मरूभूमिमा पानी नपर्ने हुनाले बालुवा धेरै नै सुख्खा हुन्छ। त्यसैले कुनै बाधा नहुने हो भने, बालुवा हावासँगै धेरै टाढासम्म उड्न सक्छ। तर मरूभूमिको जमिनमा स-साना ढुङ्गा, झाडी तथा अन्य अनियमितता हुन्छ। जब सुख्खा बालुवा हावासँगै उड्दै आउँछ, तब यस्ता अनियमितताहरू चारैतिर जम्मा हुन थाल्छन्। विस्तारै-विस्तारै यसको आकार बढ्दै जान्छ र यसले बालुवाको पहाडको रूप लिन्छ। यस्ता बालुवाका पहाडहरूको आकार वायुको गति र दिशामा निर्भर गर्दछ।
Categories: मरूभूमि
0 प्रतिकृयाहरू:
Post a Comment
तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।