हालसम्मको विज्ञान इतिहासले दर्शाए अनुसार पृथ्वीमा जीव उत्पत्तिको एउटै सिद्धान्त रही आएको छ । सो कुरालाई जीव रसायनशास्त्रको महत्वपूर्ण सिद्धान्तले पुष्टि गर्दछ । जस अनुसार पृथ्वीमा उत्पत्ति भएका प्रत्येक जीवको बनोट ६ वटा प्रमुख रसायन तत्वले बनेको हुन्छ, ती हुन: कार्बन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, सल्फर र फोस्फोरस । यस सिद्धान्तलाई Golden Rule of Bio-chemistry पनि भनिन्छ । तर हालै पत्ता लागेको आर्सेनिक रसायन उपयोग गर्ने व्याक्टेरियाले जीव उत्पत्तिको फरक धारलाई इंगित गर्दै पृथ्वी बाहेकका अन्य खगोलीय पिण्डमा जीव उत्पत्तिको बारेमा गहिरो ध्यानाकर्षण गरेको छ ।


साईन्स जर्नलको डिसेम्बर २०१० अंकमा प्रकाशित एक अध्ययन अनुसार संयुक्त राज्य अमेरिकाको उत्तरी क्यालीफोर्निया स्थित मोनो तालमा आर्सेनिक रसायन प्रयोग गर्ने व्याक्टेरिया पत्ता लागेको हो । उक्त अध्ययनको प्रमुख अध्ययनकर्ता Felisa Wolfe-Simon र उनका सुपरिवेक्षकहरु प्राध्यापक Davies र प्राध्यापक Anbar का अनुसार उक्त व्याक्टेरियाले प्रचलित जीव रसायनशास्त्रको सिद्धान्त विपरीत आफ्नो संरचना तथा उपयोगमा आर्सेनिक प्रयोग गरेको पाइयो । यस अनुसन्धानका अनुसन्धानकर्ताका अनुसार यो अनुसन्धानको मुख्य उद्देश्य जीवमा साधारणतया विषालु मानिने आर्सेनिकले फोसफोरसको ठाउँ लिन सक्छ कि सक्दैन भन्ने थियो । यस उद्देश्यलाई अगाडि बढाउन अनुसन्धानकर्मीहरुले आर्सेनिकको मात्रा बढी भएको मोनो तालमा अध्ययन गरेको थिए । उक्त व्याक्टेरियाले आफ्नो बासस्थानमा पाइएको आर्सेनिकलाई नै प्रमुख स्रोतको रुपमा प्रयोग गरेको पाइयो ।


यस तथ्यलाई पुष्टि गर्न अध्ययनकर्ताले उक्त व्याक्टेरियालाई प्रयोगशालामा क्रमिक रुपमा बढी आर्सेनिकको मात्रा दिई हुर्काएका थिए । परिणाम आश्र्चयचकित तुल्याउने थियो । व्याक्टेरियाले आफ्नो विकास क्रममा आर्सेनिकलाई शक्तिको रुपमा मात्र उपयोग नगरी डि.एन.ए. मा नै फोसफोरसलाई विस्थापन गरी आर्सेनिकलाई समेटेको पाइएको थियो । यस अघि पनि कतिपय व्याक्टेरियाले आर्सेनिकलाई शक्तिको रुपमा प्रयोग गरेको पाइएको छ तर आफ्नो शरीरको संरचनामा नै उपयोग गरेको पाइएको भने यो पहिलो हो । यो अनुसन्धानको परिणाम जीवन सम्बन्धी हाम्रो परम्परागत वैज्ञानिक धारणा भन्दा पृथक नयाँ रहस्योद्घाटन तर्फ उन्मुख रहेको छ । यद्यपि, अनुसन्धानको तत्कालिन परिस्थिति सम्म जीवनको उत्पत्तिको नयाँ बाटो भने खुट्याउने नसक्ने प्राध्यापक म्बखष्भक भन्नुहुन्छ र उक्त परिणाम व्याक्टेरियाको क्रमिक विकासको अनुकुलन (Evolutionary adaption) हुन सक्ने प्राध्यापक Davies विश्वास गर्नुहुन्छ । तर, अनुसन्धान आफ्नो पहिलो वर्षमा नै रहेको र नयाँ तथ्य फेला परेको कुरा सर्वसम्मत भएकोले, जीवनको दोस्रो शुरुवात सम्बन्धी धारणालाई नकारी हाल्नु पर्ने भने नभएको कुरा उहाँ अगाडि भन्नुहुन्छ । यस्तै गरी, यो खोज पृथ्वी बाहेकका खगोलिय पिण्डमा जीवनको सम्भावनालाई पनि डोर्याएको छ । शनि ग्रहको उपग्रह अर्थात् टाइटनमा प्रयाप्त रुपमा आर्सेनिक रहेको र उक्त ग्रहको तापक्रम आर्सेनिकको स्थायित्वको लागि उपयुक्त रहेकोले टाइटनमा आर्सेनिक प्रयुक्त जीवनको सम्भावना सम्बन्धी जिज्ञासा बढाएको छ र अन्ततः यस अनुसन्धानले के जीवन सृष्टीको फरक धार हुन सक्छ भन्ने प्रश्नमा थुप्रै चासो र चर्चा बटुलेको छ ।


- रविन्द्र पाण्डेय (विज्ञान लेखमालाबाट)


नीमको उपयोगिता के छ ?

Posted by Om Bhandari On 1:55 AM

प्राकृतिक विविधताले भरिएको हाम्रो देश नेपालमा, विभिन्न विशेषता बोकेका रुख विरुवाहरु अर्थात् वनस्पति पाईन्छन् । नेपालमा थुप्रै प्रकारका जडीबुटी पाइने भएता पनि यसको पूर्ण उपभोग र यसबाट लाभान्वित हुन सकेको छैन । यसको प्रमुख कारण भनेको यसलाई उपयोगजन्य बनाएर प्रचार प्रसार नगरिनु देखिन्छ । बजारमा रासायनिक प्रविधिका निकै महंगो र मानव शरीरलाई दीर्घकालीन हानी पु¥याउने औषधीहरुले नै प्राथमिकता पाएको देखिन्छ । उता आफ्नै भूमिमा पाइने अनेकौं रोगहरु निको पार्ने जडीबुटी भने ओझेलमा परेका छन् , जसको प्रयोग गर्नाले शरीरमा कुनै अप्राकृतिक हानी नगरी आर्थिक भार समेत कम हुन्छ । नेपालमा यस्ता औषधीय गुण बोकेका थुप्रै जडीबुटी र वनस्पतिहरु पाइन्छन् । यस्तै गुण बोकेको वनस्पति मध्ये नीम पनि एक हो । यो नेपालको पहाडी र तराईका भू भागमा पाइने वनस्पति हो । अन्य रुख विरुवाहरुको तुलनामा वायुमण्डल तथा पर्यावरणलाई शुद्ध बनाइ राख्ने क्षमता नीममा लुकेको हुन्छ । यस बाहेक नीममा यति धेरै औषधीय गुणहरु हुन्छन् जसको पहिचान गरेर प्रयोगमा ल्याउन सके निकै फाइदा हुने प्रमाणहरु सिद्ध भएका छन् ।


मानिसको शरीरमा देखिने छालाको रोग, दाँतको रोग, घाउ खटिरा, तथा रक्त विकार जस्ता विभिन्न रोगहरुदेखि लिएर अन्न बालीमा लाग्ने रोगहरुको समेत नीमबाट छुटकारा पाउन सकिन्छ । नीम यस्तो वनस्पति हो, जसको पात, डाँठ, बोक्रा, जरा, फलफूल सबै अंगमा औषधीय गुणहरुले भरिपूर्ण हुन्छ । यिनै विविध गुणहरुले गर्दा यसलाई औषधीय वनस्पतिको नामले समेत चिनिन्छ । आयुर्वेदले नीमलाई प्रकृतिको अनुपम उपहार मानेको छ । अझ भनौं, यसको तुलना अरु कुनै साधारण वनस्पतिसँग हुन सक्तैन । यसको विशेषता भन्नु नै आफ्नो गुण र महत्वलाई कहिल्यै पनि कमी हुन नदिनु हो । प्राचीन कालदेखि नै मानिसहरुको घर आँगन र बारी÷कान्लामा यसले आफ्नो ठाउँ ओगेटेको देखिन्छ । नीम आयुर्वेदमा मात्र नभई आधुनिक चिकित्सा पद्धतिमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । नेपालको ग्रामीण समुदायमा नीमको लोकप्रियता सँधै अग्रपंक्तिमा रहेको छ । यसको तेलमा मात्र कीटनाशक क्षमता नभएर पात तथा बोक्रामा पनि त्यतिनै गुणहरु विद्यमान रहेका छन् । अन्य बालीको भण्डार गर्दा नीमको पात मिसाएर भण्डार गर्नाले कीरा लाग्नबाट जोगाउन सकिन्छ ।


हाम्रो खेत बारीमा लगाएका बालीहरुमा पनि विभिन्न कीराहरु लागेर बालीनाली नष्ट गर्दछ । त्यस अवस्थामा नीमको पात तथा बोक्रा कुटी पानीमा मिसाइ उक्त कीटाणु लागेको बालीहरुमा छर्कनाले कीराहरु समेत हराउँदछ । घर, आँगन, कोठा आदिमा पनि भुसुना सुलसुले जस्ता कीराहरु छन् भने नीमको बोक्रा र पात बालेर त्यसको धुँवा र खरानी प्रयोग गर्नाले कीराहरु हराउँदछन् । शरीरको कुनै अंगमा लुतो, घाउ, खटिरा निस्केमा नीमको बोक्रालाई मसिनो हुने गरी कुटेर लेदो बनाई नियमित ४-४ दिन उक्त घाउ खटिरामा लगाउनाले छिट्टै निको हुन्छ । नीम भरपर्दो एण्टिसेप्टिक समेत भएकोले शरीरको कुनै अंग काटिएमा यसको पातलाई पिसेर लगाउँदा अन्य संक्रमण हुनबाट जोगाउन सकिन्छ । नीमको स्वाद तीतो हुन्छ, त्यसैले यसको पात, डाँठलाई पिसेर रस बनाई नियमित सेवन गरे मधुमेहका रोगीहरुका अतिरिक्त विकारलाई समेत नष्ट गरी रगत सफा बनाउन मद्दत गर्दछ । दाँत हल्लने, गिजा सुन्निने र दाँत माझ्दा रगत आउने रोग छ भने दैनिक नीमको डाँठ प्रयोग गरी दाँत माँझनाले उक्त रोगहरुबाट बँच्न सकिन्छ । शरीरमा स-साना डावर वा एलर्जी भएको बेला यसको पातको खरानी वा रस लगाएमा निकै आराम हुन्छ । यही निमलाई आधुनिक चिकित्सा र परिवार नियोजनका लागि पनि प्रयोगमा ल्याउने प्रयास भइरहेको बताइन्छ । छातीको ब्रोङक्राइटिस, घाँटीमा निस्कने खटिरा, नाक भित्र घाउ निस्केमा नीमको डाँठको बोक्रा निकालेर मुख बन्द गरी निकै समय लगाएर चपाउने गरे उक्त समस्याहरु हटेर जान्छन् । नीममा भएका यिनै अनेकौं गुणहरुले गर्दा यसको महत्वलाई बुझी यसको उचित संरक्षण र प्रयोग गर्नु पर्ने देखिन्छ । जसको सम्बद्र्धनबाट हाम्रो विग्रदो पर्यावरणलाई समेत राहत पुग्ने देखिन्छ ।

रक्तचाप के, किन, कसरी ?

Posted by Om Bhandari On 2:55 AM

मानव स्वास्थ्यको दृष्टिकोणले उच्च रक्तचाप एक जोखिमपूर्ण रोग हो । यसले हृदयघात, मृगौलाको कार्य क्षमतालाई बेकामको गराउने जस्ता रोगहरु निम्त्याउँछ । यसलाई "सुटुक्क ज्यान लिने रोग" भनेर पनि चिन्ने गरिन्छ । उच्च रक्तचाप भएका धेरै व्यक्तिहरुमा यसको केही पनि लक्षण नदेखिन सक्छ । त्यसैले ४० वर्ष नाघेका व्यक्तिहरुले नियमित परीक्षण गराई डाक्टरको सल्लाह अनुसार जीवन बिताउन उचित हुन्छ ।


शरीरको विभिन्न भागमा अक्सिजन पु¥याउने कार्य रक्त नलीबाट बग्ने रगतले गर्दछ । यी रगत नलीमा प्रवाह हुँदा त्यस नलीमा चाप उत्पन्न हुन्छ । यसरी रक्त नलीमा हुने चापलाई रक्त चाप भनिन्छ । रक्तचाप दुई किसिमको हुन्छ । जसलाई सिस्टोलिक र डायस्टोलिकको रुपमा नापिन्छ । मुटु पुरै खुम्चिएको अवस्थालाई सिस्टोलिक चाप र फुकेको अवस्थामा हुने चापलाई डायस्टोलिक चाप भनिन्छ ।


रक्तचाप नाप्ने प्रक्रियामा जुन व्यक्तिको नाप लिइने हो त्यो व्यक्ति कम्तीमा ५ मिनेट आरामसित बसेको हुनु पर्दछ । आधा घण्टा पूर्व कफि चिया जस्ता नाडी उत्तेजना हुने किसिमका पेय पदार्थ पिएको हुनु हुँदैन । किन भने यी पेय पदार्थको सेवनले रक्तचाप बढ्न सक्ने सम्भावना प्रबल रहन्छ । विशेष गरी रक्तचाप नाप्दा आरामसित बसेको अवस्थामा हुनु पर्दछ । पारोयुक्त रक्तचाप नाप्ने यन्त्र मर्करी स्फाइग्मो म्यानोमिटर सबैभन्दा उपयुक्त मानिन्छ र यसको इकाइ पारोसँग दाँजेर राखिएको हुन्छ । जस्तैः १२० कि.मि. र ८० मि.मि. पारोलाई सामान्य चाप मानिन्छ । रक्तचाप नाप्ने यन्त्र पाखुरामा स्थापित गरी सकेपछि स्थेस्कोपको मद्दतले नाडीको चालको नाप सुनेर रक्तचाप निकालिन्छ । जहाँबाट नाडीको ढुकढुक आवाज सुन्न शुरु हुन्छ त्यसलाई सिस्टोलिक प्रेशर वा माथिल्लो रक्तचाप र जहाँबाट ढुकढुकी आवाज सुन्न छोडिन्छ त्यसलाई डायस्टोलिक वा तल्लो रक्तचाप भनिन्छ । हिजोआज रक्तचाप जाँच्ने उपकरणहरु विभिन्न किसिमका छन् र सही रक्तचाप निकाल्न कुनै पनि उपकरण प्रयोग गर्दा कम्तीमा पनि दुई तीन पल्ट दोहो¥याउन आवश्यक पर्दछ ।


साधारण रक्तचाप भन्नाले १२० मि.मि. सिस्टोलिक र ८० मि.मि. डायस्टोलिक भन्ने बुझिन्छ । सामान्यतया सिस्टोलिक र डायस्टोलिक चापको मानमा २० मि.मि. सम्मको घटबढलाई पनि साधारण नै मान्न सकिन्छ । यदि सिस्टोलिक वा डायस्टोलिकको मान साधारण भन्दा असामान्य रुपले फरक देखाउँछ भने त्यस किसिमको रक्तचाप भएको व्यक्तिलाई ब्लड हाइपरटेन्सन भएको भनिन्छ । त्यस्तै यदि एकदमै कम चाप देखाएको खण्डमा सो व्यक्तिलाई हाइपोटेन्सन भएको भनिन्छ ।



रक्तचाप घटबढ हुनुको कारण


शरीरलाई अनावश्यक हर्मोनहरु शरीर बाहिर फ्याक्ने दरमा परिवर्तन आएमा रक्त धमनीको भित्ता वरपरको मोटाईमा पनि फरक आउँछ । यस्तो परिवर्तनले रक्तचापमा नकारात्मक असर पु¥याउँछ । जसले गर्दा हाइपरटेन्सन वा हाइपोटेन्सन हुने हुन्छ । ५ देखि १५ प्रतिशत रोगीहरुमा गरिएको एक अध्ययनमा रक्तचाप दोस्रो कारकको रुपमा देखिएको छ । किड्नी, धमनी र नशाका रोगीहरुका अलावा मोटोपना घटाउने औषधी खाने र आगोले पोल्दा लगाउने औषधी आदिको प्रयोगले पनि रक्तचाप घट्ने वा बढ्ने हुन जान्छ । यस्तो रोगीहरुलाई एसनसियल हाइपरटेन्सनको दर्जामा राख्ने गरिन्छ । यिनीहरुको रक्तचापमा फरक आउनुको विभिन्न कारणहरु मध्ये तन्तुहरुमा हुने जैविक परिवर्तन, पुर्खौली वंशाणु, उत्तेजनात्मक तनाव, वातावरणीय प्रभाव आदिबाट हुन सक्दछन् अरु सम्बन्धित कारणहरु जस्तैः मोटोपन, उच्च चिल्लोपना, न्यून क्याल्सियम, म्याग्नेसियम वा पोटासियम, रगतमा चिनीको मात्रा उच्च हुनु, धुम्रपान, मदिरा सेवन र मनोवैज्ञानिक कारणहरु नै रक्तचापमा भिन्नता ल्याउने कारकहरुको रुपमा लिइने गरिन्छ । कर्कस ध्वनीको निरन्तर सम्पर्कमा रहने व्यक्तिलाई पनि उच्च रक्तचाप हुन सक्दछ । ध्वनीले गर्दा एडरेनल हर्मोनको संख्यामा बृद्धि हुन जान्छ जसले रक्तचाप बढाउँछ ।



हाइपोटेन्सन भएको कसरी थाहा पाउने ?


सामान्यतया हाइपोटेन्सन लाई (न्यून रक्तचाप) असाधारण अवस्था मानिन्छ । न्यून रक्तचाप विरलैलाई मात्र हुने हुन्छ । धेरै जसो सामान्य कुराकानी गर्दा आफूलाई न्यून रक्तचाप छ भन्ने गरेता पनि बढी भन्दा बढी यस्ता व्यक्तिहरुको सिस्टोलिक चाप ९० बाट ११० कि.मि. (पारो को हाराहारीमा पाइन्छ । उक्त चापलाई साधारण नै मानिन्छ । अर्को रोचक पक्ष यस्ता व्यक्तिहरुको आयु सामान्य रक्तचाप भएका मानिसहरुको भन्दा बढी भएको


पाइएको छ ।


असाधारण हाइपोटेन्सन ले खतरनाक रोगलाई इंगित गरेको हुन्छ । जस्तै वाह्य तरल पदार्थको निष्कासन, मष्तिस्क स्राव हुनु, वान्ता हुनु, झाडा पखाला लाग्नु, बढी पिसाब लाग्नु, औषधीको अधिक प्रयोग, आगोले पोल्नु, अधिक पसिना आउनु, हृदयाघात हुनु, भित्री तरल पदार्थमा कमी आउनु, आन्द्रामा रोकावट हुनु र फोक्सोमा रगत जम्नु जस्ता कारणहरुले पनि रक्तचापमा कमी आउँदछ । मुटु वा त्यससित सम्बन्धित अन्य अंगमा खराबी देखिएमा हृदयाघात, नाडीको चालमा फरक आउनु, छातीमा अत्यधिक पीडा हुनु, रक्तनलीहरुमा धेरै खराबी आउनु पनि हाइपोटेन्सनका लक्षणहरु हुन् ।



गर्भिणी अवस्थामा हुने असर


गर्भिणी अवस्थामा र सुत्केरी अवस्थामा हुने असामान्य रक्तचापले आमा बच्चा दुवैलाई प्रतिकूल असर पर्न सक्दछ । बच्चा जन्माउने बेला यदि आमालाई गहिरो हाइपोटेन्सन भएको छ भने बच्चा तुहिने डर हुन्छ । अझ यो अवस्था पहिलो पटकको बच्चा जन्माउन लागेको महिलाको लागि अझै घातक हुन्छ । दोस्रो वा तेस्रो बच्चा पाउने बेला यदि यस्तो अवस्था भएमा बच्चा जन्मनासाथ मर्ने वा पूर्ण विकसित नभएको बच्चाको जन्म हुन सक्दछ । बच्चा पाउने बेलामा यदि हाइपोटेन्सन भएको छ भने कोमा वा मृत्यु समेत हुने


सम्भावना हुन्छ । यी दुवै कुराको अलावा हाइपोटेन्सनले शरीरको विभिन्न अंगहरु जस्तै सालनाल, कलेजो, मुटुलाई पनि राम्रोसँग काम गर्न नसक्ने बनाईदिनाले मुटुको चाल नै बन्द हुन गई मृत्यु समेत हुन सक्दछ ।



उच्च वा न्यून रक्तचापका लक्षणहरु


हाइपरटेन्सनको सामान्य लक्षण अधिकांश मानिसहरुमा पाइदैन । यो रोग आफूलाई भए नभएको थाहा पाउन समय समयमा रक्तचाप नाप्ने गर्नु पर्दछ । यदि कसैलाई हाइपरटेन्सन भएको छ भने बिहानीपख अलि अलि टाउको दुखेको अनुभव हुनु, आँखाको शत्तिः कम हुँदै जानु, मुटुको धडकन अप्रत्यासित रुपले बढ्नु, छिटोछिटो तर छोटो श्वास फेर्नु आदि लक्षणहरु देखा पर्दछन् । हाइपरटेन्सन को लक्षण नै नभएको व्यक्तिलाई यदि कसैले तिमीलाई हाइपरटेन्सन भएको छ भनी दिएको खण्डमा त्यो व्यक्ति मनोवैज्ञानिक रुपमा विचलित भई हाइपरटेन्सनका लक्षणहरु आफूमा देखिन थालेको अनुभव गर्दछ ।


यस्तो मनोवैज्ञानिक असर परेको अवस्थामा पसिना खलखलि निस्कनु, टाउको दुख्नु, मांशपेशी कमजोर हुनु आदि जस्ता लक्षणहरु देखिन्छ । हाइपोटेन्सनको अवस्थामा व्यक्तिमा कमजोरी अनुभव हुनु, जीउ सितांग हुनु, रिंगटा लाग्नु वा बेहोस हुनु आदि जस्ता लक्षणहरु


देखा पर्दछन् ।



उपचार


हाइपरटेन्सनको उपचार नियमित औषधी सेवन गरी रक्तचापलाई नियन्त्रणमा राख्नु हो । ५ देखि १५ प्रतिशत उच्च रक्तचापका रोगीहरुको उपचार रोगको कारण पत्ता लगाएर मात्र गर्ने गरिन्छ । तर ८५ देखि ९५ प्रतिशत रोगीहरु जसको रोगको कारण थाहा लाग्दैन, यिनीहरुको उपचार भनेको नियमित रुपले जीवनभर औषधीको सेवन गर्नु नै हो । केही रोगीहरुलाई भने खाना, धुम्रपान, मदिरा सेवन, तनाव आदिमा परिवर्तन गरी रक्तचाप नियन्त्रण गर्न सकिन्छ भने केहीलाई औषधीको सेवनमा क्रमशः कमी गराएर नियन्त्रण गर्न सकिन्छ । रक्तचापमा नियन्त्रण ल्याउनु भनेको एउटा लामो प्रक्रिया हो । यस प्रक्रियामा बिरामीले थेग्न सक्ने हिसाबले एक वा धेरै किसिमका औषधीको मात्रा बिस्तारै बढाउँदै लानु पर्दछ । हाइपोटेन्सनको उपचारमा औषधीको सेवन गराइदैन । यसको सट्टामा नून सेवनको मात्रा बिस्तारै बढाइन्छ । कुनै कुनै बिरामीहरुको रक्त चाप अकस्मात् घट्ने हुन्छ । यस्तो बिरामीको लागि खुट्टाको तल्लो भागमा पट्टि कसेर पनि रक्तचापमा अकस्मात् हुने कमीबाट बचाउन सकिन्छ ।


हिजोआज हाइपरटेन्सनबाट अधिकांश मानिसहरु पीडित छन् । शरीरको धेरै भन्दा धेरै अंगहरु क्षति पु¥याउनमा यसले प्रमुख भूमिका खेल्दछ । यो रोगले बहुसंख्यक मानिसको आयुलाई छोट्टयाउँछ र जीवनको स्वरुपलाई नै बेढंगा बनाउँदछ । त्यसैले रक्तचाप घटबढ हुनु स्वास्थ्यको हिसाबले अत्यन्त खतरापूर्ण मानिन्छ । त्यसैले यसबाट बच्न बेलैमा सचेत हुन आवश्यक छ ।



रक्तचाप भएको खण्डमा अपनाउनु पर्ने कुराहरु



  • चिकित्सकको सल्लाहलाई इमान्दारिताकासाथ पालना गर्ने ।

  • उचाइको हिसाबले आफ्नो हुनु पर्ने निश्चित तौलको ख्याल राखि बढी भएमा घटाउने ।

  • यदि मधुमेहको रोगी हुनुहुन्छ भने त्यसको नियन्त्रण गर्ने,

  • दिनमा ५ ग्रामभन्दा कम मात्र नून लिने,

  • नियमित व्यायाम गर्ने,

  • पोटासियम, क्याल्सियम र म्याग्नेसियम बढी पाइने खानेकुराको सेवन गर्ने,

  • आफूले खाने औषधीको नाम र त्यसको मात्रा याद गर्ने ।



रक्तचाप भएको मानिसले बार्नुपर्ने कुराहरु


बोसो भएको खाना, चर्को नून भएको खानेकुरा जस्तै अचार, पापड, बिस्कुट, पाउरोटी, ड्राइमिट, टिनमा बन्द भएका खानेकुराहरु आदि नखाने, धुम्रपान नगर्ने, डाक्टरसित सल्लाह नलिई उपचार बन्द नगर्ने, रक्तचापको औषधी सिध्याएर नबस्ने, तौल घटाउने र रुघाको औषधीको सेवन नगर्ने, आराम गर्न सिक्नुहोस र बढी श्रमयुक्त काम नगर्नुहोस, साधारण र ठूलो शल्यक्रिया गर्नु अघि आफ्नो सम्बन्धित डाक्टरलाई आफूले लिने गरेको औषधीहरुको जानकारी दिन नभुल्नुहोस् ।


(विज्ञान लेखमाला÷अंक ३५३ असार २०६७ बाट)

एलर्जी के हो ?

Posted by Om Bhandari On 2:21 AM

सन् १९०६ मा बालरोग विशेषज्ञ Dr. Clemens Von Pirquet ले उनका बिरामीहरु धूलो धुँवा आदिका कारण मात्रले पनि क्षणिक रुपमा बिरामी भइ उपचारार्थ आउने गरेको कुरा थाहा पाए पछि उनले त्यस्ता रोगलाई एलर्जी भन्ने नामाकरण गरे । एलर्जी शब्द दुई वटा ग्रीक शब्दहरु 'Allois' र'Egron' लाई समेटिएर नामाकरण गरिएको थियो , जसको अर्थ " अन्य कार्य " भन्ने बुझिन्छ ।


सामान्यतया हावा हुरी चल्ने र गर्मी शुरु हुने मौसम अर्थात् बसन्त र गृष्म ऋतुहरुमा मानिसहरु एलर्जीबाट प्रभावित हुने गर्दछन् । हावामा तैरिरहने परागकण , धुलो , धुँवा , जनावरको रौं , कीराको टोकाइ , पेटमा पाइने जुका , चराको प्वाँख , खानेकुरा तथा औषधिको सेवनबाट एलर्जी हुन सक्छ । एलर्जी गराउने यस्ता वस्तुहरुलाई allergen भनिन्छ । अत्याधिक मानिसहरुलाई परागकणको सम्पर्क वा खानेकुराबाट एलर्जी हुने गरेको पाइएको छ । खानेकुरामा पाइने तेलीय पदार्थ तथा प्रोटीन एलर्जीका प्रमुख कारक तत्वहरु हुन् । बदाम , पेस्ता , ओखर , फुलको सेतो भाग , दूध , माछा , किवी , फल , केरा , मसलाहरु तथा खानेकुरामा मिसाइने रङ्गहरुबाट एलर्जी हुने मानिसहरुको संख्या अधिक पाइन्छ ।


Allergen हरु त्यस्ता वस्तुहरु हुन , जुन हाम्रो शरीरले मन नपराइएका हुन्छन् । यी वस्तुहरु सम्पर्कमा आएपछि , शरीरको प्रतिरोधात्मक प्रणालीले यस विरुद्ध लड्न र यसलाई निस्तेज तुल्याउन शरीरमा antibodies लाई तयार पार्दछ , जसलाई Immunoglobulin E (IgE) भनिन्छ । यी एलर्जीका कारक तत्वहरु हुन , जुन वास्तविक रुपमा हानिकारक हुँदैन , तथापि यसलाई दबाउन IgE ले शरीरका कोषहरुलाई अत्यधिक मात्रामा एलर्जीको औषधिको निम्ती प्रयोग गरिने एक पदार्थ (histamine) उत्सर्जन गर्न उत्प्रेरित गर्दछ । यस प्रतिक्रियालाई हामी शरीरले गरेको अनावश्यक कार्यको रुपमा पनि व्यक्त गर्न सक्दछौ । फलस्वरुप हाम्रो शरीरमा एलर्जीका लक्षणहरु देखा पर्न थाल्दछ । शरीरमा फोका फोका आउने , चिलाउने , नाकबाट पानी बग्ने , लगातार हाच्छिउ आउने , आँखा चिलाउने , आँखा रातो हुने , आँशु बगिरहने , दम बढ्ने आदि एलर्जीका लक्षणहरु हुन् । सामान्यतया एलर्जीले हानि पुराउँदैन भन्ने मान्यता रहेको पाइन्छ , तर कहिलेकाँही औषधिको सेवन तथा कीराको टोकाइबाट घातक एलर्जी हुन सक्दछ , जसलाई anaphylaxis भनिन्छ । Anaphylaxis ले गर्दा मानिसको मृत्यु पनि हुन सक्छ ।


एलर्जी हुने कारक तत्वहरु मानिसै पिच्छे फरक फरक हुन सक्छ , किनकी मानिसको शरीरमा पाइने क्ष्नभ् को त्यस्ता कारक तत्वहरु पहिचान गर्न सक्ने क्षमता फरक फरक हुन्छ । प्रत्येक क्ष्नभ् को त्यस्ता बििभचनभल सँग प्रतिक्रिया गर्न सक्ने गुण पनि फरक फरक हुन्छ । साथै , एलर्जी हुने/नहुने कुरा व्यक्तिको सहन सक्ने क्षमता र उमेरमा पनि निर्भर गर्दछ । औषधि विज्ञानले शरीरभित्र हुने एलर्जीका घटनाहरुलाई अझसम्म पनि पूर्ण रुपमा प्रष्टयाउन सकेको छैन , तर पनि एलर्जीको सम्भावना बढ्दो उमेरसँगै क्रमशः घट्दै जाने कुरा अध्ययनमा देखिएको छ ।


महिला भन्दा पुरुषमा एलर्जीको सम्भावना बढी हुन्छ । कम बिकसित मुलुक भन्दा विकसित मुलुकको मानिसहरुमा बढी एलर्जी हुने गरेका तथ्यांक पाइन्छ । त्यस्तै ग्रामीण भेगमा बस्ने मानिसहरु भन्दा शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरु बढी मात्रामा एलर्जीले संक्रमित भएको पाइन्छ । तसर्थ धुलो धुँवाको घनत्व र शरीरको प्रतिरोधात्मक क्षमताको आधारमा एलर्जी हुने/नहुने कुरा निर्देशित हुन सक्ने खतरा रहन्छ भन्ने मान्यताको विकास भएको पाइन्छ ।


एलर्जीको उपचारको लागि antihistamine औषधिहरुले शरीरमा histamineको उत्सर्जन कार्यलाई न्यून गरी एलर्जीका लक्षणहरु घटाउन मद्दत गर्दछन् । तर एलर्जीको उपचारको लागि संधै antihistamine औषधिहरुको सेवन गर्नु उपयुक्त मानिदैन किनकी यस्ता औषधिहरुले शरीरमा आलस्यता बढाउने , लठ्ठ पार्ने , निन्द्रा लगाउने , आँखा सुख्खा बनाउने जस्ता असरहरु देखाउने गर्छन र यस्ता औषधिहरु केही दिनदेखि वर्षौ वर्षसम्म पनि खाइरहनु पर्ने हुन सक्छ , जबसम्म शरीरले एलर्जीको कारक तत्वसँग छुटकारा पाउँदैन । तसर्थ के कारक तत्वबाट शरीरमा एलर्जी भइ राखेको छ , त्यसको पहिचान गरी , त्यसबाट टाढा रहनु नै यसको सबैभन्दा राम्रो उपचार हो । एलर्जी हुनु पूर्व र एलर्जी भइराखेको समयमा आफूले गरेको क्रियाकलापहरुलाई ख्याल गरी रेकर्ड राख्नाले एलर्जीको कारक तत्वको पहिचान गर्न मद्दत पुग्नेछ ।


विज्ञान र प्रविधिको विकाससँगै शरीरको रगत परीक्षण र छाला जाँचबाट एलर्जी नभएको कुरा पत्ता लगाउने प्रविधि पनि विकसित भइसकेको छ । रगतको नमूना संकलन गरी त्यसमा IgE को उपस्थिति र मात्रा मापन गरी एलर्जी नभएको जाँच गरिन्छ , जसलाई RAST (radioallergosorbent test) प्रविधि भनिन्छ । विभिन्न allergen हरु छालामा राखी , त्यस पछि छालाले कस्तो प्रतिक्रिया जनाउँदछ त्यसको अध्ययन गरेर पनि एलर्जीको कारकतत्वहरु थाहा पाउन सकिन्छ । तर सिमित allergen हरुसँग परीक्षण गरिने यस्ता उपायहरु संधै उपयोगी नहुन सक्छन् ।


यदि एलर्जीका कारकतत्वको पहिचान हुन सकेमा र त्यसबाट कहिल्यै टाढा रहन सक्ने अवस्था नभएमा , एलर्जीबाट छुटकारा पाउन Immunization पनि गर्न सकिन्छ । यस्तो Immunotherapy मा शरीरलाई निश्चित मात्राको allergen सँग सम्पर्क गराइन्छ ताकि त्यस्ता allergen सँग शरीर अत्याधिक परिचित होउन र अनावश्यक प्रतिक्रिया व्यक्त नगरुन । यस्तो allergyshot उपचार केही महिनादेखि लिएर सम्पूर्ण जीवनभरि पनि जारी रहन सक्छ ।


वास्तवमा एलर्जी कहिल्यै निको नहुने रोग हो । यो पटक पटक देखा परिनै रहन्छ । औषधिको सेवनले एलर्जीबाट राहत भने अवश्य पु ¥ याउँछ । एलर्जीको समस्याबाट छुटकारा पाउन , औषधिको सेवन गर्नुको साटो , हामी केही घरेलु उपायहरु अपनाउन सक्छौ जसले शरीरलाई हानी नपुराइ एलर्जी निको तुल्याउन मद्दत गर्न सक्छ ।


नून पानीको सफा घोलले नाकको नली सफा गर्नु एक उत्तम उपाय हुन सक्छ । यसबाट नाकमा टाँसिएको धुलो र परागकणहरु पखालिन्छ र नाकभित्रको म्यूकस झिल्लीलाई पातलो गराई antibacterial को रुपमा काम गर्दछ । भिटामिन सी पाइने अमिलो प्रजातिका फलफूलहरु खाँदा पनि मौसमी एलर्जी सन्चो पार्न प्रभावकारी हुन्छ । अंगुरको बियाँमा quercetin नामक फ्लोवोनाइड रसायन अत्यधिक मात्रामा पाइन्छ जसको सेवनले शरीरमा histamine को उत्सर्जन कम गराई एलर्जी निको पार्न मद्दत पु¥याउँदछ ।


Allergen को सम्पर्कबाट एलर्जी हुने हुँदा त्यसबाट टाढाँ रहन आफू सचेत भई विभिन्न तौर तरिकाहरु अपनाउनु पर्दछ । तल उल्लेखित केही बानी र व्यवहारहरुले एलर्जीबाट टाढा रहन मद्दत पु¥याउनेछ ।


१. यदि धुलो तथा परागकणसँग एलर्जी छ भने कोठाको झयाल ढोकाहरु सकेसम्म बन्द गरी राख्नु र पंखाको प्रयोग नगर्ने । चलिरहेको पंखाले धुलो तथा परागकणहरुलाई कोठामा फिंजाइ रहेको हुन्छ ।


२. धूलो जम्ने कार्पेटको सट्टा चिल्लो कार्पेट अथवा काठको भूँइ प्रयोग गर्ने ।


३. भूँइ सफा राख्ने , कुचो लगाउने र पुछ्ने ।


४. कोठाभित्र धु्रमपान नगर्ने ।


५. धेरै लामो झुण्डिने पर्दा प्रयोग नगर्ने प्वाँखहरुबाट बनाइएका सिरानी, सिरकहरु प्रयोग नगर्ने ।


६. बच्चाहरुलाई कपडाबाट बनाइएका खेलौनाहरु खेल्न नदिने ।


७. लुगा , ओछ्यान खोल , तन्ना पर्दा आदि समय समयमा तातो पानीले धुने ।


८. बेन्जाइल बेन्जोएट वा ट्यानिक एसिडको झोल समय समयमा कोठामा स्प्रे गर्ने ।


९. घरभित्र र कोठाहरुमा धेरै विरुवाहरु गमलाहरु जम्मा नगर्ने ।


१०. घरपालुवा जनावरहरुलाई समय समयमा नुहाइ दिने ।


११. परागकणबाट एलर्जी हुने मानिसहरु बिहानको समयमा घरभित्रै बस्नु राम्रो हुन्छ किनकी यस समयमा बाहिरको वातावरणमा परागकणको मात्रा बढी हुन्छ ।


१२. रुख बिरुवाहरु बढी भएको ठाउँमा , बिहान र साँझाको समयमा घुम्न कम गर्ने ।


१३. घर बाहिर निस्कदा मास्कको प्रयोग गर्ने ।


१४. बाहिरबाट घर फर्केपछि नुहाउने या लुगा फेर्ने ।


१५. एलर्जी हुने खालका खानेकुरा नखाने ।


१६. एलर्जी गराउने औषधिहरु थाहा पाइ राख्ने र त्यस्ता औषधिहरु कहिल्यै प्रयोग नगर्ने ।


१७. कस्मेटिक सामानहरु जस्तै मोइस्चराइजर , सेम्पु , मेकअपका सामानहरु , सुंगन्धित स्प्रेहरु आदिमा पाइने रसायनहरुले पनि एलर्जी गराउने हुँदा त्यस्ता सौन्दर्य सामग्रीहरु होशियारी पूर्वक प्रयोग गर्नु पर्दछ ।


-डा. गण बहादुर बज्राचार्य ( विज्ञानलेखमालाबाट)

छालाको अवस्थाले हाम्रो भित्री भावनालाई प्रकट गरिरहेको हुन्छ । भावनात्मक समस्याले हाम्रो छालाको समस्या उत्पन्न गराउन सक्दछ । यससँग सम्बन्धित कारक तत्व र यसको असरका बारेमा उचित जानकारी प्राप्त नभएता पनि केही व्यक्तिमा दबाब तथा अन्य मनोवैज्ञानिक तत्वहरुले छालाको केही प्रकारका समस्यालाई थप जटिल बनाएको तथ्य पाइएको छ । मस्तिष्क तथा छालाका बीचमा गहिरो सम्बन्ध रहेको छ जस्तै ः एक आमा र नवजात शिशुका बीचमा छालाको सम्बन्ध रहेको हुन्छ । धेरै व्यक्तिको बिचारमा छालाद्वारा हुने सम्बन्धले स्वयंको तथा संसारको भावनात्मक विकासमा उच्च भूमिका निर्वाह गर्दछ । स्वयमको भावनात्मक अवस्थाले छालालाई असर गर्दछ भन्नेमा चकित हुन आवश्यक छैन । यी दुई बीचको सम्बन्ध बारे थाहा पाउने उत्सुकताले Psychodermatology अथवा Psychocutaneous medicine क्षेत्रको विकास भएको हो । Boston's Beth Israel Deaconess Medical Centre का मनौवैज्ञानिक तथा Psychodermatology विशेषत Dr. Ted A. Grossbart का अनुसार छालाको रोगको उपचारका निम्ति आउने प्रायः व्यक्तिमा मनोवैज्ञानिक समस्या पाइएको छ जसले उपचारमा असर गर्न


सक्दछ ।


उचित औषधोपचारबाट थुप्रै छालाको रोग निको भएको वा तिनमा सुधार भएको पाइएको छ । Psychodermatology को उद्देश्य मनोवैज्ञानिक उपचारलाई हटाउनु नभएर हालको विद्यमान छालाको उपचार पद्धतिले काम गरेको छैन भने त्यसमा भावनात्मक विषय हुन सक्ने सम्भावनालाई पहिचान गर्नु रहेको छ । छालाको समस्यालाई मनोवैज्ञानिक तवरले उपचार गर्नु भन्दा पहिले औषधोपचार गर्नु आवश्यक छ । तर कहिले काँही औषधोपचार तथा अन्य उपचार विधिले काम नगरेको खण्डमा त्यसमा मनोवैज्ञानिक उपचारलाई संयुक्त रुपमा प्रयोग गर्नु उचित हुन्छ ।


Psychodermatology एक नयाँ उपचार पद्धति हो । हाल आएर थुप्रै छाला रोग विशेषज्ञहरुले व्यक्तिको मानसिक अवस्थामा ध्यान दिन थालेका छन् र विरामीहरुको छालाको समस्यासँग सम्बन्धित भावनात्मक अवस्थाको पनि उपचार गर्न थालेका छन् । यस उपचार अन्तर्गत Self hypnosis (कृत्रिम निन्द्रा) तथा विश्राम (Relaxation) जस्ता शरीर र दिमागसँग सम्बन्धित पद्धतिहरु पर्दछन् ।


छाला र मनोविज्ञान

छाला शरीरको सबैभन्दा ठूलो अंग हो । यसले सुरक्षा कवजको कार्य गर्दछ जसले शरीरलाई चोटपटक तथा विकिरण, ताप र शित, वायु प्रदूषण जस्ता वातावरणीय प्रभावबाट बचाउँदछ । यो प्राणीशास्त्रका अन्य जटिल प्रणालीसँग पनि संलग्न हुने गर्दछ । छालामा पसिना ग्रन्थी तथा रक्त नलीहरु (जसले शरीरको तापक्रम सन्तुलित राख्दछ), सूर्यको किरणद्वारा भिटामिन डी निर्माण गर्ने कोषिकाहरु दिमागसँग सम्बन्धित नसाहरु र शरीरको रोग प्रतिरोधात्मक प्रणालीसँग सम्बन्धित कोषिकाहरु हुन्छन् जसले सुक्ष्मजीव जस्ता प्राणीहरुबाट बचाउँदछ ।


दिमाग तथा नाडीमण्डलले neuropeptides जस्ता वस्तुहरुको माध्यमबाट छालामा रहेका रोग प्रतिरोधात्मक कोषिकाहरुलाई असर गर्दछ । छालामा रहेको यी वस्तुहले मानिसमा पार्ने मनोवैज्ञानिक दबाबका बारेमा वैज्ञानिकहरुद्वारा अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा केही प्रकारका दबाबले असर गर्ने गर्दछ । जसले छालाको रोग निको पार्ने क्षमतामा ह्रास आउने तथ्य पत्ता लागेको छ । शल्यक्रिया गरिएका बिरामीहरुमा गरिएको एक अध्ययनले शल्यक्रिया हुनु एक महिना पूर्व कम दबाबको महसुस गरेका बिरामीहरुमा LL-1 (रोग प्रतिरोधात्मक प्रणालीसँग सम्बन्धित एक रसायन जसले रोग निको पार्न सहयोग गर्दछ) को मात्रा धेरै भएको, शल्यक्रिया पश्चात् दुखाईको कम महसुस गरेका तथा उनीहरु छिट्टै निको भएको पाइएको छ । अध्ययनले उच्च नकारात्मक दबाबले हानिकारक तत्वहरलाई शरीरभित्र प्रवेश गर्न निषेध गर्ने छालामा रहेको क्षमता तथा छालाको कोषिकाहरुमा रहेका तरल पदार्थहरुलाई जोगाइ राख्ने क्षमतालाई नष्ट पार्न सक्ने देखाएको छ । यस प्रकारको विनाश नै छालाको थुप्रै रोगहरु निम्त्याउने प्रमुख कारक तत्व रहेको विश्वास गरिएको छ ।


छाला र मस्तिष्क बीचको सम्बन्धका प्रकारहरु


Psychodermatology सँग सम्बन्धित रोगहरुलाई निम्न तरिकाले विभाजन गरिएको छ ।


१. Psychophysiological


यस प्रकारको छालाको समस्या शरीरका विभिन्न प्रणालीहरुसँग सम्बन्धित रहेको छ तर यसलाई दबाब तथा अन्य भावनात्मक तत्वहरुले थप जटिल बनाउन सक्दछ । अन्य तत्वहरुमा डण्डीफोर आउनु, कपाल झर्नु, थुप्रै प्रकारका चर्मरोग, जनै खटिरा, धेरै पसिना आउनु (hyperhydrosis) , चिलाउने (Pruritis) , छालामा रातो डाबर आउने रोग (rosacea) , छालाको पत्र निस्कनु (rosacea) , मुसा आउनु पर्दछन् । धेरै पसिना आउनु तथा चिलाउनु जस्तो केही लक्षणहरु अन्य रोगका अथवा औषधोपचारबाट भएका प्रतिक्रिया पनि हुन सक्दछन् । तसर्थ स्वास्थ्य चिकित्सकले मनोवैज्ञानिक तत्वहरुलाई हेर्नु पूर्व यी कुराहरुमा ध्यान दिन आवश्यक छ । जस्तैः छालाको पत्र निस्कने रोगमा मनोवैज्ञानिक पद्धति अपनाउने अथवा दबाबलाई कम गर्नुभन्दा पनि औषधोपचारबाट छिटो निको हुने गर्दछ ।


२. Secondary Psychiatric


छालाका समस्याहरु जस्तै डण्डीफोर, रातो डाबर आउने, छालाको रंग हराउने वा जनै खटिराले व्यक्तिलाई लज्जास्पद वा तल्लो दर्जाको आभास गराउने, आत्म सम्मान गुम्ने, शक्तिहिनता तथा चिन्ताको बोध गराउँदछ र समग्रमा यसले जीवनलाई तल्लो स्तरको बनाउँछ । छालाको समस्या तथा नैराश्यताका बीचको सम्बन्धका बारेमा थुप्रै तथ्यहरु भेटिएका छन् । हालै गरिएको एक अध्ययनबाट छालामा रातो डाबर आउने रोग तथा डण्डीफोर भएका बिरामीहरुले साधारण बिरामीहरुको तुलनामा आत्महत्या गर्ने सम्भावना दोब्बर रहेको पाइएको छ । यद्दपी यस्ता घटनाहरुमा कारक तत्व र असर बीचको भिन्नता छुट्याउन गाह्रो छ ।


३. Primary Psychiatric छालाका केही समस्याहरु मनोवैज्ञानिक कारणले निम्त्याएका लक्षणहरु हुन सक्दछन् जस्तै कपाल झर्नु, शरीरमा परजिवी रहेको विश्वास गर्नु, छाला बिग्रिएको कल्पना गर्नु, कामले गर्दा शरीर बिग्रिएको ठान्नु आदि । यस प्रकारका समस्यामा मनोवैज्ञानिक उपचार वा साथमा औषधोपचार गर्नु उपयुक्त हुन्छ । तर भर्खरै उपचार गर्न शुरु गरेको चर्मरोग चिकित्सकले यस प्रकारका समस्याका निम्ति औषधोपचार गर्ने कार्य मात्र गर्न सक्दछ ।


सुन्दरता र कुरुपता


सौन्दर्यका साधनहरु तपाईले सोचे अनुसार सुरक्षित नहुन सक्छ । रोमनका महिलाहरुले White lead मिसाएको foundation को प्रयोग गर्नाले स्वयंलाई विस्तारै हानि पु¥याएका थिए । मध्यकालका Italian द्वारा Belladonna नामक वनस्पतिबाट निकालिएको सार प्रयोग गर्नाले उनीहरुको आँखाको नानीमा असर गर्नुका साथै अन्धो समेत भएका थिए । Elizabeth महारानीको पालामा न्यायालयका महिलाहरुले ओठमा बाक्लो लाली लाउने गर्दथे जुन mercury नामक विषबाट बनेको थियो । यी सबै जनाले आफ्नो सौन्दर्यका साधनहरु शत प्रतिशत सुरक्षित रहेको ठानेर दैनिक प्रयोग गरेका थिए । यसबाट यो प्रश्न उठ्न सक्छ कि के आज हामी पनि सोही अनुरुप भ्रमित त भइरहेका छैनौ ? हामीले सुन्दर देखिन प्रयोग गर्ने सौन्दर्यका साधनले हामीलाई हानि त गरिरहेको छैन ?


सौन्दर्य सम्बन्धी विवाद


तपाईले सौन्दर्यका साधनहरु धेरै प्रयोग नगरेता पनि तपाईले आफ्नो कपाल धुन Shampoo तथा Conditioner प्रयोग गरिरहनु भएको हुन सक्दछ तथा आफूलाई जवान राख्न Moisturizer लगाई राख्नु भएको होला । दैनिक प्रयोग हुने रसायनका बारेमा जानकारी राख्ने Environmental Working Group (EWG) का अनुसार यी कार्यहरुले तपाईको शरीरमा रसायन थुपारिरहेको हुन्छ । सन् २००८ मा उक्त संस्थाले गरेको एक अध्ययनमा अमेरिकी महिलाहरुले दिनहुँ औसत १२ वटा उपयुक्त उत्पादन प्रयोग गर्दछन् जसमा १५० वस्तुहरु पर्दछन् जुन विभिन्न माध्यमद्वारा शरीरभित्र प्रवेश गर्दछ जस्तै यी वस्तुहरु छालाले सोस्ने वा नाकले भित्र तान्ने वा ओठले चाटेर निल्ने पर्दछ । EWG का अनुसार यी सम्पूर्ण कार्यले जनमानसको स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको हुन्छ । यस संस्थाका Vice President , Jane Houlitan का अनुसार उक्त संस्थाले एक वृहत अध्ययन गर्दछ जसमा मानिसहरुलाई सयौं रसायन र विशेषत Phthalates तथा Parabens नामक रसायनसँग आबद्ध गरिनेछ र यी रसायनले प्रत्येक व्यक्तिमा गर्ने असरका बारेमा अध्ययन गरिनेछ ।


Phthalates hour sprays, nail polish तथा Perfume मा प्रयोग गरिन्छ जसले गर्दा वस्तुहरुलाई टाँसिने बनाउँछ । Parabens लाई रक्षाको साधनका रुपमा प्रयोग गरिन्छ जसले थुप्रै सौन्दर्य तथा स्वास्थ्यबद्र्धक पदार्थलाई ढुसी तथा किटाणुबाट जोगाउँछ । EWG ले मुसाहरुमा गरिएको एक अध्ययनमा यी दुबै रसायनहरु हानिकारक रहेको कुरा जनाएको छ । सन् २००४ मा गरिएको एक अध्ययनले Phthalates ले प्रजनन प्रणालीमा समस्या उत्पन्न गराउने देखाएको कुरा Reproductive Technology नामक Journal मा उल्लेख गरिएको छ । त्यसै गरी Journal of Applied Technology मा प्रकाशित एक अध्ययन अनुसार क्यान्सर भएको स्तनका कोषिकामा Parabens पाइएको छ । ParabensPhthalates हानिकारक भएकै कारण European Union ले सन् २००३ मा यी रसायनहरुलाई प्रतिबन्धित गरिसकेको छ ।


थुप्रै संस्थाहरुले गरेको अध्ययनबाट सौन्दर्यका साधनको प्रयोगबाट स्तन क्यान्सर हुन सक्ने देखाएको छ । यसले स्वभाविक रुपमा सौन्दर्यका साधन खतरनाक रहेको देखाउँछ । तर सम्पूर्ण वैज्ञानिकहरु यी साधनहरु यति साह्रो खतरनाक हुनेमा समर्थन जनाउँदैनन । Food and Drug Administration ले Parabens र Phthalates लाई सुरक्षित जनाएको छ किनभने यी रसायन तथा मानिसको रोग बीचको सम्बनधका बारेमा अनुसन्धानबाट पुष्टी हुन बाँकी रहेको बताइएको छ । अनुसन्धानमा मुसाहरुलाई प्रयोग गरिन्छ जसले यी रसायनहरुलाई मानिसले जसरी प्रयोग गर्दैन । तसर्थ तिनीहरुमा खतरनाक हुने वस्तुहरु हामीलाई नहुन पनि सक्छ । अन्य संस्थाहरु जस्तैः Industry - run Cosmetics Ingredient Review Board तथा American Council on Science and Health का अनुसार सौन्दर्यका साधनमा प्रयोग गरिने Parabens र Phthalates को मात्रा न्यून हुन्छ जुन मुसाहरुमा क्यान्सर गराउन चाहिने मात्राको तुलनामा एकदम थोरै मात्र हो ।


सुन्दरतालाई जसरी हेरिन्छ उस्तै देखिन्छ ।


अब भन्नुस, सही के छ त ? यसको उत्तर शायद यी बीचमा कही हुन सक्छ । Consumer Reports पत्रिका तथा Consumers Union संस्थामा कार्यरत वातावरण स्वास्थ्य वैज्ञानिक Urvashi Rangan का अनुसार थुप्रै मानिसहरु यो सही हो र यो गलत हो भन्ने बारे बहस गर्छन् तर सौन्दर्य साधनमा पाइने थुप्रै रसायनहरु साबधानी अपनाउनु पर्ने वस्तु अन्तर्गत पर्दछन् । उनको भनाइमा सौन्दर्यका साधनमा न्यून मात्रामा रसायनहरु प्रयोग गरिन्छन् भन्दैमा यिनीहरु खतरामुक्त हुन्छन् भन्ने पक्कै पनि जनाउँदैन । यसले त यी वस्तुहरुमा अझै थुप्रै अनुसन्धान हुन जरुरी रहेको बताउँछ जसको फलस्वरुप यी वस्तुहरु लामो समयसम्म प्रयोग गर्न हुने वा नहुने तथा यिनीहरु हानिकारक रहेको वा नरहेको भन्ने तथ्य थाहा पाउन सकियोस् । साथै रसायनहरु आफै नराम्रो नहुने र उनको विचारमा कुनै निश्चित सौन्दर्यका साधन प्रयोग गर्नु हानिकारक हुन्छ भन्नु उपयुक्त हुँदैन । उनका अनुसार क्यान्सर गराउने तत्वका बारेमा हामीलाई पूर्ण तथ्य थाहा छैन । यसको अर्थ कुनै निश्चित रसायनले मात्र क्यान्सर गराउँछ भन्नु सम्भव छैन । यी साधनले तपाईको ज्यान लिन सक्छ भन्नु केवल गफ हाँक्नु मात्र हुन्छ । कुनै व्यक्तिमा क्यान्सर हुनुमा एक विशेष कारक तत्वको मात्र भूमिका हुँदैन । अहिलेको प्रमुख समस्या भनेको यी रसायनहरु हानिकारक हुन्छन् भन्ने सम्बन्धमा हामीले कसरी मूल्याङ्कन गरिहेका छौं । यूरोपले सावधानी अपनाउन चाहेको तथा कुनै वस्तुहरु सुरक्षित प्रमाणित नभएसम्म तिनलाई पारित गर्न नचाहेको उनले बताएका छन् । तर अमेरिकामा यसको स्थिति विपरीत हुने गर्दछ । EDA ले कुनै पनि रसायनलाई प्रतिबन्धित गर्नु पूर्व उक्त रसायन हानिकारक रहेको प्रमाणित गर्न जरुरी हुन्छ तर यी रसायनलाई हानिकारक भएको प्रमाणित गर्न गाह्रो छ । यसका निम्ति हजारौं मानिसहरुमा समस्या देखिनु पर्दछ जुन निश्चित वस्तु वा रसायनसँग सम्बन्धित होस् । हाल FDA सँग सौन्दर्यका साधन बजारमा जानु पूर्व परीक्षण गर्ने अधिकार रहेको छैन र यी वस्तुहरुले समस्या उत्पन्न गराए मात्र यसले यिनीहरुलाई प्रतिबन्धित गर्न सक्दछ । तसर्थ प्रायः जसो सम्पूर्ण सौन्दर्यका साधनहरु सुरक्षाका निम्ति छोटो अवधिसम्म मात्र परीक्षण गरिएका छन् तर यसले लामो अवधि पश्चात् पु¥याउने असरका बारेमा पत्ता लागेको छैन । यी वस्तुहरु सुरक्षित छन् वा छैनन् भन्ने निश्कर्षका निम्ति हामीसँग थोरै मात्र तथ्याङ्क रहेको छ ।


हालका निम्ति तपाईले प्रयोग गर्दै आउनु भएको सौन्दर्य सामग्रीलाइृ निरन्तरता दिने वा नदिने भन्ने तपाईले यी सामग्रीको प्रयोग गर्ने विधिमा र तपाईको खतरासँग सहज महसुस गर्न सक्ने क्षमतामा भर पर्दछ जस्तैः तपाईले हानिकारक हुन सक्ने सम्भावित सौन्दर्यका सामग्री कहिले काँही मात्र प्रयोग गर्नु भएमा त्यो खतरनाक नहुन सक्छ तर यदि तपाईले यी सामग्री धेरै मात्रामा दिनहुँ प्रयोग गरेमा यी खतरनाक हुन सक्छन् । तसर्थ तपाईले यी सामग्रीको प्रयोगमा कटौती गर्न आवश्यक छ ।


Parabens


Parabens रक्षाका साधन हुन जसले वस्तुहरु किटाणुमुक्त राख्दछ । यो रसायन विशेषतः


Cleanser, साबुन, Moisturizer तथा दन्त मञ्जनमा प्रयोग गरिन्छ । यो


Methyl paraben, propyl paraben तथा butyl Parabens बाट चिनिन्छ । यसले मानिसको शरीरमा हुने estrogen जस्ता प्राकृतिक Sex hormones को नक्कल गर्दछ । शरीरमा हुने यस्ता Hormones को नाशबाट केही प्रकारका क्यान्सर हुने सम्भावनालाई बढाउँछ ।


Phthalates


Phthalates Plasticizer हुन जसले वस्तुको लचिलोपन तथा कार्य शक्ति बढाउँछ । यो रसायन hair spray, nail polish तथा Perfumes मा प्रयोग गरिन्छ । Di (2 - ethyl hexyl) phthalatediethyl phthalate नामबाट चिनिने यो रसायन सुगन्धका निम्ति प्रयोग गरिने बस्तुमा पाइन्छ । साथै Dibutyl phthalate का नाममा यो nail polish मा पाइन्छ । यसले मानिसको शरीरमा हुने प्राकृतिक Sex hormones को नक्कल गर्दछ र साथै यसले प्रजनन प्रणालीमा पनि असर गर्न सक्दछ । यो Plastic बाट बनेका सयौं वस्तुहरुमा पाइन्छ । तसर्थ यो रसायन मानिसको सम्पर्कमा बढी रहन्छ ।


Coal Tar


Coal distillation बाट निस्किएको तरल पदार्थलाई Coal Tar भनिन्छ । यो जुम्रा मार्न र चायँ हटाउन प्रयोग गरिने shampoo तथा कपाल कालो पार्न प्रयोग गरिने dye मा पाइन्छ । यो जनावरहरुमा निकै खतरनाक रहेको पाइएको छ र यसलाई कलेजोको रोगसँग गाँसेर हेरिन्छ ।


Toluene


Toluene एक तरल पदार्थ हो जसले अन्य तरल तथा ठोस पदार्थलाई मिश्रित गर्दछ । यो nail polish तथा nail polish remover मा पाइन्छ । यो mythyl benzene अथवा phenyl methane का नाममा बस्तुमा पाइन्छ । यो रसायन सुँघ्नाले मृगौलामा हानि हुने तथा नवजात शिशुमा समस्या देखिन सक्छ । नङ्गसँग सम्बन्धित वस्तुहरु उत्पादन गर्ने ठाउँमा काम गर्ने मानिसहरु विशेषत जोखिममा पर्दछन् ।


- विजय लक्ष्मी महर्जन


mind.jpgविचार तथा संवेदना एक प्रकारको विद्युतीय प्रक्रिया
(Electrical-Process)
हो जुन स्नायु कोषहरुको फिजियोलोजिकल प्रोसेस फलस्वरुप सृजना हुन्छ । यो कसरी उत्पन्न हुन्छ ? यो उत्पन्न हुने प्रक्रिया के हो ? यी प्रश्नहरु थाहा पाउन निम्न विषयमा जानकारीहरु हासिल गर्नु पर्ने देखिन्छ ।


विचार तथा संवेदना मस्तिष्कको एक केन्द्र सेरीब्रल कोर्टेक्स
(Cerebral Cortex)
को विद्युतीय सक्रियता
(Electrical Activity)
मा निर्भर गर्दछ ।
Cerebral Cortex
मा छरिएका आयोन ९क्ष्यल० हरुका कारणले जीवित वस्तुहरुमा उत्पन्न हुने विद्युतीय तरंग
(


Electrical Potential)
अर्थात् एक्सन पोटोन्सियल सृजना हुन्छ । जसका कारणले जैब विद्युत एक ठाउँबाट अर्को ठाउँमा बग्छ । यी जैब विद्युतको कारणले नै स्नायु
(Nerve)
हरुमा बग्ने विद्युत चार्ज (जसलाई
Impulse
पनि भनिन्छ) लाई सञ्चालन गर्दछ ।


उपरोक्त चार्ज एउटा न्यूरोन (स्नायु कोष) बाट अर्को न्यूरोनमा जानलाई दुई न्यूरोन बीचको रिक्त स्थान भएर जान्छ र उक्त खाली ठाउँमा एक रासायनिक संदेशवाहक
(Transmitter)
हुन्छ जसलाई स्नायुविक संदेशवाहक
(Neurotransmitter)
पनि भनिन्छ । यी संदेशवाहकले विद्युतीय संकेतलाई एउटा न्यूरोनबाट अर्को न्यूरोनमा स्थानान्तरण गरिरहन्छ र गरिरहन्छ जसको फलस्वरुप विचार तथा संवेदना उत्पन्न हुन्छ ।


फिजियोलोजी विज्ञ
(Physiologist)
हरुले सेरीब्रल कोर्टेक्समा यस्तो तन्त्रिका जाल पत्ता लगाएका छन् जसले मनको गुण र भावना, क्रोध, सुख, दुख, सन्तोष, प्रसन्नता र निराशाको सृजना तथा नियन्त्रित गर्दछ । साथै उपरोक्त तन्त्रिका जालमा विद्युतीय उत्तेजना
(Electrical-Stimulation)
गराई कृत्रिम तरिकाबाट पनि उक्त भावनाहरु मस्तिष्कमा पैदा गर्न सकिन्छ । विशेषज्ञहरुले यी तन्त्रिकाको जाललाई
Reticular Formation
भनी नामाकरण गरेका छन् । यो भाग न्यूरोन
(Neurone)
हरु मिलेर बनेको हुन्छ । यो त्यही तन्त्र हो जसले कर्मेन्द्रियद्वारा प्राप्त बाह्य जगतका अनुभवलाई चेतना
(Impulse)
वा संवेदनामा परिणत गरी मस्तिष्कमा सञ्चार गर्दछ ।


यो जाल तन्त्रमा उत्तेजना, रीस, कृत्रिम निन्द्रा उत्पन्न गर्न सकिन्छ । वैज्ञानिकहरुले शल्यक्रियाद्वारा जालको तन्त्रलाई मस्तिष्कमा प्रतिस्थापन गरी विद्युत
(Electricity)
प्रवेश गर्ने विधि पत्ता लगाईसकेका छन् । जसको फलस्वरुप कृत्रिम निन्द्रा लगाउन सकिने भएको छ ।



संकल्प शक्तिः


संकल्प शक्ति इच्छा शक्ति
(Will Power)
जस्तै एउटा न्यूरोनमा मात्र उत्पन्न हुन्छ जुन मस्तिष्कको प्रभावद्वारा एक न्यूरोनबाट दस न्यूरोनसम्म प्रसारण हुन्छ । यही प्रकारले १० बाट १०० र १०० बाट १० गुणाका दरले विद्युतीय क्षेत्र
(Electrical Field)
बढ्दै जान्छ । जब इच्छा शक्तिले १० लाख न्यूरोनहरुलाई प्रभावित गर्दछ तब संकल्प शक्ति बन्दछ । यदि हामी १० लाख न्यूरोनलाई आफ्नो संकल्प शक्तिद्वारा प्रभावित गर्दछौं भने हाम्रो मस्तिष्क तथा शरीरले त्यही काम गर्दछ जुन हामी चाहन्छौं । कुनै कार्य गर्न वा रोक्न न्यूरोनको आवृत्ति
(Frequency)
२-५० साइकल प्रति सेकेण्ड हुनु पर्छ ।



मस्तिष्कको अवस्था
(Physiological Condition of the Brain)



जब मान्छे आँखा बन्द गरेर शान्त मुद्रामा हुन्छ तब उसको मस्तिष्कले प्रसारण गर्ने विद्युत चुम्बकीय तरङ्ग अल्फा तरङ्ग हुन्छ जसको आवृत्ति ८-१२ साइकल प्रति सेकेण्ड हुन्छ । जब मान्छे स्वप्नावस्थामा हुन्छ तब उसको मस्तिष्कले "बीटा" वा "गामा" विद्युत चुम्बकीय तरङ्ग प्रसारण गर्छ भने जब मान्छे निन्द्रावस्थामा हुन्छ तब उसको मस्तिष्कले उच्च आवृत्ति
(High-Frequency)
वाला डेल्टा विद्युत चुम्बकीय तरङ्ग प्रसारण गर्दछ ।



स्मरण शक्ति
(Memory - Power)



सेरीब्रल कोर्टेक्स नै सोचाइको केन्द्र भएको हुनाले यसमा भएको विद्युतीय सक्रियता
(Electrical Activity)
नै वास्तवमा मस्तिष्कको स्मरण शक्ति हो । किनभने जति ज्यादा यसको विद्युतीय सक्रियता बढ्दछ त्यति नै ज्यादा चुम्बकीय क्षेत्र सृजना भई धेरै सूचना तथा जानकारीहरुलाई चुम्बकीय शक्तिको रुपमा संरक्षण हुन्छ र स्मरण शक्ति बनिरहन्छ



स्मरण शक्ति विषयमा रासायनिक सिद्धान्त
(Chemical Theory of Memory Power)



यो सिद्धान्त परीक्षणबाट प्रमाणित भएको हुनाले सर्वमान्य तथा सर्वोपरी छ । यो परीक्षणलाई सत्य सावित गर्ने वैज्ञानिक डा. हेडेन हुन् । डा. हेडेनको सिद्धान्त अनुसार जब मस्तिष्कमा रहेका न्यूरोनले संवेदनालाई ग्रहण गर्दछ तब धेरै परिवर्तन आउँछ जसको प्रभाव
RNA (Ribo Nucleic Acid)
अणु तथा यसबाट बनिने प्रोटीन अणुहरुमा पर्दछ । साथै उपरोक्त जैविक अणुहरुको आणविक बनावटमा परिवर्तन आउँछ । डा. हेडेनको अनुसार
RNA
तथा प्रोटीनको परिवर्तित अणुहरु उपस्थित भए सम्म


स्मरण शक्ति पनि बनिरहन्छ । यो विषयमा उनले एउटा मुसामा परीक्षण गरे । परीक्षणको दौरानमा उनले मुसालाई भोजन प्राप्त गर्न एउटा छडमा चढ्न सिकाए । परीक्षणको दौरानमा मुसालाई आफ्नो शरीरलाई सन्तुलनमा राख्नु थियो । केही समयपछि मुसाले भोजन प्राप्त गर्न छडमा चढ्ने तरिका सिक्यो । छडमा चढ्न सिकेको मुसाको मस्तिष्कको न्यूरोनले उनले जाँच गरी यो कुरा पत्ता लगाए कि न्यूरोनमा आर.एन.ए. वा काइवोन्यूक्लिक एसिडको मात्रा बढ्यो साथै उक्त अणुमा रहेको चार बेसको अनुपात पनि एक आपसमा परिवर्तन भयो । उक्त परीक्षणबाट डा. हेडेन यो निष्कर्षमा पुगे कि RNA अणुले आफ्नो बेसको अनुपातमा सानो परिवर्तन आउनासाथ एउटा नयाँ अणु बनाउँदछ जुन नयाँ अणुमा बाहिरी संसारको अनुभव संग्रहण हुन्छ र यस प्रकार स्मरण शक्ति बनिरहन्छ ।


- विजय अधिकारी ( बिज्ञानलेखमालामार्फत)

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु