धेरैको विश्वास के छ भने कुनै मानिसले गरिरहेको काम वा कुराले हामीलाई निकै विरक्त पारेको छ भने हामी हाई काढ्छौँ । तर, यो कुराको कसैले पनि वैज्ञानिक रूपमा पुष्टी गर्न सकेका छैनन् ।


वैज्ञानिकहरूका अनुसार हाइ काढ्नु यस्तो प्रक्रिया हो, जसले हाम्रो रगतमा अक्सिजन र कार्वनडाइअक्साइडको मात्राको नियन्त्रण गर्ने काम गर्दछ । यो स्पाइनल कर्ड र स्नायु केन्द्रहरूले नियन्त्रण गर्ने थुप्रै कार्यहरूमध्य एक हो । वैज्ञानिकहरूका अनुसार निकै थकान भएको बेला वा विरक्तिएको समयमा हामी निकै कम मात्रामा अक्सिजन शरीरभित्र छिर्ने गरि सास फेरिरहेका हुन्छौँ । यस्तो बेला रगतमा अक्सिजनको मात्रामा कमि आउने हुँदा हाइ काढ्नु आवश्यक हुन्छ । हामिले हाइ काढ्दा अक्सिजन धेरै मात्रामा हाम्रो फोक्सोमा पुग्छ र यसले हाम्रो मुटुको धड्कनलाई पनि बढाइदिन्छ । यसले गर्दा हाम्रो मस्तिष्कका स्नायुहरूमा अक्सिजनको मात्रा बढ्छ र हामिलाई केहिमात्रामा जागृत हुन मद्दत गर्छ ।


तर, निकै धेरै अनुसन्धानहरूका बाबजुत वैज्ञानिकहरूले हाइ काढ्ने प्रक्रियाका थुप्रै प्रश्नहरूको जबाफ दिन सकेका छैनन् । एउटा व्यक्तिले हाइ काढ्दा त्यससँगै रहेको व्याक्तिले पनि हाइ काढ्ने सम्भावना बढी हुन्छ । तर, यो कसरी हुन्छ ? आमाको पेट भित्रको शिशुले पनि हाइ काढ्छ । जबकि, बाहिरी संसारमा नआउन्जेल कुनै पनि शिशुले सास फेर्दैनन् । यस्ता थुप्रै प्रश्नहरूको जवाफको खोजिमा अहिले वैज्ञानिकहरू लागिपरेका छन ।


त्यसैले तपाई बोलिरहनु भएको समयमा कुनै व्याक्तिले हाइ काढ्यो भन्दैमा ऊ तपाईको बोलिको कारण झ्याउ मानिरहेको निष्कर्षमा पुगिहाल्न पर्दैन । उसको हाइ काढ्नुको कारण उसको रगतमा अक्सिजन र कार्वनडाइअक्साइडको मात्रामा भएको अनियमितता मात्रै हो । अझ एउटा अनुसन्धानले त के पनि देखाएको छ भने हाइ काढ्नु यौन चाहनाको सुचक पनि हो रे ।

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु