प्यारासुटको आविष्कार हवाईजहाजबाट जमिनमा ठीक ढंगले विना कुनै चोटपटक ओर्लनको लागि भएको थियो । तर आज सुरक्षित रुपले हतियार, औजारहरू तथा अन्य सामानहरू एक ठाउँबाट अर्को ठाउँमा पुऱ्‍याउन पनि प्यारासुटको प्रयोग गर्न थालिएको छ ।


प्यारासुट नाइलनबाट बनाइन्छ । यसको औसत चौडाइ ७ देखि ९ मिटर सम्म हुन्छ ।


प्यारासुटको कार्यपद्धति निकै नै सरल छ । खसिरहेको कुनै वस्तुमा दुईथरि बलहरूले एक साथ काम गर्छन: एउटा हावाको प्रतिरोधको बल र अर्को गुरुत्वाकर्षण बल । गुरुत्वाकर्षण बलले वस्तुलाई तेज गतिमा तलतिर तान्छ भने हावाको प्रतिरोधले त्यस वस्तुलाई तेज गतिमा खस्नबाट रोक्छ । यदि खसिरहेको वस्तुको गति कम छ भने हावाको प्रतिरोध भन्दा गुरुत्वाकर्षण बलको प्रभाव वस्तुमा अधिक हुन्छ । जब वस्तुको गति बढ्न थाल्छ, त्यसको गति सँगसँगै हावाको प्रतिरोध पनि बढ्दै जान्छ । यही क्रममा वस्तुको गति त्यो सीमासम्म बढ्न सक्छ, जहाँ गुरुत्वाकर्षण बल र हावाको प्रतिरोध बराबर हुन्छ । त्यस पछि सो वस्तुको गति स्थीर हुन्छ ।


चौडाइ कम भएको वस्तुहरूमा भन्दा चौडाइ बढी भएको वस्तुहरूमा हावाको प्रतिरोध बढी हुन्छ । त्यसैले त्यस्ता वस्तुहरू चाँडै स्थीर गतिमा पुग्छन । प्यारासुट खुल्ने वित्तकै त्यसको चौडाइ बढ्ने हुनाले चाँडै स्थीर गतिमा पुग्छ र सुरक्षित रुपमा जमिनमा खस्छ ।

Categories:

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु