तपाईं

हामी धेरैले गौँथली देखेका छौं, चिनेका छौं । धेरैले याद पनि गर्नु भएको छ होला- यो चरा केही समयको लागि मात्र देखिने गर्छ र पछि आफै हराएर जाने गर्छ । किन यो चरा केही समयको लागि मात्र देखिने गर्छ - अरु बेला यो चरा कहाँ जान्छ त - तपाईं-हामीमध्ये धेरैको मनमा यो प्रश्न स्वभाविक रुपमा उठ्ने गर्छ । वास्तवमा संसारमा यस्ता धेरै प्राणीहरु छन् , जो केही समयको लागि मात्र एक ठाउँमा बस्ने गर्छन् । यिनीहरु एक ठाउँबाट अर्को ठाउँ यात्रा गरिरहेका हुन्छन् । विशेष गरेर यिनीहरु एउटा समूह बनाएर लामो याanimal-pictures.jpgत्रा गर्ने गर्छन् । कोही खानाको खोजीमा यात्रा गर्ने गर्छन् , कोही जाडोबाट बच्नका लागि यात्रा गर्ने गर्छन् । माछाहरु भने आफ्नो बच्चा जन्माउनका लागि सफा पानीको खोजीमा यात्रा गर्ने गर्छन् ।


एक अध्ययनअनुसार उनीहरु बसिरहेको ठाउँमा दिन कम हुने भएकोले उनीहरु यात्रा गर्ने गर्छन् । विशेष गरेर भूमध्यरेखामा दिन केवल बाह्र घन्टा मात्र हुने भएकोले त्यहाँ बस्ने चराहरु अरु ठाउँमा यात्रा गर्ने गर्छन् । मूमध्यरेखाभन्दा माथि गर्मीको बेला दिनको लम्बाई करिब १४ देखि १६ घन्टासम्म हुने गर्छ । अर्को एक अध्ययनका अनुसार ध्रुवीय क्षेत्रमा बस्ने चराहरु भने चिसो मौसममा अत्यन्त जाडो हुने भएकाले तातो ठाउँको खोजीमा यात्रा गर्ने गर्छन् । यसरी विभिन्न चराहरुको यात्रा गर्नुको उद्देश्य र कारणहरु फरक फरक हुने गरेको छ । जनावरहरु पनि मौसम अनुसार वासस्थान र खानाको खोजीमा बसाइँसराइ गर्ने गर्छन् । त्यसैगरी, माथि पनि भनियो, माछाहरु पनि बसाइँसराइ गर्ने गर्छन् । तर जनावरभन्दा पनि धेरै बसाइँसराइ गर्ने जीवमा चाहिँ चराहरु नै पर्दछन् ।त्यसरी एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गर्दा उनीहरु सधैं एकै बाटोमा यात्रा गर्ने गर्छन् । यात्रा गर्दा यिनीहरुले आफ्नो गन्तव्यको दिशा कसरी पत्ता लगाउँछन् भन्नेबारे धेरै वैज्ञानिक अध्ययनहरु भएका छन् । ती अध्ययनहरुबाट पत्ता लागेअनुसार चराहरु दिनमा सूर्यको मद्दतले बाटो पत्ता लगाउँछन् । रातमा भने ताराको मद्दत लिने गर्छन् । यति मात्र होइन , उनीहरु हावाको बहावको मद्दतले पनि आफ्नो वासस्थान पत्ता लगाउने गर्छन् । वैज्ञानिकहरु अझै पनि यसबारे सही र ठोस तथ्य थाहा पाउन विस्तृत रुपमा अध्ययन गरिरहेका छन् ।

Categories:

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु