मोवाइलसोखले होस या आवश्यकताले, मोबाइल फोन बोक्ने प्रतिस्पर्धा नै चलेको छ । तर हाम्रो हरपलको साथी मोबाइलको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । मोबाइल फोनको बढी प्रयोग गर्दा मस्तिष्क घात (ब्रेन ह्यामरेज), हृदयघात, ब्रेन ट्यूमर, क्यान्सर लगायत विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्न सक्ने चिकित्सकहरुको दाबी छ ।


ज्ञघ मोबाइल मुटु रोगीका लागि त अझ सबैभन्दा बढी हानिकारक छ । नर्भिक अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भरत रावतको भनाई अनुसार मुटुमा पेस मेकर राखेका बिरामीले त मोबाइल प्रयोग गर्न नहुने बताउँछन् । मोबाइल फोन टाउकोको अति नजिकै राखेर प्रयोग गरिन्छ । एक सेन्टिमिटरसम्म नजिकै राखेर प्रयोग गर्दा यसले टाउकामा कोषहरुमा सामान्य असर गर्छ तर यो धेरै हानिकारक हुंदैन । मोबाइल संचालन हुंदा उत्पन्न हुने रेडियो फ्रिक्वेन्सी शक्ति शरीरले शोषण गर्छ र शरीरमा ताप उत्पन्न गर्छ । यसले पनि शरीरका कोषलाई हानि गर्छ, रेडियो फ्रिक्वेन्सीको प्रभाव शरीरका धेरै अंगमा परिरहेका अवस्थामा यसको असर पनि बढी छ । खास गरी मोबाइल फोन टाउकोमा नजिकै राखेर लामो समय प्रयोग गर्दा स्वास्थ्यमा त्यसको असर परेको अनुसन्धानबाट पाइएको छ । मोबाइलले मानव स्वास्थ्यलाई असर गर्छ, त्यसैले अस्पतालको इन्टेन्सिभ केयर युनिट (आई.सी.यू मा मोबाइल फोन प्रयोग गर्न पाइदैंन । यदि मोवाइलले केही असर नगर्ने हो भने हामीहरुले आइसियू कक्षमा पनि प्रयोग गर्न पाइथ्यो होला । हवाईजहाज भित्र पनि मोबाइलको प्रयोग गर्दा यान्त्रिक गडबडी हुन सक्छ, जहाजको उडानलाई समेत प्रभावित गर्ने मोबाइलले मान्छेलाई त्यत्तिकै छाड्थ्यो किन ?


मोबाइलको प्रयोगले मात्र होइन, घरका छानामा राखिएका बेस स्टेशनले पनि स्वास्थ्यमा असर गर्ने विज्ञहरुको दाबी छ । मोबाइल टावर नजिकैको घरको छतमा बस्न हानिकारक हुन्छ । टावरको नजिकै बालबालिका खेल्ने पढने ठाउँ छ भने ख्याल गर्न चिकित्सकहरुको सुझाव छ । बेस स्टेशन कम पावर भएको रेडियो एन्टेना हो । यसले मोबाइल प्रयोगकर्तामा सञ्चार गर्छ । बेस स्टेशनबाट प्रशारण हुने रेडियो फ्रिक्वेन्सी उपभोक्ताले प्रयोग गर्ने मोबाइलसम्म पुग्छ र मोबाइल सेटबाट रेडियो फ्रिक्वेन्सी एन्टेना हुंदै अर्को मोबाइल प्रयोगकर्तासम्म पुग्छ । यसरी प्रशारण हुने रेडियो फ्रिक्वेन्सीले मानिसको स्वास्थ्यमा असर पार्ने कुरा नै अहिले संसारभरी वादविवादको विषय बनिरहेको छ । अहिलेको मोबाइल सिस्टम ८ सय देखि १८ सय मेगाहर्ज को फ्रिक्वेन्सीमा संचालन हुन्छ । यो फ्रिक्वेन्सीलाई कतिपय मानिसले एक्सरे अथवा गामा-रे ले जस्तै शरीरलाई हानी पु¥याउंछ भनिरहेका छन ।


मोबाइल फोनको प्रयोगले स्वास्थ्यमा असर पार्छ भन्ने विश्वव्यापी बहस हुन थालेपछि विश्व स्वास्थ्य संघले अध्ययनका लागि इलेक्ट्रोम्याग्नेटिक फिल्ड प्रोजेक्ट नै स्थापना गरेको छ । यस परियोजनाले मोबाइलबाट जनस्वास्थ्यमा पार्ने असरका बारेमा अध्ययन गरिरहेको छ । १० वटा भन्दा बढी देशमा मोबाइलको प्रयोगले स्वास्थ्यमा पार्ने असर खासगरी क्यान्सरका बारेमा


अध्ययन भइरहेको छ । मोबाइल फोनको प्रयोगले टाउको र घांटीको क्यान्सर हुने सम्बन्धमा क्यान्सर विशेषज्ञहरुको टोली सम्मिलित भएर अध्ययन भइरहेको छ । विश्व स्वास्थ्य संघले मानिसहरुलाई रेडियो फ्रिक्वेन्सीको असरबाट बच्न केही आधारपत्र तयार गरेको छ ।


मोबाइल फोनको अर्को बैगुन छ, त्यो हो, सवारी दुर्घटना । मोबाइलको हयाण्ड सेट प्रयोग गरेर होस या ह्याण्डस फ्री किट प्रयोग गरेर, सवारी चलाउंदै मोबाइल प्रयोग गर्दा ट्राफिक दुर्घटनाको सम्भावना बढ्दै गएको छ । वैज्ञानिकहरुले मोबाइलबाट लाग्ने रोगबाट बच्न लामो कुरा गर्ने प्रवृत्ति छोटयाउन सुझाव दिएका छन ।


- यामप्रसाद पौड्याल (यमन)


(बिज्ञान लेखमालाबाट )

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु