डबल पार्ट फिल्म खिच्दा क्यामेरा संचालकले क्यामेराको लेन्सलाई आधा छोपिदिएको हुन्छ । यस्तो गरिदा रिलको आधा एकातिर मात्रै दृश्य भरिन्छ । त्यसपछि अर्को दृश्यमा फिल्म खिच्न रिललाई उल्टोतिर घुमाइन्छ जसलाई रिवर्स गरिनु भनिन्छ । र लेन्सको अर्को आधा भाग छोपि फिल्म खिचिन्छ । यसरी खिचिएको दृश्यहरु कम्प्युटरको सहताले मिलाई हेरिनयोग्य एउटै मानिसको दोहोरो भूमिका भएको चलचित्रको निमार्ण गरिन्छ ।
चलचित्रहरुमा दोहोरो भूमिका (डबल पार्ट) कसरी देखाइन्छ ?
डबल पार्ट फिल्म खिच्दा क्यामेरा संचालकले क्यामेराको लेन्सलाई आधा छोपिदिएको हुन्छ । यस्तो गरिदा रिलको आधा एकातिर मात्रै दृश्य भरिन्छ । त्यसपछि अर्को दृश्यमा फिल्म खिच्न रिललाई उल्टोतिर घुमाइन्छ जसलाई रिवर्स गरिनु भनिन्छ । र लेन्सको अर्को आधा भाग छोपि फिल्म खिचिन्छ । यसरी खिचिएको दृश्यहरु कम्प्युटरको सहताले मिलाई हेरिनयोग्य एउटै मानिसको दोहोरो भूमिका भएको चलचित्रको निमार्ण गरिन्छ ।
रेडियो कार्बन भनेको के हो ?
वैज्ञानिकहरुका अनुसार अन्तरिक्षका टाढा टाढाका ठाँउहरूबाट पृथ्वीमा लगातार शक्तिशाली अन्तरिक्ष किरण (cosmic ray) हरू वर्षिरहेका छन् । ती किरणहरू सबै दिशाबाट पृथ्वीमा वर्षिरहेका छन । अन्तरिक्ष किरण पृथ्वीमा वर्षिदा वायुमण्डलसंग ठोक्किन पुग्छ र त्यहाँ अत्यन्त शक्तिशाली ऊर्जाको निर्माण हुन्छ । यो ऊर्जालाई प्राथमिक अन्तरिक्ष किरण भनिन्छ ।
अन्तरिक्ष किरण जब वायुमण्डलसंग ठोक्किन पुग्छ तब यस किरणमा रहेको तिव्र गतिमानको न्युट्रोनलाई वायुमण्डलमा रहेका केही नाइट्रोजन परमाणुले अत्यधिक तेज गतिमा अवशेषित (आफु संग मिलाउने काम ) गर्छन । न्युट्रोनको अवशेषबाट नाइट्रोजन परमाणुभित्रको एक प्रोटोन उछिट्टिएर बाहिर निस्कन्छ । एउटा प्रोटोन गुमाउने र एउटा न्युट्रोन प्राप्त गर्ने गर्दा पहिलेको नाइट्रोजन परमाणु अब ८ वटा न्युट्रोन भएको कार्बन परमाणुको आइसोटपमा परिणत हुन्छ । किनकि परमाणुभित्रको प्रोटोन संख्याले नै कुन तत्व हो भन्ने कुरो निर्धारण हुन्छ ।
नाइट्रोजन परमाणुमा ७ वटा प्रोटोन हुन्छ । जब यसले एउटा प्रोटोन गुमाउछ तब यो ६ वटा प्रोटोन भएको कार्बन तत्वमा बदलिन्छ । साधारण कार्बनको नाभिकमा ६ वटा प्रोटोन र ६ वटा न्युट्रोन हुन्छ । तर अन्तरिक्ष किरणको कारणले नाइट्रोजन परमाणु कार्बन परमाणुमा बदलिदा यसमा ६ वटा प्रोटोन र ८ वटा न्युट्रोन रहन गएको हुन्छ । त्यसैले यो कार्बनको आइसोटप हो । र यसले लगातार रेडियो विकिरण छर्ने भएकाले यसलाई रेडियो कार्बन भनियो ।
वायुमण्डलमा रेडियो कार्बनको मात्रा साह्रै थोरै रहेको छ । वैज्ञानिकहरूका अनुमानमा, साधारण कार्बन परमाणुको संख्या १० अरब हुन्छ भने रेडियो कार्बनको परमाणुको संख्या एक मात्र रहेको हुन्छ । तै पनि पृथ्वीको वायुमण्डलमा सधैँ करिब १०० टन रेडियो कार्बन रहेको हुन्छ ।
नाइट्रस अक्साइडलाई किन लाफिङ्ग ग्यास भनिन्छ ?
हाइड्रोजन बम के हो ?
सन् १९४५ मा अमेरिकाले जापानको दुइ ठूला शहरहरु हिरोसिमा र नागासाकिमा शक्तिशाली बम खसालेको थियो जसले तत्काल लाखौ मानवको ज्यान लिएको थियो साथै उक्त बम यति सम्म शक्तिशाली थियोकि दशकौ यता आएर आज सम्म पनि त्यहा विभिन्न घातक विकिरणहरु पैदा भइरहेका छन् । उक्त खसालिएको बम थियो - अणु बम (Atom Bomb) । तर यस बम भन्दा पनि २५ हजार गुणा शक्तिशाली बम वैज्ञानिकहरुले निमार्ण गर्न सफल भएका छन जुन बम मानव जातिले निमार्ण गरेको एक मात्र शक्तिशाली अत्याधुनिक हतियार हो । जसलाइ हाइड्रोजन बमका नामले चिनिन्छ ।
हाइड्रोजन बममा अत्याधिक उर्जा निर्माण गर्न फ्युजन प्रकृया अपनाइन्छ । यसमा ट्रिटियम वा ड्युटेरियमजस्ता हाइड्रोजनका आइसोटोपहरु (एकै तत्व तर फरक पिण्ड भएका परमाणुहरु) बिभिन्न अवस्थाहरुका कारण एकै ठाउमा फ्युजन हुन्छ ( गाभिन्छ ) । यसरी फ्युजन भएका दुइ परमाणुहरुको पिण्डको जोडभन्दा गाभिइसकेपछि उत्पादन हुने तत्वको पिण्ड थौरै हुन्छ याने यस प्रक्रियामा केहि पिण्ड नाश हुन पुग्दछन । यसरी हराएको अथवा नाश भएको पिण्ड भोतिकशास्त्रि अल्बर्ट आइन्स्टाइनको समिकरण E=mc^2 अनुशार अत्याधिक उर्जामा परिणत हुन्छ ।
हाइड्रोजन बमले ऊर्जा उत्सर्जन गर्न दुइ चरणहरु पार गर्नु पर्ने हुन्छ । पहिलो, युरेनियम जस्ता अस्थिर परमाणुहरुलाई फिसन प्रक्रियाबाट टुक्राएर अत्याधिक उर्जा उत्पादन गर्नु र दोस्रो, यसरि उत्पादित ऊर्जालाई प्रयोग गरी हाइड्रोजनको आइसोटोपहरु फ्युजन गराइ प्रचुर उर्जा उत्पादन गरिन्छ ।
कार्टुन चलचित्र कसरी बनाइन्छ ?
कार्टुन चलचित्र बालबालिकामा एकदमै लोकप्रिय छ | मिकी माउस, डोनाल्ड डक, टिनटिन, पपया आदि कार्टुन चरित्रहरु विश्वमै प्रख्यात रहेका छन | यस्ता कार्टुन चलचित्रहरु कसरी बन्छन त ? यस्तो जिज्ञासा सबैमा जाग्न सक्छ |सामान्य चलचित्र कलाकारहरूको हाउभाउलाई क्यामेराको मद्दतले छायाङ्कन गरेर निर्माण गरिन्छ । तर कार्टुन चलचित्रहरूमा भने कलाकारको सट्टा चित्रहरूको प्रयोग गरिन्छ । सुन्दा अचम्म लाग्नसक्छ एक सेकेन्डको कार्टुन चलचित्रमा विभिन्न २४ वटा चित्रहरू प्रयोग भएका हुन्छन । ती विभिन्न चित्रहरुलाई एक एक गरी एउटा विशेष प्रकारको क्यामेराले खिचिन्छ । त्यसरी खिचिएका सबै चित्रहरूलाई जोडेर एकै पटकमा देखाउँदा चित्रहरू चलेको भ्रम पैदा हुन्छ ।
यस्ता चलचित्र बनाउँदा चित्रहरूलाई एउटा विशेष प्रकारको टेबल वा स्ट्यान्डमा राखिन्छ । यसलाई एनिमेशन स्ट्याण्ड (Animation Stand) भनिन्छ । त्यो स्ट्याण्डको ठीकमाथि क्यामेरा राखेर त्यसको फोटो खिच्ने काम गरिन्छ । एउटा चित्रका विभिन्न भागहरू भिन्न भिन्न पारदर्शी कागजमा बनाइन्छ । त्यसै कारण कलाकारले त्यो पात्रको हरेक पटक पुरै चित्र बनाउनु आवश्यक पर्दैन । खालि फरक फरक चालहरूको मात्र चित्र बनाइन्छ ।
त्यसरी चित्र तयार भएपनि फोटो खिच्ने बेलामा त्यस पात्रका फरक फरक भागहरूलाई मुख्य चित्र माथि राखिन्छ । यसरी चित्र मिलाएर राख्दा एउटा पूर्ण चित्र बन्छ । पछि पालैपालो ती चित्रहरूलाई क्यामेराले खिचिन्छ र त्यसलाई मिलाएर एउटा सिँगो चलचित्र बनाईन्छ ।
अहिले कम्य्युटरमा भएको विकासले कार्टुन चलचित्र बनाउन झनै सजिलो भएको छ । यस प्रविधिमा चित्रहरूलाई क्यामेराले खिचेर मिलाउनु पर्दैन । त्यसको सट्टा चित्रलाई निर्माण गरिने गरिन्छ । अझ 3D Animation का कतिपय सफ्टवेरहरूको प्रयोग गरेर सोझै कम्य्युटरमा नै कार्टुन पात्रको चित्र तयार गर्न सकिन्छ । अनि त्यसरी तयार पारेको पात्रलाई कम्य्युटर सफ्टवेयरको मद्दतले चलायमान गराएर चलचित्र बनाइन्छ । यसमा पनि प्रतिसेकेण्ड २४ देखि ३० वटासम्म चित्रहरू प्रयोग गरिन्छ । यसरी कम्प्युटरबाट निर्माण गरिने कार्टुन चलचित्रहरू त साँच्चिकै जस्ता देखिन्छन ।
कार्टुन चलचित्रले मनोरञ्जन मात्र हैन, शिक्षा पनि दिन सक्छ । बच्चाहरूले धेरै नै मन पराउने भएकोले विश्वमा कार्टुन चलचित्रको प्रयोग मनोरञ्जनका लागि मात्र नभएर कुनै सन्देश प्रशारण गर्नको लागि पनि हुने गर्छ ।
( Free Download Animation tool , 3D Animation Software Download , Make carton )
अँध्यारोमा वस्तुहरू कसरी चम्किन्छन ?
अँध्यारोमा चम्किने यस्ता वस्तुहरूमा सामान्यत: फोस्फरस नामको रासायनिक पदार्थ राखिएको हुन्छ । यस्ता वस्तुहरूलाई चम्काउनका लागी पहिला प्रकाशमा राख्नुपर्छ । प्रकाशले ती वस्तुहरूमा रहेको फोस्फरसका इलेक्ट्रोनहरूलाई 'उत्तेजित' पार्दछ । इलेक्ट्रोन उत्तेजित हुनु भनेको आफु बसिरहेको कक्ष छोडी माथिल्लो कक्षमा पुग्नु हो । यसरी माथिल्लो कक्षमा पुगेका इलेक्ट्रोनहरू छोटो समयमै आफ्नै कक्षमा नै आफ्नै कक्षमा आइपुग्दछन । यस्तो गर्दा इलेक्ट्रोनहरूले निश्चित फ्रिक्वेन्सीको प्रकाश उत्पादन गर्छन । यसरी उत्पादन भएको प्रकाशको कारणले नै प्लास्टिकका 'ताराहरू' चम्किन्छन ।
वैज्ञानिकहरूले प्रयोगशालामा धेरै प्रकारका फोस्फोरसहरूको निर्माण गरिसकेका छन । तर अँध्यारोमा चम्किने यस्ता वस्तुहरूमा सामान्यत: जिङ्कसल्फाइड वा स्ट्रोन्टियम अल्युमिनेट राखिएका हुन्छन । र, जिङ्कसल्फाइडभन्दा स्ट्रोन्टियम अल्युमिनेट धेरै समयसम्म चम्किरहने हुन्छ ।
अँध्यारोमा चम्कने कुनै कुनै वस्तुहरूमा फोस्फोरसका साथसाथै रेडियमजस्ता रेडियोएक्टिभ तत्वहरू पनि राखिएका हुन्छन । रेडियोएक्टिभ तत्वहरूले थोरै मात्रामा विकिरणहरू उत्पादन गर्छन ( यति थोरै कि यसले मानिसलाई केही हानी गर्दैन ) । यस्ता विकिरणहरूले फोस्फोरसलाई त्यस्तै किसिमले 'चार्ज' गर्छन, जस्तो प्रकाशले गर्छ । त्यसैले रेडियोएक्टिभ तत्व राखिएका यस्ता वस्तुहरू अँध्यारोमा धेरै समयस्म चम्किरहन्छन । यस्ता तत्वहरू खासगरी घन्टौँसम्म चम्किरहनुपर्ने घडीका सुईहरूमा राखिएका हुन्छन ।