मानिसले पानीपछि संसारमा सबैभन्दा बढी पिउने पेय पदार्थ चिया नै हो । चियाले सम्भावित रुपमा स्वास्थ्यलाई फाइदा पु¥याउँछ भनेर केही अध्ययनले देखाएको छ । अध्ययनकर्ताहरुले विभिन्न समयमा सम्पन्न गरेका अनुसन्धान अनुसार चियामा पाइने पोलिफेनोल (Polyphenol) भन्ने रसायनले एन्टी अक्सिडेन्टको (Antioxidant) रुपमा काम गर्छ जसले क्यान्सर जस्तो प्राणघातक रोग लाग्नबाट जोगाउँछ । यस सम्बन्धी थप अनुसन्धान जारी नै रहेको छ ।


त्यसै गरी चियाले बोसोलाई परिवर्तन गर्ने प्रक्रिया सुचारु गरेर व्यायाम जस्ता क्रियाकलाप गर्न सहनशीलता थपि दिन्छ भन्ने पनि अध्ययनले देखाएको छ । तर रोगबाट जोगिन चियाको प्रयोग गर्नु अगाडि डाक्टरको सल्लाह लिनु राम्रो मानिन्छ ।


बढी मात्रामा चिया शरीरमा प्रवेश गर्नाले पोषण तथा अन्य क्रियाकलापमा समस्या उत्पन्न हुनसक्छ किनभने चियामा पोलिफेनोल र क्याफिनको (Caffeine) निकै बलियो बन्धन रहेको हुन्छ र यसले शरीरमा नराम्रो प्रभाव पार्न सक्दछ । हामीले खाने चिया पनि विभिन्न प्रकारका हुन सक्छन् यी हुन :


१. हरियो चिया (Green Tea)


२. कालो चिया (Black Tea)


३. सेतो (दूध सहितको) चिया (White Tea)


४. हर्वल चिया (Herbal Tea)


यी सबै चियाहरुको एउटै उद्गम रहेको हुन्छ । यी सबै चियाहरु क्यामेलिया साइनेन्सिस (Camellia Sinensis) प्रजातिको विरुवाको पातबाट नै आएका हुन् । यी पातहरुमा फ्ल्याभोनोइड्स (Flavonoids) तथा एन्टी अक्सिडेन्ट्सहरु मिसाइएका हुन्छन् जसले अनुसन्धान भए पनि यसको सही उपयोगिता अझै निश्चित हुन सकेको छैन । धेरै अनुसन्धानहरु जनसंख्याको आधारमा गरिएका छन् र सिमित मात्र छन् किन भने अनुसन्धान गरिएका व्यक्तिहरुमा चिया बाहेक अरु तत्वले पनि असर गरेको हुन सक्दछ । चियाका सम्भावित उपयोगिता निम्न छन :




(क) मुटु र नसा सम्बन्धीः


चियाले क्लोरेस्टेरोलको (Chloresterol) मात्रा, रगतको चाप (Blood pressure) आदिमा यथार्थ रुपमा सही असर गर्छ भन्ने तथ्य प्रमाणित गर्न बाँकी नै रहेको छ । तर शुरुका अनुसन्धानहरुले चिया नियमित रुपमा सेवन गर्नाले हृदयघात (Heart attack) तथा एथेरोस्क्लेरोसिस (Atherosclerosis) आदिको सम्भावनालाई घटाउँदै लान्छ भनेर देखाएको छ । कालो चियाको सेवनले र हृदयघातको सम्भावना न्यून हुने सम्बन्धलाई प्रमाणित गर्ने केही तथ्यहरु पनि रहेका पाईन्छन् ।


(ख) क्यान्सर


नियमित कालो चियाको सेवनले क्यान्सरको सम्भावना घटाउँछ भन्ने तथ्य प्रमाणित भएकोछैन तर शुरुका अनुसन्धानले देखाए अनुसार सेतो चियाले विशेष रुपमा ठूलो आन्द्राको क्यान्सरबाट बचाउन मद्दत पु¥याउँछ ।


(ग) हड्डी तथा जोर्नी सम्बन्धी


केही अनुसन्धान अनुसार हरियो चियाको प्रयोगले बाथ रोगमा मद्दत पु¥याउनका साथै कुरकुरे हड्डी भाँचिने प्रक्रियालाई पनि कम गर्दछ । नियमित चिया सेवनले बृद्ध महिलाहरुमा हाडको मिनरलको मात्रा बढाउन सहयोग गर्ने अनुसन्धानले देखाएकोछ ।


(घ) स्मरण शक्ति


जापानमा बृद्ध व्यक्तिहरुमा गरिएको अनुसन्धान अनुसार हरियो चिया नियमित सेवन गर्ने बृद्धहरुमा उमेरसँग स्मरणशक्ति कम हुने समस्या धेरै न्यून रहेको छ । चिया सेवन नगर्ने बृद्धहरुमा भने स्मरणशक्ति घट्दै जाने समस्या देखिएको थियो ।


कालो चियाबाट मधुमेह रोगमा हुने फाइदा


कालो चियाले मधुमेहमा फाइदा पुग्छ भन्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । चीनको तियानजिन प्रयोगशालामा गरिएको अनुसन्धानमा चियामा रहेको पोलीस्याकराइड (Polysaccharide) ले शरीरमा ग्लूकोज सोस्ने क्षमता घटाएर मधुमेह रोगीलाई फाइदा पु¥याउँछ भनेर देखाएको छ । चिया मध्ये पनि कालो चियामा यो सोस्ने क्षमता उच्च रहेको छ । क्यान्सर र बाथ रोग निम्त्याउने तत्वहरुमा कालो चियाले असर देखाएर यी रोगहरु विरुद्ध लड्ने प्रभावकारी रुपमा भूमिका खेल्दछ । प्रमुख अनुसन्धानकर्ता हाइजिया चेनको भनाईमा "प्राकृतिक पदार्थहरुबाट ग्लूकोजको मात्रा घटाउने धेरै विधिहरुको खोजी भइसकेको छ र यी मध्येमा पनि कालो चियाको प्रभावकारिता धेरै मात्रामा रहेको छ ।"


मोटोपना निर्मूल गर्न सेतो चियाको भूमिका


मानव कोषिका जुन मोटोपनसँग सम्बन्धित छ, यस्ता कोषिकाहरुमा सेतो चियाले कस्तो असर पु¥याउँछ भन्ने लगातार अनुसन्धान भइरहेको छ । सेतो चियाले मोटोपनासँग सम्बन्धित कोषिकाहरुलाई बढ्न नदिएर मोटोपना घटाउन महत्वपूर्ण भूमिका खेल्ने अनुसन्धानकर्ताहरु बताउँछन् । जर्मन अनुसन्धानकर्ता मार्क विनफिल्ड भन्छन् "विकसित मुलुकहरुमा मोटोपना र यसले निम्त्याउने समस्याहरु जस्तै हृदयरोग, मधुमेह आदि व्याप्त रहेको छ । हामीले गरेको अनुसन्धानमा सेतो चियाबाट निकालिएको पदार्थले मोटोपनाको समस्या घटाउनका साथै मानिसलाई दुब्लो तथा तन्दुरुस्त बनाउन मद्दत पु¥याउँछ ।" उनी भन्छन् सेतो चियाबाट निकालिएको पदार्थले मोटोपनासँग सम्बन्धित कोषिकाहरु बढाउन मद्दत गर्ने जिन्सको क्रियाकलापलाई घटाउँदै लिएर जाने र यस्ता कोषिकाहरु टुक्राउँदै जाने भएकोले यसको असर सकारात्मक रहेकोछ । सेतो चिया पश्चिमी मुलुकहरुमा अत्याधिक प्रयोग हुने हरियो चिया र कालो चियाको विरुवाको टुसा र पहिलो पातबाट बन्दछ । यसमा अरु चियामा भन्दा कम मात्रामा रसायनिक प्रक्रिया अपनाइएको हुन्छ र मानव कोषिकामा सिधै असर गर्ने तत्वहरु अधिक मात्रामा रहेको हुन्छ ।


हृदयरोग र आँखा सम्बन्धी रोगमा हरियो चियाबाट फाइदा


अध्ययनले देखाए अनुसार हरियो चियाको उपभोगले रक्त सञ्चारमा सहयोगी कोषिकाहरुको कार्यमा तिव्रता ल्याउने कार्य गर्दछ । विभिन्न हृदय सम्बन्धी रोग यही कोषिकाहरुको निष्क्रियपनले नै निम्त्याउने गर्दछ । ग्रिसको एथेन्स मेडिकल स्कुलमा डा. निकोलाओस एलेक्सोपोलसले एउटा प्रयोग गरेका थिए । यस प्रयोगमा एक स्वस्थ स्वयंसेवकलाई हरियो चिया, क्याफिन र तातो पानी खान दिएर केही समयको अन्तरालमा विभिन्न पटक उसको रक्त धमनीको मोटाइ नाप गरिएको थियो । यो नाप यी पदार्थहरुको सेवन पछि ३०,९० र १२० मिनेटमा गरिएको थियो । यस नापको नतिजामा हरियो चियाले अरु पदार्थहरुको तुलनामा हरेक ३० मिनेटमा ३.९ प्रतिशत भन्दा धेरै रक्त धमनीको मोटाई बढाएको देखिन्छ । मोटाईसँगै रक्त धमनी बढ्दै गएको देखिन्छ । मोटाई बढ्नुको कारण रक्त धमनीको कोषिकाहरुको कार्यमा तीव्रता आउनु नै हो ।


कालो चियाले रक्त सञ्चार प्रणालीको बाहिरी कोषिकाहरुको कार्यमा तिव्रता ल्याउने भएता पनि छोटो समयमा यस्तो असर हरियो चियाले मात्र देखाएको छ । त्यसै गरी अर्को अध्ययनले हरियो चियाले अत्याधिक धुम्रपानकर्ताहरुको रक्त नलीका कोषिकाहरु बिग्रने कार्यलाई पनि रोक्छ भनेर देखाएको छ ।


बैज्ञानिकहरुको अर्को समूहले हरियो चियामा भएको पदार्थले आँखाको पातलो जालोमा ( Tissue) पनि असर गर्ने देखाएको छ । आँखाको लेन्स, रेटिना तथा अन्य कोषिकाहरुको समूहले कसरी यी पदार्थहरु सोस्ने कार्य गर्दछन् भन्ने पत्ता लगाउन गरिएको अनुसन्धानमा हरियो चियाले मोतिबिन्दु तथा अन्य आँखा सम्बन्धी समस्यामा सुरक्षा दिन्छ भनेर देखाएको छ । चाइनिज अनुसन्धानकर्ता ची पुई पाङ्गले गरेको अनुसन्धानमा हरियो चियामा रहेको क्याटेचिन (Catechin) भन्ने पदार्थले भिटामिन सि, भिटामिन ई, लुइटिन (Lutein) जस्ता पदार्थले जस्तै सुरक्षात्मक असर गर्दछ भनेर देखाएको छ । तर हालसम्मको अनुसन्धानले पेटबाट यी पदार्थ सिधै आँखाको पातलो जालोमा जाने हो अथवा अरु कुनै मार्गबाट जाने हो भन्ने पत्ता लगाउन सकिएको छैन । पाङ्ग तथा उनका सहकर्मीहरुले हरियो चियाको प्रयोग मुसामा गरेका थिए । आँखाको पातलो जालोमा गरिएको परीक्षणमा आँखाको संरचनाले धेरै मात्रामा क्याटेचिन सोस्ने गरेको देखियो । आँखाको भागहरु मध्ये रेटिनाले सबैभन्दा बढी क्याटेचिन सोसेको थियो । अध्ययनमा हरियो चियाले आँखामा पर्ने अधिक भारबाट पनि राहत दिन्छ भन्ने देखाएको छ ।


हरियो चियाको उत्पत्ति चीनबाट भएको थियो तर अहिले यो संसार भरी नै प्रयोग गरिन्छ । हरियो चिया शुद्ध पातबाट बनाइन्छ र यो बन्ने प्रक्रियामा थोरै मात्रामा अक्सिजन मिसाइएको हुन्छ ।


यसरी विभिन्न प्रकारका चियाले मानिसको शरीरको विभिन्न भागमा सकारात्मक असर पु¥याउने देखिएको छ । यो क्षेत्रमा धेरै अनुसन्धान अझ बाँकी नै भएता पनि अहिलेसम्मको अनुसन्धानले चियाले हानी मात्र नगरेर मानव शरीरमा विभिन्न रोगबाट लड्न सक्ने क्षमता बृद्धि गर्छ भन्ने पुष्टि गरिसकेकोछ ।


- परितोष गिरी


(विज्ञान लेखमाला÷अंक ३५३ असार २०६७बाट)

1 comment:

  1. Very nice, knowledgeable, and readable artical for all kind of human

    ReplyDelete

तपाइको महत्वपुर्ण जिज्ञासा, प्रतिक्रिया, सुझाव , सल्लाहा आदी केही छ भने यहाँ लेख्नुहोस ।

  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु