हिस्टेरिया के हो ।

Posted by Om Bhandari On 8:43 PM

१४ वर्षमाथि उक्लन थालेपछि कतिपय किशोरीहरू बिनाकारण रुन्छन् , कराउँछन् , जिद्दी गर्छन्। अस्वाभाविक रूपमा हिंस्रक गतिविधिसमेत गर्छन्। लामो सास लिने , हातखुट्टा बाउँडिने , पेट कराउने , घाँटी अँठ्याएजस्तो हुने , ढुकढुकी तीव्र बढ्ने , काम्ने गर्छन्। किशोरकिशोरीलाई त पीडा हुन्छ नै , अभिभावकसमेत आत्तिन्छन्।




image.jpgयस्तो समस्या देखिएपछि अस्पतालमा स्वास्थ्य परीक्षण गर्दासमेत शरीरका सबै अंगले सामान्य रूपमै काम गररिहेको भेटिन्छ। रगत र दिसा-पिसाब परीक्षण , एक्सरे , सिटीस्क्यानजस्ता जाँचपड्तालका क्रममा कुनै खराबी देखिँदैन। यसले गर्दा बिरामी थप निराश हुन्छ। देउता लागेको , लागो लागेको भन्दै धामी-झाँक्री , पूजापाठको सहारा लिने प्रचलन छ , हामीकहाँ। वास्तवमा यो समस्या कुनै देउता , लागो वा शारीरकि खराबी होइन। यो तीव्र चिन्ता तथा तनावबाट उत्पन्न हुने मानसिक समस्या हो। यसलाई चिकित्सा क्षेत्रमा हिस्टेरयिा भनिन्छ। मानसिक तथा स्नायुगत विकारका रूपमा उत्पन्न हुने यस समस्यालाई पहिलापहिला महिलाको यौनकुण्ठाको कारण उत्पन्न हुने रोग मानिन्थ्यो। तर , अचेल 'कन्भर्सन डिस्अर्डर ,' 'सोमाटाइजेसन ', 'आकस्िमक चिन्ता ', अवसाद , सिजोप |ेनिया आदिसँग मिल्दो मानसिक रोगका रूपमा लिइन्छ। यो रोग महिला तथा पुरुष दुवै लिंगीलाई वा तेस्रोलिंगीलाई समेत हुन्छ। मुख्यतया किशोरी अथवा १४-२५ वर्षसम्मका महिलामा बढी हुने भएकाले पुरुष तथा तेस्रोलिंगीमा देखिने समस्या ओझेल पर्दै आएको छ।




१४ देखि २५ वर्षका युवतीमा उमेरगत संवेदनशीलता र हर्मोनको कारणले यो समस्या बढी मात्रामा देखिन्छ। ३० वर्षपछि यो समस्या खासै देखापरेको पाइँदैन। यस समस्यामा बिरामीको संवेदना तथा क्रियाकलापमाथि नियन्त्रणको अभाव हुन्छ। जसले गर्दा अचानक काम्ने वा बेहोस हुने लक्षण देखिन्छ। मानसिक अन्तरद्वन्द्वलाई दबाउनाले पनि यो समस्या देखिन्छ। अझ यौनजन्य व्यवहारलाई हेर्ने पुरातन संस्कारको उपज मान्न सकिन्छ यसलाई। नेपाली समाजमा अझै यौनप्रति रुढीवादी , पुरातनपन्थी मान्यताहरू छन्। धार्मिक , साम्प्रदायिक र सांस्कृतिक मान्यताहरू पनि कट्टर छन्। पुरुषका तुलनामा महिलाहरूका लागि सामाजिक र नैतिक बन्धनहरू बढी छन्। यसले गर्दा आफ्ना चाहना , आकांक्षा , स्वतन्त्रता , अधिकार , यौनशिक्षा , पुरुषसँग घुलमिल हुने अवसर आदिबाट कुण्ठित हुनुपर्ने बाध्यता छ। यिनै बन्धनका कारण भित्री इच्छा-आकांक्षाहरू दबिँदै कुण्ठाको रूप लिन्छन्। अन्ततः ती मानसिक विकारको रूपमा विस्फोट हुन्छन्।




कारण




तिीव्र यौन आकांक्षालाई लामो समयसम्म दबाउनु, यौनबारे धेरै सोच्नु वा यौनलाई पूरै तिरस्कार गर्नु।




विंशानुगत ।




बिढी भावुक, संवेदनशील, अस्वस्थ पारविारकि वातावरण, मानवीय शरीरको विकासक्रम एवं संवेदनालाई गलत ढंगले शिक्षा दिनु। अभिभावकले अनावश्यक रूपमा नियन्त्रण एवं रेखदेख गर्नु।




भिावनात्मक पक्षघात। जस्तै- तनाव, डर, चिन्ता, अवसाद, चोटपटक, कुटपिट, हस्तमैथुन तथा दीर्घरोग आदिका कारण।




िववाह, सम्बन्ध, जिम्मेवारी, सम्बन्धविच्छेद, पि्रय व्यक्तिको निधन आदिमा आफूलाई सम्हाल्न एवं व्यवस्थापन गर्न नसक्नु।




वैवाहिक जीवनमा यौनलाई पीडा, शोषण, अनैतिक वा व्यर्थ ठान्नु।




शारीरकि, मानसिक तथा यौनिक दुव्र्यसनमा पर्नु।




केही शारीरकि रोगहरू जस्तै- मस्ितष्कको ट्युमर, मानसिक रोग डिमान्सिया आदि।




परिविारभित्र भेदभाव, डर, त्रास एवं मनमुटाव भइरहनु।




यौनसाथीको दबाबका कारण यौनलाई अत्यधिक प्रयोग गर्नु ।




वैयक्तिक स्वभाव पनि यस समस्याको कारक हो। खासगरी, आफ्नो भावना, तनाव, इच्छा तथा समस्यालाई अरूसँग व्यक्त नगर्ने अन्तरमुखी स्वभावका व्यक्ति यस समस्याका सिकार हुन्छन्। आफ्ना भावना आदान-प्रदानलाई निरुत्साहित गर्ने संस्कार पनि घातक हुन्छ। संयुक्त परविारमा बसेका नवविवाहित महिलामा पनि यो समस्या देखिन सक्छ। सासू, ससुरा, पति, जेठाजु, जेठानी आदि कडा स्वभावका वा अमैत्री हुँदा नयाँ दुलहीलाई घुलमिल हुन अप्ठ्यारो हुन्छ। यस्ता परविारमा भावनात्मक आदानप्रदानको अभाव हुन्छ।









लक्षण





यस रोगका लक्षणहरूलाई दुई अवस्थामा वर्गीकृत गरएिको छ। सुरुको अवस्थामा हातखुट्टा भारी हुन्छन्, बाउँडिन्छन्। पेट निकै बटारएिजस्तो लाग्छ। निस्सासिएर सास फेर्न गाह्रो हुन्छ। छातीमा कसिने, धड्कन बढ्ने, घाँटीमा केही चीज अड्किएजस्तो हुने, घाँटी तथा घाँटीका नसा सुन्निने हुन्छ। टाउको दुख्ने, दाँत बाँधिने, हातखुट्टाका मांसपेशी तन्किने आदि लक्षण देखिन्छन्। सुरुमा बिरामले छोपेको अवस्थामा बेहोस नभए पनि काम्ने तथा बेहोस हुने प्रक्रिया अलिअलि मात्र हुन्छ। हातखुट्टा खुम्च्याउँदा बढी असर हुन्छ।




दोस्रो अवस्थामा असहाय एवं चर्को गरी रुने, कराउने, विस्तारै होस हराउने लक्षण देखिन्छन्। घाँटी निकै सुन्निन्छ। तीव्र गति र आवाजमा मुटुको धड्कन बढ्छ। मांसपेशीहरू खुम्चिन्छन्। बारम्बार मुखबाट फिँज आउँछ। कतिपय बिरामी विस्तरामै उपि|न्छन्। मांसपेशी तथा स्नायु कडा भएर धनुष्टंकारजस्तो आकारमा शरीर बांगिनेजस्ता लक्षणहरू केही घन्टासम्म रहन्छन्। बिरामीले असहाय महसुस गरी माया तथा सान्त्वनाको अपेक्षा गर्छ। बिरामी गहिरो निन्द्रामा परेको देखिन्छ। तर, मांसपेशीहरू खुकुलो हुँदैनन्। गम्भीर अवस्थामा मुटुको धड्कन तथा श्वासको गति निकै हल्का भएर बिरामीको मृत्यु भएको भानसम्म हुनसक्छ। तर, उसले सबै कुरा थाहा पाइरहेकै हुन्छ। निन्द्रामा हिँड्ने तथा शरीर समसमाउने, हातखुट्टा अररो हुने, बेहोस हुने र बाहिरी क्रियामा प्रतिक्रिया दिन नसक्नेसमेत हुन्छ।









उपचार तथा रोकथाम




यो निको हुने रोग हो। यसका लागि दृढ इच्छाशक्ति, आत्मबल वृद्धि, सकारात्मक सोच, स्वस्थ र सरल जीवनशैली अवलम्बन गर्नुपर्छ। तनाव व्यवस्थापनसम्बन्धी अभ्यास र तालिम गर्न पनि सकिन्छ।




शारीरकि लक्षणलाई अर्कोतर्फ मोड्ने। जस्तै- हिँडेर, गीत सुनेर, अन्य काम गरेर ध्यानलाई अन्यत्रै मोड्न सकिन्छ।




िनयमित व्यायाम, पर्याप्त निन्द्रा र सन्तुलित आहारले चिन्ता घटाउँछ र शरीर पनि स्वस्थ हुन्छ।




अाफ्नो परविार एवं नजिकका व्यक्तिसँग खुला रूपमा आफ्ना धारणाहरू राख्ने। यसले आफन्तलाई कुरा बुझ्न, सहयोग र सान्त्वना दिन सजिलो हुन्छ।




अाफ्ना लक्षण एवं समस्याबारे अधिकतम रूपमा जानकारी हासिल गर्ने। यसबाट आफूलाई वास्तविकता थाहा हुन्छ।




अाफ्नो रुचिका क्षेत्रहरू बढाउने र आफूलाई व्यस्त राख्ने।




सिफा एवं स्वस्थ बसाइ, पोषिलो खाना, पर्याप्त शारीरकि-मानसिक आराम, मनोअनुकूल पेसा, स्वच्छ हावा, मनोरञ्जन, भ्रमण आदि गर्ने।




अाफूलाई नियन्त्रण गर्न, तनावसँग सामना गर्न, प्रतिस्पर्धालाई सहज रूपमा लिन, पारस्परकि सम्बन्ध दिगो राख्न अभ्यस्त हुने।




रक्सी, चिया, कफी, सुर्ती, चुरोट, चिनी, सेतो मैदा सेवन नगर्ने।




मनोचिकित्सकको परामर्श अनुसार चिन्ता कम गर्ने, अवसाद निको हुने, दुःखाइ कम हुने, साइकोथेरापी वा आवश्यक उपचार गर्ने।




हिस्टेरयिा कठोर सामाजिक मान्यता र व्यवस्थाको उपज हो। यौन शिक्षाको विस्तार, मनोनिग्रहको अभ्यास, विद्यालयमा किशोरकिशोरी स्वास्थ्यमार्फत जनचेतना, यौन तथा अन्य जिम्मेवारी बहन गर्न सक्ने गरी परपिक्वता हासिल गरेपछि मात्रै बिहे गर्ने परपिाटीको विकास नहुन्जेल यो समस्या कम हुन सक्दैन। आफ्ना भावनात्मक तथा संवेगात्मक समस्याहरूलाई घर, परविार, साथी, सहकर्मीसँग आदानप्रदान गर्ने वातावरण यो रोग कम गर्न सहायक हुन्छ। अभिभावकले आफ्ना छोराछोरीलाई उदार रूपमा स्वस्थ एवं स्वतन्त्र गतिविधि गर्न बन्देज नलगाएमा यस्तो विकराल मानसिक समस्याबाट कोही व्यक्ति प्रताडित हुने अवस्था आउँदैन।










मास हिस्टेरिया








कुनै ठूलो समूह -विद्यालय, कार्यस्थल, खेलमैदान, कार्यक्रम)मा बिनाकारण धेरै व्यक्तिले असाधारण क्रियाकलाप गर्ने अवस्था मास हिस्टेरयिा हो। यो संवेदनाको सरुवा रोग हो, जसमा धेरैजसो व्यक्तिहरूले एकै किसिमका शारीरकि र मानसिक लक्षणहरू देखाउँछन्। प्रायः धार्मिक पर्व, प्रार्थना, खेलकुद, विद्यालय वा कार्यस्थलमा एक जनाले असामान्य व्यवहार देखाएमा अरू व्यक्तिहरूले पनि त्यसै गर्छन्। कहिलेकाहीँ यस्ता व्यक्तिहरू हिंस्रक, उत्तेजक वा रुने-कराउने गर्छन्। यसमा कुनै शारीरकि कारण हुँदैन। उदाहरणका लागि हालैको एक विद्यालयको घटनालाई लिन सकिन्छ। त्यस विद्यालयमा छात्र र छात्राले साझा शौचालय प्रयोग गर्दा एउटी छात्रालाई वाक्वाकी तथा बान्ता भयो। त्यसपछि भ्रमवशः एउटै शौचालयमा बान्ता गर्दा गर्भवती भइन्छ भन्ने मानसिकता क्रमशः अरू छात्रा र शिक्षिकाहरूमा फैलियो। सबैलाई वाक्वाकी लाग्ने, टाउको दुख्ने, बान्ता हुने, खाना नरुच्ने, निन्द्रा नलाग्नेजस्ता लक्षण देखिए। समस्या झनै फैलिएकाले विद्यालय नै बन्द गरयिो। सबै आ-आफ्ना घरमा बसे। पछि समस्या एकाएक हरायो। छात्र र छात्राका लागि छुट्टै शौचालय बनाएपछि त्यस विद्यालयमा समस्या दोहोरएिन। समूहबाट अलग्याउने, मनोवैज्ञानिक परामर्श तथा मानसिक बल प्रदान गरेपछि मास हिस्टेरयिा हट्छ।









हिस्टि्रनिक पर्सनालिटी डिसअर्डर




यो समस्या भएका व्यक्तिहरू आफूप्रति अरूको ध्यान केन्दि्रत गर्न नौटंकी गर्छन्। उनीहरूले आफूलाई केन्दि्रत गरी आफ्नो धारणा बढी संवेदनशील एवं नाटकीय ढंगबाट व्यक्त गर्छन्। उनीहरूको व्यवहार बढी आकर्षक र आमन्त्रणमुखी हुने भएकाले अरूसँग छिट्टै निकट हुन्छन्। वास्तविकता थाहा भएपछि सम्बन्धमा समस्या देखा पर्छ। यस्तो समस्या भएका व्यक्तिहरू आफ्नो व्यक्तिगत एवं सामाजिक काममा सफल भए पनि पारस्परकि सम्बन्ध दिगो राख्न असफल हुन्छन्।









लक्षणहरू





िनरन्तर मान तथा सान्त्वना खोजिरहने।




बिढी नाटकीय व्यवहार तथा अतिशयोक्तिपूर्ण तरकिाले भावना व्यक्त गर्ने।




अालोचना तथा अस्वीकृतिप्रति बढी संवेदनशील हुने।




असामान्य तवरले यौनप्रति बढी आशक्त हुने वा बढी निष्त्रिय हुने।




अरूको ध्यान आफूमा केन्दि्रत गर्न बढी अपेक्षा एवं चासो राख्ने।




अाफूप्रति अरूले पूरै वास्ता एवं चासो नराखेमा अपमानित महसुस गर्ने।




किसैले कृतज्ञता ज्ञापन गर्न ढिलो गरेमा तुरुन्त निराश हुने वा सहन नसक्ने।




अरू व्यक्तिको सल्लाह एवं उक्साहटमा छिट्टै परविर्तन हुने।




अरूप्रतिको वास्तविक सम्बन्धभन्दा धेरै नजिक एवं आत्मीयता देखाउन खोज्ने ।




सानोतिनो घटना वा संवेदनाबाट अनावश्यक निर्णय लिने।




सिामान्य तनाव वा समस्यालाई सामना गर्न नसक्ने गरी तीलको ताड बनाउने।




अरूको ध्यान आफूप्रति केन्दि्रत गर्न उत्तेजक हुने वा आत्महत्याको प्रयास गर्ने।








कन्भर्सन डिसअर्डर/सोमोटाइजेसन




यो मनोवैज्ञानिक अवस्था भए पनि अन्धोपना, पक्षघात, बोल्नमा कठिनाइजस्ता शारीरकि अशक्तताका लक्षण देखिन्छन्। यसको कुनै मनोवैज्ञानिक वा यथार्थ कारण हुँदैन। मस्ितष्क, स्नायु वा कुनै अंगमा खराबी पनि हुँदैन। बिरामीले आफू अन्धो भएको महसुस गर्छ र कुनै वस्तु देखे पनि बेवास्ता गर्छ। पक्षघातले पल्टिएका यस्ता बिरामीले 'गर या मर'को परििस्थति आएमा तुरुन्त दौडेर आफ्नो सुरक्षा गर्छन्। ती बिरामीले बहाना वा नाटक पारेका भने होइनन्। उनीहरूलाई मस्ितष्क र मस्ितष्कबाट खबर पुर्‍याउने स्नायुगत प्रवाह थाहा नभएर यस्तो हुन्छ। सामान्यतः यो समस्या ३० वर्षमुनिका, कम्तीमा शरीरको चार ठाउँमा दुख्ने, दुईवटा पेटका समस्या, एउटा यौन समस्या र एउटा स्नायुगत समस्या -बेहोस, अन्धोपन, पक्षाघात) हुन्छन्। यो रोग छारेरोगसँग मिल्दोजुल्दो भए पनि बिरामी ओछ्यानलगायत सुरक्षित ठाउँमा लड्छन्। आफ्नो कुरा व्यक्त गर्न नसके पनि अरूको कुरा सुनिरहेका हुन्छन्।



जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डेद्धारा नेपाल पत्रिकामा प्रकासित लेख ।



0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • फेसबुकमा विज्ञान संसार

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु