगन्धित स्प्रेहरु आदिमा पाइने रसायनहरुले पनि एलर्जी गराउने हुँदा त्यस्ता सौन्दर्य सामग्रीहरु होशियारी पूर्वक प्रयोग गर्नु पर्दछ ।


-डा. गण बहादुर बज्राचार्य ( विज्ञानलेखमालाबाट)

छालाको अवस्थाले हाम्रो भित्री भावनालाई प्रकट गरिरहेको हुन्छ । भावनात्मक समस्याले हाम्रो छालाको समस्या उत्पन्न गराउन सक्दछ । यससँग सम्बन्धित कारक तत्व र यसको असरका बारेमा उचित जानकारी प्राप्त नभएता पनि केही व्यक्तिमा दबाब तथा अन्य मनोवैज्ञानिक तत्वहरुले छालाको केही प्रकारका समस्यालाई थप जटिल बनाएको तथ्य पाइएको छ । मस्तिष्क तथा छालाका बीचमा गहिरो सम्बन्ध रहेको छ जस्तै ः एक आमा र नवजात शिशुका बीचमा छालाको सम्बन्ध रहेको हुन्छ । धेरै व्यक्तिको बिचारमा छालाद्वारा हुने सम्बन्धले स्वयंको तथा संसारको भावनात्मक विकासमा उच्च भूमिका निर्वाह गर्दछ । स्वयमको भावनात्मक अवस्थाले छालालाई असर गर्दछ भन्नेमा चकित हुन आवश्यक छैन । यी दुई बीचको सम्बन्ध बारे थाहा पाउने उत्सुकताले Psychodermatology अथवा Psychocutaneous medicine क्षेत्रको विकास भएको हो । Boston's Beth Israel Deaconess Medical Centre का मनौवैज्ञानिक तथा Psychodermatology विशेषत Dr. Ted A. Grossbart का अनुसार छालाको रोगको उपचारका निम्ति आउने प्रायः व्यक्तिमा मनोवैज्ञानिक समस्या पाइएको छ जसले उपचारमा असर गर्न


सक्दछ ।


उचित औषधोपचारबाट थुप्रै छालाको रोग निको भएको वा तिनमा सुधार भएको पाइएको छ । Psychodermatology को उद्देश्य मनोवैज्ञानिक उपचारलाई हटाउनु नभएर हालको विद्यमान छालाको उपचार पद्धतिले काम गरेको छैन भने त्यसमा भावनात्मक विषय हुन सक्ने सम्भावनालाई पहिचान गर्नु रहेको छ । छालाको समस्यालाई मनोवैज्ञानिक तवरले उपचार गर्नु भन्दा पहिले औषधोपचार गर्नु आवश्यक छ । तर कहिले काँही औषधोपचार तथा अन्य उपचार विधिले काम नगरेको खण्डमा त्यसमा मनोवैज्ञानिक उपचारलाई संयुक्त रुपमा प्रयोग गर्नु उचित हुन्छ ।


Psychodermatology एक नयाँ उपचार पद्धति हो । हाल आएर थुप्रै छाला रोग विशेषज्ञहरुले व्यक्तिको मानसिक अवस्थामा ध्यान दिन थालेका छन् र विरामीहरुको छालाको समस्यासँग सम्बन्धित भावनात्मक अवस्थाको पनि उपचार गर्न थालेका छन् । यस उपचार अन्तर्गत Self hypnosis (कृत्रिम निन्द्रा) तथा विश्राम (Relaxation) जस्ता शरीर र दिमागसँग सम्बन्धित पद्धतिहरु पर्दछन् ।


छाला र मनोविज्ञान

छाला शरीरको सबैभन्दा ठूलो अंग हो । यसले सुरक्षा कवजको कार्य गर्दछ जसले शरीरलाई चोटपटक तथा विकिरण, ताप र शित, वायु प्रदूषण जस्ता वातावरणीय प्रभावबाट बचाउँदछ । यो प्राणीशास्त्रका अन्य जटिल प्रणालीसँग पनि संलग्न हुने गर्दछ । छालामा पसिना ग्रन्थी तथा रक्त नलीहरु (जसले शरीरको तापक्रम सन्तुलित राख्दछ), सूर्यको किरणद्वारा भिटामिन डी निर्माण गर्ने कोषिकाहरु दिमागसँग सम्बन्धित नसाहरु र शरीरको रोग प्रतिरोधात्मक प्रणालीसँग सम्बन्धित कोषिकाहरु हुन्छन् जसले सुक्ष्मजीव जस्ता प्राणीहरुबाट बचाउँदछ ।


दिमाग तथा नाडीमण्डलले neuropeptides जस्ता वस्तुहरुको माध्यमबाट छालामा रहेका रोग प्रतिरोधात्मक कोषिकाहरुलाई असर गर्दछ । छालामा रहेको यी वस्तुहले मानिसमा पार्ने मनोवैज्ञानिक दबाबका बारेमा वैज्ञानिकहरुद्वारा अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा केही प्रकारका दबाबले असर गर्ने गर्दछ । जसले छालाको रोग निको पार्ने क्षमतामा ह्रास आउने तथ्य पत्ता लागेको छ । शल्यक्रिया गरिएका बिरामीहरुमा गरिएको एक अध्ययनले शल्यक्रिया हुनु एक महिना पूर्व कम दबाबको महसुस गरेका बिरामीहरुमा LL-1 (रोग प्रतिरोधात्मक प्रणालीसँग सम्बन्धित एक रसायन जसले रोग निको पार्न सहयोग गर्दछ) को मात्रा धेरै भएको, शल्यक्रिया पश्चात् दुखाईको कम महसुस गरेका तथा उनीहरु छिट्टै निको भएको पाइएको छ । अध्ययनले उच्च नकारात्मक दबाबले हानिकारक तत्वहरलाई शरीरभित्र प्रवेश गर्न निषेध गर्ने छालामा रहेको क्षमता तथा छालाको कोषिकाहरुमा रहेका तरल पदार्थहरुलाई जोगाइ राख्ने क्षमतालाई नष्ट पार्न सक्ने देखाएको छ । यस प्रकारको विनाश नै छालाको थुप्रै रोगहरु निम्त्याउने प्रमुख कारक तत्व रहेको विश्वास गरिएको छ ।


छाला र मस्तिष्क बीचको सम्बन्धका प्रकारहरु


Psychodermatology सँग सम्बन्धित रोगहरुलाई निम्न तरिकाले विभाजन गरिएको छ ।


१. Psychophysiological


यस प्रकारको छालाको समस्या शरीरका विभिन्न प्रणालीहरुसँग सम्बन्धित रहेको छ तर यसलाई दबाब तथा अन्य भावनात्मक तत्वहरुले थप जटिल बनाउन सक्दछ । अन्य तत्वहरुमा डण्डीफोर आउनु, कपाल झर्नु, थुप्रै प्रकारका चर्मरोग, जनै खटिरा, धेरै पसिना आउनु (hyperhydrosis) , चिलाउने (Pruritis) , छालामा रातो डाबर आउने रोग (rosacea) , छालाको पत्र निस्कनु (rosacea) , मुसा आउनु पर्दछन् । धेरै पसिना आउनु तथा चिलाउनु जस्तो केही लक्षणहरु अन्य रोगका अथवा औषधोपचारबाट भएका प्रतिक्रिया पनि हुन सक्दछन् । तसर्थ स्वास्थ्य चिकित्सकले मनोवैज्ञानिक तत्वहरुलाई हेर्नु पूर्व यी कुराहरुमा ध्यान दिन आवश्यक छ । जस्तैः छालाको पत्र निस्कने रोगमा मनोवैज्ञानिक पद्धति अपनाउने अथवा दबाबलाई कम गर्नुभन्दा पनि औषधोपचारबाट छिटो निको हुने गर्दछ ।


२. Secondary Psychiatric


छालाका समस्याहरु जस्तै डण्डीफोर, रातो डाबर आउने, छालाको रंग हराउने वा जनै खटिराले व्यक्तिलाई लज्जास्पद वा तल्लो दर्जाको आभास गराउने, आत्म सम्मान गुम्ने, शक्तिहिनता तथा चिन्ताको बोध गराउँदछ र समग्रमा यसले जीवनलाई तल्लो स्तरको बनाउँछ । छालाको समस्या तथा नैराश्यताका बीचको सम्बन्धका बारेमा थुप्रै तथ्यहरु भेटिएका छन् । हालै गरिएको एक अध्ययनबाट छालामा रातो डाबर आउने रोग तथा डण्डीफोर भएका बिरामीहरुले साधारण बिरामीहरुको तुलनामा आत्महत्या गर्ने सम्भावना दोब्बर रहेको पाइएको छ । यद्दपी यस्ता घटनाहरुमा कारक तत्व र असर बीचको भिन्नता छुट्याउन गाह्रो छ ।


३. Primary Psychiatric छालाका केही समस्याहरु मनोवैज्ञानिक कारणले निम्त्याएका लक्षणहरु हुन सक्दछन् जस्तै कपाल झर्नु, शरीरमा परजिवी रहेको विश्वास गर्नु, छाला बिग्रिएको कल्पना गर्नु, कामले गर्दा शरीर बिग्रिएको ठान्नु आदि । यस प्रकारका समस्यामा मनोवैज्ञानिक उपचार वा साथमा औषधोपचार गर्नु उपयुक्त हुन्छ । तर भर्खरै उपचार गर्न शुरु गरेको चर्मरोग चिकित्सकले यस प्रकारका समस्याका निम्ति औषधोपचार गर्ने कार्य मात्र गर्न सक्दछ ।


सुन्दरता र कुरुपता


सौन्दर्यका साधनहरु तपाईले सोचे अनुसार सुरक्षित नहुन सक्छ । रोमनका महिलाहरुले White lead मिसाएको foundation को प्रयोग गर्नाले स्वयंलाई विस्तारै हानि पु¥याएका थिए । मध्यकालका Italian द्वारा Belladonna नामक वनस्पतिबाट निकालिएको सार प्रयोग गर्नाले उनीहरुको आँखाको नानीमा असर गर्नुका साथै अन्धो समेत भएका थिए । Elizabeth महारानीको पालामा न्यायालयका महिलाहरुले ओठमा बाक्लो लाली लाउने गर्दथे जुन mercury नामक विषबाट बनेको थियो । यी सबै जनाले आफ्नो सौन्दर्यका साधनहरु शत प्रतिशत सुरक्षित रहेको ठानेर दैनिक प्रयोग गरेका थिए । यसबाट यो प्रश्न उठ्न सक्छ कि के आज हामी पनि सोही अनुरुप भ्रमित त भइरहेका छैनौ ? हामीले सुन्दर देखिन प्रयोग गर्ने सौन्दर्यका साधनले हामीलाई हानि त गरिरहेको छैन ?


सौन्दर्य सम्बन्धी विवाद


तपाईले सौन्दर्यका साधनहरु धेरै प्रयोग नगरेता पनि तपाईले आफ्नो कपाल धुन Shampoo तथा Conditioner प्रयोग गरिरहनु भएको हुन सक्दछ तथा आफूलाई जवान राख्न Moisturizer लगाई राख्नु भएको होला । दैनिक प्रयोग हुने रसायनका बारेमा जानकारी राख्ने Environmental Working Group (EWG) का अनुसार यी कार्यहरुले तपाईको शरीरमा रसायन थुपारिरहेको हुन्छ । सन् २००८ मा उक्त संस्थाले गरेको एक अध्ययनमा अमेरिकी महिलाहरुले दिनहुँ औसत १२ वटा उपयुक्त उत्पादन प्रयोग गर्दछन् जसमा १५० वस्तुहरु पर्दछन् जुन विभिन्न माध्यमद्वारा शरीरभित्र प्रवेश गर्दछ जस्तै यी वस्तुहरु छालाले सोस्ने वा नाकले भित्र तान्ने वा ओठले चाटेर निल्ने पर्दछ । EWG का अनुसार यी सम्पूर्ण कार्यले जनमानसको स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको हुन्छ । यस संस्थाका Vice President , Jane Houlitan का अनुसार उक्त संस्थाले एक वृहत अध्ययन गर्दछ जसमा मानिसहरुलाई सयौं रसायन र विशेषत Phthalates तथा Parabens नामक रसायनसँग आबद्ध गरिनेछ र यी रसायनले प्रत्येक व्यक्तिमा गर्ने असरका बारेमा अध्ययन गरिनेछ ।


Phthalates hour sprays, nail polish तथा Perfume मा प्रयोग गरिन्छ जसले गर्दा वस्तुहरुलाई टाँसिने बनाउँछ । Parabens लाई रक्षाको साधनका रुपमा प्रयोग गरिन्छ जसले थुप्रै सौन्दर्य तथा स्वास्थ्यबद्र्धक पदार्थलाई ढुसी तथा किटाणुबाट जोगाउँछ । EWG ले मुसाहरुमा गरिएको एक अध्ययनमा यी दुबै रसायनहरु हानिकारक रहेको कुरा जनाएको छ । सन् २००४ मा गरिएको एक अध्ययनले Phthalates ले प्रजनन प्रणालीमा समस्या उत्पन्न गराउने देखाएको कुरा Reproductive Technology नामक Journal मा उल्लेख गरिएको छ । त्यसै गरी Journal of Applied Technology मा प्रकाशित एक अध्ययन अनुसार क्यान्सर भएको स्तनका कोषिकामा Parabens पाइएको छ । ParabensPhthalates हानिकारक भएकै कारण European Union ले सन् २००३ मा यी रसायनहरुलाई प्रतिबन्धित गरिसकेको छ ।


थुप्रै संस्थाहरुले गरेको अध्ययनबाट सौन्दर्यका साधनको प्रयोगबाट स्तन क्यान्सर हुन सक्ने देखाएको छ । यसले स्वभाविक रुपमा सौन्दर्यका साधन खतरनाक रहेको देखाउँछ । तर सम्पूर्ण वैज्ञानिकहरु यी साधनहरु यति साह्रो खतरनाक हुनेमा समर्थन जनाउँदैनन । Food and Drug Administration ले Parabens र Phthalates लाई सुरक्षित जनाएको छ किनभने यी रसायन तथा मानिसको रोग बीचको सम्बनधका बारेमा अनुसन्धानबाट पुष्टी हुन बाँकी रहेको बताइएको छ । अनुसन्धानमा मुसाहरुलाई प्रयोग गरिन्छ जसले यी रसायनहरुलाई मानिसले जसरी प्रयोग गर्दैन । तसर्थ तिनीहरुमा खतरनाक हुने वस्तुहरु हामीलाई नहुन पनि सक्छ । अन्य संस्थाहरु जस्तैः Industry - run Cosmetics Ingredient Review Board तथा American Council on Science and Health का अनुसार सौन्दर्यका साधनमा प्रयोग गरिने Parabens र Phthalates को मात्रा न्यून हुन्छ जुन मुसाहरुमा क्यान्सर गराउन चाहिने मात्राको तुलनामा एकदम थोरै मात्र हो ।


सुन्दरतालाई जसरी हेरिन्छ उस्तै देखिन्छ ।


अब भन्नुस, सही के छ त ? यसको उत्तर शायद यी बीचमा कही हुन सक्छ । Consumer Reports पत्रिका तथा Consumers Union संस्थामा कार्यरत वातावरण स्वास्थ्य वैज्ञानिक Urvashi Rangan का अनुसार थुप्रै मानिसहरु यो सही हो र यो गलत हो भन्ने बारे बहस गर्छन् तर सौन्दर्य साधनमा पाइने थुप्रै रसायनहरु साबधानी अपनाउनु पर्ने वस्तु अन्तर्गत पर्दछन् । उनको भनाइमा सौन्दर्यका साधनमा न्यून मात्रामा रसायनहरु प्रयोग गरिन्छन् भन्दैमा यिनीहरु खतरामुक्त हुन्छन् भन्ने पक्कै पनि जनाउँदैन । यसले त यी वस्तुहरुमा अझै थुप्रै अनुसन्धान हुन जरुरी रहेको बताउँछ जसको फलस्वरुप यी वस्तुहरु लामो समयसम्म प्रयोग गर्न हुने वा नहुने तथा यिनीहरु हानिकारक रहेको वा नरहेको भन्ने तथ्य थाहा पाउन सकियोस् । साथै रसायनहरु आफै नराम्रो नहुने र उनको विचारमा कुनै निश्चित सौन्दर्यका साधन प्रयोग गर्नु हानिकारक हुन्छ भन्नु उपयुक्त हुँदैन । उनका अनुसार क्यान्सर गराउने तत्वका बारेमा हामीलाई पूर्ण तथ्य थाहा छैन । यसको अर्थ कुनै निश्चित रसायनले मात्र क्यान्सर गराउँछ भन्नु सम्भव छैन । यी साधनले तपाईको ज्यान लिन सक्छ भन्नु केवल गफ हाँक्नु मात्र हुन्छ । कुनै व्यक्तिमा क्यान्सर हुनुमा एक विशेष कारक तत्वको मात्र भूमिका हुँदैन । अहिलेको प्रमुख समस्या भनेको यी रसायनहरु हानिकारक हुन्छन् भन्ने सम्बन्धमा हामीले कसरी मूल्याङ्कन गरिहेका छौं । यूरोपले सावधानी अपनाउन चाहेको तथा कुनै वस्तुहरु सुरक्षित प्रमाणित नभएसम्म तिनलाई पारित गर्न नचाहेको उनले बताएका छन् । तर अमेरिकामा यसको स्थिति विपरीत हुने गर्दछ । EDA ले कुनै पनि रसायनलाई प्रतिबन्धित गर्नु पूर्व उक्त रसायन हानिकारक रहेको प्रमाणित गर्न जरुरी हुन्छ तर यी रसायनलाई हानिकारक भएको प्रमाणित गर्न गाह्रो छ । यसका निम्ति हजारौं मानिसहरुमा समस्या देखिनु पर्दछ जुन निश्चित वस्तु वा रसायनसँग सम्बन्धित होस् । हाल FDA सँग सौन्दर्यका साधन बजारमा जानु पूर्व परीक्षण गर्ने अधिकार रहेको छैन र यी वस्तुहरुले समस्या उत्पन्न गराए मात्र यसले यिनीहरुलाई प्रतिबन्धित गर्न सक्दछ । तसर्थ प्रायः जसो सम्पूर्ण सौन्दर्यका साधनहरु सुरक्षाका निम्ति छोटो अवधिसम्म मात्र परीक्षण गरिएका छन् तर यसले लामो अवधि पश्चात् पु¥याउने असरका बारेमा पत्ता लागेको छैन । यी वस्तुहरु सुरक्षित छन् वा छैनन् भन्ने निश्कर्षका निम्ति हामीसँग थोरै मात्र तथ्याङ्क रहेको छ ।


हालका निम्ति तपाईले प्रयोग गर्दै आउनु भएको सौन्दर्य सामग्रीलाइृ निरन्तरता दिने वा नदिने भन्ने तपाईले यी सामग्रीको प्रयोग गर्ने विधिमा र तपाईको खतरासँग सहज महसुस गर्न सक्ने क्षमतामा भर पर्दछ जस्तैः तपाईले हानिकारक हुन सक्ने सम्भावित सौन्दर्यका सामग्री कहिले काँही मात्र प्रयोग गर्नु भएमा त्यो खतरनाक नहुन सक्छ तर यदि तपाईले यी सामग्री धेरै मात्रामा दिनहुँ प्रयोग गरेमा यी खतरनाक हुन सक्छन् । तसर्थ तपाईले यी सामग्रीको प्रयोगमा कटौती गर्न आवश्यक छ ।


Parabens


Parabens रक्षाका साधन हुन जसले वस्तुहरु किटाणुमुक्त राख्दछ । यो रसायन विशेषतः


Cleanser, साबुन, Moisturizer तथा दन्त मञ्जनमा प्रयोग गरिन्छ । यो


Methyl paraben, propyl paraben तथा butyl Parabens बाट चिनिन्छ । यसले मानिसको शरीरमा हुने estrogen जस्ता प्राकृतिक Sex hormones को नक्कल गर्दछ । शरीरमा हुने यस्ता Hormones को नाशबाट केही प्रकारका क्यान्सर हुने सम्भावनालाई बढाउँछ ।


Phthalates


Phthalates Plasticizer हुन जसले वस्तुको लचिलोपन तथा कार्य शक्ति बढाउँछ । यो रसायन hair spray, nail polish तथा Perfumes मा प्रयोग गरिन्छ । Di (2 - ethyl hexyl) phthalatediethyl phthalate नामबाट चिनिने यो रसायन सुगन्धका निम्ति प्रयोग गरिने बस्तुमा पाइन्छ । साथै Dibutyl phthalate का नाममा यो nail polish मा पाइन्छ । यसले मानिसको शरीरमा हुने प्राकृतिक Sex hormones को नक्कल गर्दछ र साथै यसले प्रजनन प्रणालीमा पनि असर गर्न सक्दछ । यो Plastic बाट बनेका सयौं वस्तुहरुमा पाइन्छ । तसर्थ यो रसायन मानिसको सम्पर्कमा बढी रहन्छ ।


Coal Tar


Coal distillation बाट निस्किएको तरल पदार्थलाई Coal Tar भनिन्छ । यो जुम्रा मार्न र चायँ हटाउन प्रयोग गरिने shampoo तथा कपाल कालो पार्न प्रयोग गरिने dye मा पाइन्छ । यो जनावरहरुमा निकै खतरनाक रहेको पाइएको छ र यसलाई कलेजोको रोगसँग गाँसेर हेरिन्छ ।


Toluene


Toluene एक तरल पदार्थ हो जसले अन्य तरल तथा ठोस पदार्थलाई मिश्रित गर्दछ । यो nail polish तथा nail polish remover मा पाइन्छ । यो mythyl benzene अथवा phenyl methane का नाममा बस्तुमा पाइन्छ । यो रसायन सुँघ्नाले मृगौलामा हानि हुने तथा नवजात शिशुमा समस्या देखिन सक्छ । नङ्गसँग सम्बन्धित वस्तुहरु उत्पादन गर्ने ठाउँमा काम गर्ने मानिसहरु विशेषत जोखिममा पर्दछन् ।


- विजय लक्ष्मी महर्जन

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु