के हो न्युमोनिया ?

Posted by Om Bhandari On 6:33 AM
सामान्यतया न्युमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको खराबी हो । जसमा
फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ । विशेष
गरेर Streptococcus pneumoniae प्रजातिको ब्याक्टेरियाले न्युमोनिया
गराउँदछ । त्यस्तै केही भाइरसका प्रजातिहरूले कडा खालको न्युमोनिया
(Severe pneumonia) गराउँदछन् ।
एन्टिबायोटिकको व्यापक विकासका कारण न्युमोनियाको मृत्युको दर हृवात्तै
घटे पनि त्यसले खतरनाक अवस्थासम्म भने पुर्‍याउँदछ । ७० वर्ष नाघेका
व्यक्तिहरूमा अझै पनि न्युमोनिया मृत्युको प्रमुख कारणहरू मध्ये एक हो ।
न्युमोनियाका जीवाणु विश्वको कुनै क्षेत्र विशेषमा मात्र पाइन्छ भन्ने
छैन । एचआईभी /एड्सबाट सङ्क्रमित व्यक्तिहरूमा व्याक्टेरियाले गर्दा
लाग्ने न्युमोनिया चाँडै र धेरै लाग्दछ । त्यसैले केही अफ्रिकन महादेशका
देशहरू जहाँ HIV/AIDS व्याप्त छ , न्युमोनियाका बिरामीहरूको सङ्ख्या पनि
अत्यधिक रहेको छ । न्युमोनिया भएका बिरामीहरू एक दुई दिनमै सिकिस्त
हुन्छन् , गल्छन्, खोकी लागिरहने हुनाले थकित पनि हुन्छन् ।
व्याक्टेरिया र भाइरसका बाहेक अरू कारणले पनि न्युमोनिया हुन सक्दछ ।
कुनै अरू अर्को रोगको कारण अस्पताल भर्ना भएका बिरामीहरूमा पनि
न्युमोनिया देखिन सक्छ । अस्पताल क्षेत्रमा भएका जीवाणुका कारणले गर्दा
हुने भएकोले यसलाई रोक्न त्यत्ति सजिलो छैन । रोग प्रतिरोधात्मक क्षमता
कम भएका व्यक्तिहरू जस्तै , मधुमेहका बिरामी, HIV/AIDS सङ्क्रमितहरू अङ्ग
, प्रत्यारोपण गरिएका व्यक्तिहरू क्यान्सरका बिरामी र स्टेरोइड औषधि सेवन
गरिरहेका बिरामी आदिमा न्युमोनिया चाँडै लाग्दछ । त्यस्तै धुम्रमान र
मदिरा अत्यधिक सेवनले पनि न्युमोनिया हुन सक्दछ ।
मानव शरीरमा एक जोडी फोक्सो हुन्छ । एउटा दाहिने पट्टि र अर्को देब्रे
पट्टि । दाहिने फोक्सो देब्रेभन्दा ठूलो र अलि गह्रुँगो हुन्छ त्यस्तै
दाहिने फोक्सोमा छिर्ने श्वास नली छोटो , ठाडो र फराकिलो हुन्छ ।
फोक्सोका पनि खण्डहरू हुन्छन् । दाहिनेमा ३ वटा खण्ड हुन्छ भने देब्रेमा
२ वटा खण्ड हुन्छ । न्युमोनियाले गर्दा फोक्सोको कुनै खण्ड (Lobe) को
कुनै भागमा मात्र खराबी हुन सक्छ, कुनै एक खण्ड पूरै र एक वा बढी खण्ड
पनि खराब हुन सक्छ जसलाई (Lobar pneumonia) लोबार न्युमोनिया भनिन्छ ।
फोक्सोका कुनै खण्डको सँगसँगै श्वास नलीका भागहरू (Bronchi &
Bronchiolvs) पनि सङ्क्रमित भएमा ब्रोङ्को न्युमोनिया (Broncho
pneumonia) भनिन्छ ।
अझ विशेष गरेर अचेत बिरामी तथा बच्चाहरूमा पेटको खानेकुरा सर्किएर श्वास
नली हुँदै फोक्सोसम्म पुग्दछ । पेटको खाने कुरा सँगै ग्यास्ट्रिक एसिड
पनि फोक्सोमा पुग्ने हुँदा फोक्सोको कोषहरूमा क्षति पुग्न गई खतरनाक
किसिमको न्युमोनिया हुन सक्दछ । जसलाई एस्पिरेसन न्युमोनिया (Aspiration
pneunonia) भनिन्छ । त्यसैले वान्ता गर्दा सर्किन सक्ने, खानेकुरा खाँदा
बोलेमा सर्किन सक्ने भएकोले होशियार हुनु जरूरी छ ।
<B>लक्षणहरू</B>
बिरामीको उमेर, रोग प्रतिरोधात्मक क्षमता र न्युमोनिया गराउने जीवाणु
अनुसार लक्षणहरू फरक फरक हुन्छन् । व्याक्टेरियाले गर्ने न्युमोनियामध्ये
पनि Streptococcus प्रजाति अति प्रमुख जीवाणु हो र यसले पहिले नै भाइरल
इन्फेक्सन भइसकेको व्यक्तिलाई बढी सताउने गर्दछ । यसको इन्फेक्सन हुँदा
बिरामीको शरीरको तापक्रम छोटो समयमा नै हृवात्तै बढ्छ । कहिलेकाँही ३९
दशमलव ५ डिग्री सेन्टिग्रेडसम्म पुग्छ । छाती एकदम दुख्छ र लगातार सुख्खा
खोकी लाग्छ । केही घण्टामा नै बिरामी सिकस्त हुँदै जान्छ । केही दिनपछि
खकार -पहेलो आउन थाल्छ र पछि गएर खैरो रङको खकार आउन थाल्छ । सँगगँगै
बिरामीको शरीरभरि डाबर आउन थाल्छ । बिरामीले छिटो -छिटो र छोटो छोटो सास
फेर्न थाल्छ ।
फोक्सोका कोषहरू सुन्निएर हावा भरिने क्षेत्रहरू थुनिने हुनाले बिरामीले
सास फेर्दा फोक्सो सङ्क्रमित भएको पट्टी छाती फुल्दैन । यसरी फोक्सोले
पाउनुपर्ने जति अक्सिजन नपाएपछि शरीरमा पनि अक्सिजनको कमी हुन थाल्दछ र
त्यसलाई पूर्ति गर्न बिरामीले छोटो -छोटो र छिटो-छिटो सास लिनुपर्ने
हुन्छ ।
<B>उपचार</B>
बिरामीको अवस्थाअनुसार उपचार पद्धति फरक फरक हुन्छ । केहीलाई अस्पताल
भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ । अवस्था
सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ । सास
फेर्न कठिनाई भइरहेको छैन र बिरामीको खोकीका खैरो रङको खकार आइरहेको छ
भने बिरामीले मास्क लगाउन जरूरी छ । त्यस्तै मुख र छालाको सरसफाइमा पनि
ध्यान दिनुपर्छ । पर्याप्त पानी पिउनुपर्छ , ज्वरो र छातीको दुखाइका लागि
औषधि लिनुपर्दछ ।
समयमै उपचार नगरे बिरामीको स्वास्थ्य अत्यन्त बिग्रने हुँदा माथि उल्लेख
गरिएका लक्षणहरू देखिने वित्तिकै अस्पताल जानु बुद्धिमानी हुन्छ ।

सुशील रिजाल 'अभिनव' - काठमाडौँ युनिभर्सिटि मेडिकल स्कुल
[<A href="www.gorkhapatra.org.np.yubamanch>युवामञ्चबाट</A>]

डिएनए यस्तो जैवरसायनिक अणु हो जसले पुर्खाको गुण सन्तानमा सार्दछ । यो
अणु जीवकोषको केन्द्रीय भाग अर्थात न्यूक्लेसभित्र रहेको हुन्छ ।
अमेरिकाको विस्कोसिन विश्वविद्यालयका वैज्ञानिकहरूले डिएनए अणु प्रयोग
गरेर अत्यधिक क्षमताको कम्प्युटर निर्माण गरेका छन । यही कम्प्युटरलाई
डिएनए कम्प्युटर भनिन्छ । वैज्ञानिकहरूका अनुसार एक ग्राम डिएनएमा खरबौं
सिडि रोम भित्र अट्ने सुचनाहरू संकलित गर्न सकिन्छ । डिएनए कम्प्युटरमा
एक विशेष रूपमा डिजाइन गरिएको इन्जाइमको प्रयोग गरिएको छ, जसको मद्दतमा
गणितीय समस्याहरू पनि समाधान गर्न सकिन्छ ।
अमलामा गेलेटटेनेट भनिने पोलिफिनोलिक यौगिक धेरै मात्रामा हुन्छन । ती
रासायनिक पदार्थहरूको असर स्वरुप जिब्रो केही छिनका लागि खुम्चिन पुग्छ र
जिब्रोमा रहेका स्वाद ग्रन्थीहरूले समेत चेतना हराउँदछ । पानी खाँदा ती
पर्दाथहरू पखालिएर जान्छ र हामीलाई गुलियो स्वादको अनुभूति गराउँदछन ।
दाँतको सबभन्दा भित्र पल्प क्याभिटी, बीचमा डेन्टाइन र बाहिर इनामेल
हुन्छ । दाँत कुडिनुसित सम्बन्धित तह इनामेल हो । यसमा खासगरि क्याल्सियम
सहित अन्य खनिज पर्दाथहरू पाइन्छन । इनामेल एमेलोवास्ट भन्ने एक प्रकारको
कोषहरूबाट बनेको हुन्छ र यसको मुख्य काम डेन्टाइनलाई जोगाउनु हो । अमिलो
खाँदा अमिलोमा भएको साइट्रिक अम्लले इनामेलको लेपलाई असर पुऱ्‍याइदिन्छ ।
जसले गर्दा डेन्टाइनमा असर पुग्दछ । यसैलाई हामी कुडिएको भन्दछौँ ।
हाम्रो मुखभित्र तीन जोडी ऱ्‍यालका ग्रन्थीहरू हुन्छन : एक जोडी कान
नजिक, एक जोडी जिब्रो मुनि र अर्को तल्लो बङ्गारा मुनि । यी ग्रन्थीहरू
यान्त्रिक तरिकाबाट संचालन हुदैनन् । यिनीहरूको मस्तिष्कसित सीधा सम्पर्क
रहेको हुन्छ । यसकारण मस्तिष्कले कुनै कुराको अनुभूति पाएपछि त्यसको असर
ग्रन्थीमा पर्छ र त्यसबाट मुखमा रस (ऱ्‍याल) निस्कन्छ ।

सुपरसोनिक गति के हो ?

Posted by Om Bhandari On 5:08 PM
हावामा ध्वनिको गति ३४० मिटर प्रतिसेकेन्ड रहेको हुन्छ । जब कुनै विमान
प्रतिसेकेन्ड ३४० मिटर भन्दा बढी गतिमा उड्छ तब त्यो विमानको गतिलाई
सुपरसोनिक गति भनिन्छ । अर्थात ध्वनिको सीमा तोड्ने गति भनिन्छ ।
सुपरसोनिक जेट विमानले मानवले सहन कठिन पर्ने हदको विस्फोटक आवाज पैदा
गर्छ । तर यो आवाज विमान पर पुगेपछि मात्र सुनिन आउँछ । यसो हुनुको कारण
सुपरसोनिक विमानको गति ध्वनिको भन्दा बढी भएकोले हो ।

के हो रक्त समूह ?

Posted by Om Bhandari On 8:10 AM
सबैको रगत रातो नै हुन्छ । तर, त्यही रातो रगत कसैलाई दान दिन मिल्छ त
कसैलाई मिल्दैन, किन ? त्यसैगरी निश्चित समूहको रगत मात्रै निश्चित
समूहका व्यक्तिले लिन मिल्छ । यद्यपि कसै-कसैको रगत सबैलाई दिन मिल्छ भने
कसै-कसैले जो सुकैको रगत लिन मिल्छ ।
रक्त समूह वंशाणुगत हुन्छ । तपाईको रक्त समूह तपाईको जैविक आमा-बाबुको
रक्त समूहमा भर पर्छ । रगतमा पाइने एन्टिजिन नामक तत्वका आधारमा
मानिसहरूको रक्त समूह वर्गीकरण गरिएको हुन्छ । हुन त रक्त समूहहरू थुप्रै
हुन्छन । तर, प्रचलित 'एबिओ'(ABO) रक्त समूह प्रणालीअनुसार मानिसहरूको
रक्त समूह ४ किसिमका हुन्छन : ए, बी, एबी र ओ ।
हाम्रो रगतमा एन्टिजिनको अलावा एन्टिबडी नामक तत्व पनि हुन्छ, जसले आफ्नो
रगतमा भएको बाहेकका एन्टिजिनहरूको प्रतिवाद गर्ने काम गर्छ । 'एबीओ' रक्त
समूह प्रणालीमा रगतमा ए र बी एन्टिजीनहरूको उपस्थितिका आधारमा रगतलाई चार
समूहमा बाँडिएका छन् । रगतमा एन्टिजिन ए वा बी हुनसक्छ, वा दुवैहुनसक्छ
वा दुवै नहुनसक्छ । एन्टिजिन ए मात्र भएको रगतलाई ए रक्त समूह, एन्टिजिन
बी मात्र भएको रगतलाई बी रक्त समूह, दुवै एन्टिजिनहरू भएको रगतलाई एबी
रक्त समूह र दुवै एन्टिजिनहरू नभएको रगतलाई ओ रक्त समूहमा बिभाजन गरिएको
छ ।
तथ्य के हो भने, ए रक्त समूहको रगतमा बी एन्टिजिनको प्रतिवाद गर्ने
एन्टिबडी हुन्छ भने बी रक्त समूहको रगतमा ए एन्टिजिनसँग प्रतिवाद गर्ने
एन्टिबडी हुन्छ । त्यसैगरी एबी रक्त समूहको रगतमा कुनैपनि एन्टिजिनसँग
प्रतिवाद गर्ने एन्टिबडी हुदैँन भने ओ रक्त समूहको रगतमा ए र बी दुवै
एन्टिजिनहरूसँग प्रतिवाद गर्ने एन्टिबडी हुन्छ । आफ्नो रगतमा नभएको
एन्टिजिन भएको रगत लिनु खतरनाक हुनसक्छ किनभने उक्त बाहिरी रगतमा भएको
एन्टिजिनलाई आफ्नो रगतमा भएको एन्टिबडीले आक्रमण गर्छ । सरल भषामा भन्दा
रगत लेनदेन गर्दा रगत एउटै समुहको हुनुपर्दछ ।
तर एबी रक्त समूहको रगत भएका व्यक्तिहरूले जुनसुकै रक्त समूहको रगत लिन
सक्छन किभने एबी रक्त समूहको रगतमा अरू रक्त समूहका रगतहरूमा हुने
एन्टिजिनको प्रतिवाद गर्ने कुनै एन्टिबडी हुदैन । तर, यस्तो रगत भएका
व्यक्तिहरूले सोही रक्त समूहको रगत भएका व्याक्तिहरूलाई मात्र रगत दिन
मिल्छ । त्यसैगरी, ओ रक्त समूहको रगत भएका व्यक्तिहरूले जुन सुकै रक्त
समूहको रगत भएका व्यक्तिहरूलाई पनि रगत दिन सक्छन किनभने यस्तो रगतमा ए र
बी एन्टिजिन दुवै हुदैन, जसको कारण रगत लिने व्यक्तिको रगतमा भएका
एन्टिबडीहरूले कुनै पनि एन्टिजिनलाई प्रतिवाद गर्नुपर्ने अवस्था नै रहन्न
। तर , ओ रक्त समूह भएका व्यक्तिहरूले भने ओ रक्त समूह भएका व्यक्तिहरूले
भने ओ रक्त समूहकै रगत लिनुपर्ने हुन्छ ।
  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु