ज्वरो आफैं रोग होइन, यो त अरू नै कुनै रोगको लक्षण मात्र हो । तर ज्वरो कसरी आउँछ त ?
हाम्रो शरीरमा कुनै रोगको किटाणु पसेर संक्रमण गर्नथाल्यो भने हम्रो शरीरभित्र पहरा दिइरहेका रोगप्रतिरोधात्मक क्षमता समुहमध्ये एक माइक्रोफेजले थाहा पाइहाल्छ, बाहिरका शत्रुहरूले हमला गरेका छन भनेर । त्यसपछि माइक्रोफेजले भ्याएसम्म किटाणुहरूलाई निल्न थाल्छ । माइक्रोफेजको चहलपहल बढेपछि अर्को शरीरको सुरक्षादल टी सेल र इन्टरफेरोन्सले थाहा पाउछन र तिनीहरू पनि शत्रुसितको युद्धमा सामेल भइ लड्न थाल्छन । यसरी युद्ध गर्दा पनि शत्रु नसकिएमा टी सेलको युद्धको चाल पाएर अर्को शरीर रक्षादलका सदस्य बी सेल लगायत अन्य सेलहरू पनि सामेल हुन्छन । बी सेलले एण्टीबडीको निर्माण गर्दछन । एण्टीबडी भनेको Y आकारको प्रोटिनकै पिण्ड हो, जसले भाइरस वा व्याक्टेरियालाई राम्ररी चिन्छन र उनीहरूसँगै मिलेर शत्रुलाई निस्तेज गरिदिन्छ । यदि यस्तो गर्दा पनि शत्रुपक्ष हारेनन् भने युद्धको अन्तिम रणनीति अनुसार साइटोक्सिन टी सेलले घातक रासायनिक हतियाररूपी अर्को प्रोटिन-पिण्ड प्रहार गर्दछन र शत्रुपक्षलाई धराशयी गराउँछन ।
यसरी कुनै रोग लाग्दा शरीरमा लडाइ हुन्छ । शरीरमा अधिक इन्जाइम, हर्मोन र रक्तकोषहरूको निर्माण गर्नुपर्ने हुन्छ । फलस्वरुप शरीरमा रगतको प्रवाह बढ्न जान्छ । यहि कारणले गर्दा शरीरको तापक्रम सामान्य अवस्थाको तापक्रम ९८.६ भन्दा वृद्धि हुनपुग्छ । शरीरको यही तापक्रम बढ्ने प्रक्रियालाई हामी ज्वरो आएको भन्छौं ।

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • फेसबुकमा विज्ञान संसार

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु