मह बनाउने मौरी एक घण्टामा औसत रूपमा 13 देखि 15 माइलसम्म उडन सक्छ ।एक औन्स मह उत्पादन गर्नको लागि एउटा मौरीले औसत रूपमा 1600 चक्कर यात्रागर्ने गर्छ । त्यसले एक चक्कर काट्नको लागि करीब 6 माइलको यात्रा गर्नेगर्छ । यस हिसबले हेर्ने हो भने एउटा मौरीले 2 पौण्ड मह उत्पादन गर्नकोलागि पृथ्वीलाई चार पटक चक्कर लगाउन लाग्ने बराबरको दूरी यात्रा गर्नेगर्छ ।एक पौण्ड मह उत्पादन गर्नको लागि मौरीहरुको समूहले 20 लाखवटा फूलहरूकोचक्कर काटेको हुन्छ ।मौरीको एउटा घारमा 40-45 हजार मौरीहरू हुन्छन ।मानिसको लागि खानेकुरा उत्पादन गरिदिने एउटै मात्र कीरा मह उत्पादन गर्नेमौरी...

भिटामिन (Vitamins)

Posted by Om Bhandari On 7:01 AM
भिटामिन हाम्रो लागी कुनै नौलो नाम होइन । आज हामी धेरै थोरै मात्रामाभिटामिनको प्रयोग दिनहु गरिरहन्छौ । तर हामीलाई यसको इतिहास थाहा नहुनसक्छ । आउनुहोस्, भिटामिन संवद्ध केही जानकारी थाहा पाऔ ।भिटामिनको इतिहास सन् 1720 देखि सुरू भएको पाइन्छ । तत्कालिन समयमाअष्ट्रियाली सैनिक चिकित्सक क्रमेर (Kramer) ले स्कर्भी (Scurvy) रोगकालागि सुन्तला तथा हरिया सागसब्जीका माध्यमबाट उपचार गराएको पाइन्छ ।त्यसपछि ब्रिटिस नौसेनाका क्याप्टेन लिन्ड (Lind) ले प्रयोगबाट योप्रमाणित गरिदिएका थिए कि कागती तथा सुन्तलाको पर्याप्त मात्रामा सेवनगराएमा स्कर्भीबाट मुक्ती पाउन सकिन्छ...
कन्ट्याक्ट लेन्स एक बाक्लो प्रकारको पारदर्शी प्लास्टिकको कप हो । यो0.06 मिलि मिटरदेखि 0.15 मिलि मिटरसम्म बाक्लो हुन्छ । यसको डायमिटर 5.5मि.मि. देखि 15 मि.मि. सम्मको हुन्छ जुन आँखाको सिधै कर्निया (Cornea) कोमाथि राखिन्छ । कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुको प्रथम उद्देश्यचस्माको प्रयोग विना वस्तुलाई स्पष्ट तथा स्वाभाविक तरिकाले देख्न सकियोसभन्ने हो । खासगरी आँखामा हुने दुरदृष्टि तथा अदुरदृष्टिका समस्याहटाउनकालागी चस्माको प्रयोग गरिन्छ । कन्ट्याक्ट लेन्स जलविन्दु जस्ताकतिपय आँखाको बिरामीका लागि त यो थेरापीको रूपमा पनि प्रयोग गरिन्छ ।त्यस्तै खेलकुद,...
हाम्रो ब्रम्हाण्ड अत्यन्तै विशाल छ , जहाँ विभिन्न ग्रह , उपग्रह , तारा आदि छन् । राति सफा आकाशमा देखिने प्रकाशपिण्ड नै ताराहरू हुन । हामीबाट धेरै टाढा भएकाले साना देखिए तापनि वास्तवमा तिनीहरू विशाल छन । ताराहरूको शक्ति वा उर्जाको मुख्य स्रोत न्युक्लियर फ्युजन हो , जुन निरन्तर चलिरहन्छ । नाभिकीय प्रतिक्रिया चलिरहँदा विस्तारै इन्धन समाप्त हुदैँ जान्छ र तारा प्रकाशहीन (अदिप्त) हुन्छन । ताराहरूमा नाभिकीय प्रतिक्रिया चलिरहेदाँ उत्पन्न हुने तापशक्ति आन्तरिक गुरूत्वशक्तिभन्दा बढी हुन्छ , तसर्थ ताराको आकार गुरुत्व प्रभावले संकुचन हुन पाउँदैन । नाभिकीय...

जूनकिरी कसरी बल्छ ?

Posted by Om Bhandari On 9:16 PM
सामान्यत: गर्मी मौसममा मात्र पाइने जूनकिरीको पछाडि पिलपिल गरि बल्नेबत्ती विभिन्न रसायनहरूको समीश्रणका कारण बल्छ । यी रसायनहरूमा अक्सिजन,ल्युसिफेरिन नामक पिग्मेन्ट, ल्युसिफेरेज नामक इन्जाइम र कोषमा शक्तिप्रदान गर्ने तत्व एडिनोसिन ट्राइफोस्फेट पर्छन । बत्ती बाल्नको लागिप्रयोग गरिने कोषहरूमा रहेका युरिक एसिडका क्रिस्टलहरूले प्रकाशलाईपरावर्तन गरेर बत्तीलाई अझ चम्किलो पार्छन् ।यद्यपि जूनकिरीको बत्ती पिलपिल गर्नुको कारणमा भने जूनकिरीको स्नायुकोषहरूले गर्छन कि अक्सिजनको प्रवाहले गर्छ भन्ने कुरामा वेज्ञानिकहरूद्विविधामा छन । तर, करिब 2 हजार प्रजातिहरू...
धेरैलाई पानी परेपछि आउने बास्ना मीठो लाग्छ । यस्तो वास्नालाई वसन्तरितुसँग जोडिएर व्यख्या गरिन्छ । तर, धेरैलाई मीठो लाग्ने यस्तो वास्नापानी परिसकेपछि किन आउँछ त ?पानी परेपछि आउने वास्नाका कारण धेरै हुन सक्छन । त्यस्तै प्रकारको मीठोबास्ना हामी जंगलमा पनि पाउँछौँ । वास्तवमा यस्तो मीठो वास्नाव्याक्टेरियाको कारण आउँछ । एन्टिनोमाइसिटिज नामक व्यक्टेरिया ओसिलो रन्यानो जमिनमा चाँडै विकास र फैलने हुन्छ । जब जमिन सुक्छ, त्यसपछि तीव्यक्टेरियाहरूले स्पोर्सहरुको उत्पादन गर्छ । यो स्पोर्सहरू हावामाफैलिन्छन् र ओसिलो हावामा रहेका पानीका कणहरूसँग मिसिएपछि मीठो बास्नानिस्कन्छ...

खोपले कसरी काम र्गछ ?

Posted by Om Bhandari On 12:23 PM
शिशु जन्मेको पाँच वर्ष नपुग्दै विभिन्न थरिथरिका खोपहरु लगाइन्छ । पोलियो थोपा, हेपाटाइटिसको खोप, दादुराको खोप, आदि खोपहरु लगाइँदा शिशुमा पछि यी रोगहरु देखा नपर्ने बताइन्छ । तर, यस्ता खोपहरुले कसरी काम गर्छ त ? हामीहरुमध्ये धेरैले के सोच्छौ भने रोगहरु लाग्दा दिइने औषधिहरुजस्तै खोप पनि कुनै प्रकारको औषधि नै होला । तर, खासमा खोप भनेको रोग लगाउने भाइरस वा ब्याक्टेरियाहरु नै हो । उदाहरणको लागि दादुराको खोपमा दादुरा लगाउने किटाणुहरु नै हुन्छन । तर, यी किटाणुहरुलाई शिथिल बनाइएका हुन्छन । त्यसैले यी किटाणुहरुसँग रोग लगाउने क्षमता भने हुँदैन । त्यसैले...
प्राय: सबैलाई लाग्दो हो, 'धुलोको खासै महत्वपूर्ण काम छैन । धुलो नभइदिएत दिनदिनै घर सफा गर्नु पर्दैनथ्यो । सबै कुराहरू सफा सुग्घर हुने थिएसाथै मानिसलाई विभिन्न श्वासप्रश्वासका रोगहरू लाग्ने थिएन ।' तर, धुलोनहुँदो हो त त्यो भन्दा पनि बढी समस्या पर्ने थियो । यदी धुलो नभएमा पानीधेरै पर्ने थिएन, सूर्यास्त हामीले देख्ने गरेको जस्तो सुन्दर हुने थिएन।पानी पर्नुमा वायुमण्डलमा हुने धुलोका कणहरूको धेरै ठूलो योगदान हुन्छ ।धुलोका कणहरूले वायुमण्डलमा वाफका रूपमा रहेका पानीका अणुहरूलाई सोस्नेगर्छ । यसरी पानीका अणुहरू धुलोका कणहरूमा जम्मा हुदैँ जाँदा, विस्तारैत्यो...
धेरैलाई थाहा छ बिरालो जातका जनावरहरू, चाहे त्यो सानो होस वा ठूलो, सबैले घुर्र-घुर्र आवाज निकाल्ने गर्दछन । कुनैकुनै चिडियाखानामा चितुवाजस्ता ठूला बिरालाहरूले पनि यस्तो आवाज निकाल्ने गरेको पाइएको छ । बिरालोको घुर्र-घुर्र आवाज भोकल कर्डको कम्पनको कारणले पैदा हुन्छ र यो स्वचालित कार्य (Voluntary Action) भित्र पर्दछ । यस्तो आवाज निस्कँदा भ्वाइस बक्सका मांसपेशीहरूले भल्बको रूपमा काम गर्छन, जसको कारणले भोकल कर्डको दुवै दिशा भएर जाने हावामा कम्पन पैदा...

खुट्टा किन गन्हाउँछ ?

Posted by Om Bhandari On 11:13 AM
हामी मध्ये कयौँ गन्हाउने समस्याले हैरान भएका हुन्छौं । कहीँ जुत्ता फुकालेर कोठामा जानु परेमा अप्ठेरो हुन्छ । जिउ जति नै बास्ना आउने भएपनि खुट्टा त यति गन्हाउने हुन्छ कि त्यस व्यक्तिको अगाडि बस्नै नसकिने हुन्छ । हाम्रो खुट्टा गन्हाउनुको मुख्य कारण के हो त ? हाम्रो खुट्टा गन्हाउनुको प्रमुख कारण पसिना हो । प्रत्येकमा २ लाख ५० हजारभन्दा बढी पसिना ग्रन्थि हुने हाम्रा खुट्टाहरू शरीरमा सबैभन्दा बढी पसिना आउने ठाउँहरुमध्ये पर्छन् । एक दिनमा हाम्रो एउटा खुट्टाले करिब ४५० मिलि लिटर पसिना निकाल्छ । पसिना भनेको प्रमुख रुपमा पानी र नुनको मिश्रण मात्र हो...

विकिरण भनेको के हो ?

Posted by Om Bhandari On 10:39 AM
किरणलाई देखिने प्रकाशको मसिनो अङ्शको रूपमा बुझिन्छ । देखिने प्रकाशमा पनि थुप्रै अन्य किरणहरू मिसिएका हुन्छन । त्यसमा आँखाले ठम्याउन सकिने सात रङ्गका किरणहरू हुन्छन भन्ने तथ्य वैज्ञानिक न्युटनले पत्ता लगाएका हुन, जुन इन्द्रधनुषमा हामी सबैले पनि देख्छौँ । तर, किरणहरू सबै देखिने मात्र हुँदैनन्, नदेखिने किरणहरूलाई विकिरण भनिन्छ । वास्तवमा किरण आफै पनि एक विकिरण हो | किनकी, वैज्ञनिकहरुले निरन्तर प्रवाह भइरहने गतिशील ऊर्जालाई नै विकिरणको संज्ञा दिएका छन् | त्यस प्रवाहमा तरङ्ग र अतिसूक्ष्म कण दुवै गुण रहेका हुन्छन | प्रकाश पनि यसैभित्र पर्दछ | वास्तवमा...
हाम्रो शरीरका लागि शक्ति खानाहरूको अक्सिडेसनबाट प्राप्त हुन्छ । यस प्रक्रियाले खानालाई ग्लुकोज र पानीमा परिणत गरिदिन्छ । यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानको लागि साइटोक्रोम अक्सिडेज नामक इन्जाइमले मद्दत पुऱ्‍याएको हुन्छ । विषसेवनबाट यी इन्जाइमलाई निस्क्रिय तुल्याइदिन्छ र यिनीहरू काम गर्न असक्षम हुन्छन । फलस्वरुप शरीरमा विभिन्न प्रक्रिया सञ्चालन हुन सक्दैनन् र मानिसको मृत्यु हुन्छ...
समन्वित विश्व समयका आधारमा निर्धारण गरिएको समयलाई बेलाबेलामा सौर्य समयसँग मिलान गर्न आवश्यक हुन्छ । यसरी मिलान गरिने सेकेण्ड नै लिप सेकेण्ड हो । पोजेटिभ लिप सेकेण्ड भएको खण्डमा १ सेकेण्ड थपिन्छ भने नेगेटिभ भएको खण्डमा १ सेकेण्ड घटाइन्छ ।इन्टरनेशनल अर्थ रोटेशन एण्ड रेफरेन्स सिस्टम सर्भिसले लिप सेकेण्डको घोषणा गर्छ । सामान्यतया प्रत्यक १८ महिनामा लिप सेकेण्डको समायोजन गरिन्छ । तर पृथ्वीको गतिको कारण यति नै पटक लिप सेकेण्ड थपिन्छ वा घटाइन्छ भन्ने हुदँन ।सन १९७२ जुनदेखि जनावरी १ सम्म २३ पटक लिप समायोजनका लागि निर्देश गरिएको थियो तर सन १९९१ बाट सन २००५...
अणुबमको विष्फोटनपछि निस्कने विषालु ग्याँस तथा धुलोका कणहरू ले पृथ्वीको वायुमण्डललाई ढाक्दछ र सूर्यको प्रकाशलाई पृथ्वीमा आउनबाट रोक्दछ । यसरी सूर्यको प्रकाश नआउँदा पृथ्वीको जलवायु हिउँदको जस्तै ठण्डा हुन पुग्दछ, फलत: सम्पूर्ण जीवजन्तु र वनस्पतिमा नराम्रो असर पर्दछ । यसरी आणविक होडवाजीपूर्ण विष्फोटन कार्यको फलस्वरुप सिर्जना हुने यस्तो कृत्रीम जलवायुलाई आणविक हिउँद भनिन्छ...
सर्पले सुन्न सक्दैन । यसले आफ्नो शरीरले जमिनको कम्पन मापन गरेर आफूवरिपरिको स्थितिको जानकारी राख्दछ । तर, त्यसभन्दा पनि भरपर्दो औजार हो, यसको जिब्रो । सानो छँदा हामीमध्य धेरैको धारणा के हुन्थ्यो भने बीचमा काटिएको सर्पको अनौठो जिब्रोले नै हामीलाई टोक्छ । तर, यो धारणा बिल्कुल गलत हो । सर्पको काटिएको जिब्रो हाम्रो लागि हानिकारक हुन्न । यसले त आफ्नो यो अनौठो जिब्रो परिस्थिति आँकलन गर्न प्रयोग गर्छ ।सर्पको तालुमा दुई ससाना अङ्गहरू हुन्छन । ती अङ्गहरूलाई...
सामान्य सापेक्षताको सिद्धान्त जर्मन भौतिकशास्त्री अल्बर्ट आइन्सटाइन (Albert Einstein) ले सन् १९१५ मा प्रतिपादन गरेका हुन । यो सिद्धान्त विशेष सापेक्षताको सिद्धान्तको जगमा अडिएको छ । यस सिद्धान्तले मुख्यरूपमा गुरूत्वकर्षणको नियम र प्रकृतिका अन्य बलहरूसंगको यसका सम्बन्धहरूको व्याख्या गर्छ । यस सिद्धान्तलाई निम्नलिखित मुख्य पाँच कुराहरूमा केन्द्रित गर्नसकिन्छ :(क) अन्तरिक्ष तथा अन्तरिक्ष-समय पहिले विश्वास गरिएझै चेप्टो नभई यो घुमाउरो (Curved or Warped) छ ।(ख) न्युटनले भनेजस्तै ग्रहहरू गुरूत्वाकर्षणको कारणले घुमाउरो कक्ष (Orbit) मा रही घुमिरहेको नभई...
१. शुरुवातदेखी १४ दिनसम्म - Ovum (अण्ड)२. १५ दिनदेखी १२/१४ हप्तासम्म - Embryo३. १२ हप्तदेखी नजन्मिदासम्म - Fetus (भ्रुण)४. जन्मेदेखी १ महिनासम्म - Newbron (नवजात शिशु)५. १ महिना देखी १ वर्षसम्म - Infant (शिशु)६. १ वर्षदेखी ३ वर्षसम्म - Toddler७. ३ वर्षदेखी ६ वर्षसम्म - Preschoot (Early Childhood)८. ६ वर्षदेखी ११ वर्षसम्म - Schoolgoing (Middle Childhood)९. ११ वर्षदेखी १४ वर्षसम्म - Prepubescent (Late Childhood)१०. १४ वर्षदेखी १६ वर्षसम्म - Pubesent age११. १६ वर्षदेखी २० वर्षसम्म - Post pubescent age१२. २० वर्षदेखी ४० वर्षसम्म - Youth...
तपाइ हामीलाई थाहा छ कि विरूवाहरूको लागि पातमा खाना बनाउन नभइनहुने ग्याँस कार्बनडाइअक्साइड हो । कार्बनडाइअक्साइड भन्नाले कार्बन र अक्सिजन तत्वको रासायनिक संयोजनबाट बन्ने वस्तु हो । त्यसैले वनस्पतिको प्रत्यक कोषमा कार्बन तत्वको कण विद्यमान रहेको हुन्छ । प्रत्यक्ष या अप्रत्यक्ष ढंगले जनावरले बनस्पतिहरूको भोजन गर्ने भएकोले जनावरको प्रत्यक कोषमा पनि कार्बन कण रहेको हुन्छ । अर्थात कुनै पनि जीवभित्र वायुमण्डलमा रहेको कार्बन कण भोजनबाट संकलित भएको हुन्छ । जीवमा कार्बन कण संकलित हुने प्रक्रिया जन्म देखि शुरू हुन्छ भने मृत्यु पछि यो बन्द हुन्छ ।अर्को कुरा,...
हामीले कुनै कुनै फिल्ममा एउटै अनुहार भएका दुई व्यक्तीले अभिनय गरेको देख्नपाउदछौ । चलचित्रमा दुइजनाको रुपमा देखाइएतापनि वास्तविकरुपमा अभिनय एकजनालेनै गरेको हुन्छ । यसरी चलचित्रहरुमा एउटै मानिसको दोहोरो भूमिका कसरी देखाइन्छ जानौ ।डबल पार्ट फिल्म खिच्दा क्यामेरा संचालकले क्यामेराको लेन्सलाई आधा छोपिदिएको हुन्छ । यस्तो गरिदा रिलको आधा एकातिर मात्रै दृश्य भरिन्छ । त्यसपछि अर्को दृश्यमा फिल्म खिच्न रिललाई उल्टोतिर घुमाइन्छ जसलाई रिवर्स गरिनु भनिन्छ । र लेन्सको अर्को आधा भाग छोपि फिल्म खिचिन्छ । यसरी खिचिएको दृश्यहरु कम्प्युटरको सहताले मिलाई हेरिनयोग्य...
रेडियो कार्बन भन्नाले रेडियो विकिरण निकाल्ने कार्बन तत्व बुझिन्छ । रेडियो कार्वन साधारण कार्बनको आइसोटप (Isotope) हो । आइसोटप भन्नाले एउटै तत्वको फरक न्यूट्रोन संख्या भएको परमाणु भन्ने बुझिन्छ । जस्तो कि साधारण कार्बनको परमाणुको नाभिक (Nucleus) मा ६ वटा मात्र न्यूट्रोनहरू हुन्छन । यसको आइसोटप ( रेडियो कार्बन)मा ८ वटा न्यूट्रोनहरू रहेका हुन्छन । त्यसैले साधारण कार्बन परमाणुको भार (प्रोटोन र न्यूट्रोनको जोड) १२ रहेको छ भने रेडियो कार्बनको भार १४ (प्रोटोन ६ + न्यूट्रोन ८) रहेको छ । साधारण कर्बनलाई C12 लेखिन्छ भने रेडियो कार्बनलाई C14 लेखिन्छ ।वैज्ञानिकहरुका...
हामीलाई थाहा छ कि लाफिङ्ग ग्यास अलिकती सुँघेमा मात्र पनि हामि मरिमरी हास्न पुग्दछौ । यस्तो ग्यास उत्तेजित भिड साम्य पार्न र नियन्त्रण गर्न प्रयोग गरिन्छ । तथा अन्य विविध प्रयोजनका लागी पनि लाफिङ्ग ग्यासको प्रयोग गरिन्छ । वास्तवमा लाफिङ्ग ग्यास नाइट्रस अक्साइड हो । नाइट्रस अक्साइड(N2O) नाइट्रोजन(N) र अक्सिजन(O) को प्रतिक्रियाबाट बनेको हुन्छ । यो रङ्गविहीन कम क्रियाशिल र पनीमा सजिलैसंग घुल्न सक्ने ग्यास हो । हसाउने ग्यासले प्रख्यात नाइट्रस अक्साइड धेरै मात्रामा सुँघेमा हामि अचेत अवस्थामा पुग्न सक्छौ । तर केहि मात्रामा सुँघेको खण्डमा मष्तिष्कको सुक्ष्मकोषहरुलाई...

हाइड्रोजन बम के हो ?

Posted by Om Bhandari On 1:57 AM
सन् १९४५ मा अमेरिकाले जापानको दुइ ठूला शहरहरु हिरोसिमा र नागासाकिमा शक्तिशाली बम खसालेको थियो जसले तत्काल लाखौ मानवको ज्यान लिएको थियो साथै उक्त बम यति सम्म शक्तिशाली थियोकि दशकौ यता आएर आज सम्म पनि त्यहा विभिन्न घातक विकिरणहरु पैदा भइरहेका छन् । उक्त खसालिएको बम थियो - अणु बम (Atom Bomb) । तर यस बम भन्दा पनि २५ हजार गुणा शक्तिशाली बम वैज्ञानिकहरुले निमार्ण गर्न सफल भएका छन जुन बम मानव जातिले निमार्ण गरेको एक मात्र शक्तिशाली अत्याधुनिक हतियार हो । जसलाइ हाइड्रोजन बमका नामले चिनिन्छ ।हाइड्रोजन बममा अत्याधिक उर्जा निर्माण गर्न फ्युजन प्रकृया अपनाइन्छ...
कार्टुन चलचित्र बालबालिकामा एकदमै लोकप्रिय छ | मिकी माउस, डोनाल्ड डक, टिनटिन, पपया आदि कार्टुन चरित्रहरु विश्वमै प्रख्यात रहेका छन | यस्ता कार्टुन चलचित्रहरु कसरी बन्छन त ? यस्तो जिज्ञासा सबैमा जाग्न सक्छ |सामान्य चलचित्र कलाकारहरूको हाउभाउलाई क्यामेराको मद्दतले छायाङ्कन गरेर निर्माण गरिन्छ । तर कार्टुन चलचित्रहरूमा भने कलाकारको सट्टा चित्रहरूको प्रयोग गरिन्छ । सुन्दा अचम्म लाग्नसक्छ एक सेकेन्डको कार्टुन चलचित्रमा विभिन्न २४ वटा चित्रहरू प्रयोग भएका...
कुनै वस्तु चम्कनको लागी त्यसले कि त कहीँबाट आइरहेको प्रकाश परावर्तन गर्नुपर्छ कि त आफैले प्रकाश उत्पादन गर्नुपर्छ । तर प्रकाश उत्पादन नगर्दा पनि चम्किने प्लास्टिकका 'तारा'हरू बजारमा पाइन्छन । तपाइले पनि आफ्नो कोठामा यस्ता 'तारा'हरू टाँस्नु भएको छ होला । यि ताराहरू कसरी चम्कन्छन त ? अँध्यारोमा चम्किने यस्ता वस्तुहरूमा सामान्यत: फोस्फरस नामको रासायनिक पदार्थ राखिएको हुन्छ । यस्ता वस्तुहरूलाई चम्काउनका लागी पहिला प्रकाशमा राख्नुपर्छ । प्रकाशले ती वस्तुहरूमा रहेको फोस्फरसका इलेक्ट्रोनहरूलाई 'उत्तेजित' पार्दछ । इलेक्ट्रोन उत्तेजित हुनु भनेको आफु बसिरहेको...
एचआईभी/एड्सभन्दा सयौँ गुणा संक्रमणकारी र घातक हेपाटाइटिस 'बी' कलेजोको रोग हो। जुन हेपाटाइटिस 'बी' भाइरसको संक्रमणले एक व्यक्तिबाट अर्कोमा सर्छ। यो रोग सरेका बिरामीहरूमध्ये ९० प्रतिशत बिरामीलाई आफै निको हुन्छ भने १० प्रतिशत बिरामीहरू दीर्घरोगी हुन्छन्। ती दीर्घरोगीमध्ये २०/३० प्रतिशत व्यक्तिहरू कलेजोको सिरोसिस तथा क्यान्सर रोगले मृत्युवरण गर्छन्। विश्वको जनसंख्याको एकतिहाइ अर्थात् दुई अर्ब व्यक्तिहरू जीवनमा एकपटक यसको संक्रमणबाट प्रभावित हुन्छन्। तर, ९० प्रतिशत व्यक्तिहरू रोग प्रतिरोधात्मक क्षमताको कारण आफँै निको हुन्छन्।अहिले विश्वको ३५ करोड जनसंख्या...
हालसम्मको विज्ञान इतिहासले दर्शाए अनुसार पृथ्वीमा जीव उत्पत्तिको एउटै सिद्धान्त रही आएको छ । सो कुरालाई जीव रसायनशास्त्रको महत्वपूर्ण सिद्धान्तले पुष्टि गर्दछ । जस अनुसार पृथ्वीमा उत्पत्ति भएका प्रत्येक जीवको बनोट ६ वटा प्रमुख रसायन तत्वले बनेको हुन्छ, ती हुन: कार्बन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, सल्फर र फोस्फोरस । यस सिद्धान्तलाई Golden Rule of Bio-chemistry पनि भनिन्छ । तर हालै पत्ता लागेको आर्सेनिक रसायन उपयोग गर्ने व्याक्टेरियाले जीव उत्पत्तिको फरक धारलाई इंगित गर्दै पृथ्वी बाहेकका अन्य खगोलीय पिण्डमा जीव उत्पत्तिको बारेमा गहिरो ध्यानाकर्षण...

नीमको उपयोगिता के छ ?

Posted by Om Bhandari On 1:55 AM
प्राकृतिक विविधताले भरिएको हाम्रो देश नेपालमा, विभिन्न विशेषता बोकेका रुख विरुवाहरु अर्थात् वनस्पति पाईन्छन् । नेपालमा थुप्रै प्रकारका जडीबुटी पाइने भएता पनि यसको पूर्ण उपभोग र यसबाट लाभान्वित हुन सकेको छैन । यसको प्रमुख कारण भनेको यसलाई उपयोगजन्य बनाएर प्रचार प्रसार नगरिनु देखिन्छ । बजारमा रासायनिक प्रविधिका निकै महंगो र मानव शरीरलाई दीर्घकालीन हानी पु¥याउने औषधीहरुले नै प्राथमिकता पाएको देखिन्छ । उता आफ्नै भूमिमा पाइने अनेकौं रोगहरु निको पार्ने जडीबुटी भने ओझेलमा परेका छन् , जसको प्रयोग गर्नाले शरीरमा कुनै अप्राकृतिक हानी नगरी आर्थिक भार समेत...

रक्तचाप के, किन, कसरी ?

Posted by Om Bhandari On 2:55 AM
मानव स्वास्थ्यको दृष्टिकोणले उच्च रक्तचाप एक जोखिमपूर्ण रोग हो । यसले हृदयघात, मृगौलाको कार्य क्षमतालाई बेकामको गराउने जस्ता रोगहरु निम्त्याउँछ । यसलाई "सुटुक्क ज्यान लिने रोग" भनेर पनि चिन्ने गरिन्छ । उच्च रक्तचाप भएका धेरै व्यक्तिहरुमा यसको केही पनि लक्षण नदेखिन सक्छ । त्यसैले ४० वर्ष नाघेका व्यक्तिहरुले नियमित परीक्षण गराई डाक्टरको सल्लाह अनुसार जीवन बिताउन उचित हुन्छ ।शरीरको विभिन्न भागमा अक्सिजन पु¥याउने कार्य रक्त नलीबाट बग्ने रगतले गर्दछ । यी रगत नलीमा प्रवाह हुँदा त्यस नलीमा चाप उत्पन्न हुन्छ । यसरी रक्त नलीमा हुने चापलाई रक्त चाप भनिन्छ...

एलर्जी के हो ?

Posted by Om Bhandari On 2:21 AM
सन् १९०६ मा बालरोग विशेषज्ञ Dr. Clemens Von Pirquet ले उनका बिरामीहरु धूलो धुँवा आदिका कारण मात्रले पनि क्षणिक रुपमा बिरामी भइ उपचारार्थ आउने गरेको कुरा थाहा पाए पछि उनले त्यस्ता रोगलाई एलर्जी भन्ने नामाकरण गरे । एलर्जी शब्द दुई वटा ग्रीक शब्दहरु 'Allois' र'Egron' लाई समेटिएर नामाकरण गरिएको थियो , जसको अर्थ " अन्य कार्य " भन्ने बुझिन्छ ।सामान्यतया हावा हुरी चल्ने र गर्मी शुरु हुने मौसम अर्थात् बसन्त र गृष्म ऋतुहरुमा मानिसहरु एलर्जीबाट प्रभावित हुने गर्दछन् । हावामा तैरिरहने परागकण , धुलो , धुँवा , जनावरको रौं , कीराको टोकाइ , पेटमा पाइने जुका ,...
  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु