प्रश्न पढ्दा अलि झोक चल्न पनि सक्छ किनभने हामीले सौर्यमण्डलको तस्बिरहरू देख्दा सदैव शनि ग्रहको वरिपरिमात्र चक्र भएको चित्र देख्ने गरेका छौं । त्यसैले सहजै उत्तर दिन सकिन्छ - हाम्रो सौर्यमण्डलमा चक्र भएको ग्रह एउटै मात्र छ र त्यो शनि हो । तपाईाको जवाफ यस्तो आयो भने त्यो सोह्रै आना गलत हुनेछ । तस्बिरमा तपाईाले जे देखे पनि हाम्रो सौर्यमण्डलमा चक्र भएको ग्रह शनि मात्रै कदापि होइन । शनिबाहेक हाम्रो सौर्यमण्डलका अन्य ग्रहहरू वृहस्पति, अरुण र वरुणमा पनि शनिमा जस्तै चक्र छन् । हो , यी पछिल्ला तीन ग्रहहरूमा रहेको चक्र शनिको तुलनामा निक्कै साना, अँध्यारा र धमिला छन् । त्यसैले गर्दा तिनीहरूलाई नाङ्गो आाखाले वा सामान्य दुरवीनले सहजै ठम्याउन सकिादैन । शनिमा मात्रै चक्र हुन्छ भन्ने सोचाइ सन् १९७० को दशक अघिसम्म भने सही ठानिएको सोचाइ हो । त्यही दशकमा हाम्रो सौर्यमण्डलका थप तीन ग्रहहरूमा पनि शनिमा जस्तो चक्र रहेको तथ्य फेला परेको थियो ।

0 प्रतिकृयाहरू:

Post a Comment

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु