के हो न्युमोनिया ?

Posted by Om Bhandari On 6:33 AM
सामान्यतया न्युमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको खराबी हो । जसमा फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ । विशेष गरेर Streptococcus pneumoniae प्रजातिको ब्याक्टेरियाले न्युमोनिया गराउँदछ । त्यस्तै केही भाइरसका प्रजातिहरूले कडा खालको न्युमोनिया (Severe pneumonia) गराउँदछन् । एन्टिबायोटिकको व्यापक विकासका कारण न्युमोनियाको मृत्युको दर हृवात्तै घटे पनि त्यसले खतरनाक अवस्थासम्म भने पुर्‍याउँदछ । ७० वर्ष नाघेका व्यक्तिहरूमा अझै पनि न्युमोनिया मृत्युको प्रमुख कारणहरू मध्ये एक हो । न्युमोनियाका जीवाणु विश्वको कुनै क्षेत्र विशेषमा...
डिएनए यस्तो जैवरसायनिक अणु हो जसले पुर्खाको गुण सन्तानमा सार्दछ । यो अणु जीवकोषको केन्द्रीय भाग अर्थात न्यूक्लेसभित्र रहेको हुन्छ । अमेरिकाको विस्कोसिन विश्वविद्यालयका वैज्ञानिकहरूले डिएनए अणु प्रयोग गरेर अत्यधिक क्षमताको कम्प्युटर निर्माण गरेका छन । यही कम्प्युटरलाई डिएनए कम्प्युटर भनिन्छ । वैज्ञानिकहरूका अनुसार एक ग्राम डिएनएमा खरबौं सिडि रोम भित्र अट्ने सुचनाहरू संकलित गर्न सकिन्छ । डिएनए कम्प्युटरमा एक विशेष रूपमा डिजाइन गरिएको इन्जाइमको प्रयोग गरिएको छ, जसको मद्दतमा गणितीय समस्याहरू पनि समाधान गर्न सकिन्छ...
अमलामा गेलेट र टेनेट भनिने पोलिफिनोलिक यौगिक धेरै मात्रामा हुन्छन । ती रासायनिक पदार्थहरूको असर स्वरुप जिब्रो केही छिनका लागि खुम्चिन पुग्छ र जिब्रोमा रहेका स्वाद ग्रन्थीहरूले समेत चेतना हराउँदछ । पानी खाँदा ती पर्दाथहरू पखालिएर जान्छ र हामीलाई गुलियो स्वादको अनुभूति गराउँदछन...
दाँतको सबभन्दा भित्र पल्प क्याभिटी, बीचमा डेन्टाइन र बाहिर इनामेलहुन्छ । दाँत कुडिनुसित सम्बन्धित तह इनामेल हो । यसमा खासगरि क्याल्सियमसहित अन्य खनिज पर्दाथहरू पाइन्छन । इनामेल एमेलोवास्ट भन्ने एक प्रकारकोकोषहरूबाट बनेको हुन्छ र यसको मुख्य काम डेन्टाइनलाई जोगाउनु हो । अमिलोखाँदा अमिलोमा भएको साइट्रिक अम्लले इनामेलको लेपलाई असर पुऱ्‍याइदिन्छ ।जसले गर्दा डेन्टाइनमा असर पुग्दछ । यसैलाई हामी कुडिएको भन्दछौँ...
हाम्रो मुखभित्र तीन जोडी ऱ्‍यालका ग्रन्थीहरू हुन्छन : एक जोडी काननजिक, एक जोडी जिब्रो मुनि र अर्को तल्लो बङ्गारा मुनि । यी ग्रन्थीहरूयान्त्रिक तरिकाबाट संचालन हुदैनन् । यिनीहरूको मस्तिष्कसित सीधा सम्पर्करहेको हुन्छ । यसकारण मस्तिष्कले कुनै कुराको अनुभूति पाएपछि त्यसको असरग्रन्थीमा पर्छ र त्यसबाट मुखमा रस (ऱ्‍याल) निस्कन्छ...

सुपरसोनिक गति के हो ?

Posted by Om Bhandari On 5:08 PM
हावामा ध्वनिको गति ३४० मिटर प्रतिसेकेन्ड रहेको हुन्छ । जब कुनै विमानप्रतिसेकेन्ड ३४० मिटर भन्दा बढी गतिमा उड्छ तब त्यो विमानको गतिलाईसुपरसोनिक गति भनिन्छ । अर्थात ध्वनिको सीमा तोड्ने गति भनिन्छ ।सुपरसोनिक जेट विमानले मानवले सहन कठिन पर्ने हदको विस्फोटक आवाज पैदागर्छ । तर यो आवाज विमान पर पुगेपछि मात्र सुनिन आउँछ । यसो हुनुको कारणसुपरसोनिक विमानको गति ध्वनिको भन्दा बढी भएकोले हो...

के हो रक्त समूह ?

Posted by Om Bhandari On 8:10 AM
सबैको रगत रातो नै हुन्छ । तर, त्यही रातो रगत कसैलाई दान दिन मिल्छ तकसैलाई मिल्दैन, किन ? त्यसैगरी निश्चित समूहको रगत मात्रै निश्चितसमूहका व्यक्तिले लिन मिल्छ । यद्यपि कसै-कसैको रगत सबैलाई दिन मिल्छ भनेकसै-कसैले जो सुकैको रगत लिन मिल्छ ।रक्त समूह वंशाणुगत हुन्छ । तपाईको रक्त समूह तपाईको जैविक आमा-बाबुकोरक्त समूहमा भर पर्छ । रगतमा पाइने एन्टिजिन नामक तत्वका आधारमामानिसहरूको रक्त समूह वर्गीकरण गरिएको हुन्छ । हुन त रक्त समूहहरू थुप्रैहुन्छन । तर, प्रचलित 'एबिओ'(ABO) रक्त समूह प्रणालीअनुसार मानिसहरूकोरक्त समूह ४ किसिमका हुन्छन : ए, बी, एबी र ओ ।हाम्रो...
सन् 1905 मा अल्बर्ट आइन्स्टाइनले प्रतिपादन गरेको यस सिद्धान्तले मुख्यरूपमा पाँच कुराहरुलाई औँल्याउछ :१. जतिसुकै बेगमा रहेका भए पनि स्वतन्त्र रूपले गतिमा रहेका सबैदर्शकहरूका लागि विज्ञानका सबै नियमहरु समान रूपले लागू हुन्छन् ।२. दर्शकहरु जुनसुकै गतिमा रहेका भए पनि सबैले प्रकाशको गति एउटै भएको पाउँछन् ।३. पर्दाथ र शक्ति एउटै हुन् । यिनीहरु एक अर्कामा बदलिन सक्छन् ।आइन्स्टाइनले यसका लागि एक विशेष सूत्रको आविष्कार गरे ।E=MC2 यहाँ E ले शक्ति, M ले पिण्ड वा पदार्थ र C ले प्रकाशको गति जनाउँछन्। यस सूत्रानुसार शक्तिलाई पदार्थको मात्रा र प्रकाशको गतिको...
घाँटी बिग्रँदा, खसखस हुँदा, दुख्दा चिकित्सकले नुन-पानीले कुल्लागर्नसमेत सल्लाह दिन्छन । यसले साँच्चै फाइदा हुन्छ ? घाँटीकाब्यक्टेरियामा नुनको के असर हुन्छ ?घाँटीको खराबीमा केही खास ब्यक्टेरिया जिम्मेवार हुन्छन । ब्यक्टेरियासामान्यत: मनतातो नुन पानीको सम्पर्कले नाश हुने होइनन् । ती धेरै जिद्दीप्रकृतिका हुन्छन । यद्यपी तिनमा नुनपानीको घातक असर हुन्छ । वैज्ञानिकसिद्धान्त 'अस्मोसिस' का कारण यस्तो हुन्छ ।साधारणतया 'अस्मोसिस' सिद्धान्तमा गह्रौँ र हलुका द्रव्य (तरल पदार्थ)आपसमा मिल्दा क्रिया सुरू हुन्छ । यस्तो क्रिया त्यति बेलासम्म जारीरहन्छ जबसम्म दुवै...
वस्तुहरू कम्पन हुदाँ आवाज उत्पन्न हुन्छ । गाग्रीको कम्पनको कारण आवाजउत्पन्न हुन्छ । यो आवाज पानीको सतहदेखि स्तम्भ पानीको सतह र गाग्रीकोमुखको बीचमा निर्माण हुन्छ । वायु स्तम्भको लम्बाइअनुसार नै ध्वनिकोआवृत्ति उत्पन्न हुन्छ । लामो वायु स्तम्भले लामो आवृत्तिको ध्वनिउत्पन्न गर्छ । पानी भरिँदै जाँदा वायु स्तम्भ पनि छोटो हुँदै जान्छ रध्वनिको आवृत्ति पनि छोटीँदै जान्छ र हामी आवाज परिवर्तन भएको महसुसगर्छौँ ।...
घरमा बालिएको साधारण बत्तीतर्फ यदि तपाईले हेर्नुभयो भने त्यसकोप्रकाशको वरिपरि धेरै संख्यामा किराहरु उडिरहेको देख्नुहुन्छ । आखिरप्रकाशमा त्यस्तो के छ, जसको कारण किराहरू त्यसप्रति आकर्षित हुन्छन् ?यस सम्बन्धमा रोचक तथ्य यो छ कि प्रकाशतर्फ भाले किराहरुमात्र आकर्षित हुन्छन् ।प्रकाशका केही स्रोतहरुले एक विशिष्ट प्रकारको विकिरण पैदा गर्दछन् ।यस्तै, विकिरण पोथी किराहरुको शरीरमा पनि हुन्छ । पोथी किराहरुको पेटमाएक विशेष प्रकारको ग्रन्थी हुन्छ, जसबाट गन्ध आउने केही अणुहरु बाहिरनिस्कन्छन् र त्यसबाट पैदा हुने विकिरण हावामा फैलिन्छन । पोथीको शरीरबाटनिस्कने...
कुकुरले सामान्यतः बिरालोलाई लखेट्ने भए पनि देख्नेबित्तिकै लखेट्छ भन्ने धेरैको धारणा गलत हो । कुकुर र बिरालोलाई परम्परागत शत्रु मानिन्छ । 'कुकुर-बिरालोको झगडा' भन्ने उखान त नेपालीहरूमाझ प्रख्यात नै छ । झट्ट हेर्दा यस्तो लाग्छ कि कुकुरले बिनाकारण आफ्नै काममा मस्त बिरालोलाई लखेट्छ । तर यसमा पनि वैज्ञानिक रहस्य लुकेका छ । र, यो वैज्ञानिक रहस्य जीवको क्रमविकाससँग सम्बन्धित छ । कुकुर प्राकृतिक रूपमा शिकारी जीव हो । 10 हजार वर्षभन्दा पहिले मानवसमाजले यसलाई...
आगो लागेको स्थान वरिपरिको हावा आगोको कारण तातो हुन्छ । तर आगो एकैनाशले बल्ने नहुँदा यसको वरिपरिको हावा पनि कहीं तातो त कहीँ तुलनात्मक रूपमा चिसो हुन्छ । यसरी आगो वरिपरिको हावाको तापक्रम बदलिरहन्छ । परिणाम स्वरूप हावाको घनत्व पनि सधैँ बदलिरहन्छ , जसकोकारण त्यस हावाबाट गुज्रने प्रकाशको गति र दिशा पनि परिवर्तन भइरहन्छ । त्यसैले आगोको पछाडि राखिएका सामानहरू हल्लिरहेका देख्छौँ । यो पनि हेर्न नभुल्नुहोस् ........... आगो किन सधै माथितर्फ फर्कन्छ ?...
विज्ञानको नियम अनुसार ब्रम्हाण्डका सबै भौतिक पदार्थले अधिकतम स्थिरताको लागि न्युनतम ऊर्जाको स्थिति प्राप्त गर्ने कोसिस गर्छ । कुनै पदार्थको निश्चित आयतनको सतहको क्षेत्रफल अन्य आकारमा भन्दा गोलो आकारमा सबैभन्दा कम हुन्छ र त्यसमा न्युनतम सतही ऊर्जा (Surface energy) हुन्छ । त्यसैले न्यूनतम ऊर्जाको अवस्था अर्थात अधिकतम स्थिरता प्राप्त होस भन्ने उद्देश्यले ग्रह तथा ताराहरूले गोलाकार अवस्था ग्रहण गर्छन । यो पनि हेर्नुहोस तारा (Star) किन चम्किन्छ...
तपाइँलाई पक्कै पनि खुर्सानी पिरो हुन्छ भन्ने कुरा थाहा छ - तर यसको पछाडि के कारण छ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा नहुनसक्छ । खुर्सानीमा 'क्याप्साएसिन' नामक रसायन हुन्छ । त्यसले नै हामीलाई पिरो स्वादको अनुभूति गराउँछ । क्याप्साएसिन रसायनको मात्रा जिरे खुर्सानीमा अत्याधिक हुन्छ । त्यसैले जिरे खुर्सानी निकै पिरो हुन्छ र भेडे खुर्सानीमा यो रसायन थोरै परिमाणमा हुन्छ । त्यसैले भेडे खुर्सानी खासै पिरो हुँदैन । खुर्सानी पदार्थले र्‍याल ग्रन्थीलाई सक्रिय...
विश्वमा २ हजार ७ सय प्रकारका लामखुट्टेहरु पाइन्छन् । लामखुट्टेहरुले स्तनपायी जन्तुको रगत पिउँछन् । तर जुनसुकै प्रकारको लामखुट्ट भए पनि भाले लामखुट्टेले रगत पिउँदैन । पोथी लामखुट्टेले मात्र रगत पिउँछ । यस्तो किन - एक पोथी लामखुट्टेले आफ्नो छोटो जीवनकालमा करिब २ हजारभन्दा बढी बच्चा जन्माउन अण्डा पार्छ । दुर्इ हजारभन्दा बढी अण्डालाई परिपक्व बनाउन पोथी लामखुट्टेलाई प्रचुर प्रोटिनको आवश्यकता पर्छ, जुन त्यसको शरीरमा हुँदैन । त्यसैले प्रोटिनका लागि पोथी...
प्रकाश एक तरंग : वेग, गति समय व अ...
चिसो मौसममा हाम्रो छालामा रहेका रौँहरू ठाडा हुन्छन् । यसलाई हामीकाँडा उम्रेको भन्छौँ । यो प्रक्रिया हाम्रो नियन्त्रण बिना नै हुने गर्छ। चिसोबाट बच्नका लागि जनावरहरूका शरीरमा बाक्ला रौँ हुन्छन् । यसलेतिनीहरूलाई चिसो हुनबाट जोगाउँछ । जाडोबाट जोगाउने सबैभन्दा भरपर्दोवस्तु भनेकै रौँ हो तर हाम्रो शरीरमा त साना रौँ मात्र हुन्छन् । यसलेहाम्रो शरीरलाई ढाक्न सक्दैन । त्यसैले हामीलाई चिसो भएको बेला अन्यभागहरूलाई ढाक्नका लागि यिनीहरू ठाडा हुन्छन् । यो प्रक्रिया प्राकृतिकनै हुने हुँदा यसमा डराउनु पर्दैन , यसले कुनै हानी गर्दैन...
घर बनाउन प्रयोग गरिएको काठले विभिन्न मौसमहरू झेलेको हुन्छन् । विभिन्न मौसमहरूमा घाम , पानी, हावाहुरी, हिउँ झेलेपछि काठ पुरानो हुँदै जान्छ । अनि विस्तारै काठमा परिवर्तन आउन थाल्छ । गाढा रङ भएको काठ विस्तारै हल्का हुन थाल्छ । हल्का वा उज्यालो रङ भएको काठको भने रङ बदलेर गाढा हुन्छ । प्रायः काठहरू कालो अथवा खैरो रङमा परिणत हुने गर्छन् । तिनीहरूको सतह पनि खस्रो हुने गर्छ । काठ सेलुलोज नामक रेशाले बनेको हुन्छ । यही फाइबरबाट रुवा पनि बनेको हुन्छ तर काठमा भने ती रेशाहरूलाई लिग्निनले दह्रोसँग जोडेको हुन्छ । यसले गर्दा एउटै रेशाबाट बनेपनि काठ रुवाभन्दा...

रगत किन रातो हुन्छ ?

Posted by Om Bhandari On 4:56 AM
सबैलाई थाहा भएकै कुरा हो, रगत रातो हुन्छतर किन यो रातो हुन्छ ? रगत एउटै तत्वले मात्रै बनेको हुँदैन । हाम्रो शरीरको धमनी , नशाहरूमा बग्ने रगत विभिन्न किसिमका पदार्थहरू र तìवहरू मिलेर बनेका हुन्छन् र तिनका आ -आफ्नै कामहरू हुन्छन् ।  रगतलाई तरल रूपमा राख्ने पदार्थलाई प्लाज्मा भनिन्छ । यसले रगतको आधा भाग ओगटेको हुन्छ । यो हल्का पहेँलो रङ्गको हुन्छ र पानीभन्दा बाक्लो हुन्छ । प्लाज्मामा रक्तकोषहरूका अलावा प्रोटिन, रोगसँग लड्ने प्रतिरोधी पदार्थ, रगतलाई जम्न मद्दत गर्ने फाइबि्रनोजेन (Fibrinogen) र प्लाटेलेट्स , कार्बोहाइड्रेट, बोसो, नून र अन्य थुप्रै...
सम्भवतः संसारकै सबैभन्दा अदभुत र विलक्षणको चीज हो मस्तिष्क । आकारमा सानो तर काम भने ब्रहृमाण्ड(Universe)को नै समेत खोतलखातल गर्न सक्ने । आजसम्म जे जति प्रगति र उन्नति भएका छन् , ती सबै मानवका विकसित मस्तिष्ककै कमाल हुन् । मानिसको मस्तिष्क विकसित नभएको भए सम्भवतः आज हामीले देखि - भोगिरहेका प्रगति र उन्नतिहरू नै सम्भव हुने थिएन । सबैमा जान्ने इच्छा हुनसक्छ, यस्तो विलक्षणको मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरा । वास्तवमा मस्तिष्कले स्नायु -नशा हरूले ल्याएका सूचनाहरूलाई ग्रहण र प्रशोधन गरेर काम गरिरहेको हुन्छ । हाम्रो मस्तिष्कमा करिब १४ अरब जति कोषहरू...
हाम्रो आँखाले उज्यालो र अँध्यारो दुवै ठाँउमा देख्न सक्छ । तर प्रकासकोचमक अनुसार आँखाको नानी ठूलो र सानो हुन जरूरी हुन्छ । अँध्यारो ठाउँमाआँखाको नानी ठूलो हुन्छ ता की बढीभन्दा बढी प्रकाश छिरोस् । त्यसको ठिकबिपरीत उज्यालो ठाउँमा आँखाको नानी सानो हुन्छ । जब हामी अचानक घामबाटअँध्यारो ठाउँमा जान्छौँ, आँखको नानी सानो हुन केही समय लाग्छ, जसको कारणआँखा राम्रोसँग देख्न पनि केही समय लाग्छ...

तारा (Star) किन चम्किन्छ ?

Posted by Om Bhandari On 11:53 PM
रातको समयमा सफा आकाशतिर हेर्नुहोस् , तपाई ताराहरू चम्किरहेका देख्नुहुन्छ । झिम्झिम् गर्दै चम्किरहेका तारा देख्दा तपाई हामीलाई लाग्ने गर्छ - ताराहरू झिमझिमाउदा रहेछन् तर यथार्थमा त्यस्तो हुदैन । वास्तवमा हामीले देख्ने गरेको दृश्य तारा झिमझिमाएको नभई पृथ्वीको वायुमण्डलका कारण पैदा हुने प्रभावले गर्दा उत्पन्न दृश्य मात्र हो ।  पृथ्वीको वायुमण्डलमा विभिन्न तहहरू हुन्छन् । प्रत्येक तहका वायु आ -आˆनै गतिमा र विभिन्न दिशामा फन्को मारिरहेका हुन्छन्...
 तपाईं हामीले देखिरहेकै कुरा हो, डाक्टरले बिरामीको जाँच गर्दा मुटुको चाल पनि नाप्ने गर्छ । विशेष गरेर हातको नाडी छामेर डाक्टरले मुटुको गति जाँचिरहेको हुन्छ । मुटुको गतिबाट पनि मानिस स्वस्थ छ कि छैन भन्ने कुरा थाहा पाउन सकिन्छ । स्वभाविक रूपमा जिज्ञासा उठ्न सक्छ, स्वस्थ मानिसको मुटुको गति चाहिँ कति हुनुपर्छ ? यसको उत्तर यति नै भनेर भन्न गाह्रो छ । किनभने यो मानिसपिच्छे फरक पर्न सक्छ । त्यसै गरी मानिसको उमेर , उनको शरीरको अवस्था, उसले गरेका क्रियाकलाप,...

ओंठ किन फुट्छ ?

Posted by Om Bhandari On 4:47 AM
 छालाले हाम्रो शरीरको आन्तरिक वातावरणलाई बाहिरी वातावरणको प्रभावबाट बचाउँछ । छालाको माथिल्लो सतहलाई इपिर्डर्मिस (epidermis) भनिन्छ । छालाको यो तह मृत कोषहरुले बनेको भएपनि यसले तल्लो तहको जीवित कोषहरुबाट निरन्तर पानी प्राप्त गरिरहन्छ । छालाको बाहिरी सतहमा पानी आएपछि वाष्पीकरण भएर त्यहाँ तेल ग्रन्थीहरुले चिल्लो पदार्थको पातलो तह बनाउँछन् । यही चिल्लो पदार्थले छालालाई मुलायम र लचिलो बनाउँछ । जाडो महिनामा हावाको आद्रता कम हुने हुनाले हावा सुख्खा...
 तपाइँले याद गर्नुभएको होला, माटोले बनेको भाँडोमा राखिएको पानी अरु भाँडोमा राखिएको पानीभन्दा चिसो हुन्छ । यस्तो किन हुन्छ त - माटोको भाँडोमा लाखौं अदृश्य प्वालहरु हुन्छन् । नाङ्गो आँखाले देख्न नसक्ने यस्ता प्वालहरुबाट भाँडोभित्र रहेको पानी स - साना कणहरुको रुपमा बाहिर निस्कन्छ । जब ती पानीका कणहरु बाहिर निस्कन्छन् , बाहिरी हावाको सर्म्पर्कमा आएर बाफ बन्न थाल्छन् । यो प्रक्रियामा वाष्पीकरणका लागि आश्यक उष्णता पानीका कणहरुले माटोको भाँडाभित्र...

कुहिरो किन लाग्छ ?

Posted by Om Bhandari On 1:07 AM
कुहिरो वास्तवमा एक खाले बादल हो । बादल जमिनको सतहभन्दा धेरै माथि आकाशमा लाग्छ भने कुहिरो तल सतहसँग जोडिएर लाग्छ । बादल र कुहिरो दुबै पानीका असंख्य सूक्ष्म कणहरू एकसाथ हावामा झुण्डिएर रहँदा बन्ने गर्छन् ।  त्यसो भए जाडोमा जमिनको सहतनजिक कुहिरो किन लाग्दछ त ?  हाम्रो घरबाहिर खुल्ला ठाउँमा रहेको हावामा पानीका सूक्ष्म कणहरू घुलिएर रहेका हुन्छन् । जसरी पानीमा नून वा चिनी घुलिएर रहँदा देखिने हुँदैन त्यसरी नै हावामा पानीका सूक्ष्म कणहरू घुलिएर...
हामिले देखि आएकै कुरा हो कि आगो सधै माथीतर्फ फर्कन्छ, यसो किन हुन्छ ? आगो बाल्दा आगोको तापको कारण त्यस वरिपरिको हावा पनि तातो हुन्छ । तातो हावा हलुको हुनेहुदा माथितर्फ वहन थाल्छ । उसले आफ्नो साथमा आगोलाई पनि माथितर्फ तानि लैजान्छ । यसै कारण आगो सधै माथितर्फ फर्कन्छ...
 हाम्रो शरीरलाई सधै हावा चाहिन्छ । यसका लागि हामी सास फेर्ने गर्छौ । हामीले खाएको खानालाई ऊर्जामा वा शक्तिमा परिवर्तन गर्नका लागि अक्सिजन चाहिन्छ । शरीरका लागि अनिवार्य रुपमा आवश्यक त्यो अक्सिजन हावामा पाइन्छ । त्यसैले हामीलाई हावा चाहिन्छ । हुन त पानीमा पनि अक्सिजन हुन्छ तर हाम्रो फोक्सोले पानीबाट अक्सिजन लिन सक्दैन । हाम्रो शरीरका अङ्गहरूको विकास नै त्यसरी भएको हुन्छ । पानीमा बस्ने जीवको शरीरमा पानीबाट अक्सिजन लिनसक्ने गरी विशेष किसिमको अङ्ग...

सिगान किन आवश्यक ?

Posted by Om Bhandari On 7:03 AM
मानव शरीरको कुनै पनि अङ्गको नाम लिनुहोस , त्यसको कुनै न कुनै कार्य अवश्य हुन्छ । यति सम्म कि, नाकभित्र हुने सिगानको पनि आफ्नै विशिष्ट कार्य छ । नाक हाम्रो शरीरभित्र हावा छिर्ने बाटो हो । तर हाम्रो शरीरभित्र छिर्नुभन्दा पहिले हावालाई तातो पार्ने र हावामा रहेका धुलाका कणहरूलाई हटाउनुपर्ने हुन्छ । नाकमा रहेका रौँहरूले केही मात्रामा धुलो रोक्ने काम गर्छ । साथै नाकदेखि फोक्सोसम्म पुग्ने श्वासनलीको भित्तामा पनि थुप्रै स-साना रौँहरू हुन्छन । यी रौँहरूलाई सिलिया भनिन्छ । हाम्रो नाकभित्र वास्तवमा पारदर्शी सिगान हुन्छ ।तर हामीले सासफेर्ने हावामा रहेका धुलोका...
शोधकर्ताहरुले मोबाइल फोनको अधिक प्रयोगबाट पुरुषको शुक्राणुको संख्या घट्नसक्ने चेतावनी दिएका छन् । उनीहरुले यसो हुदा प्रजनन क्षमतामा प्रभाव पार्न सक्ने बताएका छन् । भारतको मुम्बइ अस्पतालमा सन्तान जन्माउन असफल भएकामध्ये उपचार गराइरहेका 364 पुरुषहरुमाथि गरीएको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो । शोधकर्ताका अनुसार एक दिनमा चारघण्टा वा त्यसभन्दा बढी समयसम्म मोबाइलको प्रयोग गर्ने पुरूषको शुक्राणुको संख्या कम पाइएको छ । रहेका शुक्राणुको अवस्था पनि ठीक...
चन्द्रमा सुक्खा छ र त्यहाँ पानी लामो समय सञ्चित रहने अवस्था पनि छैन भन्ने मान्यता गलत भएको छ । पहिलेको अनुसन्धानहरुले चन्द्रमा जीवन उपयोगी नभएको निष्कर्ष दिएका थिए । समय र बिचार फेरीएको छ । सम्भवतः अर्बौ वर्षदेखि चन्द्रमामा लुकेको रहस्य खुल्दैछ । अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले हालै एक नौलो अनुसन्धान बाट चन्द्रमामा पानी रहेको पुष्टि गरेको छ । नासाको खुलासाबाट वैज्ञानिकहरु र खगोल विज्ञानमा रुचि राख्नेहरु उत्साहित भएका छन् । एकपछि अर्को...
सामान्यतः जन्मिने बेलामा शिशुको शरीरको लम्बाइ 50 सेन्टिमिटर हुन्छ । त्यसपछि 20 वर्षमा उसको उचाइ 3 गुनासम्म बढेर औसत 1.7 मिटर पुग्न जान्छ । तर त्यसपछि भने उचाइमा खासै परिवर्तन आउँदैन । हाम्रो उचाइ सधैं किन बढिरहँदैन ? हाम्रो उचाइ बढ्न कुन तत्वले रोक्छ ? हाम्रो शरीरमा ग्रन्थीहरूको एउटा प्रणाली हुन्छ, जसलाई इन्डोक्राइन ग्रन्थीहरू भनिन्छ । यी ग्रन्थीहरूले हाम्रो शरीरको उचाइको नियन्त्रण गर्ने काम गर्दछ । इन्डोक्राइन ग्रन्थीहरूमा थाइरोइड ग्रन्थी, पिट्युटरी ग्रन्थी, थाइमस ग्रन्थी, र लैंगिक ग्रन्थीहरू पर्दछन । पिट्युटरी ग्रन्थीले हाम्रा हाडहरूको आकारको...
पोर्टस माउथ विश्वविध्यालयका अनुसन्धानकर्ताका अनुसार महिलाको बढ्दो स्तन वृद्धिको जिम्मेवार कीटनाशक र प्रदुषण हो । बेलायतमा आफ्नो स्तन आकारको वृद्धिलाई लिएर महिलाहरू चिन्तित भएपछि यो अध्ययन गरिएको थियो । तीन हजार महिलामा गरिएको अध्ययनमा उनीहरूको जीवनशैली र खानपानबारे अनुसन्धान गरेपछि विशेषज्ञहरू यस्तो निष्कर्षमा पुगेका हुन । पोषण विशेषज्ञ डा. मर्लिन ग्लेनविलाका अनुसार ओस्ट्रोजेन हार्मेनले महिलाको शरीरलाई आकार दिन्छ । यो हाम्रोनको स्राव किशोरावस्थादेखि...

माया (love) किन हुन्छ ?

Posted by Om Bhandari On 11:56 PM
'लभ' (Love) को कारण के हो ? किन हुन्छ प्रेमी-प्रेमीका बीच आकर्षण ? यस्ता प्रश्नहरूको उत्तर पाउन वैज्ञानिकहरूले कयौँ प्रयास गरेका छन । तिनका केही खोजमा विश्वास गर्ने हो भने दुई प्रेमीबीच 'इमोसन' र त्यसमा परिवर्तनको मुख्य कारण हो - शरीरमा हुने रासायनिक तत्व । 'लभ' का बिभिन्न बेग्लाबेग्लै चरणहरू ( इन्फेचुएसन, कडलिङ्ग , एट्रेक्सन )  यहाँसम्म कि विश्वासघात (विट्रायल) को पछि पनि केही खास केमिकलको हात हुन्छ । वैज्ञनिकहरूका अनुसार आकर्षण वस्तुत: यो...
तपाई हामीलाई थाहा भएकै कुरा हो कि महिलाको स्वर मसिनो तथा सुरिलो हुन्छ तर पुरूषको स्वर त्यस्तो हुदैन । पुरूषहरू मोटो र धोद्रो स्वरमा बोल्ने गर्दछन । यस्तो स्वर परिवर्तन किशोर अवस्थाबाट मात्र शुरूवात हुन्छ । यसलाई वैँस चढेको पनि भनन्छ । किन हुन्छ त स्वर परिर्वतन ? किशोरावस्थामा मानिसको शरीरमा विभिन्न परिवर्तनहरू देखा पर्न थाल्दछन । शरीरका विभिन्न ग्रन्थीहरूले उत्पादन गर्ने हर्मोनहरूको कारणले मानिसको शरीरमा परिवर्तनहरू मध्य पुरूषको स्वर धोद्रो हुनु पनि एक हो । किशोररावस्थामा पुरूषको शरीरमा टेस्टोस्टेरोन (Testosterone) नामक हर्मोनको उत्पादन हुन्छ...
मोबाइल फोन सुक्ष्म तरंग (माइक्रोवेभ) ऊर्जाबाट संचालित हुन्छ । सुक्ष्म तरंग ऊर्जाले हाम्रो दिमागमा ताप उत्पन्न गर्दै DNA अणुलाई नष्ट गर्न सक्छ । त्यसैले यसले हाम्रो दिमागलाई अस्वस्थ र कमजोर तुल्याउन सक्छ । यो मोबाइल फोनको हानिकारक गुण हो । मोबाइल फोन सुक्ष्म तरंग (माइक्रोवेभ) ऊर्जाले दिमागमा सिधै असर गर्नसक्ने भएकाले बैज्ञानिकहरू मोबाइल फोन कानमा जोडेर होइन इयर फोनको मद्दतले कुराकानी गर्न सुझाव दिन्छन ।      त्यस्तै मोबाइल फोनमा ५ सयदेखि १ हजारसम्म सामग्री वा तत्वहरू हुन्छन् । त्यसमध्ये विषयुक्त गरौं धातुमा लिड , मर्करी, क्याडमियम...
 आँखाद्धारा विभिन्न रङहरूको पहिचानको विषयमा योङ्ग-हेल्महोल्टज सिद्धान्त निकै लोकप्रिय छ । यो सिद्धान्त बेलायतका भौतिकशास्त्री थोमस योङ्गले 1801 मा दिएका थिय भने जर्मन वैज्ञानिक हरमन हेल्महोल्ट्जले 19 औँ शताब्दीको मध्यतिर विकसित गरेका थिए । यो सिद्धान्तअनुसार हाम्रो आँखाभित्र रहेको रेटिना लगभग 13 करोड अत्यन्त सुक्ष्म तन्तुहरू मिलेर बनेको हुन्छ । यि तन्तुहरू दुई प्रकारका हुन्छन् : रड र कोन । रड सेतो र कालो रङप्रति मात्र सम्वेदनशिल हुन्छ भने अरू...
 हाम्रो आँखा एकप्रकारको लेन्सनै हो । कुनै बस्तुबाट परार्वतन भएको प्रकाश हाम्रो आँखाको कोर्निया हुदै आँखाको तालसम्म पुग्छ । लेन्सबाट आर्वतन भएको रेटिनामा पुगी बस्तुको उल्टो आकार बन्छ । त्यो आकृतिलाई रेटिनाले दृष्टि नशा (Optic Nerve) को बाटो हुँदै मस्तिस्कमा पुराउदछ । हाम्रो मस्तिस्कले उल्टो आकृतिलाई सुल्टो पारिदिन्छ अनि मात्र हामी बस्तुलाई सहिरुपमा देख्दछौ...
मरूभूमिमा पानी नपर्ने हुनाले बालुवा धेरै नै सुख्खा हुन्छ। त्यसैले कुनै बाधा नहुने हो भने, बालुवा हावासँगै धेरै टाढासम्म उड्न सक्छ। तर मरूभूमिको जमिनमा स-साना ढुङ्गा, झाडी तथा अन्य अनियमितता हुन्छ। जब सुख्खा बालुवा हावासँगै उड्दै आउँछ, तब यस्ता अनियमितताहरू चारैतिर जम्मा हुन थाल्छन्। विस्तारै-विस्तारै यसको आकार बढ्दै जान्छ र यसले बालुवाको पहाडको रूप लिन्छ। यस्ता बालुवाका पहाडहरूको आकार वायुको गति र दिशामा निर्भर गर्...
  • Followers

  • Total Pageviews

  • महत्तोपूर्ण सेतुहरु