बच्चाको दात उमेर बढ्दै गएपछि र्झछ र त्यस ठाउमा नया दात पलाउछ । त्यसरी झर्ने दातलाई बोलीचालीको भाषामा दूधेदात पनि भन्ने गरिन्छ । विशेष गरेर छ /सात वर्षको उमेरमा बच्चाका त्यस्ता दूधेदात र्झन थाल्छ । यसो हुनुको एउटै कारण बच्चा जन्मनेबित्तिकै उनको च्यापु पूर्ण विकसित भई नसक्नु नै हो । बच्चाको उमेर बढ्दै गएर छ /सात वर्षको उमेरसम्म आइपुग्दा मात्रै उनको च्यापु स्थायी दाँतहरू रहन र अट्नसक्ने गरी विकसित हुन्छ । त्यस अघिका समयावधिमा बच्चाका दाातका जराहरू नष्ट हुनथाल्छन् र दूधे दाँतहरू र्झन थाल्छन् । त्यसबीचमा त्यही ठाउाबाट स्थायी दाँत उम्रने प्रक्रिया पनि सुरु भइरहेको हुन्छ र जरा नष्ट भएका दूधे दाातलाई धकेलेर झार्न थाल्छ ।


बच्चा हुर्कादै गएपछि उनको च्यापु र च्यापुका मांसपेशीहरू पनि विकसित हुादै गइरहेको हुन्छ । त्यो विकासक्रम स्थायी दाँतहरूलाई बाँधेर तथा अटाएर राख्नका लागि आवश्यक अवस्थासम्म आइनपुगुञ्जेल जारी रहेको हुन्छ । यही अवधिबीच नयाँ दाँत उम्रने र त्यो दाँत विकसित हुने क्रम पनि जारी रहेको हुन्छ । यो क्रम सालाखाला १५ देखि १६ वर्षको उमेरसम्म जारी रहन्छ । कसैकसैमा भने दूधे दाँत ढिलो झरेको छ भने अलि बढी समयसम्म पनि यो क्रम जारी रहन सक्छ । दूधे दाँतले स्थायी दाँतका लागि स्थान बनाइदिने काम गरेको हुन्छ । दूधेदाँतले नै हाम्रो च्यापुमा स्थायी दात कहाँ रहने भन्ने स्थान निर्धारित गरिदिएको हुन्छ ।

2 comments:

  1. aaru badhi samanya gayan dinu paryo.

    ReplyDelete
  2. How to crest big band ?
    How to start human life ??????????????????????????????

    ReplyDelete

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु