लामो समयसम्म एउटै आसनमा बसिरह्यो भने कहिलेकाहीं हातखुट्टा निदाएको हामी अनुभव गर्छौ । यस्तो किन हुन्छ त ?
हाम्रो शरीरक रक्तनलीहरूमा रगतको सञ्चार निर्वाध रुपले भइरहेको हुन्छ । तर शरीरको कुनै अङ्ग असामान्य रुपमा थिचिएको अवस्थामा रहन्छ भने त्यस अङ्गमा रगतको प्रवाह अवरुद्ध हुन जान्छ । जसले गर्दा त्यस अङ्गमा मस्तिष्कले राम्रो सँग लिनदिन सक्दैन । जसलाइ हामी निदाएको भन्छौ । जस्तो कोही व्यक्ति पलेंटी मारेर धेरै समयसम्म बसिरह्यो भने उसको खुट्टामा रगतको सञ्चार अवरुद्ध हुन जान्छ र उसले आफ्नो खुट्टा निदाएको अनुभव गर्छ ।
तर खुट्टालाई सामान्य अवस्थामा फर्काइएमा अवरुद्ध भएको रक्तसञ्चार पुन: सुरु हुन थाल्दछ र केही समयमै खुट्टा पहिलेकै स्थितिमा फर्कन्छ ।

1 comment:

  1. यो कुरालाई म सच्याउन चाहन्छु ।

    रगतको सञ्चार रोकिएर त्यस्तो हुने होईन ।
    नशा च्यापिएकोले त्यस्तो हुन्छ, तर रगतको नशा होइन, स्नायुको नशा ।
    (nerve compression)
    अझै धेरै थाह पाउनको लागी wikipedia मा Parasthesia को बारेमा पढ्नुहोस् ।
    यस्तो लेखेको छ: " sustained pressure has been applied over a nerve, inhibiting/stimulating its function. Removing the pressure will typically result in gradual relief of these paresthesias, often described as a "pins and needles" feeling. "

    ReplyDelete

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु