हाम्रो शरीरलाई सधै हावा चाहिन्छ । यसका लागि हामी सास फेर्ने गर्छौ । हामीले खाएको खानालाई ऊर्जामा वा शक्तिमा परिवर्तन गर्नका लागि अक्सिजन चाहिन्छ । शरीरका लागि अनिवार्य रुपमा आवश्यक त्यो अक्सिजन हावामा पाइन्छ । त्यसैले हामीलाई हावा चाहिन्छ । हुन त पानीमा पनि अक्सिजन हुन्छ तर हाम्रो फोक्सोले पानीबाट अक्सिजन लिन सक्दैन । हाम्रो शरीरका अङ्गहरूको विकास नै त्यसरी भएको हुन्छ । पानीमा बस्ने जीवको शरीरमा पानीबाट अक्सिजन लिनसक्ने गरी विशेष किसिमको अङ्ग विकास भएको हुन्छ । जसलाई गिल्स भनिन्छ । मानिसलगायत जमिनमा बस्ने अरु प्राणीहरूको शरीरमा त्यस्ता अङ्ग हुदैनन् । त्यसको सट्टामा हाम्रो शरीरमा फोक्सो हुन्छ । फोक्सोले पानीमा घुलिएको हैन , हावामा घुलिएको अक्सिजन मात्रै लिन सक्छ । त्यसैले बाच्नका लागि अति आवश्यक अक्सिजन लिनका लागि हामीलाई हावा नै चाहिन्छ ।
 हाम्रो शरीरका कोषहरूले हावाबाट अक्सिजन लिई हामीले खाएको खानेकुरालाई ऊर्जामा परिवर्तन गर्न मद्दत गर्छ । यो प्रक्रियाबाट कोषहरूले कार्बनडाइअक्साइड निर्माण गर्छन् । कार्बन डाइअक्साइड हाम्रो शरीरलाई चाहिदैन । त्यसैले सास फेर्दा हामी त्यो कार्बनडाइअक्साइड पनि बाहिर फाल्ने गर्छौं । हरेक दिन हाम्रो शरीरले करिब छ सय क्वार्ट अक्सिजन लिने गर्छ । त्यसबाट करिब पाच सय क्वार्ट कार्बनडाइअक्साइड निर्माण हुन्छ । हावाको १/५ भाग अक्सिजन हुन्छ । त्यसैले एक दिनमा तीन हजार क्वार्ट हावा हामी लिने गर्छौं । अचम्मको कुरा के छ भने हामीलाई तीन हजार क्वार्ट हावा मात्र भरिएको कोठामा थुनियो भने हामी बाँच्न सक्दैनौ । यस्तो हुनुको कारण त्यो कोठामा हाम्रो शरीरबाट निस्केको कार्बनडाइअक्साइडले गर्दा हावाको अक्सिजनको अनुपात निकै कम हुनपुग्छ । त्यस स्थितिमा हाम्रो फोक्सोले चाहिने मात्रामा अक्सिजन लिन सक्दैन । फलतः शरीरमा ऊर्जा निर्माणको प्रक्रिया पनि ठप्प हुन पुग्छ । खुला ठाउँमा भने त्यस्तो हुन पाउदैन किनभने हामीले सास फेर्दा ˆयालेको कार्बन डाइअक्साइडलाई हरिया वनस्पति विरुवाहरूले ग्रहण गरिरहेका हुन्छन् र त्यही अनुपातमा नै अक्सिजनको निर्माण गरिरहेका हुन्छन् । फलतः संसारमा अक्सिजन रित्तिन पाउदैन ।

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु