तपाईं हामीले देखिरहेकै कुरा हो, डाक्टरले बिरामीको जाँच गर्दा मुटुको चाल पनि नाप्ने गर्छ । विशेष गरेर हातको नाडी छामेर डाक्टरले मुटुको गति जाँचिरहेको हुन्छ । मुटुको गतिबाट पनि मानिस स्वस्थ छ कि छैन भन्ने कुरा थाहा पाउन सकिन्छ । स्वभाविक रूपमा जिज्ञासा उठ्न सक्छ, स्वस्थ मानिसको मुटुको गति चाहिँ कति हुनुपर्छ ? यसको उत्तर यति नै भनेर भन्न गाह्रो छ । किनभने यो मानिसपिच्छे फरक पर्न सक्छ । त्यसै गरी मानिसको उमेर , उनको शरीरको अवस्था, उसले गरेका क्रियाकलाप, उसको मानसिक
अवस्था लगायतका पक्षहरूमा पनि यो कुरा निर्भर गर्दछ । सामान्यतः एक मिनेटमा ७२ देखि ८० सम्म मुटुको गतिलाई सामान्य मान्ने गरिन्छ । अझ पुरूषहरूमा प्रतिमिनेट ७० र महिलाहरूमा ७५ प्रतिमिनेटलाई मुटुको औसत चाल निर्धारण गरिएको छ । मानिसपिच्छे मुटुको चाल फरक हुने भएकोले प्रतिमिनेट ६० देखि १०० सम्मको मुटुको चाललाई अवस्था हेरी सामान्य मान्ने गरिन्छ ।
अवस्था लगायतका पक्षहरूमा पनि यो कुरा निर्भर गर्दछ । सामान्यतः एक मिनेटमा ७२ देखि ८० सम्म मुटुको गतिलाई सामान्य मान्ने गरिन्छ । अझ पुरूषहरूमा प्रतिमिनेट ७० र महिलाहरूमा ७५ प्रतिमिनेटलाई मुटुको औसत चाल निर्धारण गरिएको छ । मानिसपिच्छे मुटुको चाल फरक हुने भएकोले प्रतिमिनेट ६० देखि १०० सम्मको मुटुको चाललाई अवस्था हेरी सामान्य मान्ने गरिन्छ ।हामी चलखेल गरेको अवस्थामा भन्दा सामान्य अवस्थामा रहँदा मुटुको गति कम भएको हुन्छ । शारीरिक श्रम हुने काम वा खेलकूद गर्दा स्वभाविक रूपमा मुटुको गति निक्कै तेज हुने गर्छ । तर केही समयको विश्रामपछि त्यो पूर्ववतः सामान्य अवस्थामा आइपुग्छ । उमेरअनुसार मानिसको मुटुको चाल पनि फरक फरक हुने गर्छ । भर्खरै जन्मेको बच्चाको मुटुको गति प्रतिमिनेट १३० देखि १५० सम्म हुन्छ । त्यसै गरी शिशु अवस्थामा प्रतिमिनेट १०० देखि १३० र अलि हुर्केको बच्चाको मुटुको चाल प्रतिमिनेट ९० देखि ११० सम्म हुने गर्छ । किशोरावस्थामा मुटुको चाल प्रतिमिनेट ८० देखि १०० सम्म हुने गर्छ । वृद्धावस्थामा वा ६० नाघेका मानिसहरूमा पनि मुटुको चाल निक्कै तीव्र हुने गर्छ । एक तथ्याङ्कअनुसार सो उमेर समूहमा प्रतिमिनेट ८० देखि १२० सम्म पनि हुने गर्छ । रमाइलो कुरा के छ भने सामान्य अवस्थामा खेलाडीहरूको मुटुको गति औसतभन्दा कम हुने गर्छ । त्यसै गरी विभिन्न खाले औषधिका कारण पनि कतिपय औषधि सेवन गरिरहेका व्यक्तिहरूको मुटुको चाल औसतभन्दा कम हुनसक्छ ।
औसत रूपमा मानिसको मुटुको गतिलाई प्रतिमिनेट ७५ मान्ने हो भने एक घण्टामा यो ४५०० पटक धड्कन्छ । त्यसै गरी एक दिनमा १०८ ,००० पटक र एक वर्षमा करीब ३९,४२०,००० पटक धड्कने गर्छ ।






0 प्रतिकृयाहरू:
Post a Comment
तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।