सन् 1905 मा अल्बर्ट आइन्स्टाइनले प्रतिपादन गरेको यस सिद्धान्तले मुख्य
रूपमा पाँच कुराहरुलाई औँल्याउछ :
१. जतिसुकै बेगमा रहेका भए पनि स्वतन्त्र रूपले गतिमा रहेका सबै
दर्शकहरूका लागि विज्ञानका सबै नियमहरु समान रूपले लागू हुन्छन् ।
२. दर्शकहरु जुनसुकै गतिमा रहेका भए पनि सबैले प्रकाशको गति एउटै भएको पाउँछन् ।
३. पर्दाथ र शक्ति एउटै हुन् । यिनीहरु एक अर्कामा बदलिन सक्छन् ।
आइन्स्टाइनले यसका लागि एक विशेष सूत्रको आविष्कार गरे ।
E=MC2
यहाँ E ले शक्ति, M ले पिण्ड वा पदार्थ र C ले प्रकाशको गति जनाउँछन्
। यस सूत्रानुसार शक्तिलाई पदार्थको मात्रा र प्रकाशको गतिको वर्गको
गुणनफलले नाप्न सकिन्छ ।
यस सिद्धान्त अनुसार, पदार्थ गतिमा जाँदा शक्तिमा बदलिन्छ र शक्ति
स्थिरतामा आउँदा पदार्थमा बदलिन्छ । तसर्थ पदार्थ र शक्ति दुवै सापेक्ष
कुराहरू हुन् । यो कुरालाई वैज्ञानिकहरूले अनुसन्धानशालाहरूमा प्रमाणित
गरी देखाइसकेका छन् । वैज्ञानिकहरुका अनुसार परमाणु बममा १ ग्राम पदार्थ
बिलाउदा २१ अरब किलो क्यालोरी तापशक्ति उत्पन्न हुन्छ । यो भनेको, दिनको
१0 हजार लिटर मट्टितेल जम्मा गर्दै गई २३ वर्षसम्म जम्मा गर्दा जति जम्मा
हुन्छ, त्यो सबैलाई एकैचोटि बाल्दा उत्पन्न हुने तापशक्तिको बराबर हो ।
४. कुनै पनि वस्तुको गति प्रकाशको गतिभन्दा बढी हुनसक्दैन । किनकि,
वस्तुको पिण्ड त्यसको गतिको सापेक्षमा कायम भएको हुन्छ । वस्तु जति बढी
गतिमा जान्छ, त्यति नै त्यसको पिण्डमा वृद्धि हुन्छ । यदि वस्तुलाई
प्रकाशको गतिको आधा गतिमा लाने हो भने, त्यसको पिण्डमा डेढीले वृद्धि
हुन्छ, तर जति बढी पिण्डमा वृद्धि हुन्छ, त्यति नै फेरि वस्तुलाई गतिमा
लाने शक्तिको पनि जरुरत हुन्छ । त्यसैले प्रकाशको गतिमा वस्तु चलायमान
हुन खोज्छ भने त्यसको पिण्डमा दोब्बरले वृद्धि भई त्यसलाई त्यो गतिमा
कायम राख्न त्यसको सम्पूर्ण पदार्थ शक्तिमा बदल्नुपर्ने हुन्छ । यसले
गर्दा वस्तुको गति प्रकाशको गतिभन्दा बढी हुन पाउँदैन ।
५. समय निरपेक्ष नभई यो पनि अरुजस्तै सापेक्ष छ । यो पूर्णतः स्वतन्त्र
नभई यसले अन्तरिक्षसित मिली अन्तरिक्ष-समय (Space-Time) भन्ने चीज बनाउँछ

सापेक्षवाद सम्बन्धि आइन्स्टाइनको रोचक जवाफ :

आइन्सटाइनले प्रतिपादन गरेको सापेक्षतावाद सर्वसाधरणले वैज्ञानिक भाषामा
व्यक्त गरिएका सैद्धान्तिक कुराहरु बुझ्न सकिरहेका थिएनन तसर्थ
आइन्स्टाइनलाई भेटेको खण्डमा यहि सम्बन्धि प्रश्न गरिरहन्थे । यसै क्रममा
एकपटक एउटी युवतीले आइन्स्टाइनलाई प्रश्न गरिन् : "तपाईको सापेक्षतावाद
भनेको के हो ?"
प्रश्न सुनेपछि आइन्स्टाइन मुसुक्क मुस्कुराउदै जवाफ दिए "यदि कुनै मानिस
अत्यन्त राम्री र आकर्षक युवतीसँग एक घण्टा बसेर कुरा गर्छ भने उसलाई
त्यति लामो समय पनि एक मिनेट जस्तै लाग्छ, तर त्यहि मानिसलाई एक मिनेट
मात्र पनि तातो आगोमा उभ्याइयो भने उसलाई त्यो एकै क्षण पनि एक घण्टा
जस्तै लाग्छ । संक्षेपमा भन्नुपर्दा यहि हो सापेक्षतावाद ।"

( स्रोत : "अल्बर्ट आइन्स्टाइन : महानतम वैज्ञानिक" पुस्तक)

Categories:

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु