चन्द्रमा सुक्खा छ र त्यहाँ पानी लामो समय सञ्चित रहने अवस्था पनि छैन भन्ने मान्यता गलत भएको छ । पहिलेको अनुसन्धानहरुले चन्द्रमा जीवन उपयोगी नभएको निष्कर्ष दिएका थिए । समय र बिचार फेरीएको छ । सम्भवतः अर्बौ वर्षदेखि चन्द्रमामा लुकेको रहस्य खुल्दैछ । अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले हालै एक नौलो अनुसन्धान बाट चन्द्रमामा पानी रहेको पुष्टि गरेको छ । नासाको खुलासाबाट वैज्ञानिकहरु र खगोल विज्ञानमा रुचि राख्नेहरु उत्साहित भएका छन् ।
एकपछि अर्को खोजको क्रममा नासाले चन्द्रमाको बारेमा हाम्रो ज्ञानमण्डलमा नयाँ अध्याय नै जोडिदिएको छ । नासाले पठाएको Lunar CRater Observation and Sensing Satellite (LCROSS) बाट प्राप्त प्रारम्भीक तथ्यंकको विश्लेषणबाट चन्द्रमामा पानी छ भन्ने रहस्य खुलेको छ । गत अक्टोबर 9 मा नासाले चन्द्रमाको सधै अन्धकारमा रहने दक्षिण ध्रुविय क्षेत्र काब्युस क्रेटरमा यान नै ठोक्काएको थियो । सतहमुनि पक्कै पानि हुनुपर्छ भन्ने अनुमान गरि नासाले LCROSS यान ठोक्काएको हुनाले ठूलो विस्फोट भएर सतह फाट्यो र पानिको वाष्प बाहिर निस्कियो । ठोक्कइले क्रेटरको मुनिबाट वाष्प, धुलो, र अन्य भारी वस्तु बाहिर निस्किएको थियो । यी वस्तुले अर्बौ वर्षदेखि सौर्य प्रकाश देखेको थिएन ।
चन्द्रमाको ध्रुविय क्षेत्रमा ठूलो मात्रामा हाइड्रोजन ग्यास देखिएकाले वैज्ञानिकहरु धेरै पहिलेदेखि त्यस ग्यासको स्रोत खोज्नमा लागेका थिए । नयाँ अभियानले पानीको संकेत गरेपछि हाइड्रोजन ग्यासको स्रोतको रुपमा यसलाई हेरिएको छ । LCROSS यानले पठाएको तथ्यांकले त चन्द्रमाको धेरै ठाउँमा पानी हुन सक्ने देखाउछ ।
चन्द्रमामा मात्र होइन सौर्यमण्डलमा जहाँ कहीं कहिल्यै घाम नलाग्ने स्थान छन् त्यहाँ इतिहासको मुख्य रहस्य लुकेको हुनसक्ने वैज्ञानिकहरुको मान्यता रहिआएको छ । घाम नलाग्ने अँध्यारो क्षेत्रको अध्ययनबाट सौर्यमण्डलको विकासक्रम बुझ्न सकिने हुनालेनै वैज्ञानिकहरुले पृथ्वीको सतहको कयौं मिटरमुनिबाट बरफको नमुना संकलन गरी अनुसन्धान गरिरहेका छन् ।
LCROSS बाट तथ्यंक प्राप्त भएदेखी वैज्ञानिकहरु अहोरात्र त्यसको विश्लेषणमा लागेका छन् । र यसबाट नै थप रहस्य अगाडि आउन सक्छ । यानको स्पेक्टोमिटरले चन्द्रमामा पानी रहेको संकेत दिएको हो । सन् 2009, जून 18 मा नासाको केनेडी स्पेस सेन्टरबाट LCROSS लाई लुनार रिकनसिनेन्स अर्बिटरसँगै प्रक्षेपित गरिएको थियो ।

1 comment:

  1. Ananda BhandariDecember 17, 2010

    चन्द्रमामा नासाको अनुसन्धान पछि प्राप्त नयाँ जानकारी बाट पानी भएको पत्ता लागेको जानकारी यस ब्लग मार्फत थाहा पाउदा औधि रोमान्चित भएको छु । नेपाली भाषामा बिज्ञान सम्बन्धि सत्यतथ्य जानकारी दिने वेबसाइटहरु ज्यादै न्युन छन त्यसमध्य यस ब्लगले नेपाली भाषामा बिज्ञान सम्बद्ध जानकारी दिने उद्धेश्य राखेको हुनाले यसको उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।

    ReplyDelete

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु