दूध सामान्य किसिमको तरल पदार्थ होइन, यसमा बोसोका साना कणहरू तथा केसीन (casein) नामक पदार्थहरू घुलिएर रहेका हुन्छन । जब दूधलाई तताइन्छ, यी पदार्थहरू दुधसँगै छुट्टिन थाल्छन र दूधलाई ढाकिने गरी मसिनो पत्रको निर्माण गर्छन । ताप बढ्दै जाँदा दूधमा भएको पानीवाफमा परिणत भएर हावामा उडेर जाने क्रममा यो पत्रको कारणले छेकिन पुग्छ र पत्र सँगै वाफ उड्न थाल्छ । जसले गर्दा दूध पोखिन्छ । तर शुद्ध पानी उमाल्दा कुनै पत्रको निर्माण नहुने हुँदा पानी पोखिन्न ।
ज्वरो आफैं रोग होइन, यो त अरू नै कुनै रोगको लक्षण मात्र हो । तर ज्वरो कसरी आउँछ त ?
हाम्रो शरीरमा कुनै रोगको किटाणु पसेर संक्रमण गर्नथाल्यो भने हम्रो शरीरभित्र पहरा दिइरहेका रोगप्रतिरोधात्मक क्षमता समुहमध्ये एक माइक्रोफेजले थाहा पाइहाल्छ, बाहिरका शत्रुहरूले हमला गरेका छन भनेर । त्यसपछि माइक्रोफेजले भ्याएसम्म किटाणुहरूलाई निल्न थाल्छ । माइक्रोफेजको चहलपहल बढेपछि अर्को शरीरको सुरक्षादल टी सेल र इन्टरफेरोन्सले थाहा पाउछन र तिनीहरू पनि शत्रुसितको युद्धमा सामेल भइ लड्न थाल्छन । यसरी युद्ध गर्दा पनि शत्रु नसकिएमा टी सेलको युद्धको चाल पाएर अर्को शरीर रक्षादलका सदस्य बी सेल लगायत अन्य सेलहरू पनि सामेल हुन्छन । बी सेलले एण्टीबडीको निर्माण गर्दछन । एण्टीबडी भनेको Y आकारको प्रोटिनकै पिण्ड हो, जसले भाइरस वा व्याक्टेरियालाई राम्ररी चिन्छन र उनीहरूसँगै मिलेर शत्रुलाई निस्तेज गरिदिन्छ । यदि यस्तो गर्दा पनि शत्रुपक्ष हारेनन् भने युद्धको अन्तिम रणनीति अनुसार साइटोक्सिन टी सेलले घातक रासायनिक हतियाररूपी अर्को प्रोटिन-पिण्ड प्रहार गर्दछन र शत्रुपक्षलाई धराशयी गराउँछन ।
यसरी कुनै रोग लाग्दा शरीरमा लडाइ हुन्छ । शरीरमा अधिक इन्जाइम, हर्मोन र रक्तकोषहरूको निर्माण गर्नुपर्ने हुन्छ । फलस्वरुप शरीरमा रगतको प्रवाह बढ्न जान्छ । यहि कारणले गर्दा शरीरको तापक्रम सामान्य अवस्थाको तापक्रम ९८.६ भन्दा वृद्धि हुनपुग्छ । शरीरको यही तापक्रम बढ्ने प्रक्रियालाई हामी ज्वरो आएको भन्छौं ।
लामो समयसम्म एउटै आसनमा बसिरह्यो भने कहिलेकाहीं हातखुट्टा निदाएको हामी अनुभव गर्छौ । यस्तो किन हुन्छ त ?
हाम्रो शरीरक रक्तनलीहरूमा रगतको सञ्चार निर्वाध रुपले भइरहेको हुन्छ । तर शरीरको कुनै अङ्ग असामान्य रुपमा थिचिएको अवस्थामा रहन्छ भने त्यस अङ्गमा रगतको प्रवाह अवरुद्ध हुन जान्छ । जसले गर्दा त्यस अङ्गमा मस्तिष्कले राम्रो सँग लिनदिन सक्दैन । जसलाइ हामी निदाएको भन्छौ । जस्तो कोही व्यक्ति पलेंटी मारेर धेरै समयसम्म बसिरह्यो भने उसको खुट्टामा रगतको सञ्चार अवरुद्ध हुन जान्छ र उसले आफ्नो खुट्टा निदाएको अनुभव गर्छ ।
तर खुट्टालाई सामान्य अवस्थामा फर्काइएमा अवरुद्ध भएको रक्तसञ्चार पुन: सुरु हुन थाल्दछ र केही समयमै खुट्टा पहिलेकै स्थितिमा फर्कन्छ ।
हामीलाई जाडो भएमा हाम्रो शरीर काँप्ने गर्दछ । यसरी शरीर काँप्नु मांशपेशीको एक स्वचालित गति हो । हाम्रो शरीर काँप्दा शरीरका मांशपेशीहरू तेज गतिमा फैलने र खुमचने गर्छन । हरेकपटक मांशपेशी खुम्चिने क्रममा उक्त मांशपेशीका कोषिकाहरूमा खाद्य र ऊर्जाको अधिक खर्च हुन्छ । यसको कारणले ताप उत्पन्न हुन्छ । त्यसैले काँप्नु शरीरको एक यस्तो प्रक्रिया हो, जसमा मांशपेशीहरूले सामान्य अवस्थामा भन्दा बढीकार्य गर्दै शरीरलाई न्यानो राख्छन । यसै कारण जाडोमा शरीरलाई न्यानो राख्नको लागि हाम्रो शरीर काँप्छ ।
  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु