तालु खुइलिएको मान्छे बुद्धिमान हुन्छ, धनी हुन्छ भनेर, तालु खुइलिनु सान भन्न खोजे पनि तालु


खुइलिएको कसैलाई मन पर्दैन । कपाल झर्नु एक समस्या हो । यसका कारणहरु धेरै छन् ।


एउटा कारण त उमेर पाको हुँदै गएको व्यक्तिको तालु खुइलिनुलाई स्वभाविक मानिन्छ यसलाई


चिन्ताको विषय मानिदैन । जीवन रस (यसलाई अंग्रेजीमा हार्मोन भन्दछन् को कमीले पनि कपाल


झर्न सक्छ, जस्तो थाइराइड ग्रन्थीबाट निस्कने थायरोक्सीन भन्ने जीवन रसको कमी भयो भने वा


ग्रन्थीको राजा, पिटयूटरी ग्रन्थीबाट निस्कने रसको कमी भयो भने, मृगौला माथि रहने एड्रनल


ग्लाण्डमा ट्यूमर भयो भने इत्यादि ।


रोग लागेर जस्तो टाइफाइड ज्वरो, भिरंगी, कुष्ठ रोग इत्यादि भएर, धेरै घाममा काम गर्नाले,


क्यान्सर रोग निको पार्न लिएको औषधिहरुबाट इत्यादि । दाद भन्ने फंगसको संक्रमणबाट अथवा


कुनै घाउ भएर आगोले जलेर, खटिरा भएर, छालाको क्षयरोग भएर पनि कपाल झर्न सक्छ ।


कपाल झर्ने वा खुइलिनुमा बंशानुगत कारणको ठूलो भूमिका रहेको हुन्छ । यदि वंशानुगत कारणले


भएको रहेछ भने चिकित्सकको सहयोगले पनि खुइलिने क्रम रोकिन गाह्रो हुन्छ । घर्षणले पनि


कपाल खुइलिन सक्छ । एलोपेसिया एरिएटा भन्ने रोगमा त झन अचम्म तरिकाले एक्कासी कपाल


खुइलिन्छ । झन एलोपेसिया टोटालिसमा त पुरै तालु नै चिण्डो हुन्छ । आँखीभौको कपाल समेत


झर्छ । भाग्यवश नेपालमा यो रोग कमै देखिन्छ ।


कपाल झर्न कम पार्ने उपायहरु


रोगको कारण मात्र व्याख्या गरेर चिकित्साको बारेमा चर्चा नगर्दा नैराश्य हुन्छ । एलोपेसियाको


रामवाण चिकित्सा भने छैन । तर, कपाल झर्न कम गर्न अथवा कपाल झर्ने अवस्था आउन नदिन


धेरै किसिमको प्रक्रिया अपनाउन सकिन्छ । एकदम जोडले बुरुस लगाउने वा मालिस गराउने


इत्यादि प्रक्रियाले झन कपाल झर्छ । दिनहुँ नुहायो भने कपाल झर्छ भन्नु ठीक होइन । कपाल


फोहोर भयो भने कपाल झर्छ । त्यसैले कपाल दिनहुँ सफा गर्नु नै उपयुक्त हुन्छ । स्याम्पु वा साबुन


बदली बदली लगाउनु भन्दा एउटै किसिमको उपयुक्त हुने साबुन वा स्याम्पु प्रयोग गर्नु पर्दछ ।


कपालमा जुम्रा पर्न दिनु हुँदैन । एक त जुम्राले कपालको जरालाई कमजोर बनाइदिन्छ भने अर्को


कपाल धेरै कन्याउँदा घर्षणले गर्दा पनि कपालको जरा कमजोर हुन जान्छ । त्यस्तै कपालमा चायाँ


पर्न दिनु हुँदैन । कपालमा चायाँ परेमा सेलसन स्याम्पुले दिनमा एक चोटी कपाल नुहाउनु पर्दछ ।


अर्काको काइयो प्रयोग गर्नु हुदैन । डण्डीफोर, चायाँ र कपाल झर्ने प्रक्रिया साधारणतया तीन वटै


सँग सँगै देखिने गरेको छ । यी रोगको चिकित्सा एकैसाथ गर्नु पर्दछ । कपाल सफा गरेर तोरीको


तेल वा नरीवलको तेल लगाउने अभ्यासबाट पनि धेरैलाई फाइदा भएको देखिएको छ । दुई तीन


चोटी १५-१५ दिनको अन्तरमा कपाल खौरिएर लाभान्वित हुनेहरु पनि धेरै देखिएका छन् । यसो गर्दा


विज्ञान लेखमाला÷अंक ३५४ साउन २०६७


ज्ञज्ञ


नयाँ कपालको जरा बलियो हुन्छ । तर, त्यो समयको अन्तरालमा पौष्टिक आहारको भने कमी हुन


दिनु हुन्न । कपालको स्वास्थ्यको लागि पौष्टिक आहारको ठूलो भूमिका रहेको हुन्छ । पौष्टिक तत्वको


कमीले पनि कपाल कमजोर हुने, एउटा कपाल दुइ भागमा छुट्टिन सक्ने इत्यादि हुन्छ । प्रोटिन,


भिटामिन तथा फलाम जस्ता तत्वहरु कपालको स्वास्थ्यको लागि महत्वपूर्ण हुन आउँछ । कपाल धेरै


चलाउने वा चिन्ताले कपाल तान्ने बानी छोड्नुृ पर्दछ । केटोकटीको कपाल तानातानको खेललाई


पनि प्रश्रय दिनु हुँदैन । कुन रोगबाट कपाल झर्न थालेको हो भन्ने कुरा पत्ता लगाउन सकिएमा


उपचार हुन सक्ने हुनाले चिकित्सकको सल्लाह लिनु आवश्यक देखिन्छ ।


- अच्युत शर्मा


(विज्ञान लेखामालाबाट)

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु