माकुराले आफ्नो जालोमा विभिन्न किराहरू पासोमा पारेर शिकार गर्दछ । कुनै किरा माकुराको जालोमा फस्यो भने फुत्कने सम्भावना निकै कम हुन्छ । त्यसैले माकुरा सबैभन्दा सफल शिकारीहरूमध्यमा पर्दछ । तर त्यति धेरै किराहरू टाँस्सिने जालोमा माकुरा आफै किन फस्दैन त ?


वैज्ञानिकहरूका अनुसार यसको दुईवटा कारणहरू छन । पहिलो, कुनै-कुनै माकुराहरूको शरीरभरि एक विशेष प्रकारको तेल उत्पान हुन्छ । यही तेलको कारण धेरै माकुराहरू आफ्नै जालोमा फस्नबाट जोगिन्छन ।


दोस्रो, जालो बुन्दा सबै माकुराहरूले कम्तिमा दुई किसिमका रेशाहरूको प्रयोग गर्दछन, एक टाँसिने र अर्को नटाँसिने । आफैँले जालो बुन्ने हुनाले माकुराले कुन रेशा टाँसिने र कुन रेशा नटाँसिने भनेर सजिलै छुट्याउन सक्छ र यसले नटाँसिने रेशामा मात्रै टेक्न सक्दछ । त्यसैले माकुरा आफ्नै जालोमा फस्ने सम्भावना निकै कम हुन्छ ।

पचास-सय वर्षपछिको संसार कस्तो होला ? भावी पुस्ताको जीवन कसरी बित्ला ? सबैका मनमा यस्ता प्रश्न हुन्छन तर तिनको जवाफ भने हुँदैन । कतिपय ज्योतिषीहरू पनि भविष्यवाणी गर्छन तर तिनको भविष्यवाणी प्राय: विश्वासमा आधारित हुन्छ ।Ray Kurzweil.jpg


संसारमा भइरहेका घटना र प्रवृत्तिलाई केलाएर भविष्यको आकलन गर्ने शास्त्रलाई भविष्य-विज्ञान भनिन्छ । अमेरिकाबाट प्रकाशित हुने Time पत्रिकाले हालै प्रसिद्ध अमेरिकी लेखक र भविष्यवेत्ता रे कुर्जवेल (Ray Kurzweil) सित आउने दिनहरूका बारेमा राखेको प्रश्नहरू र तिनका जवाफहरू नेपालीमा:


बितेका घट्नाहरूलाई प्रयोग गरेर भविश्यवाणी गर्नु गल्ति हुन्छ कि हुदैन ?




हाम्रो भविष्यको ज्ञान साँघुरो छ । तर सुचना र प्रविधीको विकास द्रुत गतिको छ , जसले गर्दा सच्चाईमा केहि फरक पर्न सक्छ । यदि मैले ३० कदमलाई विस्तारै वा रेखिए(linear) रूपमा लिँए भने जम्मा ३० मात्र पाउछुँ । यदि त्यही ३० कदमलाई छिटो वा गुणात्मक रूपमा लिएमा १ अरब पाउँछु ।


तपाईले प्रविधिमा आधारित बुद्धि (Artificial intelligence) को विकासले मानिसलाई विशिष्टताको चरम बिन्दुमा पुऱ्‍याउँछ भन्नुभएको छ । त्यो कसरी हुन्छ ?


सन् २०४० को दशक सम्ममा हामी मानिसको बुद्धिलाई अरबौ गुणाले बढाउन सफल हुनेछौ । तर त्यसको प्रकृति भने एकदमै विचित्रको हुनेछ । कम्प्युटर झन्-झन् सानो हुँदै जानेछ र त्यो मान्छेको शरीर र मस्तिष्कमै जडान हुनेछ । हामी सधै र स्वतः इन्टरनेट चलाइरहेका हुनेछौँ, सूचना खोज्ने 'सर्च इन्जिन'लाई काम लगाइरहनुपर्ने छैन, त्यो काम आफै भइरहनेछ ।


त्यस्तो परिवर्तनले मानिसलाई एकाग्र हुन गाह्रो पार्ला नि ?


मानिसले परिवर्तनलाई जहिले पनि उत्तरदायी ढंगले सम्हाल्दै आएको छ । त्यसैले प्रविधिले हाम्रो एकाग्रतालाई अझ बढाउला । मेरो बुबा संगीतकार हुनुहुन्थ्यो तर आफ्नै रचना कस्तो सुनिन्छ भन्ने थाहा पाउन उँहालाई वाद्यवादकहरुको मद्दत चाहिन्थ्यो । अहिले कम्प्युटर र सिन्थेसाइजर लिएर एउटा बच्चाले त्यो काम कोठैमा गर्न सक्छ ।


भोलि विकसित हुने प्रविधिले हाम्रो स्वास्थ्यमा चाहिं कस्तो प्रभाव पार्ला ?


हाम्रो शरीरको काम गर्ने ढाचाँ नै फेरिनेछ । आज हाम्रो मोवाइल फोनले आफै नयाँ सफ्टवेयर अपग्रेट गर्न सक्छ तर हाम्रो शरीर चाहिँ हजारौ वर्ष अघिको सफ्टवेयर बाटै चलिरहेको छ । हाम्रो शरीरले सिकारी युगमा 'अर्को सिकार नभेटुन्जेलका लागि' भनेर बोसो सञ्चय गर्न थालेको हो । तर अब म मेरो बोसो पचाउने जिनलाई "भयो, त्यति सारो साँच्नु पर्दैन, भोलि म पक्कै खान पाउँछु" भनेर भन्न सक्छु ।


के हाम्रो खानपान पनि फेरिनेछ ?


भविष्यमा हामी जनावर मारेर होइन कारखानामा बनेको मासु खानेछौं ।तपाईलाई कुनै जीवको जुनभागको मासुखान मन लाग्छ त्यहाँ त्यो नै बन्नेछ । कसैलाई यो कुरा अलि घिनलाग्दो लाग्ला तर जनावरहरूलाई मारेर मासु तयार गरिने अहिलेको तरिका भन्दा त्यो राम्रो हुनेछ ।


बजारबारे कुरा गर्दा, भविष्यमा कुन चाहिं 'आइडिया' वा नयाँ कुरालाई सर्वग्राह्य गराउन कठिन होला ?


आफ्नो आयु धेरै बढ्छ भन्ने कुरा स्वीकार गर्न मानिसलाई निकै गाह्रो हुनेछ । हामी सबैका मनमा अहिलेको औसत आयुकै प्रभाव छ । अचानक धेरै बाच्न थालियो भने जीवनका धेरै योजनाहरूमा ठूलो असर पर्नेछ । अहिले मान्छे "सय वर्षभन्दा बढी त नबाँचियोस" भन्छन तर सय वर्ष नाघे पछि पनि त्यसै भन्लान त ? मलाई लाग्छ; मान्छेले अहिलेको भन्दा धेरै दीर्घजीवन पनि स्विकार्दै जानेछ ।


तपाइको विचारमा पृथ्वी बाहेक ब्रह्माण्डको अरु ठाउँमा पनि बुद्धि भएका प्राणी होलान ?


यस क्षेत्रमा संलग्न भएका व्यक्तिहरू हाम्रै आकाशगङ्गा (Galaxy) मा १००० देखि १००००० वटासम्म विकसित सभ्यताहरू छन भन्नेमा सहमत छन । केहि शताब्दीभित्रै यी सभ्यताहरूले आकाशगङ्गाव्यपी अन्वेषण शुरु गर्न सक्छन । मलाइ त त्यसमा पनि हामी नै पहिलो हुन सक्छौ भन्ने लाग्छ ।


यस्ता आविष्कारका खतरा चाहिँ कस्ता होलान त ?


प्रविधि भनेको दुईधारे तरबार हो जुन विनाशका लागि पनि प्रयोग हुनसक्छ । नयाँ जैविक आतङ्ककारीहरूलाई तुरुन्त नियन्त्रण गर्ने चुनौती पनि थपिनेछ । हामीले यस्ता कुरामा चनाखो हुनै पर्छ ।


विज्ञानले धार्मिक र जातीय भिन्नतालाई कसरी प्रभाव पार्ला ?


मेरो विचारमा हामी एक विश्व संस्कृतिको विकासक्रममा छौं । विश्व एउटै अर्थतन्त्रमा आबद्ध भईसकेको छ । अर्बौ मानिस एकसाथ अनलाईन भइरहने यो समयमा हामी ज्ञानका विभिन्न परम्परालाई सजिलोसँग आत्मसात पनि गर्दै जानेछौं ।


प्रविधिको द्रूत गतिको विकासले हाम्रो ईश्वर प्रतिको धारणामा कस्तो फरक पार्ला ?


मलाइ के लाग्छ भने आउँदा दशकहरूमा हाम्रो सभ्यता अर्थात मानिसहरू धेरै नै बाठा (Inteligent) र आध्यत्मिक(Spiritual) हुनेछन । हामी कुनै पनि सीमामा नबाँधिने प्राणी हौं । हामी जमिनमा बसेनौं । हामी पृथ्वीमा मात्र सीमित पनि भएनौं । हामीले सधैं सिमानालाई बाधेँका छौ ।


धेरैको विश्वास के छ भने कुनै मानिसले गरिरहेको काम वा कुराले हामीलाई निकै विरक्त पारेको छ भने हामी हाई काढ्छौँ । तर, यो कुराको कसैले पनि वैज्ञानिक रूपमा पुष्टी गर्न सकेका छैनन् ।


वैज्ञानिकहरूका अनुसार हाइ काढ्नु यस्तो प्रक्रिया हो, जसले हाम्रो रगतमा अक्सिजन र कार्वनडाइअक्साइडको मात्राको नियन्त्रण गर्ने काम गर्दछ । यो स्पाइनल कर्ड र स्नायु केन्द्रहरूले नियन्त्रण गर्ने थुप्रै कार्यहरूमध्य एक हो । वैज्ञानिकहरूका अनुसार निकै थकान भएको बेला वा विरक्तिएको समयमा हामी निकै कम मात्रामा अक्सिजन शरीरभित्र छिर्ने गरि सास फेरिरहेका हुन्छौँ । यस्तो बेला रगतमा अक्सिजनको मात्रामा कमि आउने हुँदा हाइ काढ्नु आवश्यक हुन्छ । हामिले हाइ काढ्दा अक्सिजन धेरै मात्रामा हाम्रो फोक्सोमा पुग्छ र यसले हाम्रो मुटुको धड्कनलाई पनि बढाइदिन्छ । यसले गर्दा हाम्रो मस्तिष्कका स्नायुहरूमा अक्सिजनको मात्रा बढ्छ र हामिलाई केहिमात्रामा जागृत हुन मद्दत गर्छ ।


तर, निकै धेरै अनुसन्धानहरूका बाबजुत वैज्ञानिकहरूले हाइ काढ्ने प्रक्रियाका थुप्रै प्रश्नहरूको जबाफ दिन सकेका छैनन् । एउटा व्यक्तिले हाइ काढ्दा त्यससँगै रहेको व्याक्तिले पनि हाइ काढ्ने सम्भावना बढी हुन्छ । तर, यो कसरी हुन्छ ? आमाको पेट भित्रको शिशुले पनि हाइ काढ्छ । जबकि, बाहिरी संसारमा नआउन्जेल कुनै पनि शिशुले सास फेर्दैनन् । यस्ता थुप्रै प्रश्नहरूको जवाफको खोजिमा अहिले वैज्ञानिकहरू लागिपरेका छन ।


त्यसैले तपाई बोलिरहनु भएको समयमा कुनै व्याक्तिले हाइ काढ्यो भन्दैमा ऊ तपाईको बोलिको कारण झ्याउ मानिरहेको निष्कर्षमा पुगिहाल्न पर्दैन । उसको हाइ काढ्नुको कारण उसको रगतमा अक्सिजन र कार्वनडाइअक्साइडको मात्रामा भएको अनियमितता मात्रै हो । अझ एउटा अनुसन्धानले त के पनि देखाएको छ भने हाइ काढ्नु यौन चाहनाको सुचक पनि हो रे ।

  • फेसबुकमा विज्ञान संसार

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु