हाइड्रोजन बम के हो ?

Posted by Om Bhandari On 1:57 AM

सन् १९४५ मा अमेरिकाले जापानको दुइ ठूला शहरहरु हिरोसिमा र नागासाकिमा शक्तिशाली बम खसालेको थियो जसले तत्काल लाखौ मानवको ज्यान लिएको थियो साथै उक्त बम यति सम्म शक्तिशाली थियोकि दशकौ यता आएर आज सम्म पनि त्यहा विभिन्न घातक विकिरणहरु पैदा भइरहेका छन् । उक्त खसालिएको बम थियो - अणु बम (Atom Bomb) । तर यस बम भन्दा पनि २५ हजार गुणा शक्तिशाली बम वैज्ञानिकहरुले निमार्ण गर्न सफल भएका छन जुन बम मानव जातिले निमार्ण गरेको एक मात्र शक्तिशाली अत्याधुनिक हतियार हो । जसलाइ हाइड्रोजन बमका नामले चिनिन्छ ।


हाइड्रोजन बममा अत्याधिक उर्जा निर्माण गर्न फ्युजन प्रकृया अपनाइन्छ । यसमा ट्रिटियम वा ड्युटेरियमजस्ता हाइड्रोजनका आइसोटोपहरु (एकै तत्व तर फरक पिण्ड भएका परमाणुहरु) बिभिन्न अवस्थाहरुका कारण एकै ठाउमा फ्युजन हुन्छ ( गाभिन्छ ) । यसरी फ्युजन भएका दुइ परमाणुहरुको पिण्डको जोडभन्दा गाभिइसकेपछि उत्पादन हुने तत्वको पिण्ड थौरै हुन्छ याने यस प्रक्रियामा केहि पिण्ड नाश हुन पुग्दछन । यसरी हराएको अथवा नाश भएको पिण्ड भोतिकशास्त्रि अल्बर्ट आइन्स्टाइनको समिकरण E=mc^2 अनुशार अत्याधिक उर्जामा परिणत हुन्छ ।


हाइड्रोजन बमले ऊर्जा उत्सर्जन गर्न दुइ चरणहरु पार गर्नु पर्ने हुन्छ । पहिलो, युरेनियम जस्ता अस्थिर परमाणुहरुलाई फिसन प्रक्रियाबाट टुक्राएर अत्याधिक उर्जा उत्पादन गर्नु र दोस्रो, यसरि उत्पादित ऊर्जालाई प्रयोग गरी हाइड्रोजनको आइसोटोपहरु फ्युजन गराइ प्रचुर उर्जा उत्पादन गरिन्छ ।

कार्टुन चलचित्र बालबालिकामा एकदमै लोकप्रिय छ | मिकी माउस, डोनाल्ड डक, टिनटिन, पपया आदि कार्टुन चरित्रहरु विश्वमै प्रख्यात रहेका छन | यस्ता कार्टुन चलचित्रहरु कसरी बन्छन त ? यस्तो जिज्ञासा सबैमा जाग्न सक्छ |


Mickey-Mouse.pngसामान्य चलचित्र कलाकारहरूको हाउभाउलाई क्यामेराको मद्दतले छायाङ्कन गरेर निर्माण गरिन्छ । तर कार्टुन चलचित्रहरूमा भने कलाकारको सट्टा चित्रहरूको प्रयोग गरिन्छ । सुन्दा अचम्म लाग्नसक्छ एक सेकेन्डको कार्टुन चलचित्रमा विभिन्न २४ वटा चित्रहरू प्रयोग भएका हुन्छन । ती विभिन्न चित्रहरुलाई एक एक गरी एउटा विशेष प्रकारको क्यामेराले खिचिन्छ । त्यसरी खिचिएका सबै चित्रहरूलाई जोडेर एकै पटकमा देखाउँदा चित्रहरू चलेको भ्रम पैदा हुन्छ ।


यस्ता चलचित्र बनाउँदा चित्रहरूलाई एउटा विशेष प्रकारको टेबल वा स्ट्यान्डमा राखिन्छ । यसलाई एनिमेशन स्ट्याण्ड (Animation Stand) भनिन्छ । त्यो स्ट्याण्डको ठीकमाथि क्यामेरा राखेर त्यसको फोटो खिच्ने काम गरिन्छ । एउटा चित्रका विभिन्न भागहरू भिन्न भिन्न पारदर्शी कागजमा बनाइन्छ । त्यसै कारण कलाकारले त्यो पात्रको हरेक पटक पुरै चित्र बनाउनु आवश्यक पर्दैन । खालि फरक फरक चालहरूको मात्र चित्र बनाइन्छ । goofy.jpg


त्यसरी चित्र तयार भएपनि फोटो खिच्ने बेलामा त्यस पात्रका फरक फरक भागहरूलाई मुख्य चित्र माथि राखिन्छ । यसरी चित्र मिलाएर राख्दा एउटा पूर्ण चित्र बन्छ । पछि पालैपालो ती चित्रहरूलाई क्यामेराले खिचिन्छ र त्यसलाई मिलाएर एउटा सिँगो चलचित्र बनाईन्छ ।


अहिले कम्य्युटरमा भएको विकासले कार्टुन चलचित्र बनाउन झनै सजिलो भएको छ । यस प्रविधिमा चित्रहरूलाई क्यामेराले खिचेर मिलाउनु पर्दैन । त्यसको सट्टा चित्रलाई निर्माण गरिने गरिन्छ । अझ 3D Animation का कतिपय सफ्टवेरहरूको प्रयोग गरेर सोझै कम्य्युटरमा नै कार्टुन पात्रको चित्र तयार गर्न सकिन्छ । अनि त्यसरी तयार पारेको पात्रलाई कम्य्युटर सफ्टवेयरको मद्दतले चलायमान गराएर चलचित्र बनाइन्छ । यसमा पनि प्रतिसेकेण्ड २४ देखि ३० वटासम्म चित्रहरू प्रयोग गरिन्छ । यसरी कम्प्युटरबाट निर्माण गरिने कार्टुन चलचित्रहरू त साँच्चिकै जस्ता देखिन्छन ।


कार्टुन चलचित्रले मनोरञ्जन मात्र हैन, शिक्षा पनि दिन सक्छ । बच्चाहरूले धेरै नै मन पराउने भएकोले विश्वमा कार्टुन चलचित्रको प्रयोग मनोरञ्जनका लागि मात्र नभएर कुनै सन्देश प्रशारण गर्नको लागि पनि हुने गर्छ ।


( Free Download Animation tool , 3D Animation Software Download , Make carton )

कुनै वस्तु चम्कनको लागी त्यसले कि त कहीँबाट आइरहेको प्रकाश परावर्तन गर्नुपर्छ कि त आफैले प्रकाश उत्पादन गर्नुपर्छ । तर प्रकाश उत्पादन नगर्दा पनि चम्किने प्लास्टिकका 'तारा'हरू बजारमा पाइन्छन । तपाइले पनि आफ्नो कोठामा यस्ता 'तारा'हरू टाँस्नु भएको छ होला । यि ताराहरू कसरी चम्कन्छन त ?
अँध्यारोमा चम्किने यस्ता वस्तुहरूमा सामान्यत: फोस्फरस नामको रासायनिक पदार्थ राखिएको हुन्छ । यस्ता वस्तुहरूलाई चम्काउनका लागी पहिला प्रकाशमा राख्नुपर्छ । प्रकाशले ती वस्तुहरूमा रहेको फोस्फरसका इलेक्ट्रोनहरूलाई 'उत्तेजित' पार्दछ । इलेक्ट्रोन उत्तेजित हुनु भनेको आफु बसिरहेको कक्ष छोडी माथिल्लो कक्षमा पुग्नु हो । यसरी माथिल्लो कक्षमा पुगेका इलेक्ट्रोनहरू छोटो समयमै आफ्नै कक्षमा नै आफ्नै कक्षमा आइपुग्दछन । यस्तो गर्दा इलेक्ट्रोनहरूले निश्चित फ्रिक्वेन्सीको प्रकाश उत्पादन गर्छन । यसरी उत्पादन भएको प्रकाशको कारणले नै प्लास्टिकका 'ताराहरू' चम्किन्छन ।
वैज्ञानिकहरूले प्रयोगशालामा धेरै प्रकारका फोस्फोरसहरूको निर्माण गरिसकेका छन । तर अँध्यारोमा चम्किने यस्ता वस्तुहरूमा सामान्यत: जिङ्कसल्फाइड वा स्ट्रोन्टियम अल्युमिनेट राखिएका हुन्छन । र, जिङ्कसल्फाइडभन्दा स्ट्रोन्टियम अल्युमिनेट धेरै समयसम्म चम्किरहने हुन्छ ।
अँध्यारोमा चम्कने कुनै कुनै वस्तुहरूमा फोस्फोरसका साथसाथै रेडियमजस्ता रेडियोएक्टिभ तत्वहरू पनि राखिएका हुन्छन । रेडियोएक्टिभ तत्वहरूले थोरै मात्रामा विकिरणहरू उत्पादन गर्छन ( यति थोरै कि यसले मानिसलाई केही हानी गर्दैन ) । यस्ता विकिरणहरूले फोस्फोरसलाई त्यस्तै किसिमले 'चार्ज' गर्छन, जस्तो प्रकाशले गर्छ । त्यसैले रेडियोएक्टिभ तत्व राखिएका यस्ता वस्तुहरू अँध्यारोमा धेरै समयस्म चम्किरहन्छन । यस्ता तत्वहरू खासगरी घन्टौँसम्म चम्किरहनुपर्ने घडीका सुईहरूमा राखिएका हुन्छन ।

एचआईभी/एड्सभन्दा सयौँ गुणा संक्रमणकारी र घातक हेपाटाइटिस 'बी' कलेजोको रोग हो। जुन हेपाटाइटिस 'बी' भाइरसको संक्रमणले एक व्यक्तिबाट अर्कोमा सर्छ। यो रोग सरेका बिरामीहरूमध्ये ९० प्रतिशत बिरामीलाई आफै निको हुन्छ भने १० प्रतिशत बिरामीहरू दीर्घरोगी हुन्छन्। ती दीर्घरोगीमध्ये २०/३० प्रतिशत व्यक्तिहरू कलेजोको सिरोसिस तथा क्यान्सर रोगले मृत्युवरण गर्छन्। विश्वको जनसंख्याको एकतिहाइ अर्थात् दुई अर्ब व्यक्तिहरू जीवनमा एकपटक यसको संक्रमणबाट प्रभावित हुन्छन्। तर, ९० प्रतिशत व्यक्तिहरू रोग प्रतिरोधात्मक क्षमताको कारण आफँै निको हुन्छन्।




अहिले विश्वको ३५ करोड जनसंख्या हेपाटाइटिस 'बी'बाट ग्रस्त छ, जसमध्ये करबि ७८ प्रतिशत अर्थात् साढे २७ करोड रोगीहरू एसिया र प्रशान्त क्षेत्रका छन्। अधिकांश एसियाली राष्ट्रहरूमा १० प्रतिशत जनसंख्या हेपाटाइटिस 'बी'का दीर्घरोगीहरू छन्। हेपाटाइटिस 'बी'बाट विश्वमा प्रत्येक वर्ष १० लाख व्यक्तिको मृत्यु हुन्छ। औसतमा प्रतिदिन २ हजार ८ सय व्यक्तिहरू, प्रतिघन्टा १ सय १५ व्यक्ति र प्रतिमिनेट करबि दुई व्यक्तिहरू हेपाटाइटिस 'बी'का कारण कलेजो फेलर, सिरोसिस वा क्यान्सर भएर मर्छन्। प्रत्येक वर्ष कलेजोको क्यान्सरबाट विश्वमा पाँच लाख व्यक्तिहरूको मृत्यु हुन्छ, तीमध्ये ३ लाख ६० हजार व्यक्तिहरू एसियाली राष्ट्रका हुन्छन्। एसिया, चीन, फिलिपिन्स अफ्रिका तथा मध्यपूर्व क्षेत्र हेपाटाइटिस 'बी' प्रकोपका क्षेत्रहरू हुन्, अहिले विश्वमा हेपाटाइटिस 'बी' र 'सी'ले ५० करोड व्यक्तिहरू संक्रमित छन्, जुन एचआईभी/एड्स -३ करोड ४० लाख)भन्दा १० गुण बढी हो। विडम्बना! यस रोगबारे यथेष्ट प्रचारप्रसार भएको छैन।




नेपालका सन्दर्भमा करबि ३ लाख १५ हजार व्यक्तिहरू हेपाटाइटिस 'बी'का दीर्घरोगीहरू छन्। जसमध्ये तिब्बती मूलका व्यक्तिहरू, मनाङका गुरुङ, शेर्पा जाति छन्। यस रोगबाट ग्रस्तमध्ये ७० प्रतिशत १५-४९ वर्ष उमेर समूहका छन्। जनसंख्याको ठूलो हिस्साले रक्त परीक्षण नगरेको हुँदा तथा दीर्घरोगीहरूमा केही वर्षसम्म कुनै लक्षण नदेखिने हुनाले यसको संख्या अझै बढिरहेको अनुमान गर्न सकिन्छ।




हेपाटाइटिस 'बी' भाइरस मान्छेको शरीरबाहिर करबि एक सातासम्म बाँच्न सक्ने तथा प्रतिमिलिमिटर रगतमा १० अर्बसम्मको संख्यामा रहन सक्ने भएकाले यो शीघ्र संक्रमण एवं प्रकोपजन्य रोग हो, जुन विश्वका प्राणघातक १० रोगहरूको सूचीमा पर्छ। अमेरकिाजस्तो विकसित राष्ट्रमा यस रोगबाट प्रतिवर्ष करबि चार हजार व्यक्तिको मृत्यु हुन्छ भने अपि|mका/एसियाका विकासोन्मुख राष्ट्रहरूमा १० प्रतिशत जनसंख्यामा यसको प्रकोप भएको भयावह तथ्यांक छ। युरोपमा समेत १ करोड ५० लाख व्यक्तिहरू हेपाटाइटिस 'बी'का दीर्घरोगीहरू छन्। भारत, पाकिस्तान, बंगलादेश तथा नेपालमा दुईदेखि आठ प्रतिशत जनसंख्या यस रोगबाट पीडित छ भने श्रीलंकामा एक प्रतिशतभन्दा कम जनसंख्या यस रोगले आक्रान्त छ।




उमेरका आधारमा यस रोगबाट संक्रमण भएका १० नवजात बच्चामध्ये नौ, पाँच वर्षमुनिका एक सय बालबालिकामध्ये ३० र एक सय प्रौढमध्ये दुई जना दीर्घरोगी हुन्छन्। तथ्यांकका आधारमा सबैभन्दा बढी १०-२४ वर्षका व्यक्तिहरूमा यस रोगको संक्रमण पाइएको छ भने महिलामा भन्दा पुरुषमा हेपाटाइटिस 'बी'को संक्रमण धेरै पाइएको छ।




सामान्य प्रयोगशालामै रक्तपरीक्षण गरे यस रोगको निदान हुन्छ। हेपाटाइटिस 'बी'को हालसम्म कुनै प्रभावकारी उपचार छैन। तर, यो लाग्नुभन्दा पहिले हेपाटाइटिस 'बी' विरुद्धको खोप तीन मात्रा -०, १, २ महिनामा वा ०, १, ५ महिनामा) लगाउनाले ९५ प्रतिशत रोकथाम हुन्छ। यो खोपबाट रोकथाम हुने भएकाले प्रत्येक उमेरका व्यक्तिले अनिवार्य रूपमा खोप लगाउनुपर्छ। हाल नेपालमा पनि बच्चाहरूलाई अन्य खोपसँगै हेपाटाइटिस 'बी'विरुद्धको खोप दिने गरएिको छ। तर, यसको पहुँच सहरी तथा विकसित क्षेत्रमा मात्र सीमित छ। यसको प्रभावकारी खोप भएर पनि विश्वमा प्रति ३०-४५ सेकेन्डमा एक जनाको यस रोगबाट मृत्यु भइरहेको छ।




जसलाई हेपाटाइटिस रोग लागेको छ, उनीहरूलाई यो संक्रमण भएको थाहा नै हुँदैन। तसर्थ, हेपाटाइटिस 'बी'लाई साइलेन्ट किलर पनि भनिन्छ। हेपाटाइटिस 'बी' संक्रमणको समयमै निदान र रेखदेख भए रोगीको तुरून्त मृत्यु हुँदैन। हेपाटाइटिस 'बी'बाट कलेजोको क्यान्सर तथा सिरोसिस हुन करबि २० वर्ष लाग्छ। उदाहरणका लागि सन् १९८२ मा कुल्ली फिल्मको सुटिङ्का क्रममा गम्भीर घाइते भएका बलिउडका विश्वप्रसिद्ध अभिनेता अमिताभ बच्चनलाई अति आकस्िमक कक्षमा राखेर दुई सय जना व्यक्तिले दिएको रगतमध्ये ६० पोका रगत दिइएको थियो। तर, एक जना हेपाटाइटिस 'बी' संक्रमित व्यक्तिको रगत उनलाई दिइएकाले हाल उनको २५ प्रतिशतभन्दा बढी कलेजोको सिरोसिस भएको छ। केही वर्ष पहिले मात्रै उनको स्वास्थ्य परीक्षण गर्दा यस्तो पाइएको हो।




सन्तुलित आहार, भाइरसविरुद्धको औषधीको प्रयोग, रक्सी तथा चुरोटको त्याग, सागपात, फलफूल फाइवरयुक्त र प्रशस्त भिटामिन पाइने खाना तथा नियमित व्यायाम आदिबाट कलेजोको सिरोसिस फेलर तथा क्यान्सर हुने अवधिलाई लम्ब्याउन सकिन्छ। हेपाटाइटिस 'बी'का दीर्घरोगीले आफैँमा बिरामी महसुस गर्दैनन् तर अरूलाई रोग सार्न र आफँैमा कलेजोको क्यान्सर गराउन खतरनाक हुन्छन्। तसर्थ, अभियानकै रूपमा खोपको अनिवार्यता र निदानका लागि सम्बन्धित निकायहरू तत्पर हुनुपर्छ। यो रोग लागेका ३५ करोड व्यक्तिहरूलाई खोप दिएर रोकथाम वा निको पार्न सकिँदैन। तसर्थ, अबको रणनीति भनेको रोग नलागेका सम्पूर्ण व्यक्तिलाई खोप दिने र रोग लागेका व्यक्तिहरूमा चेतना ल्याई अरूलाई रोग सार्न नदिने उपाय अवलम्बन गर्नुको विकल्प छैन।




-डा॰ रवीन्द्र पाण्डे (स्वास्थ्य विशेषज्ञ)



सर्वेक्षणमा य स्तो








डा॰ रवीन्द्र पाण्डेजीले काठमाडौँका विभिन्न माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूमा अध्ययनरत ३ सय ८५ जना विद्यार्थीसँग २८ वटा प्रश्नमा गरेको क्रस सेक्सनल अध्ययनबाट हेपाटाइटिस 'बी'को चेतनास्तर यस्तो देखियो :






कारण







  • संक्रमित व्यक्तिसँग असुरक्षित यौनसम्पर्क गरेमा।



  • संक्रमित रक्तदाताबाट रगत लिएमा।



  • सामूहिक रूपमा एउटै सुईको प्रयोग गरी लागूपदार्थ सेवन गरेमा।



  • शरीरमा टाटु बनाउँदा नाक-कान छेड्दा वा एक्युपञ्चर गर्दा एउटै सुई वा औजारको प्रयोग गरेमा।



  • संक्रमित व्यक्तिले दाँत माझ्ने ब्रस, ब्लेड, कानको रङि, नङ काट्ने सामग्री प्रयोग गरेमा।



  • कपाल वा दाह्री काट्दा पर्याप्त सफाइ नभएमा।



  • गर्भवती आमाबाट आफ्नो शिशुमा।



  • संक्रमितले चपाएको चुइगम अर्को व्यक्तिले खाएमा।



  • संक्रमित व्यक्तिले खाना चपाएर बच्चालाई खुवाएमा।



  • संक्रमित व्यक्तिले टोकेमा आदि।







लक्षण






  • वाकवाकी लाग्ने।



  • भोक नलाग्ने।



  • थकाइ लाग्ने।



  • मांशपेसी जोर्नी वा पेट दुख्ने।



  • जरो आउने।



  • पखाला लाग्ने, वान्ता हुने।



  • टाउको दुख्ने।



  • गाढा रङको पहेँलो पिसाब देखिने।



  • छाला, आँखा, जिब्रो पहँेलो हुने।











जोखिम समूह






  • सुरक्षित तथा धेरै जनासँग यौनसम्पर्क गर्ने।



  • रक्तसँग काम गर्नुपर्ने वा बिरामी स्याहार्नुपर्ने जस्तै स्वास्थ्यकर्मी।



  • नसाबाट लागूपदार्थको सुई लिने।



  • हेपाटाइटिस 'बी' प्रकोप क्षेत्रमा भ्रमण गर्ने।



  • पटक-पटक दातबाट रगत लिनुपर्ने बिरामी ।











रोकथाम






  • हेपाटाइटिसको खोप सबै व्यक्तिले अनिवार्य रूपमा लगाउने।



  • रक्तदान गर्ने व्यक्तिको रगत परीक्षण गर्ने। रक्तदाताको विगतको यौनिक व्यवहारबारे जानकारी लिने।



  • धेरै जनासँग यौनसम्पर्क नगर्ने । गर्नुपर्ने अवस्थामा कन्डमको सही तरकिाले सधैँ प्रयोग गर्ने।



  • नवजात शिशु तथा किशोर-किशोरीलाई अनिवार्य खोप दिने।



  • नसाबाट लागूपदार्थ सेवन नगर्ने वा एउटा सुई एक जनाले मात्र प्रयाग गर्ने।



  • तिखा सुई वा औजारलाई विसंक्रमित पञ्जा लगाएर प्रयोग गर्ने र शंकास्पद भुईं वा ठाउँलाई राम्रोसँग सफा गर्ने।



  • संक्रमित व्यक्तिले चपाएको खाना बच्चालाई नदिने।



  • व्यक्तिगत सामग्रीहरू जस्तै- ब्लेड, दाँत माझ्ने ब्रस, इयर रङि्, नङ काट्ने सामान आदि अर्को व्यक्तिले प्रयोग नगर्ने।



  • घाउलाई राम्रोसँग पट्टीले बाँधेर छोप्ने।


(कान्तिपुरबाट)

हालसम्मको विज्ञान इतिहासले दर्शाए अनुसार पृथ्वीमा जीव उत्पत्तिको एउटै सिद्धान्त रही आएको छ । सो कुरालाई जीव रसायनशास्त्रको महत्वपूर्ण सिद्धान्तले पुष्टि गर्दछ । जस अनुसार पृथ्वीमा उत्पत्ति भएका प्रत्येक जीवको बनोट ६ वटा प्रमुख रसायन तत्वले बनेको हुन्छ, ती हुन: कार्बन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, सल्फर र फोस्फोरस । यस सिद्धान्तलाई Golden Rule of Bio-chemistry पनि भनिन्छ । तर हालै पत्ता लागेको आर्सेनिक रसायन उपयोग गर्ने व्याक्टेरियाले जीव उत्पत्तिको फरक धारलाई इंगित गर्दै पृथ्वी बाहेकका अन्य खगोलीय पिण्डमा जीव उत्पत्तिको बारेमा गहिरो ध्यानाकर्षण गरेको छ ।


साईन्स जर्नलको डिसेम्बर २०१० अंकमा प्रकाशित एक अध्ययन अनुसार संयुक्त राज्य अमेरिकाको उत्तरी क्यालीफोर्निया स्थित मोनो तालमा आर्सेनिक रसायन प्रयोग गर्ने व्याक्टेरिया पत्ता लागेको हो । उक्त अध्ययनको प्रमुख अध्ययनकर्ता Felisa Wolfe-Simon र उनका सुपरिवेक्षकहरु प्राध्यापक Davies र प्राध्यापक Anbar का अनुसार उक्त व्याक्टेरियाले प्रचलित जीव रसायनशास्त्रको सिद्धान्त विपरीत आफ्नो संरचना तथा उपयोगमा आर्सेनिक प्रयोग गरेको पाइयो । यस अनुसन्धानका अनुसन्धानकर्ताका अनुसार यो अनुसन्धानको मुख्य उद्देश्य जीवमा साधारणतया विषालु मानिने आर्सेनिकले फोसफोरसको ठाउँ लिन सक्छ कि सक्दैन भन्ने थियो । यस उद्देश्यलाई अगाडि बढाउन अनुसन्धानकर्मीहरुले आर्सेनिकको मात्रा बढी भएको मोनो तालमा अध्ययन गरेको थिए । उक्त व्याक्टेरियाले आफ्नो बासस्थानमा पाइएको आर्सेनिकलाई नै प्रमुख स्रोतको रुपमा प्रयोग गरेको पाइयो ।


यस तथ्यलाई पुष्टि गर्न अध्ययनकर्ताले उक्त व्याक्टेरियालाई प्रयोगशालामा क्रमिक रुपमा बढी आर्सेनिकको मात्रा दिई हुर्काएका थिए । परिणाम आश्र्चयचकित तुल्याउने थियो । व्याक्टेरियाले आफ्नो विकास क्रममा आर्सेनिकलाई शक्तिको रुपमा मात्र उपयोग नगरी डि.एन.ए. मा नै फोसफोरसलाई विस्थापन गरी आर्सेनिकलाई समेटेको पाइएको थियो । यस अघि पनि कतिपय व्याक्टेरियाले आर्सेनिकलाई शक्तिको रुपमा प्रयोग गरेको पाइएको छ तर आफ्नो शरीरको संरचनामा नै उपयोग गरेको पाइएको भने यो पहिलो हो । यो अनुसन्धानको परिणाम जीवन सम्बन्धी हाम्रो परम्परागत वैज्ञानिक धारणा भन्दा पृथक नयाँ रहस्योद्घाटन तर्फ उन्मुख रहेको छ । यद्यपि, अनुसन्धानको तत्कालिन परिस्थिति सम्म जीवनको उत्पत्तिको नयाँ बाटो भने खुट्याउने नसक्ने प्राध्यापक म्बखष्भक भन्नुहुन्छ र उक्त परिणाम व्याक्टेरियाको क्रमिक विकासको अनुकुलन (Evolutionary adaption) हुन सक्ने प्राध्यापक Davies विश्वास गर्नुहुन्छ । तर, अनुसन्धान आफ्नो पहिलो वर्षमा नै रहेको र नयाँ तथ्य फेला परेको कुरा सर्वसम्मत भएकोले, जीवनको दोस्रो शुरुवात सम्बन्धी धारणालाई नकारी हाल्नु पर्ने भने नभएको कुरा उहाँ अगाडि भन्नुहुन्छ । यस्तै गरी, यो खोज पृथ्वी बाहेकका खगोलिय पिण्डमा जीवनको सम्भावनालाई पनि डोर्याएको छ । शनि ग्रहको उपग्रह अर्थात् टाइटनमा प्रयाप्त रुपमा आर्सेनिक रहेको र उक्त ग्रहको तापक्रम आर्सेनिकको स्थायित्वको लागि उपयुक्त रहेकोले टाइटनमा आर्सेनिक प्रयुक्त जीवनको सम्भावना सम्बन्धी जिज्ञासा बढाएको छ र अन्ततः यस अनुसन्धानले के जीवन सृष्टीको फरक धार हुन सक्छ भन्ने प्रश्नमा थुप्रै चासो र चर्चा बटुलेको छ ।


- रविन्द्र पाण्डेय (विज्ञान लेखमालाबाट)


नीमको उपयोगिता के छ ?

Posted by Om Bhandari On 1:55 AM

प्राकृतिक विविधताले भरिएको हाम्रो देश नेपालमा, विभिन्न विशेषता बोकेका रुख विरुवाहरु अर्थात् वनस्पति पाईन्छन् । नेपालमा थुप्रै प्रकारका जडीबुटी पाइने भएता पनि यसको पूर्ण उपभोग र यसबाट लाभान्वित हुन सकेको छैन । यसको प्रमुख कारण भनेको यसलाई उपयोगजन्य बनाएर प्रचार प्रसार नगरिनु देखिन्छ । बजारमा रासायनिक प्रविधिका निकै महंगो र मानव शरीरलाई दीर्घकालीन हानी पु¥याउने औषधीहरुले नै प्राथमिकता पाएको देखिन्छ । उता आफ्नै भूमिमा पाइने अनेकौं रोगहरु निको पार्ने जडीबुटी भने ओझेलमा परेका छन् , जसको प्रयोग गर्नाले शरीरमा कुनै अप्राकृतिक हानी नगरी आर्थिक भार समेत कम हुन्छ । नेपालमा यस्ता औषधीय गुण बोकेका थुप्रै जडीबुटी र वनस्पतिहरु पाइन्छन् । यस्तै गुण बोकेको वनस्पति मध्ये नीम पनि एक हो । यो नेपालको पहाडी र तराईका भू भागमा पाइने वनस्पति हो । अन्य रुख विरुवाहरुको तुलनामा वायुमण्डल तथा पर्यावरणलाई शुद्ध बनाइ राख्ने क्षमता नीममा लुकेको हुन्छ । यस बाहेक नीममा यति धेरै औषधीय गुणहरु हुन्छन् जसको पहिचान गरेर प्रयोगमा ल्याउन सके निकै फाइदा हुने प्रमाणहरु सिद्ध भएका छन् ।


मानिसको शरीरमा देखिने छालाको रोग, दाँतको रोग, घाउ खटिरा, तथा रक्त विकार जस्ता विभिन्न रोगहरुदेखि लिएर अन्न बालीमा लाग्ने रोगहरुको समेत नीमबाट छुटकारा पाउन सकिन्छ । नीम यस्तो वनस्पति हो, जसको पात, डाँठ, बोक्रा, जरा, फलफूल सबै अंगमा औषधीय गुणहरुले भरिपूर्ण हुन्छ । यिनै विविध गुणहरुले गर्दा यसलाई औषधीय वनस्पतिको नामले समेत चिनिन्छ । आयुर्वेदले नीमलाई प्रकृतिको अनुपम उपहार मानेको छ । अझ भनौं, यसको तुलना अरु कुनै साधारण वनस्पतिसँग हुन सक्तैन । यसको विशेषता भन्नु नै आफ्नो गुण र महत्वलाई कहिल्यै पनि कमी हुन नदिनु हो । प्राचीन कालदेखि नै मानिसहरुको घर आँगन र बारी÷कान्लामा यसले आफ्नो ठाउँ ओगेटेको देखिन्छ । नीम आयुर्वेदमा मात्र नभई आधुनिक चिकित्सा पद्धतिमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । नेपालको ग्रामीण समुदायमा नीमको लोकप्रियता सँधै अग्रपंक्तिमा रहेको छ । यसको तेलमा मात्र कीटनाशक क्षमता नभएर पात तथा बोक्रामा पनि त्यतिनै गुणहरु विद्यमान रहेका छन् । अन्य बालीको भण्डार गर्दा नीमको पात मिसाएर भण्डार गर्नाले कीरा लाग्नबाट जोगाउन सकिन्छ ।


हाम्रो खेत बारीमा लगाएका बालीहरुमा पनि विभिन्न कीराहरु लागेर बालीनाली नष्ट गर्दछ । त्यस अवस्थामा नीमको पात तथा बोक्रा कुटी पानीमा मिसाइ उक्त कीटाणु लागेको बालीहरुमा छर्कनाले कीराहरु समेत हराउँदछ । घर, आँगन, कोठा आदिमा पनि भुसुना सुलसुले जस्ता कीराहरु छन् भने नीमको बोक्रा र पात बालेर त्यसको धुँवा र खरानी प्रयोग गर्नाले कीराहरु हराउँदछन् । शरीरको कुनै अंगमा लुतो, घाउ, खटिरा निस्केमा नीमको बोक्रालाई मसिनो हुने गरी कुटेर लेदो बनाई नियमित ४-४ दिन उक्त घाउ खटिरामा लगाउनाले छिट्टै निको हुन्छ । नीम भरपर्दो एण्टिसेप्टिक समेत भएकोले शरीरको कुनै अंग काटिएमा यसको पातलाई पिसेर लगाउँदा अन्य संक्रमण हुनबाट जोगाउन सकिन्छ । नीमको स्वाद तीतो हुन्छ, त्यसैले यसको पात, डाँठलाई पिसेर रस बनाई नियमित सेवन गरे मधुमेहका रोगीहरुका अतिरिक्त विकारलाई समेत नष्ट गरी रगत सफा बनाउन मद्दत गर्दछ । दाँत हल्लने, गिजा सुन्निने र दाँत माझ्दा रगत आउने रोग छ भने दैनिक नीमको डाँठ प्रयोग गरी दाँत माँझनाले उक्त रोगहरुबाट बँच्न सकिन्छ । शरीरमा स-साना डावर वा एलर्जी भएको बेला यसको पातको खरानी वा रस लगाएमा निकै आराम हुन्छ । यही निमलाई आधुनिक चिकित्सा र परिवार नियोजनका लागि पनि प्रयोगमा ल्याउने प्रयास भइरहेको बताइन्छ । छातीको ब्रोङक्राइटिस, घाँटीमा निस्कने खटिरा, नाक भित्र घाउ निस्केमा नीमको डाँठको बोक्रा निकालेर मुख बन्द गरी निकै समय लगाएर चपाउने गरे उक्त समस्याहरु हटेर जान्छन् । नीममा भएका यिनै अनेकौं गुणहरुले गर्दा यसको महत्वलाई बुझी यसको उचित संरक्षण र प्रयोग गर्नु पर्ने देखिन्छ । जसको सम्बद्र्धनबाट हाम्रो विग्रदो पर्यावरणलाई समेत राहत पुग्ने देखिन्छ ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु