हाम्रो शरीरका लागि शक्ति खानाहरूको अक्सिडेसनबाट प्राप्त हुन्छ । यस प्रक्रियाले खानालाई ग्लुकोज र पानीमा परिणत गरिदिन्छ । यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानको लागि साइटोक्रोम अक्सिडेज नामक इन्जाइमले मद्दत पुऱ्याएको हुन्छ । विषसेवनबाट यी इन्जाइमलाई निस्क्रिय तुल्याइदिन्छ र यिनीहरू काम गर्न असक्षम हुन्छन । फलस्वरुप शरीरमा विभिन्न प्रक्रिया सञ्चालन हुन सक्दैनन् र मानिसको मृत्यु हुन्छ ।
लिप सेकेण्ड भनेको के हो ?
Posted by Om Bhandari
On 5:38 AM
समन्वित विश्व समयका आधारमा निर्धारण गरिएको समयलाई बेलाबेलामा सौर्य समयसँग मिलान गर्न आवश्यक हुन्छ । यसरी मिलान गरिने सेकेण्ड नै लिप सेकेण्ड हो । पोजेटिभ लिप सेकेण्ड भएको खण्डमा १ सेकेण्ड थपिन्छ भने नेगेटिभ भएको खण्डमा १ सेकेण्ड घटाइन्छ ।
इन्टरनेशनल अर्थ रोटेशन एण्ड रेफरेन्स सिस्टम सर्भिसले लिप सेकेण्डको घोषणा गर्छ । सामान्यतया प्रत्यक १८ महिनामा लिप सेकेण्डको समायोजन गरिन्छ । तर पृथ्वीको गतिको कारण यति नै पटक लिप सेकेण्ड थपिन्छ वा घटाइन्छ भन्ने हुदँन ।
सन १९७२ जुनदेखि जनावरी १ सम्म २३ पटक लिप समायोजनका लागि निर्देश गरिएको थियो तर सन १९९१ बाट सन २००५ डिसेम्बरसम्म १ पटक पनि समायोजन गर्न निर्देशन दिइएको थिएन ।

आणविक हिउँद भनेको के हो ?
Posted by Om Bhandari
On 10:30 AM
अणुबमको विष्फोटनपछि निस्कने विषालु ग्याँस तथा धुलोका कणहरू ले पृथ्वीको वायुमण्डललाई ढाक्दछ र सूर्यको प्रकाशलाई पृथ्वीमा आउनबाट रोक्दछ । यसरी सूर्यको प्रकाश नआउँदा पृथ्वीको जलवायु हिउँदको जस्तै ठण्डा हुन पुग्दछ, फलत: सम्पूर्ण जीवजन्तु र वनस्पतिमा नराम्रो असर पर्दछ । यसरी आणविक होडवाजीपूर्ण विष्फोटन कार्यको फलस्वरुप सिर्जना हुने यस्तो कृत्रीम जलवायुलाई आणविक हिउँद भनिन्छ ।
सर्पको जिब्रो किन बीचमा फाटिएको हुन्छ ?
Posted by Om Bhandari
On 6:55 PM

सर्पले सुन्न सक्दैन । यसले आफ्नो शरीरले जमिनको कम्पन मापन गरेर आफूवरिपरिको स्थितिको जानकारी राख्दछ । तर, त्यसभन्दा पनि भरपर्दो औजार हो, यसको जिब्रो । सानो छँदा हामीमध्य धेरैको धारणा के हुन्थ्यो भने बीचमा काटिएको सर्पको अनौठो जिब्रोले नै हामीलाई टोक्छ । तर, यो धारणा बिल्कुल गलत हो । सर्पको काटिएको जिब्रो हाम्रो लागि हानिकारक हुन्न । यसले त आफ्नो यो अनौठो जिब्रो परिस्थिति आँकलन गर्न प्रयोग गर्छ ।
सर्पको तालुमा दुई ससाना अङ्गहरू हुन्छन । ती अङ्गहरूलाई 'जेकब्सन्स ओर्गन' भनिन्छ । सर्पले आफूवरिपरिको वस्तुस्थितिको जानकारी लिन जिब्रो तीव्र गतिमा भित्रबाहिर गरिरहेको हुन्छ । प्रत्यक पटक सर्पले आफ्नो जिब्रो बाहिर निकाल्दा हावामा रहेका रासायनिक कणहरू गिलो जिब्रोमा टाँसिन्छन । आफ्नो जिब्रो मुखभित्र छिराउँदा यसरी टाँसिएका कणहरूलाई सर्पले जेकब्सन ओर्गनमा राख्छ । जेकब्सन ओर्गनले यी कणहरूको पहिचान गरि शिकार नजिक छ वा छैन, कति टाढा छ, हावाको तापक्रम कति छ भन्ने जस्ता कुराहरू निर्क्यौल गर्छ । जेकब्सन ओर्गनले जिब्रोका दुवै चुच्चोहरूमा शिकारको गन्धका कणहरू प्राप्त नगर्दासम्म सर्पले शिकारको पिछा गरिरहन्छ । जब जिब्रोको एउटा मात्र चुच्चोमा शिकारको गन्ध पाउँछ तब सोहि दिशातिर सर्प लाग्दछ । जब दुवै चुच्चाहरूबाट शिकारको गन्ध हराउँछ, तब सर्पले आफ्नो टाउको यताउता हल्लाएर फेरि गन्धका कणहरू खोजी गर्छ ।
के हो सामान्य सापेक्षताको सिद्धान्त (Theory of General Relativity) ?
Posted by Om Bhandari
On 5:43 AM
सामान्य सापेक्षताको सिद्धान्त जर्मन भौतिकशास्त्री अल्बर्ट आइन्सटाइन (Albert Einstein) ले सन् १९१५ मा प्रतिपादन गरेका हुन । यो सिद्धान्त विशेष सापेक्षताको सिद्धान्तको जगमा अडिएको छ । यस सिद्धान्तले मुख्यरूपमा गुरूत्वकर्षणको नियम र प्रकृतिका अन्य बलहरूसंगको यसका सम्बन्धहरूको व्याख्या गर्छ । यस सिद्धान्तलाई निम्नलिखित मुख्य पाँच कुराहरूमा केन्द्रित गर्नसकिन्छ :
(क) अन्तरिक्ष तथा अन्तरिक्ष-समय पहिले विश्वास गरिएझै चेप्टो नभई यो घुमाउरो (Curved or Warped) छ ।
(ख) न्युटनले भनेजस्तै ग्रहहरू गुरूत्वाकर्षणको कारणले घुमाउरो कक्ष (Orbit) मा रही घुमिरहेको नभई घुमाउरो अन्तरिक्षमा सबभन्दा छोटो सोझो बाटोलाई पछ्याउदै जाँदा सूर्यलाई घुम्न पुगेका हुन् ।
(ग) अन्तरिक्षमा कुनै पनि पिण्डले जहिले पनि चौआयामिक अन्तरिक्ष-समय (Four Dimensional Space-Time) मा सोझो बाटो नै पछ्याएको हुन्छ ।
(घ) सूर्य जस्तो ठूलो पिण्डको गुरूत्वाकर्षणको क्षेत्रमा प्रकाश बाङ्गिन पुग्छ । यो कुरालाई सन् १९१९ को खग्रास सूर्यग्रहणको समयमा सूर्य नजिक देखिएका ताराहरुको अवलोकनबाट बेलायती वैज्ञानिकहरुले पुष्टि गरेका छन ।
(ङ) कम गतिमा रहँदाभन्दा बढी गतिमा रहँदा समय ढिलो चल्छ । अर्थात्, दर्शकको गतिअनुसार समय ढिलो वा चाँडो चल्ने हुन्छ ।

मानवको गर्भाधरणदेखी मृत्युसम्मका विभिन्न नामहरू के के हुन् ?
Posted by Om Bhandari
On 9:16 PM
१. शुरुवातदेखी १४ दिनसम्म - Ovum (अण्ड)
२. १५ दिनदेखी १२/१४ हप्तासम्म - Embryo
३. १२ हप्तदेखी नजन्मिदासम्म - Fetus (भ्रुण)
४. जन्मेदेखी १ महिनासम्म - Newbron (नवजात शिशु)
५. १ महिना देखी १ वर्षसम्म - Infant (शिशु)
६. १ वर्षदेखी ३ वर्षसम्म - Toddler
७. ३ वर्षदेखी ६ वर्षसम्म - Preschoot (Early Childhood)
८. ६ वर्षदेखी ११ वर्षसम्म - Schoolgoing (Middle Childhood)
९. ११ वर्षदेखी १४ वर्षसम्म - Prepubescent (Late Childhood)
१०. १४ वर्षदेखी १६ वर्षसम्म - Pubesent age
११. १६ वर्षदेखी २० वर्षसम्म - Post pubescent age
१२. २० वर्षदेखी ४० वर्षसम्म - Youth (युवक)
१३. ४० वर्षदेखी ६० वर्षसम्म - Post youth (प्रौढ)
१४. ६० वर्ष माथी - Old बृद्ध

Subscribe to:
Posts (Atom)